निदान अस्पतालमा निःशुल्क बाथरोग शिविर
काठमाडौं, जेठ ३१– पुल्चोकस्थित निदान अस्पतालले बाथरोगीहरूका लागि नि:शुल्क बाथरोग शिविर आयोजना गर्ने भएको छ ।
शनिवार हुने शिविरमा नयाँ र पुराना बाथरोगीहरूका लागि औषधि र ल्याब टेस्टमा विशेष छुटको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ । शिविरमा विशेषज्ञ चिकित्सकले परामर्श र जाँच गर्ने हुनाले मौकाको फाइदा उठाउन बिरामीहरुलाई अस्पतालले अनुरोध गरेको छ । बाथरोग समयमै उपचार गरे नियन्त्रण गर्न सकिए भए पनि धेरै बिरामी उपचार बाहिर रहेको भन्दै त्यस्ता बिरामीलाई मध्यनजर गर्दै शिविर आयोजना गर्न लागिएको अस्पतालको भनाइ छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड