भारतमा संक्रमितको संख्या २ लाख नाघ्यो, एकैदिन थपिए ८ हजार बढी संक्रमित
हेल्थ टिभी अनलाइन: भारतमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ बुधबारसम्म २ लाख ७ हजार ६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी हालसम्म ५ हजार ८ सय १५ जनाको मृत्यु भएको जनाइएको छ । यसैगरी १ लाख बढी संक्रमित कोरोना जितेर अस्पतालबाट घर फर्केका छन्।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ८ सय ९ जना नयाँ संक्रमित थपिएका छन् भने २१७ जनाको कोरोनाको कारण मृत्यु भएको छ । भारतका महाराष्ट्र, दिल्ली, गुजरात, राजस्थान,मध्य प्रदेशलगायतका राज्य बढी प्रभावित भएका छन्।
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । खुला सिमानाका कारण कामको शिलशिलामा भारतमा रहेका धेरै नेपालीहरु स्वदेश आउने क्रम बढ्दा संक्रमणको जोखिम पनि बढी हुने विज्ञहरुको भनाई छ ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार