Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा. केसीकाे जीवन रक्षा गर्न सरकारकाे ध्यानाकर्षण

डा. केसीकाे जीवन रक्षा गर्न सरकारकाे ध्यानाकर्षण

 काठमाडाैं : अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न इन्सेक (अनौपचारिक क्षेत्र सेवा केन्द्र ) ले सरकारको ध्यानाकर्षण गरेको छ। बिहीबार विज्ञप्ति प्रकाशन गरी इन्सेकले डाक्टर केसीसँग वार्ता गर्न र वार्ताकै माध्यमबाट समाधान खोज्न सरकारकाे ध्यानाकर्षण गरेकाे हाे।

इन्सेकले  डाक्टर केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेकाे छ। हरेक अनशनमा डा. केसीले मागहरू थप्दै गएकाे भन्दै त्यसले चिकित्सा शिक्षा क्षेत्रमा सुधार नभर्इ अराजकता ल्याउनेसमेत इन्सेकले जनाएकाे छ। अाफूभन्दा फरक विचारधाराकालार्इ माफिया देख्ने केसी र माग पूरा गर्ने कार्यान्वयन नगर्ने सरकारी संयन्त्रबीचकाे समस्या पत्ता लगाउनसके अनशनकाे श्रृंखला अन्त्य हुने विज्ञप्तिमा उल्लेख छ।

वार्रताका लचक बन्न अान्दाेलनरत पक्षलार्इ समेत इन्सेकले अाग्रह गरेकाे छ। स्वास्थ्य चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउन माग गर्दै केसी पन्ध्रौं चरणको अनशनमा बसेका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै