Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गृहमन्त्रालयमा अपराधीसरह व्यवहार : डा. अधिकारी

गृहमन्त्रालयमा अपराधीसरह व्यवहार : डा. अधिकारी

काठमाडौं : वीर अस्पताल ट्रमा सेन्टरका हाडजोर्नी विशेषज्ञ डा.भोजराज अधिकारीले सरकारले आफूमाथि अपराधीसरह व्यवहार गरेको बताएका छन्। हेल्थ टिभी अनलाइनसँग  बिहीबार कुरा गर्दै अधिकारीले मंगलबार कार्यस्थलमै रहँदा आफूलाई अपहरण शैलीमा गृहमन्त्रालय लगिएको बताए।

‘कार्यस्थलमै थिएँ। गृहमन्त्री रामबहादुर थापाले बोलाउनुभएको छ भन्दै प्रहरी टोली आइपुग्यो’, अधिकारीले भने’, ‘मलाई अपहरण शैलीमा गाडीमा हाल्यो।’ प्रहरीकै गाडीमा बसेर गृहमन्त्रालय गएको उनले बताए। ‘करिब डेढ घण्टा मन्त्रालयमा राखेर गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले केरकार गरे’, उनले भने, ‘तर गृहमन्त्री भने आएनन्।’

आफूले अनियमितता गर्न नमानेकै कारण गृहमन्त्रालय लगेर केरकार गरिएको उनको भनाइ छ। अधिकारीका अनुसार प्रहरीको टोली आउनुपूर्व अपांगताको कार्ड बनाउन भन्दै एक समूह आएको थियो। ‘उनीहरूले मलाई घेरेर कार्डमा आफूहरुले भने बमोजिमको अपांगता उल्लेख गरिदिन दबाब दिए’, उनले भने, ‘तर मैले तपाइँहरूको जे समस्या हो त्यही लेखिदिन्छु भनेँ।’ अधिकारीका अनुसार उनीहरूले ‘तपाईँले लेखिदिँदा हामीले बढी सुविधा पाउँछाैँ भने किन नलेख्ने भन्दै धम्क्याएका थिए।

अडान नछाडेपछि प्रहरी टोली आएर आफूलाई लगेको डा.अधिकारीले बताए।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि