हेल्थ टिभी अनलाइन\ काठमाडौं: संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।
चार वर्ष उमेर पुगेकी उक्त मलेअन बघिनीबाट सङ्कलित नमुनामा भाइरस भेटिएको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाका अनुसार उक्त बघिनीसहित उसकी बहिनी, अन्य दुई आमुर बाघ र तीन अफ्रिकी सिंह सुक्खा खोकीबाट पीडित छन्। तर उनीहरूलाई निको हुने अपेक्षा गरिएको छ।
चिडियाखानाका एक कर्मचारीले तिनलाई कोरोनाभाइरस सारेको अनुमान गरिएको छ।पर्याप्त सावधानी लिँदै परीक्षण गर्दा नाडिया नाम दिइएकी उक्त बघिनीमा कोरोनाभाइरस भेटिएको ब्रोङ्स जूले उल्लेख गरेको छ।
तिनमा खानेकुरामा केही अरुचि देखिए पनि भेटरिनरी स्याहार उपलब्ध गराइएकाले ती बाघ र सिंह राम्रो स्थितिमा रहेको आइतवार प्रकाशित एउटा विज्ञप्तिमा उक्त चिडियाखानाले भनेको छ।
भिन्न प्रजातिमा नयाँ सङ्क्रमण भिन्न रूपमा देखिने भएकाले बाघ र सिंहजस्ता वन्यजीवमा कोरोनाभाइरस कसरी विकसित हुन्छ भन्ने थाहा नभएको भए पनि तिनको निगरानी गरिने उक्त चिडियाखानाले बताएको छ।चिडियाखानामा भएका बाघ जातिका अन्य जीवमा रोगको कुनै लक्षण देखिएको छैन। त्यहाँ अरू बाघ, हिउँचितुवा, चीटा, ध्वाँसेचितुवा, आमुर चितुवा, प्युमा र सर्भल पनि छन्।
तिनको स्याहार गर्न खटिएका तर लक्षणरहित सङ्क्रमण भएका एक व्यक्तिबाट हाम्रा बाघलाई सङ्क्रमण सरेको हो,ब्रोङ्स जूले भन्यो।
सङ्क्रमणको लक्षण देखिएका सबै जीवलाई चिडियाखानामा छुट्टै राखिएको छ। न्यूयोर्कमा भएका चारवटा चिडियाखाना मार्च १६ देखि आगन्तुकका लागि बन्द छन्।
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन्। उनी अस्वस्थ भएर अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।
आइतवार साँझ उनलाई उच्च ज्वरो आउने र असहज महशुस गरेपछि लन्डन अस्पतालमा पुर्याइएको हो। उनका चिकित्सकहरुके सुझावपछि यो कदम सावधानीको रुपमा चालिएको बताइएको छ।
सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर उनी बिरामी परेपछि सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने ठानिएको छ।
डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छ चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।
कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो।
प्रधानमन्त्री कार्यालयकी प्रवक्ताले प्रधानमन्त्रीले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका सबै कर्मचारीहरूलाई उनीहरूको कडा परिश्रमका लागि धन्यवाद दिएका छन् र सर्वसाधारणलाई घरभित्रै सुरक्षित बस्न सरकारले दिएको सुझाव मान्न पनि भनेका छन्।
हेल्थ टिभी अनलाइन \काठमाडौं: भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले खरिपाटीमा रहेका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका हुन्।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका चिकित्सक एवं प्राविधिकले उनीहरुको स्वाबको नमूना संकलन गरेका थिए । उनीहरुमध्ये कसैमा पनि कोरोना देखिएन्।
कोरोना प्रभावित मूलुकबाट आएका ९४ जना नागरिकलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । यसअघि चीनको वुहानबाट उद्धार गरेर गत फागुन ४ मा ल्याइएका १ सय ७५ जना नागरिकलाई पनि यही क्वारेन्टाइनमा राखिएको थियो ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\ काठमाडौं: चितवनमा आजबाट कोरोनाको नमुना परीक्षण शुरु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चितवनमा आजैबाट नमुना परीक्षण शुरु भएको बताए ।
उनले केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँगै अब सात ठाउँबाट कोरोनाको परीक्षण भइरहेको पनि जानकारी दिए । यसले परीक्षणको दायरा फराकिलो भएको र अन्य केही स्थानमा पनि छिटै सञ्चालन हुने बताए ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरेको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभरी कोरोनाको महामारी फैलिएपछि सतर्कता अपनाउँदै ‘भिटामिन ए’ खुवाउने निर्धारित कार्यक्रम स्थगित गरेको हो ।
मन्त्रालयले सूचना जारी गर्दै विश्वव्यापी महामारीको विषम परिस्थिति देशले सामना गरिरहेको अवस्थामा योसँग सम्बन्धित गतिविधिबाहेक अन्य कार्यक्रमहरू बन्द रहेको र सो समयमा हालको परिस्थिति सुधार हुने अवस्थासमेत नभएकाले स्थगित गरिएको छ,’ जनाएको छ ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\ काठमाडौं: चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने व्यक्तिको सम्झनामा तीन मिनेट मौनधारण गरिएको छ ।
कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरूको सम्मान गर्दै उनीहरुको सम्झनामा चीनमा देशैभरिका मानिसहरूले जहाँ छन् त्यही रोकिएर आफ्नो शिर झुकाएका छन्। त्यतिबेला साइरन तथा हर्न पनि बजाइएको थियो।
चीनमा गत डिसेम्बर महिनामा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता कोरोनाका कारण अहिलेसम्म ३,३०० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ।
देशव्यापी रुपमा मौनधारण कोरोनाभाइरसविरुद्ध सङ्घर्षका क्रममा ज्यान गुमाएका १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गर्ने अवसर पनि भएको चीनले बताएको छ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरस ‘लोकल ट्रान्समिसन’ भएको पुष्टि भएसँगै सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा अझ कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । दुई साताका लागि भएको लकडाउनको आज १३औं दिन हो । कोरोना भाइरस समूदायमा फैलिन नदिन सबैभन्दा प्रभावकारी उपाय भनेकै घरभित्र रहनु भएकाले लकडाउनलाई अझ कडा बनाइएको बताइएको छ ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\धादिङ : दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरा रुबेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ। १५० बिरामी छन्।
आठ महिनाको वसन्त चेपाङ र २९ महिनाकी अनिशा चेपाङको मृत्यु भएको स्वास्थ्य सेवामा संलग्न गाउँपालिका स्वास्थ्य सहसंयोजक अनमी सीता खरेलले बताइन्। गाउँमा महामारी फैलिएपछि उपचारमा संलग्न खरेल औषधिसहित उपचारमा संलग्न छन्।
गत फागुन ६ गतेदेखि गाउँपालिका–६ बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ बस्तीमा दादुरा–रुबेला रोगको संक्रमण फैलिएको थियो। ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने र बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा कमी भई मृत्यु हुने देखिएको थियो।
चेपाङ गाउँमा स्वास्थ्य समस्या आएपछि गाउँपालिकाबाट पटकपटक स्वास्थ्यकर्मीको टोली गाउँ पुगेर उपचार गरेको थियो। फागुन ७ गते चरौँदी स्वास्थ्य सेवा एकाइमा बिरामी बच्चा लिएर चार जना अभिभावक आएका थिए। रोग फैलिएको खबर गाउँपालिकामा आएपछि स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेर लक्षणका आधारमा उपचार गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले जानकारी दिए।
दुई वर्षअघि धादिङ जिल्ला पूर्णखोपयुक्त जिल्ला घोषणा गरेपनि योगाउँका मानिसले हालसम्म पनि खोप नलगाएको सोल्टीमाया चेपाङले बताइन्।
गाउँपालिकाले महामारीका रूपमा रहेको दादुरा–रुबेला नियन्त्रण गर्न आफूले मात्र नसकेकाले सहयोगका लागि स्वास्थ्य कार्यालय धादिङ र वागमती प्रदेश सरकारसमेतलाई आग्रह गरेको छ।
गाउँपालिका र प्रदेश सरकारको सहयोगमा ४० वर्षमुनिका सबैलाई दादुरा–रुबेला खोप लगाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले तीन जिल्लामा कोरोना भाइरसलक्षित ‘र्यापिड टेस्ट’ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। कैलाली, कञ्चनपुर र बाग्लुङमा ‘र्यापिड टेस्ट’ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
कैलालीका दुई र कञ्चनपुरका एकजनामा कोरोना संक्रमण देखिएपछि शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बागलुङका दुईजनामा पनि संक्रमण देखिएको थियो।
सरकारले कोरोना संक्रमण रोकथाम प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय प्रभावकारी बनाउने पनि निर्णय गरेको छ। त्यसैगरी स्वास्थ्यकर्मीहरूको मनोबल वृद्धि गर्न प्रोत्साहन भत्ताको व्यवस्था र सुरक्षाका उपकरण यथासम्भव छिटो उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एक जिल्लादेखि अर्को जिल्ला र एक प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावतमा पूर्ण रोक लगाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणको काम गरिरहेको बताएका छन्।
जनस्वास्थ्य विज्ञसँग मन्त्रालयमा भएको छलफलमा उनले सरकार विज्ञको सल्लाहअनुसार नै उच्च सतर्कता अपनाउँदै कोरोना रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर भएर काम गरिरहेको जानकारी दिए।
कोभिड–१९ को रोकथाम र नियन्त्रणको सरकारी प्रयासमा नागरिकको महत्त्वपूर्ण साथ रहेको भन्दै उनले चिकित्सक र स्वास्थ्यकर्मी दिएको साथको प्रशंसा गरे।
छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले अर्बाैं खर्च गरेर पनि हजारौँ मर्ने कि भोकै बसेर बाँच्ने भन्ने सन्दर्भमा नागरिकलाई सचेत गराउनुपर्ने बताए। उनले कोभिड–१९ को नमुना परीक्षण कम्तीमा दैनिक एक हजार जनाको गर्ने गरी अघि बढ्नुपर्ने धारणा राखे। उनले लकडाउनको समय लम्ब्याउनुपर्ने धारणा राखे।
जनस्वास्थ्यविज्ञ डा.अर्जुन कार्कीले जनस्वास्थ्यका दृष्टिकोणले सरकारले गरिरहेको काम राम्रो भएको भन्दै कोभिड १९ संसारकै लागि नौलो भएकाले वैज्ञानिकसमेत अन्योलमा रहेको बताए।
उनले कोभिड १९ संक्रमितमध्ये ८० प्रतिशतमा सामान्य मात्र लक्षण देखिएको भन्दै गम्भीर बनेर सामना गर्ने बताए। छलफलमा मन्त्रालयका सचिव यादव कोइराला, प्रा. डा. शरद वन्त, डा. दीपेन्द्ररमण सिंह, डा. प्रदीप वैद्य र डा. केदारप्रसाद बराललगायत विज्ञको उपस्थित थिए।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले महामारीका बेला उपचारमा सलंग्न हुने स्वास्थ्यकर्मीलाई हौसला बढाउनुको सट्टा उल्टोे कोरोना लगायत अन्य उपचारमा बाधा पुर्याउने चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने भनेको भन्दै आयुर्वेद चिकित्सक संघले आपक्ति जनाएको छ ।
संघले शनिवार विज्ञप्ति निकाल्दै सरकारले उपचारमा बाधा पुर्याउने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धम्कीपूर्ण भाषामा लाइसेन्स खारेज गर्छौ जस्तो गैरजिम्मेवारपूर्ण परिपत्र गरेकोमा आपत्ति जनाउँदै सच्याउन माग समेत गरेको छ ।
संघका अध्यक्ष डा प्रकाश ज्ञवालीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बिरामीको संपर्कमा आउने चिकित्सक तथा आयुर्वेद स्वास्थ्यकर्मीले बिरामीको नजिक जानु अघि पुर्ण रुपमा पीपीई प्रयोग गर्नु पर्ने हुन्छ। ती सामग्रीहरुलाई सम्पूर्ण स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने दायित्व निर्वाह नगरी उल्टै चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने पत्राचार गर्नु आपत्तिजनक छ । यस्तो विवादास्पद निर्णय अविलम्व सच्च्याउन तथा सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च गराउन तर्फ लाग्न यस संघ जोडदार माग गर्दछ ।’
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
संक्रमितको संख्या दिनप्रतिदिन बढेपछि भारतको नयाँ दिल्लीस्थित दुई अस्पताल लोकनायक जयप्रकाश र जीबी पन्त अस्पताललाई कोरोना भााइरसको उपचार गर्ने डेडिकेटेड अस्पताल बनाइएको छ।
आगामी सोमबारदेखि ती अस्पतालमा कोरोनाका बिरामीको मात्र उपाचार गर्ने गरी यो व्यवस्था गरिएको समाचारमा जनाइएको छ।
अरु अस्पतालमा बिरामी लैजाँदा उनीहरूबाट अरुलाई पनि सर्ने भएकोले कोरोना भाइरसका मात्र बिरामीको उपचार गर्नेगरी ती अस्ताल स्थापना गर्न लागिएको बताइएको हो।
यी दुई अस्पतालमा एकैपटक दुई हजार जनाको उपाचार गर्न मिल्नेगरी पूर्वाधार बनाइएको छ। साथै उक्त एलएनजेपी अस्पताललाई कोभिड १९ व्यवस्थापन केन्द्रका रूपमा विकास गर्ने सरकारले जनाएको छ।
अस्पतालका निर्देशक डा.जेशी पसाइले मेडिकल सामग्रीको आपूर्ति र अरु व्यवस्थापकीय काममा ढिला नगरी उपचार अघि बढाउने बताए।
यी दुई अस्पताललाई नै डेडिकेटेड अस्पतालका रूपमा विकास गरिएकोले अब उपचार र कोभिड १९ सम्बन्धी अन्य व्यवस्थापनका लागि पनि सजिलो पर्ने उनको भनाइ छ।
हाल यो अस्पतालमा २९० उपचाररत रहेकामा कोरोना भाइरसका मात्र ११० बिरामी छन्। भारतमा पछिल्लो समयमा कोरोना भाइरसका बिरामी बढ्दै गएको बताइएको छ। करिब २ हजार ९०० संक्रमित भेटिएका छन्।
भारतमा पछिल्लो २४ घण्टामा मात्र ३५५ जना नयाँ संक्रमित आएका पनि सरकारले जनाएको छ। हाल भारतभर लकडाउन छ।
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण लोकल लेबलमा सरेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना हालसम्म विदेशबाट आएका व्यक्तिमा मात्र देखिएको भन्दै अब भने लोकल लेबलमै सरेको पाइएको बताए । उनले भने, आज कोरोना पोजेटिभ भेटिएका दुई जना भारतबाट आएका भए पनि एक जना महिला भने कहीं नगएको तर संक्रमितको सम्पर्कमा रहेका कारण उनमा सरेको भन्दै अब बढी सतर्क हुनुपर्ने बताए । उनले भने, यो कोरोनाको दोस्रो स्टेज हो ।
उनले कोरोना परिवार र समाजमा फैलिन नदिन विदेशबाट आउने सबैलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसिदिन आग्रह समेत गरे । आज थप तीन जनामा कोरोना भेटिएपछि नेपालमा संक्रमितको संख्या नौ पुगेको छ । यी मध्ये एक जना भने निको भएर घर फर्किसकेका छन्।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
Health TV Online/Kathmandu: Three more cases of COVID-19 have been confirmed in Nepal. All confirmed cases are from Far-West (Sudurpashchim) province.
A 34-years-old sister-in-law of COVID-19 positive youth in Dhangadi is confirmed with Corona positive, said Dr. Basudev Pandey, Director at Epidemiology and Disease Control Division.
Likewise, a 21-years-old male of Lamki, Kailali has also been confirmed with Corona positive. He is said to have returned from Mumbai of India few weeks ago.
The ninth infected is a 41-years-old male from Kanchanpur district. He too returned from Uttarakhanda of India. Along with these, the number of Corona infected people reached nine in Nepal.
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा एकै दिन तीन जना कोरोना संक्रमित थपिएका छन्। धनगढीका कोरोना संक्रमित युवकका भाउजु नाता पर्ने महिलालाई कोरोना संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले पुष्टि गरे ।
यसैगरी लम्की कैलालीका एक पुरुषमा पनि कोरोना पोजेटिभ पाइएको छ। २१ बर्षीय पुरुष केही समय अघि भारतको मुम्बईबाट नेपाल आएका हुन् ।
नवौँ संक्रमित कञ्चनपुरका ४१ बर्षीय पुरुष हुन्। उनी पनि भारतबाट नै नेपाल आएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण विश्वभरी १० लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ५४ हजार बढी मानिसको मृत्यु भइसकेको छ । कोरोना रोकथामकै लागि अधिकांश देशले लकडाउन गरेका छन्। नेपालमा पनि हालसम्म ६ जनामा कोरोना संक्रमण देखिएको छ । यही विचमा संक्रामक रोगमा उपचार गर्ने स्वास्थ्यकर्मीको सुरक्षाको पनि प्रश्न उठिरहेको छ । यही सन्दर्भ पारेर हेल्थ टिभी अनलाइनले कोरोनाको उपचार र स्वास्थ्यकर्मीको सुरक्षा लगायतका विषयमा वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तसँग गरेको कुराकानी उनकै शब्दमा:
कोरोनाको कहर अहिले सबैतिर छ । मैं हुँ भन्ने अमेरिकालाई समेत यसले आच्छुआच्छु बनाएको छ । सबैतिर कोरोनाको मात्र कुरा भइरहेको छ । तर यो विषयमा मेरो अलि फरक विचार छ । नेपालमा अन्य मुलुकमा जस्तो महामारी फैलिएको छैन् । गत तीन महिनामा जम्मा ६ वटा संक्रमण भेटिएको छ । त्यसैले हामी अहिले नै डराइहाल्नुपर्ने अवस्था देखिंदैन । यसको मतलब तयारी नगर्ने भन्ने हैन् । तयारी अवस्थामा बसेर सतर्क रहँदै अघि बढ्नुपर्छ । अहिले कोरोनालाई लिएर मानिसहरुमा अति नै डर पैदा भएको देखिन्छ । यो डरले अन्य समस्या निम्त्याउन सक्छ । डर भन्दा पनि सतर्क हुन सिकाउनपर्छ सरकारले । मिडियाले पनि अनावश्यक डर पैदा गर्ने भन्दा पनि सावधानीतर्फका सूचना दिनसक्नुपर्छ ।
हामी सबैलाई थाहा छ महामारीका बेला चिकित्सक एवं स्वास्थ्यकर्मी नै हो धेरै मारमा पर्ने । महामारीका बेला सबैभन्दा अघि हुने भनेकै स्वास्थ्यकर्मी एवं चिकित्सक नै हुन् । उनीहरुको सुरक्षाको जिम्मा सरकारले लिनै पर्छ । स्वास्थ्यकर्मी नै नरहे उपचार कसले गर्ने ? त्यसैले अहिले सरकारले स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरेको जस्तो देखिंदैन् । यदि यसो भयो भने भएका स्वास्थ्यकर्मी की संक्रमित हुन्छन, बाँकी ररेका आफनो सुरक्षाका लागि भन्दै काम छोड्छन । यो भनेको सरकारलाई देशलाई नै बेफाइदा हो । यो बेला उनीहरुलाई सरकार र सिनियरबाट प्रोत्साहन चाहिएको छ । उनीहरुका पनि परिवार हुन्छन। ज्यानको माया सबैलाई हुन्छ । फ्रन्टलाइनमा जो छ उही नै जोखिममा हुने हो । स्वास्थ्यकर्मीलाई सुरक्षा कवच पीपीई बिना उपचार गर्नुपर्छ भन्नु भनेको लडाइमा जाउ भन्ने अनि गोलीगठ्ठा नदिने जस्तै हो । त्यसैले जुन अस्पतालमा जो स्वास्थ्यकर्मी कोरोनाको उपचारमा जान्छन उनीहरलाई पूर्ण सुरक्षित बनाउने जिम्मा सरकारकै हो । यसमा दुईमत नै छैन्। आफू नै सुरक्षित नभइकन कसरी स्वास्थ्यकर्मीले अरुको सेवा गर्ने ? विकसित मुलुकहरुमा नै कोरोनाको उपचारमा खटिने धेरै चिकित्सकले ज्यान गुमाएका छन्।
महामारीका बेला सबैभन्दा अघि हुने भनेकै स्वास्थ्यकर्मी एवं चिकित्सक नै हुन् । उनीहरुको सुरक्षाको जिम्मा सरकारले लिनै पर्छ । स्वास्थ्यकर्मी नै नरहे उपचार कसले गर्ने ? त्यसैले अहिले सरकारले स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरेको जस्तो देखिंदैन् ।यो बेला उनीहरुलाई सरकार र सिनियरबाट प्रोत्साहन चाहिएको छ । उनीहरुका पनि परिवार हुन्छन। ज्यानको माया सबैलाई हुन्छ । फ्रन्टलाइनमा जो छ उही नै जोखिममा हुने हो । स्वास्थ्यकर्मीलाई सुरक्षा कवच पीपीई बिना उपचार गर्नुपर्छ भन्नु भनेको लडाइमा जाउ भन्ने अनि गोलीगठ्ठा नदिने जस्तै हो । त्यसैले जुन अस्पतालमा जो स्वास्थ्यकर्मी कोरोनाको उपचारमा जान्छन उनीहरलाई पूर्ण सुरक्षित बनाउने जिम्मा सरकारकै हो । यसमा दुईमत नै छैन्। आफू नै सुरक्षित नभइकन कसरी स्वास्थ्यकर्मीले अरुको सेवा गर्ने ?
अर्को कुरा मैले नबुझेको कोरोना भाइरसको उपचारका लागि सबै अस्पताललाई उपचार गर भन्नु पनि मुर्खता हो । किनभने सबै अस्पतालले कोरोना उपचार गरे भने सबैतिर रोगी छरिन्छन र यसले झन महामारी फैलिन्छ । जस्तै क्यान्सरमा विशिष्टिकृत अस्पातललाई कोरोनाका बिरामी पनि हेर भनेर भन्ने हो भने त्यहाँ रहेका सबै बिरामीलाई रोग सर्ने सम्भावना बढी हुन्छ ।किनकी क्यान्सरका बिरामीलाई इम्युन सिस्टम कम गर्ने औषधि चलाइएको हुन्छ । यस्ता बिरामीलाई यो रोग सजिलै सर्नसक्छ । त्यसैले सरकारले यस्ता कुराको संवेदनशिलता नबुझी निजी अस्पतालले उपचार गर्न मानेनन भन्ने होइन ।
मेरो अन्नपूर्ण न्यूरो अस्पतालको कुरा गर्नुहुन्छ भने यहाँ न्यूरो समस्या लिएर आउने बिरामी हुन्छन । यहाँ कोरोनाको उपचार गर्न विज्ञ नै छैनन् कसरी उपचार हुन्छ । त्यसैले विशिष्टकृत अस्पताललाई कोरोनाको उपचार गरेनौं भन्नु गलत हो । तर अर्को कुरा यदि देशमा महामारी भयो बिरामी बढे महामारी रुप लियो भने त्यसबेला अस्पतालका अन्य सेवा बन्द गरेर कोरानाको मात्र उपचार गर्न हामी सधैं तयार छौं । त्यो गर्नेपर्छ । अहिलेलाई केही सिमित अस्पताल मात्र तोकेर त्यहाँ मात्र उपचार गर्नुपर्छ । यो सँगै कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मी पनि तोकिनुपर्छ । अन्य उपचार गर्ने र कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मी छुट्याउनुपर्छ । यसले बढी प्रभावकारी बनाउँछ ।
हुन त सरकारले कोरोनाकै उपचार गर्ने भनेर केही हब अस्पताल तोकेको छ । यसलाई व्यवस्थित बनाउनुपर्छ । कोरोनाका उपचार सबै अस्पतालले गर्ने होइन यसले उल्टो महामारी फैलाउँछ । धेरै अस्पताल नतोकी केही सिमित अस्पताल तोकेर नागरिकलाई यी यी अस्पतालमा उपचार हुन्छ यहाँ सम्पर्क गर्नुस भनेर भन्नुपर्छ ।
कोरोनाको कारण अन्य बिरामीले उपचार नपाउने हुनुहुँदैन । देश लकडाउनका भएका बेला अन्य बिरामी आएमा कहाँ उपचार गर्ने भन्ने पनि सरकारले याद गर्नपरयो । कोरोना बाहेक पनि त बिरामी थिए, छन । ती बिरामीलाई व्यवास्ता गर्दा ठुलो संख्यामा ती बिरामीमा असर पर्नजान्छ । यस्ता कुरामा सरकारले बेलैमा ध्यान पुर्याउनैपर्छ ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका पदाधिकारीलाई निर्देशन दिएका छन्। ।
शुक्रबार न्याम्सका पदाधिकारीलाइ मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिनेक्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिए ।
मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका निम्ति सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भैसकेको पनि बताए । उनले व्यक्तिगत सुरक्षा सामग्री पीपीई अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे। मन्त्री ढकाले अहिले नेपालको हकमा कम्युनिटी ट्रान्समिसन नदेखिएको स्थितिमा कोरोना बाहेकका अन्य रोगका बिरामीले दुःख नपाउन भन्ने कुरामा राज्य संवेदनशिल रहेको पनि बताए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाइ कुनै पनि किसिमको असुबिधा हुन नदिने बताए । न्याम्सका उपकुलपति डा देवनारायण शाहले मन्त्रालयको निर्देशन अनुसार कोरोनासहितका बिरामीको उपचारका निम्ति पूर्ण रूपमा तयार रहेको बताए । वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारेमा बताउँदै सोमबारबाट कोरोनाको नुमना परीक्षण समेत हुने जानकारी दिए ।
यस्तै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा सन्तोष पौडेलले कोरोना उपचारमा विशेष सजकता अपनाउनु पर्ने भन्दै ट्रमा सेन्टरले अहिले पनि चोटपटकका बिरामीको उपचार गरिरहेको जानकारी गराए।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\काठमाडौं : सर्वोच्च अदालतले उपचार गर्न आनाकानी गर्ने स्वास्थ्यसंथाको विवरण पठाउन सरकारलाई आदेश दिएको छ।
न्यायाधीश हरिप्रसाद फुयालको इजलासले शुक्रवार स्वास्थ्य संस्थाले उपचार सेवा प्रदान गर्न आनाकानी गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाविरुद्ध सरकारले चालेका कदमबारे विवरण उपलब्ध गराउन सरकारका नाममा आदेश दिएको हो।
आदेशमा नियमितरूपमा स्वास्थ्य परीक्षण गर्न आउनेलाई फिर्ता पठाइएको वा परीक्षणको सुविधा निरन्तर भइरहेको वा नभएको बारेमा विवरण पठाउन भनिएको छ। स्वास्थ्य सेवाको नियमित प्रवाह भए नभएको, कोरोना भाइरसको परीक्षण गराउन चाहनेका लागि सजिलैसँग परीक्षण गर्ने व्यवस्था भए नभएको बारेमा पनि अदालतले विवरण माग गरेकोे छ।
आदेशमा यस्ता विवरण मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशकले तोकेको प्रतिनिधिलाई यही चैत २३ गते लिएर उपस्थित हुन भनिएको छ। संक्रामक रोगको महामारी भएको वा हुनसक्ने प्रवल सम्भावना भएको अवस्थामा नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्वभित्र पर्ने पनि आदेशमा स्मरण गराइएको छ ।
अधिवक्ता मुकुन्दप्रसाद अधिकारीले विश्वभरि नै कोरोना भाइरस फैलिएर नेपालमा पनि देखा परेको तर सरकारले रोकथामका लागि उचित कदम नचालेको उल्लेख गर्दै उपयुक्त आदेश दिन माग गर्दै रिट निवेदन दायर गरेका थिए।
रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता रविनारायण खनाल र अधिवक्ता विकास भट्टराई, सुरेन्द्र थापा, धननञ्जय खनाल, अनन्तराज लुइँटेल, कीर्तिनाथ शर्मा, अम्बरबहादुर राउत, प्रतिभा उप्रेती, सन्तोष भण्डारीलगायतले बहस गरेका थिए।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पोखरामा आजसम्म कसैमा पनि कोरोना संक्रमण नदेखिएको प्रष्ट पारेका छन्।
प्रवक्ता देवकोटाले विहिबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै आज दिउँसोदेखि पोखरामा एक जनामा कोरोना संक्रमण देखिएको भन्दै केही मिडियामा समाचार आएको भन्दै उनले यो सूचना गलत भएको बताए ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभरि दश लाखभन्दा बढि कोरोनाभाइरसका घटना पुष्टि भएको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ।
भाइरसको संक्रमण विश्वभरि फैलिरहँदा यस तथ्याङ्कलाई एउटा क्रूर सीमा नाघेको रूपमा चित्रण गरिएको छ। त्यो भाइरसका कारण अहिलेसम्म ५१ हजारभन्दा बढि मानिसको मृत्यु भएको छ भने दुई लाख आठ हजारभन्दा बढि संक्रमितको निको भएर घर फर्केका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको यस तथ्याङ्कभन्दा पनि उच्च संख्यामा संक्रमितहरू रहेको हुनसक्ने ठानिएको छ।
संक्रमितको संख्या पहिलो एक लाख पुष्टि हुन झण्डै डेढ महिना लागेको थियो। तर गत एक सातामै संक्रमितको संख्या दोबर भएर त्यो दश लाख पुग्यो। अमेरिकामा सबैभन्दा धेरै संक्रमित पाइएका छन् भने मृत्युको संख्या इटलीमा उच्च छ।
झण्डै एक चौथाइ सङ्क्रमण अमेरिकामा पुष्टि भएका छन् भने युरोपमा आधाजसो संक्रमित छन्। बिहीवार स्पेनमा २४ घण्टाभित्रै ९५० जना मानिसहरूले ज्यान गुमाएका थिए। उक्त संख्या एकै दिनमा कुनै पनि देशमा भएको संक्रमितको अहिलेसम्मकै उच्च मृत्यु हो।
बुधवार स्पेनमा संक्रमितहरू अघिल्लो दिनभन्दा झण्डै आठ प्रतिसतले बढेका थिए।अहिले त्यहाँ पुष्टि भएका संक्रमितहरू एक लाख १२ हजारभन्दा धेरै पुगेका छन्। अधिकारीहरूले भाइरस अहिले उच्च विन्दूतर्फ पुग्न लागेको बताउँदै त्यो केही दिनपछि कम हुँदै जाने अपेक्षा गरेका छन्।
बुधवार स्पेनमा संक्रमितहरू अघिल्लो दिनभन्दा झण्डै आठ प्रतिसतले बढेका थिए।अहिले त्यहाँ पुष्टि भएका संक्रमितहरू एक लाख १२ हजारभन्दा धेरै पुगेका छन्। अधिकारीहरूले भाइरस अहिले उच्च विन्दूतर्फ पुग्न लागेको बताउँदै त्यो केही दिनपछि कम हुँदै जाने अपेक्षा गरेका छन्।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्