स्वास्थ्यकर्मीलाई एचआइभी सम्बन्धि प्रशिक्षण
जेठ १५,भक्तपुर— भक्तपुरका स्वास्थ्यकमीलाई एचआइभी सम्बन्धि प्रशिक्षण दिइएको छ । राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल तथा राष्ट्रिय एचआइभी नियन्त्रण केन्द्रको लक्षित समुदायमा आधारित कार्यक्रम अन्तर्गत उक्त प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा एभआइभी संक्रमित माथि हुने भेदभाव र लाञ्छना न्यूनिकरण गर्ने,मानवअधिकारको सिद्धान्त ,नयाँ विश्वव्यापी मान्यता र अवधारणवारे जानकारी दिइएको थियो । यसैगरी एचआइभी एड्स संक्रमितले सेवन गर्ने औषधि एवम एआरटी उपचार पद्धतिवारे समेत विस्तृत जानकारी दिइएको थियो । देशका सातै प्रदेशमा रहेका स्वास्थ्यकर्मीलाई यस्तै प्रशिक्षण चलाउने लक्ष्य लिएको आयोजकको भनाई छ ।
भक्तपुरस्थित नेपाल स्वास्थ्य शिक्षा तथा वातावरण संरक्षण विकास फाउन्डेसनको संयोजनमा भएको उक्त प्रशिक्षणमा भक्तपुरका सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । रासस
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन