डा. केसीकाे जीवन रक्षा गर्न सरकारकाे ध्यानाकर्षण
काठमाडाैं : अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न इन्सेक (अनौपचारिक क्षेत्र सेवा केन्द्र ) ले सरकारको ध्यानाकर्षण गरेको छ। बिहीबार विज्ञप्ति प्रकाशन गरी इन्सेकले डाक्टर केसीसँग वार्ता गर्न र वार्ताकै माध्यमबाट समाधान खोज्न सरकारकाे ध्यानाकर्षण गरेकाे हाे।
इन्सेकले डाक्टर केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेकाे छ। हरेक अनशनमा डा. केसीले मागहरू थप्दै गएकाे भन्दै त्यसले चिकित्सा शिक्षा क्षेत्रमा सुधार नभर्इ अराजकता ल्याउनेसमेत इन्सेकले जनाएकाे छ। अाफूभन्दा फरक विचारधाराकालार्इ माफिया देख्ने केसी र माग पूरा गर्ने कार्यान्वयन नगर्ने सरकारी संयन्त्रबीचकाे समस्या पत्ता लगाउनसके अनशनकाे श्रृंखला अन्त्य हुने विज्ञप्तिमा उल्लेख छ।
वार्रताका लचक बन्न अान्दाेलनरत पक्षलार्इ समेत इन्सेकले अाग्रह गरेकाे छ। स्वास्थ्य चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउन माग गर्दै केसी पन्ध्रौं चरणको अनशनमा बसेका हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण