Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सा शिक्षा विधेयक : संसदमा दोस्रोपटक पेश हुँदै

चिकित्सा शिक्षा विधेयक : संसदमा दोस्रोपटक पेश हुँदै

काठमाडौं : सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक बिहीबार संसदमा पेश गर्दैछ। शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बिहीबारको बैठकमा पेश गर्ने कार्यसूची छ।

राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले पुनः नयाँ प्रक्रियाबाट नयाँ विधेयक अघि बढाएको हो। अध्यादेश निष्क्रिय हुनु पाँच दिनअघि गत असार १५ गते सरकारले प्रतिस्थापन विधेयक संसदमा दर्ता गरे पनि असार १७ को बैठकमा कांग्रेसले विरोध जनाएपछि अघि बढ्न सकेको थिएन। संसदमा विधेयक पेश गरेपछि यसमाथि सैद्धान्तिक बहस हुनेछ भने सांसदहरूले संशोधन दर्ता गराउन सक्नेछन्।

डा. गोविन्द केसी अध्यादेशमा भएको व्यवस्था हुबहु विधेयकमा राख्नुपर्ने मागसहित जुम्लामा अनशनरत छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै