Health TV Online

उत्तर कोरिया ‘कोरोना भाइरस फ्री!’

उत्तर कोरिया ‘कोरोना भाइरस फ्री!’

एकजना पनि बिरामी नभेटिएको भन्दै उत्तर कोरियाले कोरोना फ्री घोषणा गरेको छ।

संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने देशमा कोरोना भाइरस संक्रमण नभएको बताएको हो। उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले  देशमा आजसम्म कोही पनि यसका संक्रमित नभेटिएको बताए।

उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमा बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानुनहरू लागू गरेको बताइएको छ ।

उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो सङ्क्रमणबाट बच्न सफल भएको प्रतिक्रिया दिए।

तर दक्षिण कोरियामा रहेका एक अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले भने आफूले उत्तर कोरियामा कोरोना भाइरसको एक बिरामी भएको थाहा पाएको बताएका छन्। गत महिना आफूले यस्तो समाचार थाहा पाएको उनको भनाइ छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भक्तपुरमा कोरोना परीक्षण शुरु

भक्तपुरमा कोरोना परीक्षण शुरु

हेल्थ टिभी अनलाइन\भक्तपुर : मध्यपुर थिमी नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना परीक्षण शुरु भएको छ। ल्याब स्थापना गरेको दुई सातापछि बिहीवार परीक्षण शुरु गरेको हो।

यो अस्पताल कोरोना भाइरस परीक्षण गर्ने जिल्लामै पहिलो अस्पताल बनेको छ। सेवा शुरु गर्दै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले अब कोरोना परीक्षणका लागि टेकु अस्पताल जानु नपर्ने बताए।

अस्पतालमा  कोभिड–१९ परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्वारेन्टाइनसम्म तयारी अवस्थामा राखिएको छ। नगरपालिकाले अस्पतालको अगाडि छुट्टै घर भाडामा लिएर पोलिमराइज चेन रिएक्सन (पीसीआर) मेसिनसहितको ल्याब सञ्चालनमा ल्याएको छ।

अस्पतालमा मलेकुलर ल्याब र हिस्टो ल्याब पनि सञ्चालनमा ल्याइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना उपचार कोषमा आज मात्रै एक अर्ब जम्मा

कोरोना उपचार कोषमा आज मात्रै एक अर्ब जम्मा

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना स‌ंक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा एक अर्बभन्दा बढी रकम जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार आयोजित समारोहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तथा कोषका सदस्य सचिव नारायणप्रसाद विडारीमार्फत कोषमा रकम जम्मा भएको जानकारी दिए।

नेपाल आयल निगमले ५० करोड, नेपाल दूर सञ्चार प्राधिकरण १५ करोड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड १२ करोड दिएका छन्। यस्तै नेपाल फेडफरवार्डस् एसोसिएसनले सात लाख छ हजार १०१ रुपैयाँ दिएको छ।

नेपाल धितोपत्र बोर्डले तीन करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन करोड र नेपाल स्टक एक्सचेञ्जले तीन करोड ५१ लाख दिएका छन्।

यस्तै नागरिक लगानी कोषले दुई करोड, क्लियरिङ र डिपोजिट कम्पनीले एक करोड ३५ लाख, बिमा समितिले पाँच करोड र राष्ट्रिय बिमा संस्थानले एक करोड दिएका छन्। यता कर्मचारी सञ्चय कोषले पाँच करोड, राष्ट्रिय बाणिज्य बैंकले एक करोड ८५ लाख र नेपाल बैंकर्स संघका तर्फबाट २० करोड रुपैयाँ रहेको छ।

अर्थमन्त्री डा‍. युवराज खतिवडाले कोष खडा गर्नेवित्तिकै ५० करोड राखेको भन्दै मन्त्रीहरूको एक महिनाको तलब राख्ने भएको निर्णय भएको दोहोर्याए। सबै सार्वजनिक संस्थान, निजी क्षेत्र, सामाजिक संस्था, व्यावसायिक जगत सबैलाई कोषमा सहयोग गर्न आह्वान गर्दै उनले कोष सञ्चालनसम्बन्धी कार्यविधि बनिसकेको हुनाले कोषको रकम पारदर्शी ढंगले प्रयोग हुने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गरे २५ हजार जरिवाना

स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गरे २५ हजार जरिवाना

हेल्थ टिभी अनलाइन\सिमकोट : उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–३ ले खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरे २५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ।

कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही संक्रमित व्यक्ति गाउँमा नआओस् भनेर नाम्खा ३ वडा कार्यालयले गाउँबासीलाई कोरोनाको संक्रमणबाट जोगाउन सो नियम बनाएको वडाध्यक्ष छेपाल लामाले बताए।

खगालगाउँमा बुधबारदेखि कुनै पनि नयाँ व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । स्वास्थ्य परीक्षण नगरी गाउँ प्रवेश गरेको पाइएमा २५ हजार जरिवाना गराउने र परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा बस्न लगाइने निर्णय भएको वडाध्यक्ष लामाले बताए।

भारत वा काठमाडौँलगायत विभिन्न शहरबाट आएर बाँके, सुर्खेत, जुम्ला र मुगु हुँदै हुम्ला पुगेका स्थानीयवासी क्वारेन्टाइनमा नमान्ने गरेको पाइएको छ।

जिल्लाभर १०३ शय्याको क्वारेनटाइन निर्माण गरिएको छ। कोरोनाको जोखिम बढेपछि जिल्ला बाहिरबाट आएका सर्वसाधारण राख्न यहाँको स्थानीय सरकार र स्थानीय प्रशासनले जिल्लाका सातवटै गाउँपालिकामा क्वारेन्टाइन निर्माण गरिएको छ।

जिल्ला भित्रिएका ६८८ मध्ये २१ क्वारेटाइनमा रहेको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आज कोरोना पुष्टि भएकी बाग्लुङकी महिला छोरी भेट्न बेल्जियम गएकी थिइन्

आज कोरोना पुष्टि भएकी बाग्लुङकी महिला छोरी भेट्न बेल्जियम गएकी थिइन्

हेल्थ टिभी अनलाइन \काठमाडौं :  आज कोरोना पुष्टि भएकी बाग्लुङकी ६५ वर्षकी महिला छोरी भेट्न बेल्जियम गएको खुल्न आएको छ ।

लामो समयदेखि बेल्जियममा रहेकी छोरी भेट्न गएकी महिलामा दमको समस्या बढेपछि निर्धारित समय भन्दा अगावै नेपाल आएको उनका आफन्तले बताए । महिला वृद्धा भएकाले आफन्त पर्ने युवतीसँगै साथ लगाएर उनलाई नेपाल पठाइएको पनि ती आफन्तले जिकीर गरे । केही दिन अघि मात्र ती युवतीमा कोरोना पोजेटिभ देखिएको छ । उनी अहिले उपचारमा छिन्।

उनी पाँचौ संक्रमित युवतीसँगको सिटमा बेल्जियमबाट चैत ४ मा कतार हुँदै बाग्लुङसम्म पुगेकी थिइन्। उनीसँगै आएकी युवतीमा कोरोना पोजेटिभ देखिएपछि वृद्धालाई पनि घरमै क्वारेन्टाइनमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घरमै रहेकी उनलाई धौलागिरी अस्पतालमा उपचारका लागि लाने तयारी भएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

Nepal reports sixth case of COVID-19

Nepal reports sixth case of COVID-19
Health TV Online/Kathmandu: Sixth case of COVID-19 has been confirmed in Nepal. A woman of Baglung district  landed at Tribhuwan International Airport, Kathmandu on March 17 travelling via QR652 of Qatar Airways is confirmed with Corona positive.  
At a press conference held at the Ministry of Health and Population this afternoon, Dr. Bikash Devkota, Spokesperson said Corona was confirmed in a person who returned from Doha.

थप समाचार

Young people call for all SRH services, including safe abortion rights

Young people call for all SRH services, including safe abortion rights

WHO responds to U.S. decision to withdraw from the organization

WHO responds to U.S. decision to withdraw from the organization

State actors undermining SRHR : WGNRR warns of global backlash

State actors undermining SRHR : WGNRR warns of global backlash

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Editor Acharya bags Global Award for AMR UNGA Reporting

Editor Acharya bags Global Award for AMR UNGA Reporting

World leaders commit to action to ensure future of modern medicine

World leaders commit to action to ensure future of modern medicine

World leaders urged to be more decisive in preventing AMR 

World leaders urged to be more decisive in preventing AMR 

South Asia regional media workshop to combat AMR to take place in Kathmandu

South Asia regional media workshop to combat AMR to take place in Kathmandu

नेपालमा छैटौं व्यक्तिमा कोरोना संक्रमण

नेपालमा छैटौं व्यक्तिमा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौ: नेपालमा छैटौं व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा जानकारी गराएका हुन्। उक्त व्यक्ति चैत ४ गते कतारबाट आएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमित बिरामीको संख्या ६ पुगको छ । आज कोरोना पुष्टि भएकी संक्रमित बाग्लुङकी युवती भएको बताइएको छ ।

यसअघि पनि एक जना बाग्लुङकै युवतीमा कोरोना संक्रमण देखिएर उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

हेल्थ टिभी अनलाइन \काठमाडौं: हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरुको दोस्रोपटक कोरोना परीक्षण गरिएको थियो। दोस्रोपटक पनि कोरोना पोजेटिभ आएपछि उनीहरु अझै केही दिन अस्पतालमै बस्नुपर्नेछ ।

टेक अस्पतालमा उपचाररत दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । तर दोस्रो रिपोर्ट पनि पोजेटिभ आयो, अस्पतालका एक चिकित्सकले भने । ‘त्यसैले अर्को जाँच पुन दुइदिनपछि गरिनेछ उनले भने , त्यतिन्जेल उहाँहरु यहीं बस्नुपर्ने हुन्छ ।

चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा  र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा  कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सातवटै प्रदेशबाट कोरोनाको नमुना परीक्षण शुरु

सातवटै प्रदेशबाट कोरोनाको नमुना परीक्षण शुरु

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  उपत्यकाबाहिर कोरोना (कोविड- १९) नमुना परीक्षण शुरु भएको छ । । मंगलबार नै परीक्षणको लागि पीसीआर मेसिन आइपुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम सुरु भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबारबाट नैपरीक्षण शुरु भइसकेको छ । अहिले धरानमा दैनिक १२ जनाको स्वाव परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले बताए । अहिलेसम्म कसैमा पनि पोजेटिभ रिपोर्ट आएको छैन्।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक  विनोदविन्दु शर्माले मंगलबारबाट नै स्वाव परीक्षण सेवा शुरु गरिएको जानकारी दिए । यसैगरी प्रदेश नं. २ को जनकपुर ,सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को वुटवल र बागमती प्रदेशको हेडौडाबाट पनि बिहीबार अर्थात आजबाट कोरोना नमुना परीक्षण शुरु गर्ने काम हुन लागेको कोभिड -१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

पेरिनेटल अर्थात प्रसवकालिन समयमा कोभिड -१९ को व्यवस्थापन

पेरिनेटल अर्थात प्रसवकालिन समयमा कोभिड -१९ को व्यवस्थापन

कोभिड -१९ को महामारी यो लेख तयार पार्दासम्म २०३ देशमा पुगिसकेको छ भने ९ लाख बढी मानिस कोरोबाट संक्रमित भइसकेका छन्। नेपालमा पनि हालसम्म ५ जनामा सक्रमण देखिएको छ भने यो संख्या आगामी साता बढ्नसक्ने अनुमान गरिएको छ । हालसम्म नवजात शिशु र बालबालिकामा यो रोग कडा नदेखिएको भए पनि यसको जोखिमलाई नकार्न भने सकिन्न । कोभिड १९ बाट संक्रमित वा संभावित संक्रमण भएका आमाबाट जन्मने नवजात शिशुको व्यवस्थापनबारे यो लेखमा चर्चा गरिनेछ ।

गर्भावस्थामा संक्रमित आमाबाट भ्रुणमा कोरोना रोग सरेको हालसम्म ठोस प्रमाण छैन । यसैगरी संक्रमित आमाको दुधमा पनि यो भाइरस पाइएको छैन् । त्यसैले नवजात शिशु संक्रमित हुने कारण भनेको संक्रमित आमा वा अन्य व्यक्तिको संसर्ग नै मुख्य कारण हो । गर्भावस्थामा यो रोगको जाँच, निदान तथा उपचार अन्य वयस्क सरह नै गरिन्छ भने प्रसवको बेलामा विशेष निगरानी आवश्यक हुन्छ ।

कोभिड १९ को संक्रमित वा सम्भावित संक्रमित महिलाको प्रसवको व्यवस्थापन सकेसम्म नेगेटिभ प्रेसर हुँदै लेबर रुम वा अपरेसन थ्रियटरमा गर्नुपर्दछ । जाँच गर्ने स्वास्थ्यकमीले पनि पूर्ण सुरक्षा कवच लगाउनुपर्छ भने संक्रमित महिलाले मेडिकल मास्क लगाउनुपर्छ । उक्त कोठाबाट अनावश्यक सामान हटाएर आवश्यक मात्र राख्नुका साथै अन्य कर्मचारी र बिरामीको आफन्तको भ्रमणको समेत निगरानी राख्न जरुरी हुन्छ ।

नवजात शिशुको ब्यवस्थापन गर्ने ठाउँ सेफ हुनु त पर्छ नै प्रसुती गराउने बेड छुट्टै र अलग ठाउँमा हुनुपर्छ । नभए प्रसुति गराउने बेडको कम्तीमा दुई मिटरको दुरीमा हुनुपर्छ । कोरोना संक्रमण आफैमा भने सिजेरियन सेक्सनद्धारा प्रसुती गराउने कारण हैन् तर पनि प्रसुतीको समयमा भने आमाको रगतमा अक्सिजनको मात्रा निरन्तर नाप्नुपर्छ । जन्म पश्चात नवजात शिशुको व्यवस्थापनमा पनि सकेसम्म कम स्वास्थ्यकर्मी लगाउन बुद्धिमानी हुन्छ । नवजात शिशुको स्याहार सुसार र उपचारमा खटिने स्वास्थ्यकर्मीले अनिवार्य सुरक्षा कवच अर्थात पीपीई लगाउनुपर्छ । नवजात शिशुको तत्कालको व्यवस्थापन प्रचलित विधि अनुसार नै गरिन्छ ।

जन्मदा निस्सासिएर कृतिम श्वासप्रश्वास दिनुपर्दा टि पीसको सट्टा सेल्फ इम्प्लाटिङ ब्याग तथा मास्क भेन्टिलेसनको प्रयोग गर्नु राम्रो हुन्छ । यसैगरी नवजात शिशुलाई एनआइसीयू लैजान पर्दा सम्भव भएसम्म ट्रान्सपार्ट इन्कुभेटरमा लैजानुपर्छ ।

जन्मपश्चात नवजात शिशुलाई छुट्टै कोठामा राखी संक्रमितको सम्पर्कमा नआएका परिवारका सदस्य वा स्वास्थ्यकर्मीबाट स्याहारसुसार गर्नुपर्छ । यसका साथै राम्रोसँग हात धोएर निचोरेर आमाको दुध निकालेर खुवाउन सकिन्छ । यदि त्यस्तो सम्भव नभएमा आमा र शिशु एउटै कोठामा राखी स्तनपान गराउनुपर्छ । यसक्रममा आमाले नियमित हात धुनुको साथै रेस्परेटरी हाइजिन जस्तै खोक्दा , हाछ्युँ गर्दा मुख छोप्ने मास्क लगाउने गर्नुपर्दछ।

यदि नवजात शिशुमा कोभिड १९ को लक्षण देखिएमा छुट्टै कक्षमा राख्नुपर्छ । श्वासप्रश्वासमा समस्स्या हुनु नवजात शिशुमा देखिने प्रमुख लक्षण हो भने यसमा साथै अन्य वयस्कमा देखिने लक्षण ज्वरो खोकी शिशुमा नदेखिन सक्छ । त्यसो त नवजात शिशुमा श्वासप्रवासको समस्या अरु कारणले पनि हुनसक्ने भएकाले लक्षण देखिएको ३, ४ दिनपछि मात्र कोरोना परीक्षण गर्नु उचित हुन्छ । यसैगरी यो परीक्षणको नतिजा अनुसार दोहोर्याएर पनि गर्नुपर्ने हुन्छ । यस्ता शिशुको व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीले अनिवार्य पीपीई भने लगाउनैपर्छ ।

बच्चा र आमाको अवस्था सामान्य भएमा भने दुबैलाई सँगै डिस्चार्ज गर्न सकिन्छ । तर कुनै कारणले आमालाई अस्पताल बस्नपर्ने भएमा शिुशलाई २४ देखि ४८ घण्टामा कुनै समस्या नदेखिए डिस्चार्ज गरिन्छ । आमा र बच्चा दुबैेलाई घरमा १४ दिनसम्म आइसोलेसनमा बस्न सल्लाह दिनुको साथै कहिले र कुन अस्पतालमा जाने र सल्लाह लिने भन्नेमा पनि जानकारी दिन जरुरी छ । साथै शिशुलाई घर जानुपूर्व आवश्यक खोप दिएर पठाउनुपर्छ ।

नयाँ भाइरस भएका कारण आजको मितिसम्म पनि कोभिड १९ का कारण गर्भावस्थामा र नवजात शिशुमा पार्ने सम्पूर्ण जानकारी आइसकेको छैन । यस भाइरसलाई अझ राम्ररी बुझ्ने क्रममा नवजात शिशुको जाँच तथा उपचार सम्बन्धी नयाँ जानकारी आउने आशा गरौँ । त्यतिबेलासम्म गर्भावस्था र नवजात शिशुलाई कोरोनाको जटिलताबाट जोगाउन केही विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

  • डा. ओमकृष्ण पाठक

    डा.पाठक भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ एवं नवजात शिशु तथा अति सघन उपचारकक्ष विशेषज्ञ  हुन्।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।उनले मन्त्री ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चीनबाट स्वास्थ्य सामग्री ल्याउँदा बजार दरभन्दा कयौँ गुणा महँगोमा खरिद गरेको भन्दै उनी विरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।

पौडेलले अख्तियारको अनलाइनमार्फत उजुरी दिएको  सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी गराएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सरकारले गर्‍यो ओम्नीसँगको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

सरकारले गर्‍यो ओम्नीसँगको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  सरकारले कोरोना उपचारका लागि सामान खरिद गर्न ओम्नी ग्रुपसँग गरेको सम्झौता रद्द गरेको छ।

मेडिकल उपकरण खरिद गर्ने सम्झौता बमोजिम सामान ल्याउन नकसकेपछि ठेक्का सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। बुधबार स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङमा श्रेष्ठले यस्तो जानकारी दिएका हुन्।

सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै ओम्नी ग्रुपसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो। सोही सम्झौता अनुसार उसले पहिलो लटमा १० प्रतिशत मात्र सामान ल्याएको थियो । श्रेष्ठले सरकारले माग गरे बमोजिम समयमै सामान ल्याउन नसकेका कारण आजै सम्झौता रद्ध गरिएको बताए । उनले भने, ‘हामीलाई सामान तुरुन्त चाहिएको छ तर उसले दिन सकेन त्यसैले उक्त कम्पनीलाई कालोसूचीमा राखी धरौटी समेत जफत हुने गरी सम्झौता रद्द गर्ने निर्णय गरिएको हो ।’

उनले भोलि नै सामान खरिदका लागि प्रस्ताव आव्हान गर्ने समेत जानकारी दिए ।

कोरोना उपचारका लागि चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री अत्यधिक महंगो भएको भन्दै सर्वत्र विरोध भएको थियो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

चिकित्सकमाथि दुर्व्यवहार गरेको भन्दै डोल्पाका प्रमुख जिल्ला अधिकारीलाई कारवाहीको माग

चिकित्सकमाथि दुर्व्यवहार गरेको भन्दै  डोल्पाका प्रमुख जिल्ला अधिकारीलाई कारवाहीको माग

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  सरकारी चिकित्सक संघ (गोदान) ले डोल्पा जिल्ला अस्पतालका चिकित्सक माथि दुर्व्यवहार गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई कारबाहीको माग गरेको छ।

संघले डोल्पा जिल्ला अस्पतालका चिकित्सक माथि चैत १८ गते दुर्व्यवहार भएको भन्दै प्रमुख जिल्ला अधिकारी सुनारलाई कारबाहीको माग गरेको हो।

कोरोना रोकथामका विषयमा भएको छलफलका क्रममा अस्पतालका प्रमुख डा सिजन रावललाई कुनै पत्र वा अदालती प्रक्रिया बिना हिरासतमा राखेको भन्दै गोदानले आपत्ति जनाएको हो । गोदानले आज प्रेस विज्ञप्ति जारी गर्दै हिरासतमा रहेका डा रावललाई तत्काल रिहा गर्न समेत माग गरेको छ।

गोदानले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रजिअले अस्पतालका प्रमुख डा सिजन रावललाई विना कुनै पत्र वा अदालती प्रक्रिया तत्काल नै बलजफ्ती हिरासतमा राखेको, मोबाइल फोन जफत गरी सम्पर्कविहीन बनाएको र विना आधार मेडिकल जाँच गर्न आदेश दिएको आधारभूत मानव अधिकार समेतको ख्याल नगरी चालेको कदमको यो संघ घोर भत्सर्ना गर्दछ।’

यसैगरी विज्ञप्तिमा भनिएको छ, त्यतिमात्रै नभई अस्पतालका काममा ब्यस्त रहेका चिकित्सकलाई पनि उनले छलफलमा ढिला आएको भनदै अपमानजनक गाली गलौज गरेको उल्लेख छ ।

कोरोनाको महामारीका बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको सट्टा निरुत्साहित गरेको भन्दै गोदानले प्रमुख जिल्ला अधिकारी सुनारलाई तुरुन्त जिम्मेवारीबाट हटाई विभागीय कारबाही गर्नुपर्ने माग गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दिल्लीमा २४ घण्टामा थपिए २३ नयाँ संक्रमित

दिल्लीमा २४ घण्टामा थपिए २३ नयाँ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं:  भारतको राजधानी नयाँ दिल्लीमा गत २४ घण्टामा २३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। योसँगै दिल्लीमा मात्रै कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।

भारतभर कोरोना संक्रमितको संख्या मंगलबारसम्म १ हजार ६ सय ५१ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसका कारण ४८ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमित भएर उपचार पछि निको भएर घर जानेको संख्या १ सय ५३ रहेको छ । भारत सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि तीन साताका लागि लकडाउन गरेको छ । लकडाउनका कारण सवारीसाधन, कलकारखाना, विद्यालय, व्यापार व्यवसाय ठप्प छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती: राष्ट्रसंघ

कोरोना महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती: राष्ट्रसंघ

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले सचेत गराएका छन्।

उनले यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग नहुने बताएका छन्। कोरोनाभाइरस महामारीको सामाजिक आर्थिक प्रभाव सम्बन्धी एक राष्ट्रसंघीय प्रतिवेदन सार्वजनिक कार्यक्रममा महासचिव गुटेरसले उक्त कुरा बताएका हुन्। न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा उनले भने, ‘यो नयाँ रोगले मानिसहरूको जीवन र जीविकामा असर गर्दै समाजको मुटुमै प्रहार गरेको छ।’

राष्ट्रसंघ प्रमुखले महामारीको प्रभाव कम गर्दै अन्त्य गर्नको लागि तत्काल सबैको सहकार्य सहितको स्वास्थ्य सहायता आवश्यक रहेको बताए। गुटेरसले कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गर्दै त्यसो नगरे डढेलोजसरी फैलिएको यस रोगका डरलाग्दा नतिजा सामना गर्नुपर्नेु बताए। राष्ट्रसंघको अनुमान अनुसार यस महामारीले विश्वभर झण्डै दुई करोड पचास लाख मानिसहरूले रोजगारी गुमाउनेछन्।

विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानीको लहरमा ४० प्रतिशतले कमी आउने उक्त प्रतिवेदनमा जनाइएको छ। विश्वभर अहिले ८ लाख ५० हजारमा यस भाइरसको सङ्क्रमण पुष्टि भएकोमा ४१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। एक लाख ७७ हजार कोभिड १९ रोगबाट निको भएका छन्। गत वर्षको अन्त्यमा भाइरसको प्रकोप सुरु भएको चीनमा भन्दा धेरै अमेरिकामा मृत्युको सङ्ख्या तीन हजार छ सयभन्दा बढी पुगेको छ।

उच्च प्रभावितमध्येको स्पेनमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च ८४९ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै इटलीमा १२ हजार भन्दा बढीको मृत्यु भएको छ। ब्रिटेनमा एकजना १३ वर्षे किशोर सहित अहिलेसम्म एक हजार सात सय ८९ जनाले ज्यान गुमाएका छन्।

बीबीसी

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भरतपुर अस्पतालको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त

भरतपुर अस्पतालको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं:  सरकारले भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीलाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालको अध्यक्षमा डा.अधिकारीलाई नियुक्त  गरेका हुन् ।

यसैगरी मन्त्री ढकालले केशव देवकोटा, रमा  घिमिरे र रमाकान्त सापकोटालाई सो अस्पतालको विकास समिति सदस्यमा नियुक्त गरेका छन् ।

सरकारले भरतपुर अस्पताललाई यस वर्षदेखि केन्द्र मातहतमा ल्याएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना भाइरससँग लड्न करारमा स्वास्थ्यकर्मी

कोरोना भाइरससँग लड्न करारमा स्वास्थ्यकर्मी

हेल्थ टिभी अनलाइन\मुगु : कर्णाली प्रदेश सरकारले प्रदेशका दश वटै जिल्लाबाट करारमा कर्मचारी भर्ना गर्ने भएकोे छ।

संघीय सरकारबाट प्राप्त स्वास्थ्य सामग्री हस्तान्तण गर्न मंगलवार मुगु पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको युद्ध लड्न कर्णाली प्रदेश सरकारले तीन महिनाका लागि करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्न लागेको बताएका हुन्।

अझै सशक्त रूपमा कोराना भाइरसका विरुद्ध लड्न प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा रहेका स्वास्थ्य क्षेत्रमा अध्ययन गरी बेरोजगार  जनशक्तिलाई करारमा लिने उनले जानकारी दिए।

स्थानीयतहसँग समन्वय गरी प्रदेश सरकारले वडा स्तरमा सहयोगी समिति गठन गर्ने उल्लेख गर्दै उहाँले सो समितिले शंकास्पद बिरामीको पहिचान गरी क्वारेन्टाइनमा राख्ने मुख्यमन्त्री शाहीको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सर्वोच्च अदालतले निजी अस्पतालहरूलाई भन्यो, बिनाशर्त कोरोना संक्रमितको उपचार गर्नू

सर्वोच्च अदालतले निजी अस्पतालहरूलाई भन्यो, बिनाशर्त कोरोना संक्रमितको उपचार गर्नू

हेल्थ टिभी अनलाइन\काठमाडौं : सर्वोच्च अदालतले  बिनाशर्त कोरोना संक्रमितको उपचार गर्न निजी अस्पतालहरूलाई आदेश दिएको छ।

मंगलबार आदेश जारी गर्दै अदालतले कुनै पनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिन नमिल्ने भन्दै उपचार गर्न आवश्यक व्यवस्था मिलाउन आदेश जारी गरेको हो।

सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसहितले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो।

‘कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमणको उपचार गर्नबाट पन्छिन र यस उपचारको कार्यबाट विमुख हुने अधिकार रहेको देखिँदैन’,आदेशमा भनिएको छ, ‘त्यसैले निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मका बेड, आईसीयू, भेन्टिलेटरसहित  कोरोना भाइरसका बिरामीको उपचार चाहिने आवश्यक व्यवस्था मिलाउनू।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना रोकथाम गर्न वागमती प्रदेशमा ५० करोडको कोष

कोरोना रोकथाम गर्न वागमती प्रदेशमा ५० करोडको कोष

हेल्थ टिभी अनलाइन\हेटौँडा : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसको सामना गर्न प्रर्याप्त तयारी गरेको बताएका छन्। मंगलवार प्रदेशवासीका नाममा सम्बोधन गर्दै पौडेलले आम नागरिकलाई सेल्फ क्वारेण्टाइनमा रहन आग्रह गरे।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि वागमती सरकारले ५० करोडको कोष स्थापना गरेको जानकारी दिए। कोषमा प्रदेश सरकारका मन्त्रिपरिषद्का सदस्यका साथै राजनीतिक नियुक्ति प्राप्त सबैले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको जानकारी दिए। कोषमा प्रदेश सदस्यले पारिश्रमिक उपलब्ध गराउने घोषणा भएको उनले बताए।

उनले प्रदेशभरमा ६३ आइसोलेसन शय्या, १४८ आईसीयू शय्या ६९२ थान पीपीईको प्रबन्ध भइसकेको जानकारी दिए। पौडेलले थप १७२ वटा आइसोलेसन शय्या तयारीको क्रममा रहेको र २३ वटा आईसीयू शय्या तयार हुँदै गरेको बताए।

संक्रमितको उपचारको लागि ७१ कन्सल्ट्याण्ट फिजिसियन, ३१ जना एनेस्थ्योलोजिस्ट, २५१ मेडिकल अफिसर र ३४ जना नर्सिङ सुपरभाइजर तयारी अवस्थामा राखिएको जानकारी दिइएको छ। यस्तै  ७१३ स्टाफ नर्स, ४७५ हेल्पर\नर्सका सहयोगी र १५७ ल्याबोरेटरी पर्सनल गरी एक हजार ७१४ स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेको पौडेलले बताए।

स्थानीय सरकारको समन्वयमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक कार्य गर्न प्रदेश सरकारले काठमाडौँ महानगरपालिका, भरतपुर महानगरपालिका र ललितपुर महानगरपालिकालाई २०\२० लाख र हेटौँडा उपमहानगरपालिकालाई १५ लाख उपलब्ध गराउने भएको छ। ४१ वटै नगरपालिकालाई १२\१२ लाख, ७४ वटै गाँउपालिकालाई १०\१० लाख र १३ वटै जिल्ला विपद् व्यवस्थापन समितिका लागि १३ वटै जिल्ला समन्वय समितिमार्फत पाँच\पाँच लाख रकम विनियोजन गरिएको छ।

मुख्यमन्त्री पौडेलले चितवनमा भरतपुर महानगरपालिकामार्फत कोरोना विशेष अस्पताललाई एक करोड, चितवनकै रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई २० लाख, काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताललाई  २० लाख रकम तथा स्वास्थ्य सामग्री एवं उपकरण उपलब्ध गराई स्वास्थ्य सेवा सञ्चालन गरेको जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘एसियामा कोरोना स‌क्रमण नियन्त्रण प्रयास सन्तोषजनक, तर समय लाग्छ’

‘एसियामा कोरोना स‌क्रमण नियन्त्रण प्रयास सन्तोषजनक, तर समय लाग्छ’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसियामा कोरोना भाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक अझै नियन्त्रणभन्दा टाढा रहेको बताएको हो।

चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका समय डब्लुएचओका एक अधिकारीको यो भनाई सार्वजनिक भएको हो।

एसियाका क्षेत्रीय निर्देशक ताकेशी कासाईले अहिले एसियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोना भाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन्।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एसियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिए।

चीनमा पछिल्ला केही हप्ता नयाँ संक्रमण पुष्टि नगन्य मात्रामा आए पनि दक्षिण कोरिया, जापान, भारत, पाकिस्तानमा भने संक्रमित संख्या बढ्ने क्रममा रहेको छ।

चीनले भाइरस नियन्त्रणका लागि निकै कडा प्रतिबन्ध लगाएपछि पछिल्ला केही सातादेखि स्वदेशभित्र नै संक्रमितको संख्या करिब ‘शून्य’ झरेको यहाँका अधिकारीहरूले बताउँदै आएका छन्।

यसैबीच विश्व बैंकले पूर्वी एसियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ ।

विश्व बैंकको पछिल्लो पूर्वानुमानअनुसार भाइरसका कारण पूर्वी एसिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

ताजा अपडेट