कोरोनाबाट विश्वभर मृत्यु हुने नेपालीको संख्या २८, १ हजार १ सय बढी संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना भाइरस महामारीबाट शनिवार साँझसम्म विश्वभर मृत्यु हुने नेपालीहरुको संख्या २८ पुगेको छ ।
गैरआवासीय नेपाली संघले गठन गरेको कोविड १९ उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, युएईमा २, आयरल्याण्डमा १, जनाको मृत्यु भएको हो ।
विश्वभर १ हजार १ सय ६६ जना नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।
संक्रमित हुनेमा देशमा अमेरिका ७ सय, बेलायत २ सय, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्चुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२ जना छन् । त्यस्तै साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, र हङकङमा एक जनामा संक्रमण देखिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण