Health TV Online

आज कोरोना पुष्टि भएका ३२ वर्षीय युवक कतारबाट आएका हुन्: स्वास्थ्यमन्त्री ढकाल

आज कोरोना पुष्टि भएका ३२ वर्षीय युवक कतारबाट आएका हुन्: स्वास्थ्यमन्त्री ढकाल

हेल्थ टिभी अनलाइन \काठमाडौं : बुधबार कोरोना पोजेटिभ भएका व्यक्ति चैत ६ गते कतारबाट आएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा उक्त कुरा बताएका हुन्।

उनले आज संक्रमित पुष्टि भएका व्यत्ति ३२ वर्षका पुरुष रहेको र उनी धादिङ निवासी रहेको पनि जानकारी दिए । ती व्यक्ति कतारबाट आएर काठमाडौंको होटलमा बसेको भन्दै मंगलबार केही असहज भएपछि जाँचका लागि आफै टेकु अस्पताल आएको पनि मन्त्री ढकालले जानकारी दिए ।

ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएसँगै मन्त्रालयले उनको सम्पर्कमा आउने व्यक्तिकोबारेमा सोधखोज गर्ने र क्वारेन्टाइनमा राख्ने प्रक्रिया अघि बढाएको पनि उनले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

बेलायतका राजकुमार चार्ल्सलाई कोरोना संक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्वाब परीक्षणबाट राजकुमार चार्ल्सलाई कोरोना पोजेटिभ देखिएको हो।

क्लारेन्स हाउसले पनि ७१ वर्षीय राजकुमारलाई कोरोना भाइरस संक्रमण भएको जनाएको छ। उनकी पत्नी ७२ वर्षीया डचिस क्यामिल्लालाई पनि परीक्षण गरिएको छ। तर उनमा भने भाइरस भएको देखिएन।

अहिले चार्ल्सको उपचार भइरहेको जानकारी क्लारेन्स हाउसले विज्ञप्ति निकालेर दिएको छ। चार्ल्स र क्यामिल्ला दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर क्वारेन्टाइनमा रहेको क्लारेन्स हाउसले बताएको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या तीन पुग्यो

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या तीन पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ । योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले जानकारी दिए । उनले भने, ‘आज एक जनामा कोरोना पोजेटिभ देखियो उहाँको डिटेल लिंदैछौं ।’ उनी केही दिनअघि मात्र खाडी मुलुकबाट आएको बताइएको छ ।

यसअघि २ महिनाअघि चीनबाट फर्केका एकजना विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको थियो। यतिबेला उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।। त्यसपछि आइतबार फ्रान्सबाट फर्केकी एक १९ वर्षीय युवतीमा कोरोना पोजेटिभ देखियो । उनी हाल टेकु अस्पतालमा उपचाररत छिन्। आज कोरोना पोजेटिभ देखिएका व्यक्ति पनि बाहिरबाटै आएका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन् : कोरोनाबाट बच्न कृपया घरमै बसिदिनुस्

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन् : कोरोनाबाट बच्न कृपया घरमै बसिदिनुस्

हेल्थ टिभी अनलाइन \काठमाडौं:  कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि घरभित्रै बसेर सहयोग गरिदिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना फैलिन नदिन नागरिकलाई घरबाहिर नआइदिन आग्रह गरेका हुन्। कोरोनाको पछिल्लो अपडेटवारे जानकारी गराउँदै उनले विश्वमै महामारीको रुपमा फेलिएको कोरोना विरुद्ध लड्न एक आपसमा दुरी कायम गर्नेपर्ने बताए । त्यसैले ‘यो लकडाउनको समयमा घरबाहिर निस्कन बिर्सनुस । यो नै हाम्रो लागि ठुलो सहयोग हुनेछ,’ उनले भने।

उनले मंगलबारसम्म ६१० जनाको नमुना परीक्षण भएको र त्यसमा २ जनाको मात्र पोजेटिम आएको जानकारी दिए । यसका साथै फ्रान्सबाट आएकी युवतीसँगै आउने सबैलाई क्वारेन्टाइनमा राखिएको हुँदा धेरै नआत्तिन पनि उनले आग्रह गरे । टेकु अस्पतालमा १६ जना भर्ना भएको पनि उनले जानकरी दिए । यसका अलावा परीक्षणको दायरा फराकिलो बनाएको पनि देवकोटाले बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमणको उपचार गर्न वीर, धुलिखेल र बीपीमा उपकरण जडान हुने

कोरोना संक्रमणको उपचार गर्न वीर, धुलिखेल  र बीपीमा उपकरण जडान हुने

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले  कोरोना संक्रमणको उपचारका लागि तत्काल तीन अस्पतालमा उपकरण जडान गर्ने निर्णय गरेको छ। सरकारले वीर अस्पताल, धुलिखेल अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकरण जडान गर्ने बताएको हो।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले प्रदेश स्तरमै ल्याब स्थापना नभएसम्म छिटो यातायातको व्यवस्था गरेर टेकुस्थित ल्याबमा स्वाब परीक्षणका लागि ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकपछि अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बैठकले स्वास्थ्य सामग्री तथा किट ल्याउन लागि निजी क्षेत्रसँग समन्वय गर्ने बताए। ‘सरकारले मेडिकल सामग्री र किट चीन र भारत दुवै मुलुकबाट ल्याउन परराष्ट्र मन्त्रालयले परामर्श गरिरहेको छ’, उनले भने, ‘निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाइ सुविधा उपलब्ध गराउनेछ।’

त्यस्तै भारततर्फको सीमामा रोकिएका नेपाली नागरिकलाई अन्तिम पटकका लागि मंगलवार एक दिन छाड्ने निर्णय गरेको छ। त्यसका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा घर जान दिने व्यवस्था गरेको मन्त्री खतिवडाले बताए।
उनले संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनै पनि संघ संस्थाले कोष खडा गर्न नपाउने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोनाको नमुना संकलन गर्न स्वास्थ्यकर्मी घरमा नै पुग्ने

भारतमा कोरोनाको नमुना संकलन गर्न स्वास्थ्यकर्मी घरमा नै पुग्ने

विश्वव्यापी प्रकोपका रूपमा देखिएको कोरोना भाइरस संक्रमण दिन प्रतिदिन बढेपछि गएपछि भारत सरकारले शंकास्पद व्यक्तिहरूको नमुना संकलन घरमै गर्ने भएको छ ।

सरकारले कोरोना भाइरसको शंका लागि बिरामीले माग गरेमा घरसम्म नै पुगी नमुना संकलन गर्ने र  विभिन्न अस्पतालमा परीक्षण गर्ने मिलाएको छ ।

यसअघि भारतभर १३ वटा ल्याबमा मात्रै कोरोना भाइरसको परीक्षणको सुविधा रहेकोमा मंगलबारदेखि थप १८ ल्याबमा कोरोना भाइरसको परीक्षण गर्न सकिने व्यवस्था सरकारले मिलाएको छ। भारतमा अब ३१ वटा प्रयोगशालामा कोरोनाको परीक्षण गर्न सकिनेछ।

सरकारले निजी प्रयोगशालाका लागि परीक्षण शुल्कसमेत तोकेको छ। निजी प्रयोगशालामा चार हजार ५०० भारतीय रुपैयाँमा कारोनाको जाँच गर्न सकिने बताइएको छ।

सरकारले निजी प्रयोगशालामा यदि कसैको रिपोर्ट ‘पोजेटिभ’ आएमा अन्तिम परीक्षणका लागि पुणे पठाउनुपर्ने जनाएको छ । त्यसपछि मात्रै कोरोनाको अन्तिम पुष्टि हुनेछ।

भारतमा मंगलबार बेलुकी ८ बजेसम्म कोरोना भाइरस संक्रमितको संख्या ५११ पुगेको छ। १० जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

टेकु अस्पतालमा १० जना क्वारेन्टाइनमा, पाँचजना आइसोलेसनमा

संक्रमित युवतीसँग आएका सबै सरकारको निगरानीमा

टेकु अस्पतालमा १० जना क्वारेन्टाइनमा, पाँचजना आइसोलेसनमा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले टेकु अस्पतालमा कोरोना भाइरस संक्रमणका उपचार गराइरहेकी युवती आएको जहाजमा रहेका व्यक्तिहरूको पहिचान भइसकेको जनाएको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस ‘पोजेटिभ’ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको जानकारी दिएका हुन्। संक्रमित युवतीका घरका सबैलाई क्वारेन्टाइनमा पठाइसकेको उनले बताए।

‘जहाजमा सँगै आउने व्यक्तिहरूलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्न सजग गराइएको छ’, देवकोटाले भने। अहिलेसम्म भएको ६१० वटा नमुना परीक्षण भएकोमा दुईजनामा मात्र संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण भएकी एक र आशंका गरिएका अन्य १५ जना सहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १६ जना बिरामी रहेको देवकोटाले जानकारी दिए। त्यसमध्ये १० जना क्वारेन्टाइनमा र ५ जना आइसोलेसनमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा आजदेखि २१ दिन लकडाउन

भारतमा आजदेखि २१ दिन लकडाउन

हेल्थ टिभी अनलाइन \काठमाडौं:  विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्य नजर गर्दे भारतले आजैबाट लागू हुनेगरी २१ दिन लकडाउन गर्ने घोषणा गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना फैलिनबाट रोक्न एक अर्कामा दुरी बनाउन जरुरी रहेको भनदै १४ अप्रिल राति १२ बजेसम्म देशलाई लकडाउन गरेको बताए ।

उनले आफना नागरिकलाई घरबाट कुनै पनि हालतमा बाहिर ननिस्कन आग्रह समेत गरे । मोदीले भने, ‘२१ दिन  घरबाहिर निस्कन बिर्सनुस्।’ उनले कोरोना फैलिन नदिन चाहिने सम्पूर्ण स्वास्थ्य सामग्रीको व्यवस्था तुरुन्त गर्ने समेत आश्वासन दिए । भारतमा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भइसकेको छ भने ५५० जना संक्रमित भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

लकडाउनकै बेलामा केही स्वास्थ्य समस्या भएमा यी नम्बरमा कल गर्नुस्

लकडाउनकै बेलामा केही स्वास्थ्य समस्या भएमा यी नम्बरमा कल गर्नुस्

हेल्थ टिभी अनलाइन \काठमाडौं:  कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले आजबाट एक साताका लागि देश लकडाउन गरेको छ । सोमबार फ्रान्सबाट आएकी एक नेपाली विद्यार्थीमा कोरोना भएको पुष्टि भएसँगै सरकारले मंगलबारदेखि नै लागू हुने गरी लकडाउन गरेको हो ।

तर लककडाउन भएकै बेला स्वास्थ्यमा समस्या आएमा के गर्ने भनेर अलमलमा नपर्न भन्दै सरकारले केही फोन नम्बरहरु उपलब्ध गराएको छ । यो बेला कसैलाई ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या भएमा निम्न फोन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । ती नम्बरहरु यसप्रकार छन्। ९८५१२५५८३९, ९८५१२५५८३४ र ९८५१२५५८३७ । यसैगरी सरकारले कोरोना सम्बन्धी कुनै पनि जिज्ञासा वा समस्याका लागि सम्पर्क गर्ने भन्दै हटलाइन सेवा पनि सञ्चालन गरेको छ । जसको नम्बर १११५ छ ।

यसैगरी लकडाउनका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीका लागि विशेषज्ञ चिकित्सकहरुले अनलाइन मार्फत परामर्श दिने भन्दै आफना मोबाइल नम्बर दिएका छन्। यो सँगै नेपाल चिकित्सक संघले पनि संघमा आवद्ध चिकित्सकहरुसँग परामर्श सेवा लिन सकिने भन्दै सम्पर्क गर्न आग्रह गरेको छ । संघले विभिन्न विशेषज्ञहरूको नम्बर उपलब्ध गराउँदै घरमै बसेर परामर्श लिन सकिने जनाएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भरतपुरमा आइसोलेसनमा उपचाररत एक युवकको मृत्यु, कोरोनाको आशंकामा स्वाब काठमाडौं पठाइयो

भरतपुरमा आइसोलेसनमा उपचाररत एक युवकको मृत्यु, कोरोनाको आशंकामा स्वाब काठमाडौं पठाइयो

हेल्थ टिभी अनलाइन \चितवन:  चितवनको भरतपुरमा आइसोलेसनमा राखेर उपचार गरिरहेका एक युवकको मृत्यु भएको छ । वीरगंज निवासी ३० वर्षीय उनको आज बिहान साढे ९ बजे मृत्यु भएको उपचारमा सलंग्न डा भोजराज अधिकारीले बताए ।

उनले भने, ‘उहाँलाई उच्च ज्वरो र खोकी भएकाले दुई दिन अघि भरतपुर कोरोना विशेष अस्पतालमा  भर्ना गरेका हौं तर कोरोनाले मृत्यु भएको भन्ने प्रमाणित भएको छैन । उहाँमा मिर्गौलामा गम्भीर समस्या  थियो ।’

डा अधिकारीले कोरोनाको आशंकामा मृतकको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको पनि जानकारी दिए । सोमबार संकलन गरिएको स्वाबको रिपोर्ट आज साँझ सम्म  आउने र त्यसपछि मात्र भन्न सकिने जनाए । दुई दिन अघि उनी त्यहाँ भर्ना भएको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना रोकथाम कोषमा राष्ट्रपतिले दुई महिनाको तलब दिने

कोरोना रोकथाम कोषमा राष्ट्रपतिले दुई महिनाको तलब दिने

हेल्थ टिभी अनलाइन राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई दुुई महिना बराबरको पारिश्रमिक प्रदान गर्ने भएकी छिन्।

‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमण फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा राष्ट्रपतिबाट उक्त पारिश्रमिक प्रदान गर्नुहुने’, राष्ट्रपति कार्यालयबाट आइतवार प्रेषित विज्ञप्तिमा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत

क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत

हेल्थ टिभी अनलाइन\काठमाडौ‌ं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कारोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृति गरेको छ।

सोमवार बसेको समितिको बसेको बैठकले कोरोना भाइरससँग सम्बन्धित क्वारेन्टाइनमा राखिने व्यक्ति, पालना गर्नुपर्ने विधि, हुनुपर्ने पूर्वाधार, त्यहाँ सेवारत रहनुपर्ने चिकित्सक र गर्नुपर्ने सबै सुरक्षित उपाय अपनाउने गरी काम गर्न उक्त मापदण्ड स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा‍‍. युवराज खतिवडाले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा बलम्बुस्थित सशस्त्र प्रहरी नेपालको ‘डेडिकेटेड आइसोलेटेड’ अस्पताललाई कोभिड–१९ को रोकथाम नियन्त्रणको उपचारसम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकको समन्वयमा  गर्ने निर्णय गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरिएको छ।

त्यसका लागि रक्षा, गृह, परराष्ट्र र अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए। विदेशबाट हवाई मार्गमार्फत आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको र कसैले त्यसलाई उल्ल‌ंघन गरे कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आदेश भइसकेको पनि उनले बताए।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

चीनको वुहानमा कोरोना : लगातार पाँचौँ दिन पनि भेटिएन नयाँ संक्रमण

चीनको वुहानमा कोरोना : लगातार पाँचौँ दिन पनि भेटिएन नयाँ संक्रमण

विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस संक्रमण पुष्टि भएको चीनको वुहान शहरमा सोमबार लगातार पाँचौँ दिन पनि नयाँ व्यक्तिमा संक्रण भेटिएनन्।

विश्वभर प्रकोपका रूपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या विश्वका अन्य मुलुकमा फैलिने क्रम रहे पनि शुरूमा संक्रमणबाट निकै प्रभावित बनेको वुहानमा नयाँ संक्रमण नदेखिएसँगै यहाँका उद्योग तथा कलकारखाना काममा फर्किन थालेका छन्।

हुबेई प्रान्तको राजधानी शहर वुहानमा लगातार पाँचौँ दिनसम्म कुनै पनि संक्रमित वा संक्रमणको आशंका गरिएका व्यक्ति नदेखिएका कारण यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी मी फङले बेइजिङमा पत्रकार सम्मेलन गरी बताए।

वुहानमा संक्रमण फैलिएको सार्वजनिक सूचनासँगै पूर्णरूपमा बन्द भएको शहरमा दुई महिनापछि विस्तारै चहलपहल बढ्न थालेको र अन्य शहरमा पनि नयाँ बिरामीको संख्या नियन्त्रणको अवस्थामा पुगेको मीले बताए।

यद्यपि नयाँ संक्रमित नभेटिए पनि यहाँ पूर्णरूपमा खतरामुक्त भयो भन्नु अहिल्यै हतार हुने भन्दै नागरिकहरूलाई सचेत रहन उनले आग्रह गरे। अझै पनि संक्रमण फैलिने खतरा रहेको र पुनः महामारी ननिम्तियोस् भनेर स्वास्थ्यकर्मी, नागरिक तथा सरकारी अधिकारीले संयम अपनाइरहेका छन्। उनले रोकथाम र नियन्त्रणका अझै धेरै काम बाँकी रहेको पनि बताए।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपाल भयो लकडाउन, मंगलबारदेखि एक साता घरबाहिर निस्कन नपाइने

नेपाल भयो लकडाउन, मंगलबारदेखि एक साता घरबाहिर निस्कन नपाइने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले भोलि मंगलबारबाट लागू हुने गरी नेपालभरी लकडाउन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सो कुरा बताएका हुन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरिय समन्वय समितिले लकडाउनको निर्णय गरेको हो।

यो सँगै नागरिकलाई घरबाट बाहिर निस्कन समेत रोक लगाइएको छ भने सार्वजनिक यातायात पनि ठप्प हुनेछन्। आन्तरिक उडानहरु पनि रोकिनेछ।

आइतबार फ्रान्सबाट आएकी १९ वर्षीय एक किशोरीमा कोरोना पोजेटिभ भएको पुष्टि भएसँगै सरकारले यस्तो कडा कदम चालेको हो । चैत ११ देखि १८ गतेसम्म यो निर्णय लागू हुनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘औषधि पसल बन्द नगर्नू’

‘औषधि पसल बन्द नगर्नू’

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रूपमा सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।

अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघले विश्वव्यापी रूपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै औषधि पसल नियमित रूपमा सञ्चालन गर्न अपिल गरेको हो।

संघले औषधिको आपूर्ति र वितरणमा कुनै पनि प्रकारका समस्या आएका त्यसको समाधानका लागि तयार रहेको बताएको छ।

स्वास्थ्य सुरक्षाका लागि आवश्यक अपरिहार्य सुरक्षा विधि अपनाएर औषधि बेच्न संघले व्यवसायीलाई सुझाव दिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना भाइरसको त्रासले जेलबाट भाग्ने प्रयास गर्दा २३ जनाको मृत्यु

कोरोना भाइरसको त्रासले जेलबाट भाग्ने प्रयास गर्दा २३ जनाको मृत्यु

कोरोनाभाइरस संक्रमण फैलिने आशंकामा कोलम्बियास्थित एउटा कारागारका बन्दीहरूले भाग्ने प्रयास गरेपछि दंगा हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ।

कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी घाइते भएका छन्।

कोरोना भाइरसको त्रासबीच देशभरि कारागारमा रहेका कैदीबन्दीले फितलो स्वास्थ्यसेवाको विरोध गर्दै आइतवार विरोध प्रदर्शन गरेका थिए।

सरकारले त्यसबारे अनुसन्धान गरिरहेको छ। न्यायमन्त्री काबेलोका अनुसार उक्त हिंसामा घाइते भएका ३२ बन्दी र सात सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल लगिएको छ।

दुई सुरक्षाकर्मीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

Nepal reports second case of COVID-19, a woman returned from France tested with positive

Nepal reports second case of COVID-19, a woman returned from France tested with positive

Health TV Online/Kathmandu: Second case of COVID-19 has been confirmed in Nepal. A 19 year-old-woman who returned from France via Qatar is confirmed with Corona positive.

At a press conference held at the Ministry of Health and Population on Monday afternoon, Minister Bhanubhakta Dhakal said Corona was confirmed in a 19-year-old woman who returned from France.

Minister Dhakal informed that she is being treated at ‘Isolation’ at Shukraj Tropical and Infectious Disease Hospital from Sunday evening. All the people in contact with her were kept in quarantine as soon as corona was confirmed, minister added.

थप समाचार

Young people call for all SRH services, including safe abortion rights

Young people call for all SRH services, including safe abortion rights

WHO responds to U.S. decision to withdraw from the organization

WHO responds to U.S. decision to withdraw from the organization

State actors undermining SRHR : WGNRR warns of global backlash

State actors undermining SRHR : WGNRR warns of global backlash

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Editor Acharya bags Global Award for AMR UNGA Reporting

Editor Acharya bags Global Award for AMR UNGA Reporting

Japan provides mammography equipment to Nepal Cancer Care Foundation

Japan provides mammography equipment to Nepal Cancer Care Foundation

Overlooked and Underpaid, Nepal’s Pregnant Sanitation Workers Suffer During COVID-19

Overlooked and Underpaid, Nepal’s Pregnant Sanitation Workers Suffer During COVID-19

Experts call for ensuring access to safe abortion services in COVID context

Experts call for ensuring access to safe abortion services in COVID context

कोरोना संक्रमणकाे त्रास : जुम्ला एक साता ‘लक डाउन’

कोरोना संक्रमणकाे त्रास : जुम्ला एक साता ‘लक डाउन’

हेल्थ टिभी अनलाइन\जुम्ला :  विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस रोकथामको पूर्वतयारीका लागि जुम्ला एक साता ‘लक डाउन’ हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा आइतबार बसेको विपद् व्यवस्थापन समितिले सोमबारदेखि एक सातासम्म जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो। कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा भएको भन्दै जुम्लालाई चैत १० देखि १६ गतेसम्म ‘लकडाउन’ गरिने भएको हो।

रोजगारी र हिउँदे व्यापारमा भारत गएका जुम्लीहरू धमाधम घर फर्किन थालेपछि जुम्लामा कोरोना भइरसको उच्च जोखिम पनि बढेको हो। जुम्लामा मानिसको चाप बढ्न थालेपछि कोरोनाको जोखिमबाट बचाउन ‘लकडाउन’ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

फ्रान्सबाट आएकी युवतीमा देखियो कोरोना, टेकु अस्पतालमा उपचार हुँदै

फ्रान्सबाट आएकी युवतीमा देखियो कोरोना, टेकु अस्पतालमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन काठमाडौं : फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक नेपालीमा कोरोना पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भानुभक्त ढकालले चैत ४ गते फ्रान्सबाट फर्केकी १९ वर्षीया एक नेपाली युवतीमा कोरोना देखिएको जानकारी दिएका हुन्।  यसअघि हाेम क्वारेन्टाइनमा रहेकी उनलाई आइतवार साँझदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ‘आइसोलेसन’ मा राखी उपचार थालिएको मन्त्री ढकालले जानकारी दिए।

कोरोना पुष्टि भए लगत्तै उनीसँग सम्पर्कमा रहेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सिभिल होम्समा कोरोना रोकथाम र नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’

सिभिल होम्समा कोरोना रोकथाम र नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’

हेल्थ टिभी अनलाइन\ललितपुर : सुनाकोठीस्थित सिभिल होम्सले कोरोना रोकथाम र नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गरेको छ।

आफूहरू रहेको आवास क्षेत्रमा कोरोना संक्रमण फैलिन नदिन पूर्व तयारीका रूपमा सचेतना अपनाउने निर्णयसहित टिम गठन भएको संयोजक डा. गोविन्द गौतमले जानकारी दिए। ‘अहिले सबैले आ–आफनो स्थानबाट जोगिने उपाय आफैँले गर्ने वेला हो’, उनले भने,‘त्यसैले हामीले पनि आवासमा कोरोना फैलिन नदिनका लागि यो टिम बनाएका हौँ।’

बैठकले आवासमा प्रवेश गर्दा अनिवार्य ज्वरो नाप्ने, जिम, पौडी पोखरी बन्द गर्ने निर्णय गरेकाे छ। यस्तै आवास क्षेत्रमा रहेका सबैले साबुनपानीले हात धुन, घरमा पाहुना नबोलाउन, र पाहुना लाग्न नजान,आवासमा भिडभाड नगर्न, अत्यावश्यक बाहेक सार्वजनिक कार्यक्रममा नजान  सचेत गाराइएकाे उनले जानकारी दिए।

ताजा अपडेट