Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

संचारमा समस्या गराउने अटिजम के हो ?

संचारमा समस्या गराउने अटिजम के हो ?

अटिजम बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपांगता हो । यसलाई मष्तिष्क विकासको विकार भनिन्छ । अटिजम प्राय जन्मेको तीन वर्ष भित्र प्रस्ट रुपमा देखिन्छ । विशेष गरी अटिजम भएका बालबालिकाले उमेर अनुसार सन्चार गर्न सक्दैनन । यसैगरी सामाजिक रुपमा घुलमिल हुन नसक्नु पनि अटिजमको अर्को समस्या हो । यस्ता बालबालिका एक्लै बस्न रुचाउँछन । एउटै काम दोहोराइरहनु, एउटै खेलौना संग खेलिरहनु, आँखामा आँखा जुधाउन नसक्नु, घाउ चोटप्र्ति वास्ता नगर्नु, ,असान्दर्भिक रुपमा हाँसिरहनुवा रोइरहनु यसका प्रमुख लक्षणहरु हुन । यस्ता समस्या भएका बालबालिकालाई विशेष खालको उपचार पद्धति र थेरापीको माध्यमबाट उनीहरुको जीवनलाई सहज मात्र बनाउन सकिन्छ । यो निर्मूल पार्न सकिने समस्या होइन ।
विश्व स्वास्थ्य संगठनका अनुसार कुल जनसंख्याको एक प्रतिशत बालबालिकामा अटिजमको समस्या भएको देखिन्छ । नेपालमा पनि झण्डै तीन लाख बालबालिकामा अटिजम भएको अनुमान गरिएकोछ । अटिजम भएका बालबालिकालाई साधारण सन्चार र सामाजिक कठिनाई देखि लिएर जीवन यापनमा सदा अरुको सहायतामा जीउनुपर्ने अवस्था हुन्छ ।
के कारणले मष्तिष्कका स्नायु कोषहरुमा विचलन हुन्छ । कस्ता किसिमका जैविक परिवर्तनले अटिजम हुने खतरा बढाउँछन अझै पहिचान हुन सकेको छैन । तर धेरै जसोले अटिजम हुनुको कारण वंशाणुगतलाई आधार मान्ने गरेका छन ।
उपचार पद्धति
अटिजम भएका व्यत्तिको लागि सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरुमा रहेको कमजोरी पक्षलाई अर्थात सन्चार र सामाजिक बुझाईलाई ध्यानमा राखि व्यवहारिक सिद्धान्तको आधारमा शिक्षा प्रदान गर्नु हो । अटिजम भएका व्यत्तिलाई समयमै पहिचान गरी विशेष सहयोग,प्रशिक्षण र थेरापी ्िशघ्र गर्न सकेमा उनीहरुले अर्थपूर्ण र उपयोगी जीवन जीउन सक्छन । यसको लागि विशेष औषधि नभए पनि विशेष खालको थेरापी बाट केही सहज भने बनाउन सकिन्छ । हाल अटिजम भएका बालाबालिका लागि केही संस्थाहरु पनि खुलेका छन । ती मध्ये सक्रिय रुपमा लागिरहेका छन अटिजम केयर नेपाल सोसाइटी र विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र अर्थात एसएसडीआरसी । यी संस्थाहरुमा बालबालिका लाई विशेष खालको शिक्षा र तालिम दिइन्छ । यी संस्थाहरुले अटिजम भएका बालबिालिकाको लागि अकुपेशनल थेरापी,संचार थेरापी,सामाजिक थेरापी,लगायतका विशेष खालका तालिम र थेरापी प्रदान गरिरहेका छन । यसैगरी अटिजम भएका बालबालिकाका अभिभावकलाई उनीहरुलाई कसरी सम्हाल्ने भन्ने खालका विशेष तालिम पनि दिंदै आएका छन ।
समाधान
नेपालको लागि अटिजम अझै पनि नौलो विषयवस्तु हो । धेरैलाई अटिजमका वारेमा जानकारी नै छैन । जतिलाई जानकारी छ उनीहरुले पनि अटिजम बौद्धिक अपांगता हो भनेर बुझ्ने गरेका छन । घर परिवार र समाजले जबसम्म अटिजम एक विशेष खालको समस्या हो भनेर बुझ्न सक्दैनन तबसम्म यसको पहिचानमा र उपचारमा ढिलाई भइ नै रहन्छ । बच्चा जन्मेपछि उसको क्रमिक रुपमा विकास हुन जरुरी हुन्छ । यदि बच्चाको विकासमा केही अवरोध देखिए जस्तो लाग्छ भने तुरुन्त चिक्त्सिकको जान जरुरी हुन्छ । बच्चाले तीन वर्ष हँुदा सम्म बोल्न सकेन वा आफनो कुरा व्यक्त गर्न सकेन , बोलाउँदा कुनै प्रतिक्रिया दिएन भने अटिजम होकी शंका गर्न जरुरी हुन्छ । यसरी शंका गरी चिकित्सककोमा लगेमा उसको रोग समयमै पहिचान हुन्छ । अटिजममा जति चाँडो उपचार र थेरापी गरियो त्यति राम्रो परिणाम आउन सक्छ । त्यसैले हामी सबैले अटिजमका वारेमा बेलैमा बुझ्न जरुरी छ ।।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार