Health TV Online

कोरोना भाइरस संक्रमितका लागि दुई हजार एम्बुलेन्स

कोरोना भाइरस संक्रमितका लागि दुई हजार एम्बुलेन्स

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि मुलुकभरका एक हजार ९३९ एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

कोभिड–१९ को संक्रमण, रोकथाम सम्बन्धमा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको मंगलवारको बैठकले यस्तो निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय र एम्बुलेन्स सञ्चालक संस्थामार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि यो संख्यामा एम्बुलेन्स तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।

बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण गर्ने सन्दर्भमा बढी प्रभावको श‌ंका गरिएको कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा शङ्कास्पद व्यक्तिको द्रुतगतिमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको छ। समितिले अन्य रोगको संक्रमण रहेको डोटी, अछाम र जुम्लामा स्वास्थ्य उपचारसम्बन्धी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दिल्लीमा ३० हजार कोरोना स‌ंक्रमितको उपचार गर्न सकिने

दिल्लीमा ३० हजार कोरोना स‌ंक्रमितको उपचार गर्न सकिने

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरस संक्रमित ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारी पूरा भएको बताएका छन्।

यसका लागि विभिन्न अस्पतालका आठ हजार शय्या, व्यवस्थित होटेलका १२ हजार कोठा, र व्याङ्क्वेट हल र धर्मशालामा १० हजार गरी ३० हजार बिरामीलाई उपचार सेवा दिने प्रबन्ध मिलाइएको उताए।

‘गम्भीर प्रकृतिका बिरामीलाई र ५० वर्षमाथिका विरामीको उपचार अस्पतालमा नै राखेर गरिनेछ’, उनले भने, ‘कोरोना संक्रमणको सामान्य लक्षण भएका ५० वर्षमुनिका बिरामीलाई सम्पूर्ण स्वास्थ्य सुविधा उपलब्ध रहेका होटेल र धर्मशालामा राखिनेछ।’

बिरामीका लागि आवश्यक पर्ने ४०० भेन्टिलेटर र एक हजार २०० अक्सिजन दिने सुविधा भएका शय्याको आवश्यक पर्ने चिकित्सकको सुझाव अनुसार दिल्लीमा यसको पूर्णतया प्रबन्ध मिलाएको, सफाइ र पीपीई प्रबन्ध गरेको उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कैलाली र कञ्चनपुरमा ‘र्‍यापिड डायग्नोस्टिक टेष्ट’ र ‘पीसीआर’ दुबै प्रविधिबाट परीक्षण हुँदै

कैलाली र कञ्चनपुरमा ‘र्‍यापिड डायग्नोस्टिक टेष्ट’ र ‘पीसीआर’ दुबै प्रविधिबाट परीक्षण हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं:  सरकारले कैलाली र कञ्चनपुरमा र्‍यापिड डायग्नोस्टिक टेष्ट  र पीसीआर (स्वाबमार्फत गरिने) दुबै विधिमार्फत नमुना परीक्षण गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्।

कैलाली र कञ्चनपुरमा हजारौंको संख्यामा भारतबाट मानिसहरु आएका कारण कोरोनाको उच्च जोखिम रहेको छ । कैलालीमा कोरोनाको लोकल ट्रान्समिसन भएपछि सरकारले थप सतकर्ता अपनाउँदै यो प्रक्रिया अपनाएको उनको भनाई छ । डा देवकोटाले दुबै विधिमार्फत परीक्षण गरेर हेरिने जनाए ।

उनले आज कैलालीबाट कोरोनाको आशंकामा १८ जना र कञ्चनपुरबाट २१ जनाको नमुना संकलन भएको पनि जानकारी दिए । उनका अनुसार हालसम्म आइसोलेसनमा जम्मा १ सय जना रहेका छन्। १६ जना उपत्यकामा र ८४ जना प्रदेशका विभिन्न अस्पतालमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘आफ्नो, परिवारको र समुदायको सुरक्षाका लागि नियम पालना गर्नुहोस्’

‘आफ्नो, परिवारको र समुदायको सुरक्षाका लागि नियम पालना गर्नुहोस्’

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वघोषणा गरेर जनप्रतिनिधिहरू र स्वास्थ्यकर्मीको सम्पर्कमा जान विदेशबाट फर्किएकाहरूलाई आग्रह गरेका छन्।

सोमवार राष्ट्रका नामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रहलाई ध्यान नदिएको भन्दै यस्तो आग्रह गरेका हुन्। ‘स्वघोषणा गरेर जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्कमा जानुहोस्’, उनले आग्रह गरे, ‘तपाईँहरूको लापरवाही स्वयं परिवार र समुदायका लागि महँगो पर्नसक्छ।’

सम्बोधनका क्रममा ओलीले कोरोना संक्रमणको महामारीबाट देश र जनतालाई सुरक्षित राख्‍न सरकार लागिपरेको बताए। उनले नेपाल–भारत सीमानजिक आइपुगेका नेपालीहरूले भोग्नुपरेको अप्ठ्यारोलाई सरकारले बुझेको बताए।

सङ्क्रमणको जोखिमलाई न्यून गर्न अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता रहेको उनको भनाइ छ। सीमा क्षेत्रको क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर भित्र्याउने ओलीले बताए।

ओलीले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णयको बचाउ पनि गरे। अहिले सबैभन्दा चुनौती स्वास्थ्य उपकरणहरूको आपूर्ति भएको उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

यस्तो छ प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्ण पाठ

यस्तो छ प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्ण पाठ

हेल्थ टिभी अनलाइन \काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गरेका छन्। उनले गरेको सम्बोधनको पूर्णपाठ यस्तो छ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,

आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने नेपाली दाजुभाइ, दिदीबहिनी लगायत सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सङ्क्रमितहरु निको भएर घर फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु । हाम्रो पुस्ताले भोगेको सर्वाधिक गंभीर चुनौतीमध्येको यस महामारी विरुद्ध कठिन लडाइँमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछु ।

नेपाल पनि कोरोना विरुद्धको लडाइँमा होमिएको छ । देशमा सङ्क्रमणको पहिलो केस पहिचान भएदेखि यता तपाई हाम्रो साझा प्रयत्नले संक्रमितहरुको संख्या ९ जनामा मात्र सीमित गर्न सकिएता पनि हामी अझै पनि उच्च जोखिममा छौंँ । दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाइँहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु । दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नु पर्ने श्रमिकहरु सर्वाधिक मर्कामा हुुनुहुन्छ । धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्नु परेको छ । विद्यार्थीहरुको पढाइ छुटेको छ । जेलमा यन्त्रणापूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु ।

तर नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने तपाइँ–हामी सबैलाई थाहा छ । लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयाशमा ठूलो सहयोग पुगेको छ । तर समस्या अझै यथावत छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदैछ । त्यसैले आजबाट थप ८ दिनको लागि लकडाउनको अवधि बढाउन हामी वाध्य भएका छौं । सबै कठिनाइहरु झेलेर यस अभियानमा पूर्ण साथ दिनु हुने तपाइँहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्यता र सहयोगका लागि अनुरोध गर्दछु ।

सीमित पूर्वाधार, स्वास्थ्यसामग्री तथा उपकरणका कमीको बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रीम मोर्चामा संलग्न सबै राष्ट्रसेवकहरुले देखाउनु भएको कर्तव्यपरायणता अत्यन्तै सराहनीय छ । हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरु दिउँसोको चर्को घाम होस् या रातिको अँध्यारो, निरन्तर सेवामा खटिइरहनु भएको छ । मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव एवं कतिपय अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरुले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपाई हामीलाई यस महामारी बिरुद्ध लड्न थप हौसला मिलेको छ ।
यस्ता सङ्कटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरुको भूमिका कति प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट देखिएको छ । म आ–आफ्नो तहमा सङ्क्रमण फैलिन नदिन र विपन्न परिवारहरुलाई राहत पु¥याउन अहोरात्र खटिरहनु भएका जनप्रतिनिधिहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । यस क्रममा स्थानीय समुदायहरु र सामाजिक सङ्घसंस्थाहरुको क्रियाशीलता पनि उल्लेखनीय रहेको छ ।

बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण ९लोकल लेभल स्प्रेड० एकजनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौं । यसले थप सजगता र सावधानीको माग गरेको छ । महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको छ । कोभिड–१९ अथवा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समग्र कामको अगुवाइ गरिरहेको छ । यसका अतिरिक्त, आम जनसमुदाय, राजनीतिककर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरुको संयुक्त ‘कमाण्ड’को रुपमा ‘कोरोना संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०’ स्थापना गरिएको छ । यसले युद्धस्तरमा कामको समन्वय, निर्देशन र सम्पादन गर्छ । पहिचान गर्ने, परीक्षण गर्ने र उपचार गर्ने सबै कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्न यसका ४ संरचना ९अप्स० खडा गरिएको छ । बिरामी ओसारपसार ९पिआरटी० को उपयुक्त व्यवस्था गरिएको छ ।

– सिसिएमसी, हामी सबैको साझेदारीमा सञ्चालन हुने संरचना हो । ।मुख्यमन्त्रीको संयोजनमा प्रदेश तहमा र स्थानीय तहको वडास्तरसम्मै यस संरचनाको सञ्जाल निर्माण गरिएको छ । स्थानीय तहका वडास्तरसम्म वडा अध्यक्षको संयोजनमा हुने संयन्त्रले आप्mनो वडामा सरकारद्वारा घोषित राहत वितरण गर्नेछ । बिरामी छन्÷छैनन्, औषधि–उपचार पाए÷पाएनन्, बेरोजगार विपन्नहरुले खान पाए÷पाएनन् रु त्यसको अनुगमन तथा व्यवस्थापन समेत गर्ने छ ।
मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको छ । यतिबेला ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा हुनुहुन्छ । ३ हजार २ सय ५९ जना राख्न सक्ने क्षमताको आइसोलेशन वेड तयार गरिएको छ, हाल त्यहाँ ९५ जना उपचारत हुनुहुन्छ । सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ । यस अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन ९पिसिआर० प्रविधिबाट परीक्षण शुरु गरिएको छ । हिजोसम्म १ हजार ८ सय ९० जनाको परीक्षण गरिसकिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण ९¥यापिड डिटेक्सन टेस्ट–आरडिटी० विधि मार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको छ । सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट ९पीपीई० पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको छ । भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ ।

दिदीबहिनी तथा दाजुभाइहरु,

यसबीच हजारौँको संख्यामा नेपालीहरु घर फर्किनु भएको छ । उहाँहरुमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ । उहाँहरुलाई पुनः आग्रह छ– स्वघोषणा गरेर जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा जानुहोस् । तपाइँहरुको लापर्बाही स्वयं तपाइँको परिवार र सिङ्गो समुदायका लागि निकै महङ्गो पर्न सक्छ । नेपालमा लकडाउन सुरु भएपछि नेपाल–भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले भोग्नु परेको अप्ठेरो र उहाँहरुको भावनालाई हामीले बुझेका छौँ । तर सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ । भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि रहनु भएका २ हजार १ सय ४७ नेपालीहरुलाई उतै क्वारेण्टाइनमा राखिएको छ । सीमाको वारीपट्टि रहेका करिब ७०० भारतीय नागरिकहरुलाई हामीले क्वारेण्टाइनमा राखेका छौं । लकडाउनलाई प्रभावकारी बनाउन र संभावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो भन्ने सबै देशबासीले महसुस गर्नु नै भएको छ । निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरुलाई देशभित्र भित्र्याइने छ ।

विश्वव्यापी रुपमा सङ्क्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरुमा पनि सङ्क्रमण देखा परेको छ । केहीको दुःखद निधन समेत भएको छ । लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ । सङ्कटको यस घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव उहाँहरुप्रति छ । हाम्रा दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्या समाधानमा क्रियाशील छन् । गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन् । विदेशमा रहेका नेपालीहरुको स्थितिका बारेमा सम्माननीय राष्ट्रपतिज्यू स्वयंले नेपाली दूतावासहरु मार्फत जानकारी लिइरहनु भएको छ । नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसंग मैले टेलिफोन संवाद सुरु गरेको छु । परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ । मेरो ।आग्रह छ– सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ । सङ्कटका काला बादल अवश्य हटेर जानेछन् ।

विश्वव्यापी महामारी विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य र समन्वयको खाँचो छ । विश्वव्यापी सङ्कटको घडीमा आफ्नो सरहदभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारहरुको हो । नेपालले सीमित साधनस्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकहरुको सक्दो हेरचाह गरिरहेको छ । हाम्रो विश्वास छ– असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरुबाट माया र संरक्षण पाउने छन् ।  आउने २ साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिने छ । यसै हप्ताबाट प्रयोगमा ल्याइएको ¥यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास गरेका छौँ । यस परीक्षण मार्फत् संभावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए÷नभएको सुनिश्चित गरिनेछ । समुदाय स्तरको परीक्षणको लागि उच्चस्तरीय निर्देशक समिति र सिसिएमसीले संभावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको छ । थप सुनिश्चितताको लागि क्वारेण्टाइनमा तोकिएको अवधि पूरा गरेकाहरुको समेत परीक्षण गरिने छ । यसका लागि यहाँहरुको पूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।

महामारीको बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नु नपरोस् भनेर सरकारले स्थानीय तहहरुको संयोजनमा राहत वितरण गरिरहेको छ ।
अर्थतन्त्रलाई गतिशील राख्न आवश्यक सुरक्षाविधि सुनिश्चित गरी कतिपय मेगा प्रोजेक्टहरुको निर्माण जारी राखिएको छ । सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरेको छ र अवलम्बन गरिरहेको छ । म विश्वास दिलाउन चाहन्छु– सङ्कटको बेलामा पनि र सङ्कटपछि पनि सरकार तपाइँहरुसँगै रहेर नेपालको आर्थिक विकासलाई गति दिन क्रियाशील हुनेछ ।

दिदीबहिनी तथा दाजुभाइहरु,

महामारी बिरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ हो भन्ने हामीलाई थाहा छ । आजसम्मको तपाईहरुको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको छ । अबको लडाईँको जीत, तपाईहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ । तपाईहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ । यसैलाई ध्यानमा राखी उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ । राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ । आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था पनि सरकारले तपाईहरुको समग्र सुरक्षाका लागि गरेको छ । चिकित्सक टिमसँगै अग्रभागमा रही काम गरिरहेका सबै सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरु, राष्ट्रसेवक कर्मचारीहरु, ड्राइभर, हेल्पर, सफाई कर्मचारी लगायत कोरोना भाइरसका विरुद्धको उपचारमा संलग्न सबै श्रमिकहरुको भूमिका चिकित्सकीय टीमका सदस्य सरह नै महत्वपूर्ण हुने हुँदा सोही सरह भत्ता÷बीमा सहित सरकारले तपाईहरुको समग्र सुरक्षाको बन्दोवस्त गर्छ । यस अभियानमा परिचालन हुने समुदायमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेवीहरुलाई रु। १ हजार ५ सय भत्ताको थप व्यवस्था गरिएको छ ।

गत चैत ७ गतेको सम्बोधनमा मैले यस महामारीसँग जुध्नका लागि हाम्रो आप्mनै व्यवहार र दैनिकीमा परिवर्तन गर्न आग्रह गरेको थिएँ । यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता रु’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न भन्नेमा जोड दिन चाहन्छु । जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । यो हामी सबैको साझा लडाईं हो र समाजको हरेक सदस्य यस लडाईंमा आफैं एउता सिपाही हो भन्ने कुरा हामीले मनन गर्न सक्नु पर्दछ । यसो गरेर हामीले कोरोना भाइरसलाई परास्त गर्न सक्दछौं ।

दाजुभाइ दिदीबहिनीहरु,
यस खालको महामारीसँग जुझ्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ । मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ । विकसित, सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरुलाई समेत आच्छु आच्छु पारिरहेको यस महामारी विरुद्ध जुझ्न हाम्रो जस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्नु स्वाभाविकै हो । यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्तिमा परेको छ । मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्यसामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप–प्रत्यारोप समेत चलिरहेको छ ।

नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ । सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ । समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।

सरकार र जनताबीचको, राजनीतिक दलहरुबीचको, राज्य र समाजका सबै अङ्गहरुबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त हो । संसदको साझा सङ्कल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दल सहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरुको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई यस सन्दर्भमा मैले राष्ट्रिय शक्तिको रुपमा लिएको छु । आगामी दिनमा पनि यस्तो समझदारी र एकता निरन्तर रहने कुरामा म विश्वस्त छु । सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियाँै भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ । मेरो आग्रह छ– मानव जातिलाई नै चुनौती दिइरहेको यस सङ्कटसँग जुझिरहेको बेला हाम्रो ध्यान यसै लडाइँमा एकाग्र गरौँ । अरु छलफल र कामहरु त स्थिति सामान्य बनेपछि गर्न सकिन्छ नै  स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र सरकारले गरेका निर्णयहरु जनसमक्ष पु¥याउन सञ्चारमाध्यमहरुले खेलेको भूमिका सराहनीय छ । मेरो आग्रह छ, सङ्कटको बेलामा आशावादको, सङ्कटमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सामूहिक आत्मविश्वासको र बलियो सामाजिक–राष्ट्रिय एकताको निर्माणका लागि सञ्चारमाध्यमहरुले अझ जिम्मेवार भूमिका खेल्नुहोस् ।

म एकपटक फेरि दोह¥याउन चाहन्छु– विभिन्न मुलुकहरुको अनुभवले भनिरहेको छ, यस महामारी बिरुद्धको युद्धमा सामाजिक दूरी सबैभन्दा उपयुक्त हतियार हो । सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो । तसर्थः यस अवधिको लकडाउनलाई जतिसुकै कष्टकर भएपनि हरतरहले सफल पार्न हामी एक होऔं । मानव जातिले इतिहासमा यस्ता धेरै महामारीमाथि विजय हासिल गर्दै आएको छ । नेपालले त समकालीन इतिहासमै धेरै अप्ठ्यारा चुनौतीहरुको सामना गरेको छ, विजय हासिल गरेको छ । ५ वर्ष अघिको विनाशकारी भूकम्प र पाँच वर्षमा भएको पुनर्निर्माणले नेपाली जनताको धैर्यता र साहसको नमूना प्रस्तुत गरेका छन् । पटक–पटक लड्नु, धुलो टक्टक्याउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानव जातिको स्वभाव हो, उसको अदम्य विशेषता हो । यही विशेषताकै बलमा हामीले यस सङ्कटमाथि विजय हासिल गर्ने छौं ।

यस महामारी विरुद्ध हामीले समयमै चालेको कदमका कारण सयौंको जीवन जोगिएको छ । आउने केही हप्ता हामीले अलिकति साह्रो÷गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिन्छ । आउनु होस्, फेरि एकपल्ट ५ वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तै धैर्यता र साहस प्रदर्शित गरौँ । तपाईंहरूलाई सुविधा उपलब्ध गराउन, आपूर्ति व्यवस्थालाई सहज बनाउन, आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र कोरोना भाइरस फैलिन नदिन सरकार एकजुट भएर अघि बढ्न प्रतिवद्ध छ । म यहाँहरू सबैलाई एकताबद्ध हुन हार्दिक आग्रह गर्दछु ।
धन्यवाद ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बझाङमा हजारौंद्वारा लकडाउन उल्लघंन, जनप्रतिनिधि चुपचाप, स्थानीय प्रशासन मुकदर्शक

गाउँपालिका अध्यक्ष नै मेलामा सरिक

बझाङमा हजारौंद्वारा लकडाउन उल्लघंन, जनप्रतिनिधि चुपचाप, स्थानीय प्रशासन मुकदर्शक

कल्पना आचार्य\काठमाडौं  : कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले समय थप्दै तेस्रो साताका लागि लकडाउन गरेको छ । राजधानीलगायतका मुख्य सडकहरुमा बाटोमा हिंड्न समेत दिइएको छैन्। तर सोमबार बझाङको एउटा मेलामा जम्मा भएका झण्डै ४ हजार बढी मानिसले सरकारले गरेको लकडाउनको धज्जी उडाएका छन्।

सोमबार सदरमुकाम चैनपुरबाट ३५ किलोमिटर पश्चिमउत्तर छबीस पाथीभरा गाउँपालिकास्थित बान्नाकी चैतली  मेलामा उक्त गाउँपालिकाका अध्यक्ष अक्कल धामीसहित हजारौं स्थानीय सहभागी भएका थिए । धामी आफै उक्त मन्दिरका पुजारी समेत भएको बताइएको छ ।

मेलाका नाममा एकै स्थानमा झण्डै ४ हजार बढी मानिस जम्मा हुँदासमेत स्थानीय निकायले केही गर्न सकेन मात्र हैन मुकदर्शक बन्यो । बझाङमा वर्षमा एकपटक ठुलो मेला लाग्ने गर्दछ । जसलाई उनीहरु बान्नीको  चैतली भन्ने गर्छन्। जसमा टाढा टाढा गएका मानिसहरु पनि गाउँ फर्केर आउने गर्छन्। सोमबार भएको मेलामा लकडाउनको बेवास्ता गर्दै हजारौ मानिस सरिक भए। सरकारले घरबाहिर पनि ननिस्कन आदेश दिएकाबेला उता बझाङका स्थानीय भने मेलामा सरिक मात्र भएनन् उनीहरु बिच प्रतिष्पर्धात्मक खेल समेत भयो ।

मेलामा तल्लो छबीस र माथिल्लो छबीस गाउँका मानिसहरुवीच प्रतिष्पर्धात्मक खेल हुने गर्छ । उक्त खेलमा छालाको भकुण्डो बनाई खेल्ने चलन छ । जसमा कसले जित्ने भन्ने ठुलो प्रतिष्पर्धा हुनेगर्छ । सोमबार सोही प्रतिष्पर्धा हेर्न हजारौं मानिस जम्मा भए ।

 

गैर जिम्मेवार प्रमुख जिल्ला अधिकारी

मेलामा धार्मिक आस्था जोडिएका हुनाले प्रमुख जिल्ला अधिकारी अशोक पाण्डेले  रोक्न नसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएका छ्न्। सोचौं यस भेलामा एक जनामात्र पनि कोरोना संक्रमण भएका व्यक्ति रहेछन भने स्थिति के होला ? हालै भारतका विभिन्न स्थानबाट फर्किएका मध्ये ६८ जना बझाङका छन्। नदीमा हाम फाली, लुकीछिपी घर फर्किनेको यकिन तथ्याकं प्रदेश र स्थानीय सरकारसँग छैन्।

यो मेलामा जुन भिड देखिएको छ यसलाई रोक्न न त स्थानीय प्रशासनले आफनो जिम्मेवारी ठान्यो न त जनप्रतिनिधिले । यो मेलामा उल्टो गाउँपालिका अध्यक्ष नै सरिक भए । यसले के देखाउँछ भने संघीय सरकारले न त प्रदेश सरकार, न त स्थानीय सरकारलाई संक्रमणका बारेमा बुझाउन सक्या,े न त उनीहरु जिम्मेवार नै भए । यो कारणले कोरोना समूदायमा गयो भने को जिम्मेवार हुने ? यो भिडले कतै इटलीको जस्तो स्थिति नल्याओस ।

बेखबर जनप्रतिनिधि र प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापा त्यही क्षेत्रका निर्वाचित प्रतिनिधि हुन। उनको पनि यसमा भूमिका शुन्य देखियो । त्यस क्षेत्रका नागरिकलाई सचेत गराउने, स्थानीय सरकारसँग समन्वय गर्ने, भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गर्न भन्ने, संक्रमण फैलिन नदिने प्रशासन संयन्त्रलाई दुस्त चुरुस्त बनाउनेहरु यस घटनाबारे बेखबर छन्। कतिले थाहा पाएर पनि बेवास्ता गरे । सुदूरपश्चिमका मुख्यमन्त्रीे त्रिलोचन भट्टले आफना नागरिकका नाममा सम्बोधन गरेको तीन दिनमै यस्तो घटना हुनु सुदूरपश्चिमकै प्रदेश र स्थानीय सरकारबीच संवेदनशिलता र जवाफदेहिता शून्य छ भन्ने प्रमाण हो ।

संंक्रमण फैलिन नदिन मुख्य जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरु त्यस क्षेत्रबाट निर्वाचित भई प्रदेश सभामा रहेका सभामुखलगायतले यस्ता घटनामा मुकदर्शक बन्नुले स्थिति भयावह देखिन्छ । सुदूरपश्चिमका नौ जिल्लामध्ये बझाङमा भारतबाट मात्रै हालै ६८ जना आएका छन्। अवैद्य तरिकाबाट कति आए भन्ने स्थानीय सरकारसँग तथ्यांक नै छैन ।

सुदूरपश्चिममा पहिलो लोकल ट्रान्समिसन
लोकल ट्रान्समिसनको पहिलो घटना पनि सुदूरपश्चिममै देखिएको बेला मेला जात्रा गर्नुले संक्रमण फैलिन सक्ने पक्का जस्तै छ । यो कुरा कसले बुझाउने हो ? को कहाँबाट कहिले आए भन्ने नै तथ्यांक नभएका बेला मेलाका नाममा स्थानीय प्रतिनिधि नै सहभागी भएर हुलमुल गर्नुले संक्रमण फैलिनमा टेवा पुगेको छ । बझाङका स्थानीय बुद्धिजिवी राजेन्द्र प्रसाद जोशीले मेलाका नाममा यस्तो संक्रमणको जोखिम भएका बेला भिड जम्मा हुनु दुखद भएको बताए । उनले भने, प्रत्येक वर्ष हुने मेला अर्को वर्ष गरे पनि हुने हो तर कसैले यस्तो सल्लाह दिएनन्।

यही विषयमा स्वास्थ्य मन्त्रालयका  प्रतिनिधिले आफूहरुले पनि सुनेको र बुझेर मात्र प्रतिक्रिया दिने बताए ।

फोटोहरु:  मानबहादुर बोहरा,बझाङ

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमित बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य झनै बिग्रियो, आइसीयूमा सारियो

कोरोना संक्रमित बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य झनै बिग्रियो, आइसीयूमा सारियो

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन उपचार कक्षमा सारिएको बताएका छन्।

५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।

गत मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण देखिए यता होम क्वारेन्टाइनमा बसेका उनमा लक्षणहरूमा सुधार नआएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू जारी रहेका कारण प्रधानमन्त्री लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा चिकित्सकहरूको निगरानीमा थिए। सोमबार दिउँसो उनको स्वास्थ्य केही बिग्रीयो र उनको चिकित्सा टोलीको सल्लाहमा उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको छ।’

विज्ञप्तीमा भनिएको छ प्रधानमन्त्रीले उत्तम हेरचाह पाइरहेका छन् र उनले एनएचएसका सबै कर्मचारीलाई तिनीहरूको कडा परिश्रम र समर्पण भावकालागि धन्यवाद दिएका छन्।

डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई जहाँ आवश्यक पर्छ त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन भनेको बताएका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमण रोकथाम गर्न मन्त्रीहरूलाई यस्तो जिम्मेवारी

कोरोना संक्रमण रोकथाम गर्न मन्त्रीहरूलाई यस्तो जिम्मेवारी

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा नरहेका मन्त्रीहरूलाई कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्न थप जिम्मेवारी दिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति र बालबालिकामा कोभिड–१९ को कारणले परेको र पर्नसक्ने असर सम्बोधनका लागि कार्ययोजना बनाउने र सामाजिक संघसस्था परिचालन गर्ने जिम्मेवारी दिइएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई प्रदेश १ मा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई गण्डकी प्रदेशमा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग कोरोना नियन्त्रणमा समन्वय गर्ने जिम्मेवारी दिइएको छ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मालाई युवा खेलाडी र राहत वितरणमा स्वयंसेवकको व्यवस्थापन र परिचालनका लागि योजना बनाउने तथा कार्यान्वयनका लागि समन्वय गर्ने जिम्मेवारी दिइएको छ।

यस्तै ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनलाई प्रदेश ५ को सरकारसँग कोरोनासँग सम्बन्धित विषयमा समन्वय गर्ने र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेलाई संसदमा भएका विभिन्न राजनीतिक दलसँग कोरोना नियन्त्रणबारे निरन्तर संवाद र समन्वय गर्ने कार्यभार दिइएको छ।

श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवलाई प्रदेश २ को सरकारसँग कोरोना नियन्त्रण सम्बन्धमा समन्वय गर्ने, खानेपानी तथा सरसफाइमन्त्री विना मगरलाई सुदूरपश्चिम प्रदेश सरकारसँग कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी कामका बारेमा समन्वय गर्ने जिम्मवारी दिने निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मेची अञ्चल अस्पताललाई उद्योगीले दिए पीपीई

मेची अञ्चल अस्पताललाई उद्योगीले दिए पीपीई

हेल्थ टिभी अनलाइन\ झापा : एक उद्योगीले मेची अञ्चल अस्पताल भद्रपुरलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उपलब्ध गराएका छन्।

झापा उद्योग वाणिज्य सघंको संयोजनमा भद्रपुरका उद्योगी महेश मित्तलले अस्पताललाई दुई लाख मूल्य बराबरको लेबल थ्री पीपीई उपलब्ध गराएका हुन्।

उद्योगी मित्तलले अस्पतालका मेसु डा‍. पीताम्बर ठाकुरलाई पीपीई हस्तान्तरण गरे। कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा हालसम्म पाँच जना बिरामी आइसकेका छन्।

उनीहरूको उपचार खटिने चिकित्सकले लगाउने पीपीई गुणस्तरीय नभएको भन्दै गुणस्तरीय सामग्री प्रदान गरहेको उनको दाबी छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

काठमाडौंमा कोरोना संक्रमित अस्पताल पुर्याउन पाँच एम्बुलेन्स तयार

काठमाडौंमा कोरोना संक्रमित अस्पताल पुर्याउन पाँच एम्बुलेन्स तयार

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल एम्बुलेन्स सेवा (फोन नं. १०२) ले पाँच एम्बुलेन्सलाई कोरोना भाइरस संक्रमित बिरामी अस्पताल लैजान मिल्ने अवस्थामा राखेको जनाएको छ।

कोरोना भाइरस संक्रमित बिरामीका लागि एम्बुलेन्स सञ्चालनमा ल्याउन आवश्यक पर्ने आपतकालीन स्वास्थ्य प्राविधिक र एम्बुलेन्स चालकलाई आवश्यक पर्ने पीपीई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराई सोमवारदेखि नै सेवा प्रदान गर्ने समझदारी भएको छ।

कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्थापना गरिएको नेपाली सेनाको छाउनीस्थित ‘कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र अपरेसन’ (सीसीएमसी ओप्स) मा स्वास्थ्य मन्त्रालय र एम्बुलेन्स सेवाबीच समझदारीमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार नेपाल एम्बुलेन्स सेवाको क्षमता अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालयका चार र काठमाडौँ महानगरपालिकाको एक गरी पाँचवटा थप एम्बुलेन्सलाई कोरोना भाइरससम्बन्धी बिरामीलाई सेवा प्रदान गर्न मिल्नेगरी तयार पारी एम्बुलेन्स सेवाअन्तर्गत सञ्चालनमा ल्याइने छ।

एम्बुलेन्स सञ्चालनमा आपत्कालीन स्वास्थ्य प्राविधिकको थप आवश्यकता भएमा सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) बाट दक्ष जनशक्ति (एम्बुलेन्स चालक तथा स्वास्थ्यकर्मी) उपलब्ध गराइने सेनाको सिसिएमसी ओप्सले जनाएको छ।

साथै सञ्चालनमा आउने थप एम्बुलेन्सका लागि बढ्न जाने आर्थिक व्ययभार हाललाई काठमाडौँ महानगरपालिकाले नै व्यहोर्नेसमेत उक्त समझदारीमा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा खटायो जनशक्ति

स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा खटायो जनशक्ति

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक जनशक्ति पहिचान गर्न कर्मचारी खटाएको जनाएको छ ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयका ११ तहका कर्मचारी नेतृत्वमा टोली खटाई तीन दिनभित्र ती प्रदेशमा आवश्यक पर्ने जनशक्ति  सिफारिस गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको बताए।

‘सातवटै प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न कति कर्मचारी चाहिन्छ’, उनले भने, ‘ती कर्मचारीले त्यहाँ जनशक्तिको अभाव भए निजी अस्पताल तथा अन्तर सरकारी अस्पतालसँग समन्वय गर्ने, करार वा स्वयंसेवक राखी जनशक्ति बढाउन कर्मचारीलाई खटाइएको हो।’

यसैगरी चैत महिनामा विदेशबाट आएका उपत्यकामा मानिसको पनि उपत्यकामा रहेका स्थानीय तहको समन्वयमा नमुना परीक्षण गरिने उनले जानकारी दिए। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नमुना संकलन गरी परीक्षण गर्ने उपत्यकामा स्थानीय तहका प्रमुख र वडाअध्यक्षले समन्वय गर्ने उनले बताए।

यसैगरी कोभिड–१९ का लागि १० वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिने भएको छ। उनका अनुसार मन्त्रालयले चार, राष्ट्रिय एम्बुलेन्स सेवाले पाँच र काठमाडौँ महानगरपालिकाले एक एम्बुलेन्स तयारी अवस्थामा राखेका छन्।

प्रवक्ता डा. देवकोटाले १४ दिनपछि पनि कोभिड–१९ पोजेटिभ देखिएकाले अझै क्वारेन्टाइनमा बस्न आग्रह गरे। उनले कैलाली, कञ्चनपुर र बाग्लुङमा विदेशबाट आएका सबैको मंगलवारदेखि ‘र्यापिड डाइगोनोष्ट टेष्ट’ गर्ने बताए।

सोमवारदेखि धुलिखेल, भरतपुर र भैरहवामा नमुना परीक्षण गर्न थालिएको छ। अहिले उपत्यकासहित १० ठाउँमा नमुना परीक्षण भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नर्भिकले सरकारलाई दियो ६० लाखको स्वास्थ्य सामग्री

नर्भिकले सरकारलाई दियो ६० लाखको स्वास्थ्य सामग्री

हेल्थ टिभी अनलाइन\काठमाडौं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निजी क्षेत्रबाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाइँमा सरकारको मनोबल उच्च बनाएको बताएका छन्।

सोमवार नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउण्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना संक्रमणविरुद्धको लडाइँमा सबै मिलेर सफलता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्राप्त सामग्री अभाव भएका ठाउँमा उपलब्ध गराउने उनले बताए।

फाउण्डेसनले सरकारलाई ६० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउण्डेसनले यसअघि नै ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।

अस्पतालले चैत मसान्तसम्म सबै बिरामीलाई उपचारमा २० प्रतिशत छुट दिने पनि बताएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोना संक्रमितको संख्या चार हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या चार हजार नाघ्यो

भारतमा पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या बढेको छ। यससँगै भारतमा सोमवार बिहानसम्म संक्रमितको संख्या ४ हजार ६७  पुगेको बताइएको छ ।

भारतको स्वास्थ्य तथा परिवारकल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्लो १२ घण्टामा कम्तीमा पनि ४९० जनामा संक्रमण देखिएको छ।

साथै भारतमा कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ। सोमबारसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १३२ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ।

यी संक्रमितमध्ये उपचारको क्रममा २९२ जना भने उपचार गरी घर फर्किएका छन्। अरु तीन हजार ६६६ जना भने उपचाररत रहेका छन्। उनीहरू केही अस्पताल त केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका छन्।

भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महशुस गरिएको छ। भारतका अरु राज्यको तुलनामा महाराष्ट्रमा संक्रमित बढेको देखिएको छ।

महाराष्ट्रमा मात्र ६९० जना संक्रमित भेटिएका समाचारमा जनाइएको छ। त्यसैगरी त्यसपछि सबैभन्दा धेरै बिरामी तमिलनाडुमा छन्। त्यहाँ ५७१ जना बिरामी छन् भने नयाँ दिल्लीमा ५०३ बिरामी छन्।

भारतमा दुई हप्तायता देशैभर लकडाउनको घोषणा गरिएको छ। जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको बताइएको छ। तर यता दिनप्रतिदिन नयाँ संक्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने देखिएको बताइएको छ।

 

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना उपचारमा खटिने निजी अस्पतालका चिकित्सकलाई पनि सरकारी सरह सुविधा

कोरोना उपचारमा खटिने निजी अस्पतालका चिकित्सकलाई पनि सरकारी सरह सुविधा

हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले कोरोना उपचारमा खटिने निजी अस्पतालका चिकित्सकलाई पनि सरकारी चिकित्सक सरहकै सेवा सुविधा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजी अस्पतालमा कार्यरत चिकित्सक सरकारी अस्पतालमा आएर काम गर्न चाहेमा पनि तह मिलाएर सोही बमोजिम सुविधा र भत्ता दिने निर्णय समेत गरेको छ ।  मन्त्रीपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा युवराज खतिवडाले निजी अस्पतालका चिकित्सक र सरकारी चिकित्सक मिलेर कोरोना विरुद्ध लड्नपर्ने भन्दै यो उपचारमा खटिने सबैको सेवा सुविधा एकै हुने बताएका हुन्।

सरकारी अस्पतालमा कोरोना रोगको उपचारमा खटिने कर्मचारीको तलबसुविधा र भत्ता बढाउने निर्णय भने यसअघि नै गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना रोकथाममा खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिइने

कोरोना रोकथाममा खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिइने

हेल्थ टिभी अनलाइन \काठमाडौं:  सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रति व्यक्ति एक पटक १ हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता उपलव्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई क्वारेन्टाइनमा रहेका मानिसले नियम पालना गरे नगरेको अनुगमन गर्ने साथै यससम्बन्धी जनचेतना जगाउन सहयोगी भूमिका खेले वापत उक्त प्रोत्साहन भक्ता दिन लागेको जनाएको छ ।

आइतबार कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिले देशभर रहेका स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना रोकथामको अभियानमा सरिक गराउने निर्णय गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना अपडेट : १०७ जना आइसोलेसनमा, ९ हजार बढी क्वारेन्टाइनमा

कोरोना अपडेट : १०७ जना आइसोलेसनमा, ९ हजार बढी क्वारेन्टाइनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं:  कोरोना आशंकामा देशभरीका विभिन्न अस्पतालमा १०७ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उपत्यका लगायतका अन्य अस्पतालमा १०७ जना आइसोलेसनमा उपचारमा रहेको बताएका हुन्।

ती मध्ये ८ जना भने संक्रमित रहेका छन।  देवकोटाले १२ जना उपत्यकामा र ९५ जना उपत्यकाका विभिन्न अस्पतालमा आइसोलेसन वार्डमा रहेको जानकारी दिए । यसैगरी देशभरी कोरोना प्रभावित देशहरुबाट आएका र उनीहरुका परिवार समेत गरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको पनि उनले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले कोरोनाको नमुना परीक्षण थप तीन स्थानबाट शुरु गरेको उनले बताए । भरतपुर, धुलिखेल र भैरहवामा पनि आजैबाट कोरोनाको नमुना परीक्षण शुरु भएको छ ।

योसँगै संक्रमित फेला परेका र उच्च जोखिममा रहेका कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापिड टेष्ट किट मार्फत परीक्षण शुरु गर्न पहल भइसकेको र छिटै शुरु हुने उनले बताए ।आजका मितिसम्म १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बैशाख ३ सम्म लकडाउन गर्ने सरकारको निर्णय

बैशाख ३ सम्म लकडाउन गर्ने सरकारको निर्णय

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

कोरोना संक्रमितको संख्या बढेपछि थप सतर्कता अपनाउँदै आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन एक साता थप गर्ने निर्णय गरेको हो ।

अब वैशाख ३ सम्म लकडाउन जारी रहनेछ । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । पहिलो संक्रमित भने उपचारपछि निको भएर घर गइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नर्भिक अस्पतालले ६० लाख बराबरको मेडिकल सामग्री स्वास्थ्य मन्त्रालयलाई दियो

नर्भिक अस्पतालले ६० लाख बराबरको मेडिकल सामग्री स्वास्थ्य मन्त्रालयलाई दियो

हेल्थ टिभी अनलाइन \काठमाडौं:  थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६० लाख मुल्य बराबरको मेडिकल सामग्री हस्तान्तरण गरेको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अस्पतालका प्रतिनिधिले उक्त मेडिकल सामग्री हस्तान्तरण गरेका हुन्।

अस्पतालले पीपीई एक हजार थान, थ्रीएम एन ९५ मास्क २ हजार थान, सर्जिकल मास्क ४८ हजार थान मन्त्रालयलाई दिएको हो। यी सबै सामग्रीको लागत ६० लाख रुपैयाँ बराबर रहेको अस्पतालले जनाएको छ।

योसँगै अस्पतालले चैत मसान्तसम्म आफनो अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट समेत दिने जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका व्यक्तिहरु आज घर जाँदै

खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका व्यक्तिहरु आज घर जाँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जना आजै घर जाने भएका छन्।

कोरोना प्रभावित विभिन्न देशबाट आएका ९४ जनालाई खरिपाटीको क्वारेन्टाइनमा राखिएकोे छ । आइतबार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी गराएका थिए ।

सबैको रिपोर्ट नेगेटिभ आएको भए पनि भारतबाट आएका बाँकी केहीलाई भने आज घर जान नदिने बताइएको छ । उनीहरु थप दुई दिन क्वारेन्टाइनमै रहने पनि बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अमेरिकामा बाघमा पनि देखियो कोरोना भाइरस संक्रमण

अमेरिकामा बाघमा पनि देखियो कोरोना भाइरस संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

चार वर्ष उमेर पुगेकी उक्त मलेअन बघिनीबाट सङ्कलित नमुनामा भाइरस भेटिएको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका अनुसार उक्त बघिनीसहित उसकी बहिनी, अन्य दुई आमुर बाघ र तीन अफ्रिकी सिंह सुक्खा खोकीबाट पीडित छन्। तर उनीहरूलाई निको हुने अपेक्षा गरिएको छ।

चिडियाखानाका एक कर्मचारीले तिनलाई कोरोनाभाइरस सारेको अनुमान गरिएको छ।पर्याप्त सावधानी लिँदै परीक्षण गर्दा नाडिया नाम दिइएकी उक्त बघिनीमा कोरोनाभाइरस भेटिएको ब्रोङ्स जूले उल्लेख गरेको छ।

तिनमा खानेकुरामा केही अरुचि देखिए पनि भेटरिनरी स्याहार उपलब्ध गराइएकाले ती बाघ र सिंह राम्रो स्थितिमा रहेको आइतवार प्रकाशित एउटा विज्ञप्तिमा उक्त चिडियाखानाले भनेको छ।

भिन्न प्रजातिमा नयाँ सङ्क्रमण भिन्न रूपमा देखिने भएकाले बाघ र सिंहजस्ता वन्यजीवमा कोरोनाभाइरस कसरी विकसित हुन्छ भन्ने थाहा नभएको भए पनि तिनको निगरानी गरिने उक्त चिडियाखानाले बताएको छ।चिडियाखानामा भएका बाघ जातिका अन्य जीवमा रोगको कुनै लक्षण देखिएको छैन। त्यहाँ अरू बाघ, हिउँचितुवा, चीटा, ध्वाँसेचितुवा, आमुर चितुवा, प्युमा र सर्भल पनि छन्।

तिनको स्याहार गर्न खटिएका तर लक्षणरहित सङ्क्रमण भएका एक व्यक्तिबाट हाम्रा बाघलाई सङ्क्रमण सरेको हो,ब्रोङ्स जूले भन्यो।

सङ्क्रमणको लक्षण देखिएका सबै जीवलाई चिडियाखानामा छुट्टै राखिएको छ। न्यूयोर्कमा भएका चारवटा चिडियाखाना मार्च १६ देखि आगन्तुकका लागि बन्द छन्।

बीबीसी

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

ताजा अपडेट