विश्वको सबैभन्दा कम तौलमा जन्मेर बाँच्न सफल बालिका अस्पतालबाट डिस्चार्ज
सबैभन्दा कम तौलमा जन्मेर बाँच्न सफल भएको कीर्तिमान राखेकी एक बालिका पाँच महिनाको उमेरमा अस्पतालबाट घर पुगेकी छन्।
जन्मिँदा २४५ ग्राम तौल भएकी सेबी गर्भाधानको २३ हप्ता तीन दिनमा सन् २०१८ को डिसेम्बरमा जन्मेकी थिइन्। उक्त तौल एउटा ठूलो स्याउ बराबर हो।
क्यालिफोर्नियाको सान डियगोस्थित सार्प मारी बिर्च अस्पलातका चिकित्सकहरूले सेबीको अभिभावकलाई उनी केही घण्टा मात्रै बाँच्ने बताएका थिए।
तर पाँच महिनापछि मृत्युसँगको सङ्घर्षमा जितेकी उनी साढे दुई किलोको स्वस्थ बच्चाका रुपमा अस्पतालबाट डिस्चार्ज भएकी छन्।
सेबीलाई सेवा गरेकी एक नर्सले उनी बाँच्नु र घर फर्कनु चमत्कार भएको बताएकी छन्।
टाइनियस्ट बेबिज् रजिस्टीले सेबी बाँच्न सफल संसारकै सबैभन्दा सानो बच्चा भएकी बताएको छ।यसअघि यो कीर्तिमान जर्मनीमा सन् २०१५ मा २५२ ग्रामको तौलमा जन्मेकी एक बालिकाको नाममा थियो।
यसै वर्ष जापानमा २६८ ग्रामको तौलमा जन्मेको बच्चा भने सबैभन्दा सानो तौलको बाँच्न सफल बालक मानिन्छ। सेबीको आमा छ महिनाको गर्भवती हुँदा आपत्कालीन अप्रेशन गरेर बच्चा निकालिएको थियो। उनलाई रक्तचापसम्बन्धी समस्या देखिएको थियो जसले उनको र गर्भमा रहेको बच्चा दुवैको ज्यान खतरामा थियो।
बीबीसीबाट





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण