थाइराइड दिवस मनाइँदै
काठमाडौं,जेठ ११
आज विश्व थाइराइड दिवस । नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । दिवसकै अवसरमा जावलाखेलस्थित अल्का अस्पतालले जनचेतामूलक र्याली निकालेको थियो । अस्पतालबाट शुरु भएको र्याली जावलाखेल, कुमारीपाटी,लगनखेल,पुल्चोक हुँदै पुन अस्पतालमा आएर टुंगिएको थियो । दिवसकै अवसर पारेर अस्पतालले निशूल्क शिविर समेतको आयोजना गरेको छ ।
थाइराइड घाँटीमा हुने एक ग्रन्थी हो जसले शरीरलाई चाहिने हर्मोन निकाल्ने काम गर्दछ । यदि यो ग्रन्थीले कम हर्मोन उत्पादन गर्यो भने र बढी उयत्पादन गर्यो भने पनि शरीरमा समस्या देखिन थाल्दछन । हर्मोन कम उत्पादन हुनुलाई मेडिकल भाषामा हाइपोथाइराइडिज्म र बढी उत्पादन हुनुलाई हाइपर थाइराइडिज्म भन्ने गरिन्छ । हाइपो थाइराइडिज्ममा मोटाउँदै जाने,आलस्य हुने,बढी जाडो हुने, कपाल झर्दै जाने, खानामा रुचि नहुने जस्ता लक्षण देखिन्छन भने हाइपो थाइराइडिज्ममा यसको ठिक विपरित विरामी दुब्लाउँदै जाने, बढी गर्मी हुने, पसिना बढी आउने, रिस धेरै उठ्ने, मुटुको चाल छिटो छिटो चल्ने, आत्तिने जस्ता लक्षण देखिन्छन । यो रोग बढी महिलामा देखिने गर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण