Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा.अधिकारीलार्इ जबरजस्ती गृहमन्त्रालय लगिएकाे विषयमा संसदमा प्रतिपक्षले माग्याे जवाफ

सरकारी चिकित्सकले जनाए अापत्ति

डा.अधिकारीलार्इ जबरजस्ती गृहमन्त्रालय लगिएकाे विषयमा संसदमा प्रतिपक्षले माग्याे जवाफ

काठमाडौं  : कार्यकक्षमा रहेका चिकित्सकलाई जबरजस्ती गृहमन्त्रालय बोलाई केरकार गरेकाे विषयमा संसदमा प्रतिपक्षले अावाज उठाएकाे छ। बिहीबारकाे बैठकमा कांग्रेसका सांसद अमरेशकुमार सिंहले गृहमन्त्रीको निर्देशनमा अधिकारीलार्इ गृहमन्त्रालय लगेको र थुनेको भन्दै अापत्ति जनाए।

‘सरकारले ट्रमा सेन्टरका डा. भोजराज अधिकारीलाई गृहमन्त्रालयमा उठाएर लगेको छ’,  सिंहले भने ‘गृहमन्त्रीजीले बुझ्नुभएको छैन कि यो जनयुद्ध काल हैन कि विभिन्न बुद्धिजीवी र पेशाकर्मीलाई अपहरणको शैलीमा अपहरण गर्ने र आतंकित पार्ने!’ उनले यसबारे सरकारको जवाफ आउनुपर्ने बताए।

यसैबीच याे विषयमा सरकारी चिकित्सकले आपत्ति जनाएका छन्। वीर अस्पतालस्थित ट्रमा सेन्टरमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा. भोजराज अधिकारीलाई गृहमन्त्रीको ठाडो आदेशमा मंगलबार अपहरण शैलीमा मन्त्रालय लगिएको भन्दै सरकारी चिकित्सक संघले अापत्ति जनाएको हो।

पेशा नै अपमानित हुने गरी सरकारी चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै संघले खेद जनाएकाे छ।  ‘डा. अधिकारीलाई अपांगताको कार्ड बनाउन आएका एक समूहले घेरेर आफूहरुले भने बमोजिम हुनुपर्ने दबाब दिएका थिए। डा. अधिकारीले त्यसो गर्न नमानेपछि तुरुन्त गृह मन्त्रालयमा बोलाइएकोमा संघ घोर आपत्ति जनाउँछ’, विज्ञप्तिमा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै