विश्व स्वास्थ्य संगठनले कोरोना भेरियन्टको छुट्टाछुट्टै नाम राख्यो : अल्फा, डेल्टा, बिटा, गामा
हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका नयाँ नयाँ प्रकारहरू भेटिन थालेपछि तिनको छुट्टाछुट्टै नाम दिएको छ ।
अबदेखि विश्व स्वास्थ्य संगठनले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ।
जहाँ भेरियन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो।
जसअनुसार अबदेखि यूके भेरियन्टलाई ‘अल्फा’, दक्षिण अफ्रिकी भेरियन्टलाई ‘बिटा’, ब्राजिल भेरियन्टलाई ‘गामा’ अनि भारतीय भेरियन्टलाई ‘डेल्टा’ भनिनेछ। भारतमै फेला परेको अर्को भेरियन्ट बी.१. ६१७.१ लाई ‘कप्पा’ नाम दिइएको छ ।
भारतमा देखिएका दुबै भेरियन्ट नेपालमा पनि देखिसकेका छन्। भारतीय सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको बी. १.६१७.२ भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गरेको थियो।
त्यसो त डब्ल्यूएचओले आधिकारिक रूपमा त्यसको नाम भारतीय भेरियन्ट भनेर कहिले पनि भनेको थिएन।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण