Health TV Online

भारतमा एकै परिवारका ५ जनालाई कोरोना संक्रमण

भारतमा एकै परिवारका ५ जनालाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं: भारतमा एकै परिवारका ५ जना कोरोना संक्रमित भेटिएका छन्।

उत्तरप्रदेशको बुलंद शहरमा बस्ने एक परिवारका ५ जना सदस्यमा कोरोना पोजेटिभ पाइएको हो।

उनको परिवारमा उनकी श्रीमती र उनीसँगै बस्ने तीन जना सालाहरुमा कोरोना पोजेटिभ देखिएको भारतीय स्वास्थ्य अधिकारीले बताएका छन्।  शुक्रबार उनीहरुको रिपोर्ट आएको हो । परिवारमा सबैलाई कोरोना पोजेटिभ देखिएपछि उनीसँग सम्पर्कका आएका ५० बढी व्यक्तिलाई अस्पतालमा आइसोलेसनमा राखी नमुना परीक्षण गर्न पठाइएको छ ।

उक्त संक्रमित व्यक्ति ट्रेन चढेर उत्तरप्रदेशकै अमरावतीबाट मेरठआएकाले ट्रेनमा बस्ने व्यक्तिहरु पनि संक्तमित हुन सक्ने भन्दै उनीहरुको पनि खोजी शुरु गरेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बेलायतका अस्पतालमा अहिले सुनामी आएजस्तै छ: प्रसुना कँडेल, नर्स

बेलायतका अस्पतालमा अहिले सुनामी आएजस्तै छ: प्रसुना कँडेल, नर्स

प्रसुना कँडेल बेलायतको लण्डन वेस्टनर्थ हेल्थकेयरमा नर्सका रूपमा कार्यरत छिन्। उनी त्यहाँ रजिष्टर्ड क्रिटिकल केयर नर्स हुन्। उनी यतिवेला विदेशमा रहेर कोरोना संक्रमति बिरामीहरूको सेवा गरिरहेकी छिन्। उनै नर्स प्रसुनासँग हेल्थ टिभी अनलाइनका प्रमोद पन्तले गरेको कुराकानी—

म अहिले कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा प्रत्यक्ष रूपमा संलग्न छु। यहाँ स्थिति एकदमै भयावह छ। यो रोग नलाग्दै जति रोकथाम गर्न सकिन्छ, त्यसमै ध्यान पुर्याउनुपर्छ जस्तो लाग्छ । दुई सातायता बेलायतमा कोरोनाको संक्रमण अत्यधिक बढेको छ। म कार्यरत अस्पतालमा कोरोनाका बिरामीको संख्या प्रत्येक दिन बढ्दो छ। बेलायतका सबै अस्पतालका बेड भरिएका छन्। आईसीयू त पाउनै मुश्किल छ।

बिरामी धेरै आएपछि सरकारले नाइटिंगेल प्रदर्शनी केन्द्रलाई पाँचहजार बेडको अस्पताल बनाएको छ। यहाँ कोरोनाका बिरामीको मात्र उपचार हुन्छ। शुरुमा थोरै बिरामी हुँदा चाहिने जति सबै बिरामीलाई आईसीयूमा राखिन्थ्यो। तर अहिले त्यस्तो अवस्था छैन। अहिले त हामी कुन बिरामी कस्तो अवस्था र उमेर पनि हेर्ने गर्छौँ। बढी उमेर र भर्खरको बिरामी एकैसाथ आउँदा कम उमेरको बिरामीलाई प्राथमिकता दिन्छौँ। उनीहरूलाई आईसीयूमा राख्छौँ। अन्य अवस्थामा हामी स्वास्थ्यकर्मीका लागि सबै बिरामी समान हुन्।

यो कोरोना भाइरस संक्रमित भएर संघर्ष गरिरहेका र मृत्युवरण गरेका धेरै बिरामीसँग नजिक बसेर काम गरिरहेको छु। त्यसैले यसको पीडा मलाई थाहा छ, जुन शब्दमा व्यक्त गर्न पनि सकिँदैन। यो रोग लागेका धेरै बिरामी जसलाई मैले सेवा गरेँ। कति मेरैअगाडि मरेका छन्। मृत्युपछि झन् महामारी फैलाउने रोग भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ ।

अहिले हामीले साढे १२ घण्टा काम गर्नुपर्छ एउटा सिफ्टमा। अन्य अवस्थामा बेलायतमा नर्सले एक सातामा ३७ घण्टा काम गर्ने हो। चार दिन काम गर्दा तीन दिन छुट्टी पाइन्थ्यो। तर अहिले कसैलाई छुट्टी दिइएको छैन। छुट्टीमा रहेका नर्सलाई पनि काममा बोलाइएको छ। विशेषगरी कोरोनाका बिरामीको केयर गर्न आईसीयू र तालिमप्राप्त नर्सको भूमिका बढी हुन्छ।  बेलायतका अस्पतालमा अहिले सुनामी आएजस्तै छ। कसैलाई पनि बोल्ने फुर्सद छैन।

शुरुमा बिरामीको आकलन नभएकाले पीपीई लगायतका सामान अभाव थियो। तर अहिले सरकारले धमाधम पीपीई बनाएर बाँडिरहेको छ।यस्तो वेला बिरामीको सेवा गर्न हामी डाक्टर तथा नर्स एवं स्वास्थ्यकर्मी नै ‘फ्रन्टलाइन’मा हुन्छौं । त्यसैले हामी रोग सर्ने बढी जोखिममा हुन्छौँ। त्यसैले यहाँ हाम्रो बिमा गरिएको छ।

कोरोनाका बिरामीको रोगसँग लडिरहेको नजिकबाट हेरेकाले यसको दुःखदायी अवस्था आफ्नै आँखाले देखेकी छु। त्यसैले नेपालमा अझै फैलिरहेको छैन। यही वेला रोकथाममा ध्यान दिन जरुरी छ। यदि यो फैलिए निकै गाह्रो हुन्छ। ‘हेल्थ सिस्टम’ धेरै राम्रो छ र पनि बेलायतले यो संक्रमण नियन्त्रण गर्न सकिरहेको छैन। बिरामी पनि छानेर उपचार गर्नुपर्ने अवस्था छ। परिवारलाई त्यत्तिकै तनाव हुन्छ। त्यसैले यो वेला रोक्न ‘सोसल डिस्टेन्स’ कायम गरेर घरमै बस्न जरुरी छ।

नेपालमा रहेकाहरूलाई के भन्न चाहन्छु भने कोरोनाबाट बच्न सक्ने उपाय अवलम्बन गर्नुस्। त्यहाँ पनि लकडाउनको अवस्था रहेछ। सरकारले लगाएको नियमको पालना गर्दै केही समय घरबाहिर नजानुस्। यसले तपाईँलाई मात्र होइन, परिवार र समाजलाई नै संक्रमणबाट जोगाउँछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

स्पेनमा कोरोनाले एकैदिन ८३२ जनाको मृत्यु

स्पेनमा कोरोनाले एकैदिन ८३२ जनाको मृत्यु

स्पेनमा कोरोना भाइरसका कारण २४ घण्टामा ८३२ जनाको मृत्यु भएको छ।

स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै हो। शनिबार मध्याह्नसम्म पाँच हजार ६९४ जनाको मृत्यु भएको छ।

स्पेनमा कुल संक्रमितको संख्या ७२ हजार २४८ पुगेको छ। पछिल्लो २४ घण्टामा आठ हजार १८९ नयाँ संक्रमित थपिएका छन्।

स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो। म्याड्रिडमा मात्र दुई हजार सात सय ५७ जनाको मृत्यु भएको छ। यो मृत्यु हुने संख्याको ४८ प्रतिशत हो। यहाँ २१ हजार ५२० संक्रमित पाइएका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कर्णाली प्रदेश अस्पतालमा ५० शय्याको आइसोलेसन

कर्णाली प्रदेश अस्पतालमा ५० शय्याको आइसोलेसन

हेल्थ टिभी अनलाइन\सुर्खेत : कर्णाली प्रदेश अस्पताल कालागाउँमा ५० शय्याको आइसोलेसन तयार गरिएको छ। कोरोना संक्रमितको उपचारका लागि अस्पतालले आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको हो।

कर्णाली प्रदेश सरकारको बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश अस्पतालसहित तीन अस्पतालमा आइसोलेसन वार्डसहित अन्य आवश्यक सामग्री व्यवस्थापन गर्न दुई करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो।

बैठकले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक एक करोड र रुकुम (पश्चिम) स्थित चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख रुपैयाँ बजेट दिने निर्णय गरेको थियो।  बजेट आइतबारसम्म पठाउने सरकारको तयारी छ।

प्रदेश अस्पतालका निर्देशक डा‍. डम्बर खड्काले ५० शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको जानकारी दिए। उनका अनुसार एक परियोजना र प्रदेश सरकारको बजेटले कम्तीमा २०० शय्याको आइसोलेशन वार्ड तयार गरिनेछ। उनले शय्या विस्तारसंँगै जनशक्ति थप गर्न आवश्यक रहेको बताए।

सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा पनि आइसोलेसन वार्ड तयार भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२० शय्या तयारी अवस्थामा छन्।

प्रतीकात्मक तस्वीर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको त्रासले जनकपुरमा रगत अभाव

कोरोनाको त्रासले जनकपुरमा रगत अभाव

हेल्थ टिभी अनलाइन\जनकपुर : धनुषामा केही दिनयता रगत अभाव देखिएको छ। संघसंस्थामा रक्तदान हुन छाडेपछि धनुषास्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव देखिएको हो।

रगत नहुँदा विशेषगरी प्रसूति भएका महिला र गम्भीर अवस्थाका बिरामीलाई लाई समस्या भएको नेपाल रेडक्रस सोसाइटी जनकपुरका अध्यक्ष नरेशप्रसाद सिंहले जानकारी दिए। माग पूर्ति गर्नका लागि स्वयंसेवकको मद्दत लिने गरेको उनले बताए।

कोरोना भाइरसको कारण मुलुक लकडाउनका अवस्थामा रहेकाले रगतदानका लागि आह्वान पनि गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ। अहिलेसम्म रगतको अभावको कारण कसैलाई मृत्यु हुन नदिएको र स्वयंसेवकलाई सक्रिय पारेको उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बीपी प्रतिष्ठानमा कोरोना स‌ंक्रमणको नमुना परीक्षण शुरु हुने

बीपी प्रतिष्ठानमा कोरोना स‌ंक्रमणको नमुना परीक्षण शुरु हुने

हेल्थ टिभी अनलाइन\काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस स‌ंक्रमणको नमुना परीक्षण  शुरु हुने भएको छ ।

शनिवार पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धरानबाट पनि भोलिदेखि नमुना परीक्षण शुरु गर्ने बताएका हुन्। चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमुना परीक्षण गरिने उनले जानकारी दिए ।

अहिलेसम्म काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण हुँदै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

जनकपुर प्रादेशिक अस्पताल कोरोना संक्रमितको उपचार  गर्न तयारी अवस्थामा

जनकपुर प्रादेशिक अस्पताल कोरोना संक्रमितको उपचार  गर्न तयारी अवस्थामा

हेल्थ टिभी अनलाइन\धनुषा : प्रदेश २ को राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार  गर्न तयारी अवस्थामा रहेको जनाएको छ।

उपचारका लागि आवश्यक थर्ड लेयरको पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पीपीई) उपलब्ध गराए सेवा उपलब्ध गराउने भएको हो। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले सम्भवतः आइतबारदेखि प्रादेशिक अस्पतालले सेवा शुचारु गर्ने गरी तयारी गरेको बताए।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अस्पतालका सम्पूर्ण वार्डको सेवा बन्द गरेर अहिले आकस्मिक सेवा मात्र सञ्चालन गरिएको  बताइएको छ। एक जना पोजेटिभ देखिएको खण्डमा एक दिनमा मात्र थर्ड लेयरको (पीपीई) दैनिक रूपमा २५ देखि ३० आवश्यक रहेको उनको भनाइ छ। आफूहरूसँग अहिले निकै कम भएकाले थप माग गरिएको उनले जानकारी दिए।

ज्वरो क्लिनिक, इमरजेन्सी आइसोलेसन वार्ड र सम्भावित कोभिड–१९ आईसीयू सञ्चालन गर्न सबैलाई काम गर्न खटाएको डा‍. यादवले बताए। चिकित्सक तथा पारामेडिकल कर्मचारीका लागि चाहिने सामानको जोहो गरिदिन उनले आग्रह गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

इटलीमा एकैदिन ९१९ ले गुमाए ज्यान

इटलीमा एकैदिन ९१९ ले गुमाए ज्यान

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना संक्रमणबाट इटलीमा एकैदिन ९१९ जना नागरिकको ज्यान गएको छ।

योसँगै इटलीमा नौ हजार १३४ जनाको मृत्यु भएको छ। शनिबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ।

केही दिनयता यहाँ ज्यान जाने नागरिकको संख्या बढिरहेको देखिएको छ। मृत्यु हुनेमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक छन्।

इटाली विश्वमा नै कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु भएको देश हो।

योसँगै इटलीमा संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाइरस संक्रमण

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाइरस संक्रमण

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन्।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार संक्रमितमध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन्। त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि संक्रमित भएका छन्।

बिरामीमध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उनले बताए। उनीहरूले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाइ छ ।
राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झण्डै चार हजार कर्मचारीमध्ये बिहीवार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए।

त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रूपमा टाढा बसेर काम गरिरहेका छन् भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा पाँचौं व्यक्तिमा कोरोना संक्रमण

नेपालमा पाँचौं व्यक्तिमा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा पाँचौ व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ ।

बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पाँचौ व्यक्तिमा कोरोना पोजेटिभको पुष्टि गरे ।

यसअघि हिजो मात्र धनगढीका एक युवकमा कोरोनो संक्रमण पुष्टि भएको थियो । उनी अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन्।  यसअघिका कतारबाट आएकी युवती र दुबईबाट आएका धादिङका युवक टेकु अस्पतालमा उपचाररत छन्। दुई महिना अघि कोरोना पोजेटिभ देखिएका पहिलो संक्रमित भने निको भएर घर गइसकेका छन्।

आज कोरोना देखिएकी युवती सहित नेपालमा संक्रमितको संख्या ५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सम्भावित संक्रमितको नमुना लिन नेपालगंज गएको विमान दुर्घटना

सम्भावित संक्रमितको नमुना लिन नेपालगंज गएको विमान दुर्घटना

हेल्थ टिभी अनलाइन\ काठमाडौं:   कोरोनाको आंशकामा आइसोलेसनमा रहेका व्यक्तिहरुको नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ ।

नेपालंगजका विभिन्न स्थानमा आइसोलेसनमा रहेका कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन चिकित्सकसहित गएको  जहाज अवतरणका क्रममा रनवे नजिकै चिप्लिएर मैदानमा पुगेको बताइएको छ । यद्यपी विमानमा केही क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको बताइएको छ ।

अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अमेरिकामा पछिल्लो २४ घण्टामा ३४५ को मृत्यु , १८ हजार नयाँ संक्रमित थपिए

अमेरिकामा पछिल्लो २४ घण्टामा ३४५ को मृत्यु , १८ हजार नयाँ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं: अमेरिकामा पछिल्लो २४ घण्टामा ३४५ जनाको मृत्युु भएको छ । यसैगरी एकै दिनमा १८ हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन्। यो संख्या अत्यधिक धेरै भएको विज्ञहरुको भनाई छ ।

चीन र इटलीलाई उछिन्दै अमेरिकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । यद्यपी अमेरिकामा संक्रमितको मृत्युदर भने कम छ । अहिलेसम्म अमेरिकामा एक लाख ४ हजार ७ जना व्यक्ति कोरोनाबाट संक्रमित भइसकेका छन्।  हालसम्म १ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना रोकथामको योजनाबारे सातै प्रदेशका मुख्यमन्त्रीसँग सरकारको ‘भिडियो कन्फरेन्स’

कोरोना रोकथामको योजनाबारे सातै प्रदेशका मुख्यमन्त्रीसँग सरकारको ‘भिडियो कन्फरेन्स’

हेल्थ टिभी अनलाइन\काठमाडौं : सातै प्रदेशका मुख्यमन्त्रीले कोरोना नियन्त्रणका लागि चालेका कदम र भावी कार्ययोजनाबारे उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई जानकारी गराएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा संयोजक पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका हुन्।

प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि भइरहेका काम, वर्तमान अवस्था र अब गर्नुपर्ने तयारीबारे समितिलाई जानकारी गराएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए।

मुख्यमन्त्रीहरूले क्वारेन्टाइन केन्द्रको स्थापना, यात्रुको स्वास्थ्य परीक्षण, आइसोलेटेड बेडको निर्माण र दैनिक जनजीवनमा परेको प्रभावलाई न्यूनीकरण गर्न चालिएका कदम र राहतका विषयवस्तु प्रस्तुत गरेकोउनले जानकारी दिए।

स्वास्थ्य सामग्री र उपकरण अभावसम्बन्धी जानकारी गराउँदै मुख्यमन्त्रीहरूले अब ठूलो वित्तीय दायित्व आउनसक्ने भएकाले केन्द्रले पनि सहयोग गर्नुपर्ने धारणा राखेका थिए। समितिले क्वारेन्टाइन केन्द्र सञ्चालनसम्बन्धी स्वीकृत मापदण्डअनुसार काम गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

संक्रमित व्यक्ति दुबईबाट चैत ७ मा आएका थिए काठमाडौं, एक दिन आफन्तकोमा बसे त्यसपछि नेपालगंज हुँदै धनगढी पुगे

संक्रमित व्यक्ति दुबईबाट चैत ७ मा आएका थिए काठमाडौं, एक दिन आफन्तकोमा बसे त्यसपछि नेपालगंज हुँदै धनगढी पुगे

हेल्थ टिभी अनलाइन \काठमाडौं: धनगढीमा आज पुष्टि भएका चौंथो कोरोना संक्रमित युवक चैत ७ गते (मार्च २०मा) दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको पाइएको छ ।

उनी काठमाडौं आएर चैत ७ मा काठमाडौंमै आफन्तकोमा बसेको र चैत ८ गते मात्र बुद्ध एयर मार्फत नेपालगंज गएको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले बताए ।

उनले भने, ‘संक्रमित युवकको डिटेल खोजिरहेका छौं । उनी काठमाडौं आएर पनि धेरै ठाउँ गए जस्तो देखिन्छ । उनी काठमाडौंबाट सिधै धनगढीको जहाजमा नगएर नेपालगंज हुँदै गएका छन्। यसले पनि झन समस्या बनायो, उनले भने । यतिमात्र नभएर उनी नेपालगंजबाट माइक्रो चढेर गृहजिल्ला धनगढी गएको पाइएको छ ।  उनको ट्राभल हिस्ट्री हेर्दा धेरै जनामा सर्नसक्ने देखिन्छ । हामी यसको खोजीमै छौं भोलिसम्म सबै पत्ता लाग्ला, पाण्डेले भने ।

संक्रमित व्यक्ति ज्वरो आएपछि चैत ११ मा मात्र परीक्षण गर्न अस्पताल गएका थिए । उनको नमुना संकलन गरेर काठमाडौं पठाइएको थियो । आज मात्र उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

चीनले दिने कोरोना परीक्षण सामग्री भाेलि आउने

चीनले दिने कोरोना परीक्षण सामग्री भाेलि आउने

हेल्थ टिभी अनलाइन\सिन्धुपाल्चोक : तातोपानी हुँदै कोरोना परीक्षणका लागि आवश्यक सामग्री शनिबार नेपाल भित्रिने भएको छ ।

यसको जानकारी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले दिएका हुन्। यसअघि बिहीवार वा शुक्रवारसम्ममा सामग्री नेपाल आउने बताइएको थियो।

नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी वुहानमा कोरोना संक्रमण फैलिएपछि बन्द थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमण : २५ हजारको मृत्यु, पाँच लाख ५० हजारलाई संक्रमण

कोरोना संक्रमण : २५ हजारको मृत्यु, पाँच लाख ५० हजारलाई संक्रमण

विश्वभर कोरोना भाइरस संक्रमणका कारण २५ हजार ४५ जनाको मृत्यु भएको छ। विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति संक्रमित भइसकेका छन्।

कोरोना भाइरसका कारण इटलीमा सबैभन्दा बढी आठ हजार २१५, स्पेनमा चार हजार ८५८, चीनमा तीन हजार २९२, इरानमा दुई हजार ३७८, फ्रान्समा एक हजार ६९६ र अमेरिकामा एक हजार ३०४ जनाको मृत्यु भएको छ।

केही समयसम्म संक्रमितको दर चीन तथा युरोपेली मुलुकमा बढी रहेकोमा बिहीबारदेखि सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा देखिएको छ।

अमेरिकामा ८५ हजार ७४९, चीनमा ८१ हजार ३४०, इटलीमा ८० हजार ५८९, स्पेनमा ६४ हजार ५९, जर्मनीमा ४७ हजार २७८, इरानमा ३२ हजार ३३२ र फ्रान्समा २९ हजार १५५ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सम्बन्धित देशले एएफपीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा चौँथो व्यक्तिमा कोरोना संक्रमण देखियो

नेपालमा चौँथो व्यक्तिमा कोरोना संक्रमण देखियो

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालमा चौंथो व्यक्तिमा पनि कोरोना संक्रमण भेटिएको छ ।

प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

३४ वर्षका उनी हालसालै दुबईबाट आएको बताइएको छ । यसअघि पहिलो कोरोना संक्रमित चीनबाट आएका थिए ।उनी यतिखेर उपचारपछि निको भइसकेका छन्। दोस्रो संक्रमण फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीय युवतीमा देखिएको थियो । तेस्रो बिरामी दुबईबाट आएका थिए । पछिल्ला दुई जना अहिले पनि टेकु अस्पतालको आइसोलेसनमा उपचारमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बेलायतका प्रधानमन्त्री बोरिसलाई पनि कोरोना संक्रमण

बेलायतका प्रधानमन्त्री बोरिसलाई पनि कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बेलायतका प्रधमनमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना पोजेटिभ देखिएको छ । जोन्सनले अहिले आफूलाई आइसोलेसनमा राखेको बताएका छन्। योसँगै उनले आफूले घरबाटै काम गर्ने पनि जिकीर गरेका छन्।

पछिल्लो २४ घण्टामा आफूलाई कोरोनासँग मिल्ने सामान्य लक्षणहरु देखिएको र जाँच गर्दा कोरोना पोजेटिभ पाइएको जोन्सनले भिडियो सन्देश मार्फत भनेका छन्। उनले कोरोना संक्रमणबाट जोगिन आफना नागरिकलाई घरमै बस्न आग्रह समेत गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

राजधानीका तीन अस्पतालमा १३ जनाको आइसोलेसनमा उपचार हुँदै

राजधानीका तीन अस्पतालमा १३ जनाको आइसोलेसनमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  कोरोना संक्रमणको आशंकामा विभिन्न अस्पताल गरी १३ जनालाई आइसोलेसनमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हाल १३ जना व्यक्ति आइसोलेसनमा रहेको बताएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले उक्त कुरा बताएका हुन्। उनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ जना यसैगरी पाटन अस्पतालमा ६ जना र कान्ति बाल अस्पतालमा ३ जनाको उपचार भइरहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनले आज बिहानसम्म ८ सय २ जनाको कोरोना परीक्षण भएको र तीन जनामा मात्र पोजेटिभ देखिएको बताए ।  एक जना निको भएर घर गइसकेको र दुई जना अस्पतालमै रहेको उनले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

किट, पीपीई र औषधि लिन नेपाल वायुसेवा निगमको जहाज भोलि चीन जाने

किट, पीपीई र औषधि लिन नेपाल वायुसेवा निगमको जहाज भोलि चीन जाने

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरस परीक्षण गर्ने किट र पीपीई लगायत उपकरण तथा औषधिजन्य सामग्री लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ।

विमानस्थल उच्च कार्यालय स्रोतका अनुसार भोलि नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको हो। औषधिजन्य सामाग्री लिनका लागि फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान शनिवार ग्वाङझाओ जाने स्रोतले बताएको छ।

यसअघि चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई पनि नेपाल वायु सेवा निगमकै वाइडबडी जहाजले ल्याएको थियो।

ताजा अपडेट