कोरोना संक्रमण नियन्त्रण गर्न सरकारको तयारी : २३५ आईसीयू र एक हजार आइसोलेसन बेड

हेल्थ टिभी अनलाइन\काठमाडाैं : कोरोना भाइरसबाट संक्रमण फैलिनसक्ने स्थितिलाई मध्यनजर गर्दै सरकारले २३५ वटा आईसीयू बेड तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।
सोमवार अपराह्न सिंहदरबारमा बसेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले संघ र प्रदेशमा गरी २३५ आइसियु बेड र एक हजारको संख्यामा आइसोलेसन बेड तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नेपाली सेनाको छाउनी र भद्रकाली तथा कीर्तिपुरको आयुर्वेद अस्पतालमा २०–२० वटाका दरले गरी १२० वटा आईसीयू बेड निर्माण गरिने बताए।
त्यस्तै वागमती प्रदेश बाहेकका ६ प्रदेशका ११५ वटा आईसीयू बेड राख्ने तयारी सरकारले गरेको उनको भनाइ छ। त्यस्तै आइसोलेसन वार्ड पनि कीर्तिपुरमा २००जनालाई, खरिपाटीमा २२० जनालाई, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल अस्पतालमा १०० वटा र इचंगुनारायणमा २५० वटा गरी एक हजार बेड तयार गर्ने निर्णय गरेको उनले जानकारी दिए।
उनले पीपीई र डाइगोनेस्टिक किटहरू पनि तत्काल खरिद गरी सबै प्रदेशमा पठाउने तयारी भइरहेको समेत बताए। स्वास्थ्य मन्त्रालयले पीपीई सेट २० हजार, डाइगोनेस्टिक किट १० हजार र थर्मल गन तीन हजार थान खरिद गरी प्रदेशमा समेत पठाउने तयारी गरेको छ।
औषधि खाँदै हुनुहुन्छ ? नगर्नुस् यस्ता गल्तीहरू
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी