काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो परीक्षणमा पनि कसैमा कोरोना भाइरस संक्रमण नदेखिएको बताएको छ।
रुघा र ज्वरोजस्ता लक्षण देखिएपछि चिकित्सकको परामर्शपछि कोभिड १९ को परीक्षण गर्न प्राप्त २५ वटा नमुनामध्ये १६ वटामा कोरोना भाइरस नपाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए। नौवटाको परिणाम आउन बाँकी छ।
उनका अनुसार बुधवार बिहानसम्म १६ वटा नमुनाको रिपोर्ट ‘नेगेटिभ’ आएको हो। उनका अनुसार अधिकांश नमुना इटली र चीनबाट आएका विदेशी नागरिकका हुन्।
यसअघि ४९६ जनाको परीक्षण गरिएकोमा एक जनाबाहेक सबैको रिपोर्ट सामान्य आएको थियो। केही हप्ताअघि संक्रमण भएको पुष्टि भएका एक युवक अहिले स्वस्थ भइसकेको अधिकारीहरूले बताएका छन्। उनी चीनबाट नेपाल फर्किएका थिए।
अहिले कति नमुना आउँछन्?
नेपालमा कोरोनाभाइरसबाट संक्रमित भए नभएको परीक्षण काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुन्छ।
सूचना अधिकारी गुप्ताका अनुसार दुई दिनयता परीक्षणको प्रयोगशालामा पठाइने नमुनाको संख्या बढेको छ। यसअघि २०(२५ वटा नमुना आउने गरेकोमा दुई दिनदेखि दैनिक सरदर ४०\५० वटा आउने थालेको उनले बताए।
पीसीआर विधिद्वारा गरिने परीक्षणमा पाँच विशेषज्ञहरू खटिएका छन्। सूचना अधिकारी गुप्ताले दैनिक ८०० वटा नमुना परीक्षण गर्न सक्ने जनशक्ति तयार रहेको जानकारी दिँदै आवश्यकताअनुसार त्यो परिचालन गरिने बताए।
उनका अनुसार चाप हेरेर दैनिक दुईवटा तालिका निर्धारण गरेर पनि जनशक्ति परिचालन गर्ने प्रयोगशालाको योजना छ।
परीक्षणको रिपोर्ट आउन कति समय लाग्छ?
नेपालमा चिकित्सकको परामर्शपछि मात्र काेराेनाको परीक्षण हुने गरेको छ। बिरामीहरू सोझै प्रयोगशालामा नमुना दिन जान पाउँदैनन्।
शंकास्पद बिरामीलाई अलग्गै राखेर कपास प्रयोग गरी नाक र घाँटीबाट नमुना संकलन गरेर अस्पतालहरूले परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाउने गरेका छन्।
प्रयोगशालाले प्रकाशित गरेको सूचनामा संकलित नमुनाको परीक्षण गरेर लिखित रिपोर्ट दिन २४ देखि ४८ घण्टा लाग्ने उल्लेख छ। तर संक्रमण भएको पुष्टि भए सम्बन्धित अस्पताल र चिकित्सकलाई त्यसबारे तुरुन्त जानकारी दिने व्यवस्था मिलाइएको छ।
बीबीसी नेपालीबाट
औषधि खाँदै हुनुहुन्छ ? नगर्नुस् यस्ता गल्तीहरू
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी