सुर्तीजन्य पदार्थमा कर बढाउन सरोकारवालाको सुझाव
काठमाडौं,जेठ ९— सुर्तीजन्य पदार्थको प्रयोग घटाउनका लागि यसमा लाग्ने कर बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले सुर्तीजन्य पदार्थमा लगाइएको कर अन्य देशको तुलनामा निकेै कम भएको भन्दै यसलाई बढाउनुपर्नेमा जोड दिएका थिए ।
स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, द यूनियन, अमेरिकी क्यान्सर सोसाइटी र एक्सन नेपालको संयुक्त आयोजनामा गरिएको एक दिने उक्त कार्यक्रममा वक्ताहरुले सुर्तीजन्य पदार्थको सेवनकै कारण वर्षेनी पन्ध्र हजार भन्दा बढी विरामीले ज्यान गुमाइरहेको तथ्यलाई मध्य नजर गर्दै यसको कर बढाउनुको विकल्प नभएको बताएका थिए ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र्र पन्तले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन उत्कृष्ट ऐन भएकाले यसको पूर्ण कार्यान्वर्यन जरुरी रहेको बताए । यसैगरी स्वास्थ्य शिक्षा सूचना तथा सन्चार केन्द्रका निर्देशक बद्री खड्काले सुर्तीजन्य पदार्थको ऐन कार्यान्वर्यनमा सबै जना हातेमालो गरेर जानुपर्नेमा जोड दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण