Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

६ महिनामा थपिए ६९ एचआर्इभी संक्रमित

६ महिनामा थपिए ६९ एचआर्इभी संक्रमित

चितवन : जिल्लामा सन् २०१८ को छ महिनामा ६९ जनामा एचआर्इभी संक्रमण भेटिएको छ। भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त परीक्षण गरेका सात हजार ९३० जनामध्ये ६१ जना भरतपुर अस्पतालमा र आठ जना समुदायमा शिविरका क्रममा भेटिएको सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए।

एचआइभी र क्षयरोगको संक्रमण देखिएको आशंकामा ४३४ जनाको परीक्षण गरिएकामा १० जनामा दुवै रोग लागेको भेटिएको छ। यससँगै जिल्लामा एचआर्इभी संक्रमित खुलेर आउनेको संख्या एक हजार ६१६ जना पुगेको छ। उनीहरुमध्ये ८४२ पुरुष, ६४८ महिला र १२६ बालबालिका छन्। अहिले सेन्टरमा एचआर्इभी एड्स रोकथामका लागि ८१५ जनाले एआरभी औषधि प्रयोग गर्दै आइरहेको सेन्टरले जनाएको छ।

सेन्टरले सन् २०१७ जुनसम्ममा सात हजार ६३९ जनाको एचआर्इभी परीक्षण गरेकामा ४७ जनामा एचआइभी संक्रमण भेटिएको थियो। अघिल्लो वर्ष संक्रमण देखिएकासहित सन् २०१८ मा मात्रै ९४ जना नयाँ संक्रमितले औषधि शुरु गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि