Health TV Online

स्वास्थ्यकर्मीलाई कोठा छोड्न दबाब दिए घर मालिकलाई कारबाही

स्वास्थ्यकर्मीलाई कोठा छोड्न दबाब दिए घर मालिकलाई कारबाही

हेल्थ टिभी अनलाइन\काठमाडौं : बहालमा बसिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोठा खाली गर्न दबाब दिने घर मालिकलाई सरकारले कारबाही गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा. खेम कार्कीले चिकित्सक र नर्सलाई घरमालिकले कोठा छोड्न भनेको भन्ने सुन्नमा आएको भन्दै त्यस्तो परिस्थिति आए स्थानीय प्रशासनलाई जानकारी गराउन आग्रह गरे।

विदेशबाट आएका केहीमा बाहेक अहिलेसम्म नेपालीमा संक्रमण नदेखिएको अवस्था छ’, उनले भने, ‘यस्तो वेला स्वास्थ्यकर्मीलाई घर छाड्न दबाब दिनु सामाजिक अपराध हो।’ कसैले यस्तो गरे प्रशासनमा उजुरी गर्न उनले सुझाव दिए। त्यस्ता घर मालिकलाई पहिलो चरणमा सम्झाउने र त्यसपछि पनि अटेर गरे कारबाही गर्ने चेतावनी उनले दिए।

डा. कार्कीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सही ढंगले प्रयोग गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे। ‘कोरोना संक्रमितको उपचारमा अत्यन्तै महत्त्वपूर्ण सामग्री गतल ढंगले प्रयोग नगर्नुस्’, उनले भने। पीपीई लगाएर स्वास्थ्यकर्मीले सामूहिक तस्वीर खिचाएको फोटो सामाजिक सञ्जालमा आएको भन्दै उनले त्यसो नगर्न आग्रह गरे।

पाँच मिनेटमा नै कोरोना परीक्षण गर्न सकिने भन्दै प्रचार गरिएको ‘र्यापिड टेस्ट किट’ विश्वसनिय नभएको उनले बताए। ‘विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्नु भनेर निर्देशन दिएको छ’, उनले भने, ‘त्यस्ता भ्रमपूर्ण प्रचारमा विश्वास नगर्नुस्।’

कोरोना संक्रमणबाट बच्न लकडाउन गरिएको स्मरण गराउँदै उनले व्यक्तिगत दूरी कायम राखी खेतीपाती, घाँसपात र गाईवस्तु चराउन मिल्ने स्पष्ट पारे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा हालसम्म १ हजार ६० जनाको कोरोना परीक्षण, ५ जना संक्रमित

नेपालमा हालसम्म १ हजार ६० जनाको कोरोना परीक्षण, ५ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालमा हालसम्म ५ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती मध्ये एक जना निको भएर घर गइसकेका छन् भने ४ जना आइसोलेसनमा उपचाररत छन्।

मंगलबार बिहानसम्म १ हजार ६० जना व्यक्तिमा कोरोना भाइरसको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने, ‘हालसम्म १ हजार ६० जनामा कोरोना परीक्षण गर्दा पुरानै ५ जनामा बाहेक अन्यमा संक्रमण नेगेटिभ आएको छ । यो हाम्रा लागि खुशीको कुरा हो ।’

स्वास्थ्य मन्त्रालयलले नमुना परीक्षणको दायरा फराकिलो बनाउँदै प्रत्येक प्रदेशबाट नमुना परीक्षण शुरु गर्न लागेको पनि उनले जानकारी दिए । आजको मितिसम्म  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० जना आइसोलेसनमा रहेको पनि उनले जानकारी दिए । यसैगरी ७७ जना कोरोनाको आशंकामा प्रदेशका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेको पनि उनले बताए ।

डा देवकोटाले शुरुका दुई जना संक्रमितका आफन्त र नजिकबाट सम्पर्कमा आएकाहरुको पहिचान भइसकेको र उनीहरुकलाई होम क्वारेन्टाइनमा राखिएको भनदै पछिल्लो दुई जना संक्रमितको सम्पर्कमा आएकाको पनि ८० प्रतिशत पहिचान भइसकेको जानकारी दिए । उनले लकडाउनलाई पालना गर्दै कोरोना रोकथाम र नियन्त्रणमा सबैलाई सहयोग गरिदिन आग्रह समेत गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

पोखरामा पनि शुरु भयो कोरोना परीक्षण

पोखरामा पनि शुरु भयो कोरोना परीक्षण

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  काठमाडौंबाहिर धरानपछि पोखरामा कोरोना परीक्षण शुरु भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पोखरामा पीसीआर मेशिन जडान गरिसकेको र आजैबाट परीक्षण गर्न शुरु गरिएको बताएका हुन्। उनले धनगढी र सुर्खेतमा पनि पीसीआर मेशिन पुगिसकेको भन्दै छिटै परीक्षण शुरु हुने जिकीर गरे ।

डा देवकोटाले हाल टेकु अस्पतालमा १० जना आइसोलेसनमा रहेको र ७७ जना प्रदेशका अस्पतालका आइसोलेसनमा उपचाररत रहेको पनि जानकारी दिए । उनले उनीहरु सबैको नमुना परीक्षण हुने बताए । यसैगरी हालसम्म १ हजार ६० जनाको कोरोना परीक्षण गरिएको उनले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना महामारीको चिन्तामा नरहेको युरोपको एउटा मात्र देश

कोरोना महामारीको चिन्तामा नरहेको युरोपको एउटा मात्र देश

युरोप अहिले कोरोनाभाइरस महामारीको केन्द्रमा छ तर सोही महादेशको एउटा राष्ट्रमा भने अधिकारीहरूले दैनिक जीवनमा फेरबदल ल्याउने कुनै कडा कदमहरू चालेका छैनन्। थुप्रै पक्षमा मौलिक रहेको एउटा देश बेलारुसले बाँकी युरोप र आफ्नै छिमेकी रूस र युक्रेनभन्दा फरक बाटो समातिरहेको छ।

युक्रेनमा आपत्कालीन अवस्था लगाउन खोजिँदैछ भने रूसले स्कुलहरू बन्द गर्ने, ठूला जमघटका कार्यक्रमहरू रद्द गर्ने र देशमा आउजाउ गर्ने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।बेलारुसमा भने दैनिकी सामान्य छ।

सीमाहरू खुला छन्। मानिसहरू काममा गइरहेका छन्। र ट्वाइलेटपेपर किन्न जाँदा कोही अत्तालिएका भेटिन्नन्। बेलारुसका राष्ट्रपति अलेक्सान्ड्र लुकासिन्कले भाइरसको सङ्क्रमण फैलन नदिनका लागि कुनै सावधानीका कदमहरू चाल्न आवश्यक नरहेको बताए।

यस्ता कुराहरू भइरहन्छन्। महत्त्वपूर्ण कुरा नआत्तिनु हो मङ्गलवार चिनियाँ राजदूतलाई राजधानी मिन्स्कमा भेटेपछि उनले भने,बेलारुसले फिल्महल वा नाट्यघर बन्द गरेको छैन। उसले मानिसहरूको जमघट हुने कुनै सार्वजनिक कार्यक्रम समेत रोकेको छैन। फुटबल प्रतियोगिता रद्द नगर्ने यो अन्तिम देशहरूमध्ये पर्छ।

बेलारुसियन प्रिमियरसिप छिमेकी रुसमा समेत फुटबलप्रेमीको लागि टेलिभिजनमार्फत् देखाइनेछ। आम बेलारुसका जनताहरू भने मौनताबीचमै भाइरसको सङ्क्रमणबारे चिन्तित छन्। किनकि आफ्नो देशबाहिर के भइरहेको छ भन्ने उनीहरूलाई थाहा छ।

राजधानी शहरमा भिडभाडयुक्त कक्षाकोठा छल्नका लागि केही युवा एवं स्कुले विद्यार्थीहरूले सञ्चो नभएको बहाना बनाउने गरेका छन्। उनीहरूको चासोलाई बुझेरै केही विश्वविद्यालय एवं क्याम्पसहरूले आफ्ना कक्षाहरू केही घन्टा ढिलो सुरु गर्न थालेका छन्।

जसले गर्दा विद्यार्थीहरू भिडभाड हुने समय छल्न सकुन् भन्ने उनीहरूको उद्देश्य छ।मिन्स्कका सडकमा थोरै मानिसहरु मात्र देखिन्छन्। र जेष्ठ नागरिकहरू बढि जोखिममा छन् भन्ने पनि धेरैलाई थाहा छ। तर अधिकारीहरूका तहबाट ती कुनै सचेतना फैलिएको छैन।

राष्ट्रपति अलेक्सान्ड्र लुकासिन्कले चिन्ता नमान्नुपर्नाको कारण देश छिर्ने सबैको कोरोनाभाइरस जाँच गरिनु रहेको बताउँछन्। उनको दाबी छ , दैनिक दुईदेखि तीनजना मानिसमा कोरोनाभाइरसको सङ्क्रमण देखिन्छ। त्यस्तोबेला उनीहरूलाई क्वारन्टीनमा राखिन्छ र डेढदेखि दुई साताबीचमा छाडिन्छ।

बीबीसीबाट:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुर्खेतमा ल्याब मेसिन र दक्ष जनशक्ति पठाउने राज्यमन्त्री रावतको आश्वासन

सुर्खेतमा ल्याब मेसिन र दक्ष जनशक्ति पठाउने राज्यमन्त्री रावतको आश्वासन

हेल्थ टिभी अनलाइन\सुर्खेत : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णालीमा एक साताभित्रै कोरोना संक्रमण परीक्षण गर्ने ल्याब मेसिन र दक्ष जनशक्ति पठाउने आश्वासन दिएका छन्।

चीनबाट खरिद गरी ल्याइएका मेडिकल सामग्री सोमवार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गर्दै उनले ल्याब मेसिनको परीक्षण गरेर मात्र प्रदेशमा पठाउने बताए। मेसिन परीक्षण गर्नेवित्तिकै काठमाडौँबाट एम्बुलेन्समा पठाउने उनको भनाइ छ।

कर्णालीमा कोरोना भाइरस जाँच गर्ने मेसिन नहुँदा यहाँ आशङ्कित बिरामीको ‘थ्रोट स्वाब’ काठमाडौँ पठाउनुपर्ने बाध्यता छ। राज्यमन्त्री रावतले कर्णालीका लागि आएको मेशिन अन्य प्रदेशका अस्पतालमा नजानेमा ढुक्क हुन आग्रह गरे। ‘कर्णालीका लागि आएको मेसिन अन्यत्र जाँदैन’, उनले भने, ‘यही साताभित्र दक्ष जनशक्ति मेसिन आइपुग्छ।’

नेपाल सरकारले चीनबाट खरिद गरी ल्याएका मेडिकल उपकरण सेनाको स्काइ ट्रकमार्फत सुर्खेत ल्याइएको हो। सुर्खेत विमानस्थलमा राज्यमन्त्री रावतले सामाजिक विकासमन्त्री दल रावलको रोहबरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई गाउन एक हजार, एन ९५ मास्क ४८० थान, आइआर थर्मामिटर १० थान, पञ्जा २० हजार थान र सर्जिकल मास्क १० हजार थान हस्तान्तरण गरे।

सामाजिक विकासमन्त्री रावलले कोरोना भाइरसको महामारी भित्रिन नदिन प्रदेश सरकारले सतर्कता अपनाइरहेको बताए।

फाइल फोटो

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

लकडाउनका बेला आँखामा समस्या आए तिलगंगाका यी विशेषज्ञलाई फोन गर्न सकिने

लकडाउनका बेला आँखामा समस्या आए तिलगंगाका यी विशेषज्ञलाई फोन गर्न सकिने

हेल्थ टिभी अनलाइन \काठमाडौं:  कोरोना रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन भएको छ ।

जसका कारण आकस्मिक बाहेकका सबै सेवा बन्द छन्। यो लकडाउनका बेला आँखा स्वास्थ्य सम्बन्धी केही समस्या परेमा विशेषज्ञ चिकित्सकसँग टेलिफोनमार्फत परामर्श लिन सकिने भएको छ ।

गौशालास्थित तिलगंगा आँखा प्रतिष्ठानले आफ्नो अस्पतालमा उपचार गराईरहेका तथा अन्य बिरामीका लागि आँखा स्वास्थ्य सम्बन्धी परामर्श लिन सकिने भन्दै विशेषज्ञ चिकित्सकहरुको सम्पर्क नम्बर उपलब्ध गराएको छ ।

प्रतिष्ठानले विभिन्न विधाका २० जना नेत्ररोग विशेषज्ञहरुको सम्पर्क नम्बर सार्वजनिक गर्दै केही समस्या भएमा टेलिफोनबाटै परामर्श लिन सकिने बताएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

के यौनसम्पर्क गर्दा कोरोना भाइरस सर्छ?

के यौनसम्पर्क गर्दा कोरोना भाइरस सर्छ?

यसबारे तपाईँले सोच्नुभएको होला तर संकोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यो विषयमा सही र गलत कुरा छुट्याउन यो प्रश्न विज्ञहरूलाई राखिएको छ।

डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्।

के कोरोना भाइरस महामारीको समयमा यौन सम्पर्क सुरक्षित राख्नु सुरक्षित हुन्छ?

डा. एलेक्स जर्ज : यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौनव्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोना भाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ।

एलिक्स फक्स : आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नुहुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ।

नयाँ मानिससँग यौन सम्पर्क राख्नुहुन्छ?

डा. एलेक्स जर्ज : म यो अवस्थामा नयाँ मानिससँग यौनसम्पर्क राख्ने सल्लाह दिन्नँ। किनभने त्यसो गर्दा कोरोनाभाइरस सर्न सक्ने सम्भावना हुन्छ।

एलिक्स फक्स : के नबिर्सिनुहोस् भने कोरोना भाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। त्यसैले तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ।

पहिले मैले कण्डम प्रयोग गरेको थिइनँ। के अब गर्नुपर्ला?

एलिक्स फक्स : यसको उत्तर तपाईँ किन पहिले कण्डम लगाउनु हुन्नथ्यो भन्ने कुरामा निर्भर हुन्छ।

यदि तपाईँहरू दुवै जनालाई कुनै यौन रोग नभएको वा गर्भाधान नहोस् बनेर अन्य उपाय अवलम्बन गरिएकाले कण्डम प्रयोग नगरेको भए केही फरक पर्दैन। तर यदि तपाईँ अन्य प्राकृतिक उपाय–जस्तो वीर्य स्खलन गर्ने वा एकअर्कालाई यौन रोग छैन भन्ने विश्वासमा कण्डम नलगाउनुभएको हो भने अब कण्डम लगाउनु नै उचित होला।

के यौनाङ्ग छोएका कारण कोरोना भाइरस सर्छ?

डा. एलेक्स जर्ज : यदि तपाईँ एकअर्काको यौनांग छुनुहुन्छ भने त्यो समयमा तपाईँहरूले चुम्बन गर्ने सम्भावना ज्यादा हुन्छ र हामीलाई थाहा छ भाइरस थुकबाट सर्छ।

मुखबाट हातमा, हातबाट यौनांगमा, यौनांगबाट हातमा र त्यसपछि हातबाट नाकमुखमा भाइरस सर्न सक्छ। अहिलेको अवस्थामा भाइरस सर्न सक्ने सबै खाले कुराहरू नगर्नु नै उचित हुन्छ। त्यसैले तपाईँसँगै नबसेका साथीसँग यो पनि नगर्नु नै उचित हुन्छ।

बीबीसी

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सातै प्रदेशमा स्वास्थ्य सामग्री

सातै प्रदेशमा स्वास्थ्य सामग्री

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमुना परीक्षण र स्वाथ्यकर्मीका लागि आवश्यक उपकरण समेत पठाएको जानकारी दिए।

उनका अनुसार कर्णाली र सुदूरपश्चिमबाहेक हेलिकोप्टरबाट विराटनगरमा सामान गइसकेको छ भने अन्य प्रदेशमा आज स्थलमार्गबाट सामान लिएर गाडी गएका छन् ।

आइतबार बिहान चीनबाट कोराना रोकथामका लागि औषषिजन्य सामग्री आएको थियो । कर्णाली प्रदेशको सुर्खेतमा नेपाली सेनाको हेलिकप्टरमार्फत सामान पुगिसकेको छ। सोही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढी पनि सामान लगेको छ।

सरकारले सातै प्रदेशमा प्रयोगशाला सञ्चालन गरेर त्यहीँ नै कोभिड १९ परीक्षण गर्नेछ। आइतबारदेखि धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको काम शुरु गरिएको छ ।

प्रदेशस्तरमा रहेका अस्पतालका प्रयोगशालाको स्तर वृद्धि गरी सञ्चालन सम्भाव्यताका लागि विज्ञको टोली पनि पठाएको स्वास्थ्यमन्त्रीका स्वास्थ्यविज्ञ डा. खेम कार्कीले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा अनियमितता भएको छैन : मन्त्री ढकाल

स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा अनियमितता भएको छैन : मन्त्री ढकाल

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोरोना  रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका स्वास्थ्य सामग्री मा अनियमितता नभएको दाबी गरेका छन्।

मन्त्रालयमा सोमवार सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याएको भन्दै अनियमितताको प्रश्न नरहेको बताए। ‘हिजो र आजको दर देखाएर अनियमिता गर्यो भन्ने कुरा जायज होइन’, उनले भने, ‘महामारीको कारणले सामग्री किन्ने क्रममा केही महँगो भएको हुनसक्छ।’

मन्त्री ढकालले पदमा रहेसम्म पदको दुरुपयोग गरेर एक पैसा पनि नकमाउने बताए। ‘यसमा एक इञ्च पनि सरकार, मन्त्रालय र मन्त्रीको तर्फबाट हामीले अनियमिता गरेका छैनौँ’, उनले, ‘त्यो अनियमिता नगरेको कुरा अहिले मात्र नभई भोलि जुनसुकै ठाउँमा पनि उभिएर नैतिक जिम्मेवारी लिएर जवाफदेही बहन गर्नेछु।’

उनले अरु विषय नपाएर औषधि खरीदको बहाना बनाएर आफ्नो चरित्र हत्या गर्न खोजेको बताए। ‘यस्ता खालको कुराले मन्त्रीलाई काम गर्ने कुरामा अलिकति ब्रेक लगाउन सकिन्छ कि भन्ने मनशाय होला’,उनले भने, ‘तर आन्दोलनमा जन्मिएको, हुर्किएको हुनाले र अहिलेसम्म यस्ता धेरै अग्निपरीक्षा पास गर्दै आएको छु। यसको पनि सामना गर्न तयार छु।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

एकैदिन ७६ जनाको कोरोना परीक्षण

एकैदिन ७६ जनाको कोरोना परीक्षण

हेल्थ टिभी अनलाइन\काठमाडौं : टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा कोरोना संक्रमण नमुना परीक्षण गरिएको छ। प्रयोगशालाले सोमबार एकै दिन मात्रै ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरेको हो।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले अहिलेसम्म ९९३ वटा नमुना परीक्षण गरेको जानकारी दिए। उनले सरकारले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै लगेको र धरानमा नमुना परीक्षण शुरु भइसकेको बताए।

सोमबारसम्म धरानमा १९ वटा नमुना परीक्षण भइसकेको र थप ६ वटा नमुना परीक्षण भइरहेको उनको भनाइ छ। धनगढी, सुर्खेत , बुटवल र जनकपुरमा नमुना परीक्षण गर्ने गरी आवश्यक उपकरण पठाइएको छ।

मन्त्रालयले बुटवलमा दुबईबाट आएका ३४ वर्षीय पुरुषको मृत्यु कोरोना भाइरसका कारण नभएको बताएको छ। ती व्यक्तिको ‘स्वाब’ परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको डा‍. देवकोटाले बताए।

सोमवार पाटन अस्पतालमा ज्यान गुमाएका ३६ वर्षीय पुरुष र वीर अस्पतालमा मृत्यु भएका एक महिला र एक पुरुषको कोरोना संक्रमणको नमुना परीक्षणको क्रममा रहेको उनको भनाइ छ। ‘चारवटै पोजेटिभ केसको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ गरिएको छ’, उनले भने, ‘उनीहरूका परिवार र आफन्तहरूको परीक्षण नेगेटिभ पनि आएको छ।’

अहिलेसम्म प्रदेशहरूमा ९३ जना आइसोलेसनमा रहेको र २१७ वटा नमुना संकलन भएको पनि डा. देवकोटाले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य मन्त्रालयले भन्यो, अस्पतालमा हुने सबै मृत्युलाई कोरोनासँग नजोडौँ

स्वास्थ्य मन्त्रालयले भन्यो, अस्पतालमा हुने सबै मृत्युलाई कोरोनासँग नजोडौँ

हेल्थ टिभी अनलाइन \काठमाडौं : अस्पतालमा हुने सबै मृत्युलाई कोरोनासँग नजोड्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले उक्त आग्रह गरेका हुन्। स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङमा बोल्दै कार्कीले अस्पतालमा हुने सबै मृत्युलाई कोरोनाकै आशंका गर्दा समाजमा भय पैदा भएको भन्दै यस्तो नगरिदन आग्रह गरे । उनले भने, ‘अस्पतालमा विभिन्न रोग लिएर आउने बिरामी हुन्छन् उनीहरुका मृत्युका कारण पनि विभिन्न होलान तर यसलाई कोरोनासँग जोड्दा समाजमा भय पैदा भयो ।’

उनले यो सँगै कोरोना लाग्दैमा मरिहालिन्छ भन्दै गाउँघरमा विदेशबाट आएकाहरुलाई अवहेलना गर्ने गरेको कल सेन्टरमा थुप्रै  सूचना आएको बताए । उनले जसले त्यस्तो गरेको छ यस्तो नगर्न आग्रह समेत गरे ।

कार्कीले एक अध्ययनका अनुसार कोरोना लागेका व्यक्तिको थुकको छिटाबाट सजिलै भाइरस सर्ने हुँदा एक मिटरको दुरी कायम गरेर सचेत भएर बस्ने तर उनीहरुलाई बहिष्कार गर्न नहुने बताए । उनले भने, ‘रोग विरुद्ध लडौं व्यक्ति विरुद्ध हैन्।’  कोरोना विरुद्ध लड्न लकडाउन उत्कृष्ट उपाय भएकाले यसलाई सबैले पालना गर्न पनि उनले अपिल गरे ।

सोमबार भएको मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले चीनबाट आएका सामान प्रदेशमा पुर्याउने काम भइरहेकाले छिटै सबै प्रदेशमा कोरोना परीक्षण शुरु हुने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको त्रास र मानसिक स्वास्थ्य

कोरोनाको त्रास र मानसिक स्वास्थ्य

नोभल कोरोना भाईरस (कोभिड—१९) को संक्रमणका कारण नेपाल सरकारले गत मंगलवार विहान ६ः०० बजे देखि गरेको लकडाउनले गर्दा अरुबेला व्यस्त रहने नेपालका अधिकांश ठाउँहरु अहिले सुनसान भएका छन् । अधिकांश मानिसहरुको व्यस्त रहने गरेको दैनिकी अहिले घर र कोठा भित्र सिमित भएको छ । संक्रमणको यस घडीमा आफू सुरक्षित रहन अरु भन्दा टाढीएर बस्नु उपयुत हुन्छ तर साथसाथै आफ्नो मानसिक स्वास्थ्यलाई ख्याल गर्न पनि उतिकै जरुरी हुन्छ ।

लामो समयसम्म आफन्त साथीभाईहरु संग टाढीएर बस्नु पर्दा र गर्नुपर्ने ठोस काम नहुँदा दिक्क लाग्नु स्वाभाविक हो । तर यहि समयलाई सिर्जनात्मक रुपमा उपयोग गर्न सकेमा यसले धेरै हदसम्म मानसिक स्वास्थ्यलाई सबल र सकारात्मक पार्न मद्दत पुर्याउँछ।

यो बेला आफ्ना नजिकका आफन्तसँग नियमित सम्पर्कमा रहन सामाजिक संजालको प्रयोग गर्नु राम्रो उपाय हो । त्यसैंले सामाजिक संजालको प्रयोग गरेर भावनात्मक दुरीलाई घटाउन सकिन्छ, साथसाथै नयाँ सन्देश र सूचनाहरु पनि प्राप्त गर्न सहज हुन्छ । कोभिड्र—१९ को बारेमा अहिले अनेकन हल्ला र अफवाहहरु पनि सम्प्रेषण भैरहेका छन् । जसले गर्दा मानिसहरु त्रासमा छन्, यस्तो त्रासले विकराल रुप लिएमा भिन्न खालका मानसिक समस्या निम्त्याउन्छ जसलाई नोसोफोबिया भन्ने गरिन्छ । नोसोफोयिबा मानसिक समस्या हो । कुनैपनि एउटा रोग लाग्ला भनेर भयानक डरलाग्ने यो अवस्थामा चक्कर लाग्ने, डरले पसिना छुट्ने, निन्द्रा बिग्रने, मुटुको धडकन तेज एवं श्वास फेर्न गाह्रो भएको महशुस हुने गर्दछ । नोसोफोबिया एकपटक भएको व्यक्तिमा यसले दीर्घकालीन मानसिक असर पार्न सक्छ ।

त्यसैले सूचनाहरु लिंदा आधिकारीक स्रोतका सूचनाहरुलाई मात्र प्राथमिकता दिने र त्रासलाई न्यूनीकरण गरेर बस्नु नै उचित हुन्छ । यसबाहेक घरका सदस्यसँग रमाइला कुरा गर्ने, इनडोर गेम खेल्ने, बिहानमा ध्यान योगा गर्न सकिन्छ । यसले शारीरिक र मानसिक रुपमा फाइदा पुर्याउँछ । लामो समयदेखि घरमा समय दिन नसकेकाहरुका लागि यो समय अति उत्तम हुनसक्छ । घरमा बच्चा छन् भने उनीहरुसँग खेल्ने गर्नुपर्छ ।

लकडाउनका कारण घरैमा बस्दा आफूलाई व्यस्त राख्न आफ्ना रुचिका कामहरु गर्न सकिन्छ । चित्र कोर्ने, संगितमा लाग्ने, कथा कविता रचना गर्ने, ग्राफिक डिजाईन जस्तोमा व्यस्त रहने रुचिका कुराहरुले यो समयलाई सिर्जनात्मक रुपमा व्यतित गर्न मद्दत गर्दछ । घरैमा बसेर रमाइला र बौद्धिक किताबहरु पढ्न सकिन्छ। अनलाईन कोर्षहरु पनि लिन सकिन्छ । जसले गर्दा समय पनि छिटै बित्छ र ज्ञान पनि लिन सकिन्छ।

सुभाष नायजु, जनस्वास्थ्य विभाग, एशियन कलेज फर एड्भान्स स्टडीज् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ हजार नाघ्यो

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभरी कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ५६ पुगेको छ । यसैगरी ७ लाख २१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

प्रभावित मुलुकको संख्या दुई सय नाघेको छ । गत डिसेम्बरको अन्तिम साता चीनको वुहानबाट सुरु भएको उक्त कोरोना भाइरस २ सय १ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको हो ।हालसम्म सबैभन्दा बढी इटलीमा कोरोना भाइरसका कारण ज्यान गएको छ । त्यहाँ १० हजार ७ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित हुनेको संख्या ९७ हजार ६ सय पुगेको छ । त्यहाँ आइतवार मात्रै थप ७ सय ५६ जनाको मृत्यु भएको छ ।

यसैगरी अमेरिकामा संक्रमितको संख्या १ लाख ४१ हजार नाघेको छ । त्यहाँ मृत्यु हुनेको संख्या आतबारसम्म २ हजार ४ सय ७५ पुगेको छ ।आइतबार मात्रै १८ हजार २ सयभन्दा बढी संक्रमित भेटिएका थिए ।

उता सबै यूरोपियन देशहरुमा पनि यसको प्रकोप दिनप्रतिदिन बढ्दो छ । स्पेनमा संक्रमितको संख्या ८१ हजार १ सय नाघेको छ । त्यहाँ शनिवार मात्रै ६ हजार ८ सय संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या ६ हजार ८ सय ३ पुगेको छ । फ्रान्समा पनि एकै दिन ३ सय जनाको मृत्यु भएको छ । जर्मनीमा ६२ हजार ९५ जना संक्रमित भएका छन् भने ५ सय ४१ जनाको मृत्यु भएको । फ्रान्समा संक्रमितको संख्या ४० हजार १ सय ७४ पुगेको छ भने २ हजार ६ सय ६ जनाको मृत्यु भइसकेको छ ।

भारतमा पनि कोरोना संक्रमितको सख्या बढ्दै गएको छ । हालसम्म कोरोना संक्रमितको संख्या एक हजार १ सय पुगेको छ भने ३० जनाको मृत्यु भएको छ ।  नेपालमा हालसम्म ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । एक जना निको भएर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना भाइरस : पाकिस्तानमा एक हजार ५०० संक्रमित

कोरोना भाइरस : पाकिस्तानमा एक हजार ५०० संक्रमित

पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ५०० पुगेको छ।

अधिकारीहरूले दिएको शनिवारसम्मको तथ्यांकअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।

एउटै देशमा संक्रमित हुने र मृत्यु हुनेको यो संख्या दक्षिण एसियामै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय संगठनहरूले बताएका छन्।

पाकिस्तानको पञ्जाबमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। पञ्जाबमा अहिलेसम्म ४६९ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ।

मृत्यु हुनेको संख्या भने सिन्ध प्रान्तमा सबैभन्दा धेरै रहेको अधिकारीले बताएका छन्। पकिस्तानमा कोरोना भाइरसको संक्रमणको पुष्टि फेब्रुवरी २६ मा भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

चीनबाट आएका स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

चीनबाट आएका स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

हेल्थ टिभी अनलाइन\काठमाडौं : चीनबाट ल्याइएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। चिनियाँ दूतावासले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को रोकथाम तथा उपचार सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो।

मन्त्रालयमा आइतवार आयोजित कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले ती मेडिकल सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिन्। चीनका प्रसिद्ध व्यापारी ज्याक माको अलिबाबा र ज्याक मा फाउण्डेसनसहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पठाएको सहयोग राजदूतले हस्तान्तरण गरेकी हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सरकारले खरिद गरेको र चीन सरकार तथा त्यहाँका विभिन्न सामाजिक संस्थाले सहयोग गरेको मेडिकल सामग्री आएको हो।

यी समान सिचुवान प्रान्त तथा चिनियाँ दूतावास, अलिबाब फाउण्डेसन, ज्याक मा फाउण्डेशन, चाइना सीएमएमसी इन्जिनियरिङ कम्पनी, सिचुवान ग्रुप, होङ्सी सिमेन्ट कम्पनीलगायतले सामान पठाएको मन्त्रालयले जनाएको छ। चीनबाट एक लाख पीपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आकस्मिक बिरामीलाई फर्काउने अस्पताललाई कारवाही हुन्छ : स्वास्थ्य मन्त्रालय

आकस्मिक बिरामीलाई फर्काउने अस्पताललाई कारवाही हुन्छ : स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक सेवामा आएका बिरामीलाई फर्काउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आकस्मिक सेवामा आएका बिरामी फर्काउने अस्पताललाई मन्त्रालयले कारवाही गर्ने बताए। ‘देशका विभिन्न स्थानमा सामान्य ज्वरो र खोकी लागेका बिरामीले पनि उपचार नपाउने अवस्था आएको सुनिएको छ’,उनले भने, ‘अस्पतालले गेटबाट नै फिर्ता गराउने गरेको विषयतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

देवकोटाले त्यसो नगर्न अस्पतालहरूलाई आग्रह गरे। यस्ता घटना दोहोरिए मन्त्रालय कडा र थप कदम चाल्न बाध्य हुने उनको भनाइ छ।

उनले कोरोना संक्रमणका अहिले सम्म ९१७ वटा नमुना परीक्षण भएको पनि जानकारी दिए। ‘चौथो र पाचौँ केसको ‘ट्रेसिङ’ भइरहेको छ’, उनले भने, ‘कुनै पनि पोजेटिभ केसमा स्वास्थ्यसम्बन्धी जटिलता देखिएको छैन।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको छैन : महानिर्देशक श्रेष्ठ

'अभावका वेला औषधि र उपकरण पहिलेकै भाउमा पाइँदैन’

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको छैन : महानिर्देशक श्रेष्ठ

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा अनियमितता नभएको दाबी गरेको छ।

स्वास्थ्य मन्त्रालयमा आइतवार साँझ आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामग्री खरिदमा अनियमितता नभएको दाबी गरेका हुन्। विश्वभर कोरोना भाइरस संक्रमण फैलिएको र यसको जाँचका लागि आवश्यक औषधि र औषधिजन्य सामग्री अभाव भएकाले मूल्य केही बढी हुनु स्वाभाविक भएको तर्क गरे।

‘संसारभर अहिले सामान छैन। संसारभर औषधि र उपकरण किन्न पाइँदैन । संसारभर किन्न नपाएको अवस्थामा केही महँगो भएको हुनसक्छ’, उनले भने, ‘हामी मितव्ययिता र पारदर्शितामा सचेत छौँ।’

किन्न लागेका र किनेका सामग्री वेबसाइटमा राखेको उनले जानकारी दिए। ‘जनतालाई गुमराहमा राख्नुपर्ने कुरा केही छैन’, उनले भने, ‘अभावको समयमा किन्दा पहिला जति भाउ थियो त्यतिमा पाइँदैन।’

सामान खरिदका लागि टेण्डर आह्वाान गर्दा पनि ल्याउन सक्ने अवस्था नभएको र लकडाउन पनि शुरु भइसकेकाले २४ घण्टाभित्र समय दिएर सबै सप्लायर्स बोलाएर छलफल गरेको उनले दाबी गरे। ‘दुई वटाको मात्रै प्रस्ताव परेपछि ‘नेगोसियसन’का आधारमा सरकारले सामान किनेका हौँ’, उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

क्वारेन्टाइनमा बस्ने शर्तसहित सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेश गर्न दिइने

क्वारेन्टाइनमा बस्ने शर्तसहित सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेश गर्न दिइने

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय भएको छ । सरकारले स्थानीय तहले बनाएका क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने शर्तसहित उनीहरुलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो ।

नाकामा अलपत्र परेका नेपालीहरुको परिचयपत्रको आधारमा प्रवेश गर्न दिइनेछ । तर उनीहरु १४ दिनसम्म घर जान पाउने छैनन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

क्वारेन्टाइनमा बस्न नमाने संक्रामक रोग ऐन अनुसार कैद सजाय हुने

क्वारेन्टाइनमा बस्न नमाने संक्रामक रोग ऐन अनुसार कैद सजाय हुने

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  सरकारले क्वारेन्टाइनमा बस्न नमान्ने र अटेरी गर्नेलाई सजाय गर्ने भएको छ ।

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समितिको बैठकले उक्त निर्णय गरेको हो । पछिल्लो समय विदेशबाट आएका व्यक्तिहरु क्वारेन्टाइनमा बस्न नमान्ने र आफूखुशी हिंडेकाले यस्तो निर्णय लिएको बताइएको छ । रोग फैलाउन सक्ने वा फैलाएको कसुरमा उनीहरुलाई सजाय हुनेछ ।

यदि कसैले क्वारेन्टाइनमा बस्न मानेन भने उसलाई संक्रामक रोग ऐन अनुसार कैद सजाय हुने समितिले निर्णय गरेको हो ।  यसको निगरानी गर्ने र सजायको कुरा गृह मन्त्रालयले हेर्नेछ । सरकारले  कोरोना प्रभावित देशबाट आउने सबैलाई १४ दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाबारे सूचना दिन स्वास्थ्य मन्त्रालयले बनायो मोबाइल ‘एप’

कोरोनाबारे सूचना दिन स्वास्थ्य मन्त्रालयले बनायो मोबाइल ‘एप’

हेल्थ टिभी अनलाइन \काठमाडौं:  सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसबारे जानकारी लिन र सही सूचना दिन सहज होस भनेर मोबाइल ‘एप’ बनाएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ‘हाम्रो स्वास्थ्य’ नामक एपको शुरुवात गरे। उनले मन्त्रालयले बनाएको यो एपले कोरोनाबारे धेरै जानकारी लिन सजिलो हुने बताए । मन्त्री ढकालले कोरोेना सम्बन्धित सही र आधिकारिक सूचना लिनका लागि यो एप प्रयोग गर्न सकिने जिकीर गरे ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यो एपमा कोरोना रोगका बारेमा मात्र नभई उपचार गर्न कहाँ जाने, हब अस्पताल कहाँ छन, आइसोलेसन वार्ड नजिकमा कहाँ छ भन्ने लगायतका सूचना भएकाले सबैलाई महत्वपूर्ण हुने बताए । उनले दोहोरो सञ्चार गर्न सकिने भएकाले पनि स्वास्थ्यकर्मी एवं सर्वसाधारणका लागि यो एप महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

यो एप स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर डाउनलोड गर्न सकिनेछ ।

ताजा अपडेट