Health TV Online

मन्त्री मगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

मन्त्री मगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल–भारत मानव विकास एवं मैत्री संघले कोभिड–१९ को परीक्षण एवं उपचारमा अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य मेडिकल सामग्री सहयोग गरेको छ।

संघले आज ती सामग्री खानेपानीमन्त्री बिना मगरलाई हस्तान्तरण गरेको हो। कोरोना रोकथाम तथा नियन्त्रणको समन्वय गर्न सरकारले सो प्रदेशका लागि खानेपानी मन्त्री मगरलाई जिम्मा दिएको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको २०० थान पीपीई लगायतका सामाग्री खानेपानी मन्त्री मगरलाई आज हस्तान्तरण गरेका हुन्।

कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि प्राप्त भएको व्यक्तिगत सुरक्षा सामग्रीलगायत अन्य सामान मन्त्री मगरले सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछिन्। ती स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री मगरले संस्थालाई धन्यवाद दिँदै विपद्को समयमा आआफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरिन्।

उनले यस किसिमको सहयोगले कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन बल पुग्ने विश्वास व्यक्त गरिन्। संघले सहयोग गरेको सामग्रीमा पीपीई सेट पञ्जा, एप्रोन, मास्क, चस्मा, टोपी र स्यानिटाइजरलगायत छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

पाकिस्तानमा संक्रमितको संख्या चार हजार नाघ्यो, ६४ को मृत्यु

पाकिस्तानमा संक्रमितको संख्या चार हजार नाघ्यो, ६४ को मृत्यु

पाकिस्तानमा कोरोना भाइरस संक्रमित हुनेको संख्या चार हजारभन्दा बढी पुगेको छ। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म संक्रमितेको संख्या चार हजार ३३२ पुगेको हो।

संक्रमितमध्ये सबैभन्दा धेरै पञ्जाब प्रान्तमा रहेका छन्, त्यहाँ दुई हजार १७१ जना संक्रमित भएको तथ्यांक राष्ट्रिय नियन्त्रण केन्द्रको रहेको छ। दोस्रो धेरै संक्रमित भएको सिन्ध प्रान्तमा बिहीबारसम्ममा एक हजार १२८ जना संक्रमित भएका छन् भने तेस्रो धेरै संक्रमित भएको खैबर पख्तुन्ख्वामा ५६० जना छन्।

त्यसैगरी गिल्गित बाल्टिस्तानमा २१३ जना, बालुचिस्तानमा २१२ जना, इस्लामावादमा १०२ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा २८ जना संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरिएको छ। योसहित कुल मृतकको संख्या ६४ पुगेको छ।

गम्भीर अवस्थामा रहेका ३१ जनाको उच्च सतर्कताका साथ उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। नेपाल–भारत मानव विकास एवं मैत्री संघले कोभिड–१९ को परीक्षण एवं उपचारमा अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य मेडिकल सामग्री सहयोग गरेको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रदेश २ मा पाँच अस्पतालको स्तरोन्नति हुने

प्रदेश २ मा पाँच अस्पतालको स्तरोन्नति हुने

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले विभिन्न पाँच अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बिहीवारको बैठकले पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदहस्थित अस्पताललाई जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गर्ने निर्णय गरेको हो। ती अस्पताल ५०\५० शय्याका रहने मन्त्रिपरिषद्ले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए।

त्यसैगरी बाराको कलैयास्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वरस्थित अस्पताललाई विशेष अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरिएको छ। यसका साथै नेपाल प्रहरीको मनोबल उच्च गर्न र न्युनतम आवश्यकता पूर्ति गर्ने उद्देश्यले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई पाँच\पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।

प्रदेशमा रहेका पाँच कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका हुँदा कोरोनाबाट जोगिने उपाय अवलम्बन गर्न प्रत्येक कारागारलाई २०÷२० लाख रुपैयाँ उपलब्ध गराउने मन्त्रिपरिषद्ले बैठकले निर्णय गरेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको कहर : इटलीमा १०१ चिकित्सकको मृत्यु

कोरोनाको कहर : इटलीमा १०१ चिकित्सकको मृत्यु

इटलीमा कोरोना भाइरस संक्रमणका कारण १०० भन्दा बढी चिकित्सकको मृत्यु भएको छ। संक्रमण भेटिएको दिनदेखि अहिलेसम्म यो संख्यामा चिकित्सकको मृत्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको हो।

बिरामीलाई उपचार सेवा दिने क्रममा १०१ चिकित्सकको मृत्यु भएको संस्थाका प्रवक्ताले एएफपीलाई जानकारी दिए। संक्रमणबाट ३० नर्स र अन्य स्वास्थ्य सहयोगीको मृत्यु भएको अनुमान गरिएको छ।

मृतकमध्ये भर्खरै सेवा सुरू गरेको युवा चिकित्सकसमेत छन्। इटलीमा कोभिड–१९ को संक्रमणबाट बिहीबार यो समाचार तयार पार्दासम्म १७ हजार ६६९ व्यक्तिको मृत्यु भएको तथ्यांक छ।

रोमको जनस्वास्थ्य संस्था (आईएसएस) का अनुसार करिब १० प्रतिशत स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित रहेको अनुमान छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना आशंकामा कैलाली र कञ्चनपुरबाट संकलन गरिएका ६६ वटा नमुना परीक्षण नेगेटिभ

कोरोना आशंकामा कैलाली र कञ्चनपुरबाट संकलन गरिएका ६६ वटा नमुना परीक्षण नेगेटिभ

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना आशंकामा कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। धनगढीमा विदेशबाट आएका व्यक्तिबाट स्थानीयमा संक्रमण देखिएपछि सरकारले संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखेको छ ।

उनीहरु मध्ये ६६ जनाको आज रिपोर्ट आएको र सबैको रिपोर्ट नेगेटिभ भएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनले भने, ‘टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६६ वटा नमुनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आयो यो खुशीको कुरा हो ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना अपडेट : हालसम्म २ हजार ८ सय ९५ जनाको नमुना परीक्षण, १ सय १७ जना आइसोलेसनमा

७ हजार ९ सय ४० जना क्वारेन्टाइनमा

कोरोना अपडेट : हालसम्म २ हजार ८ सय ९५ जनाको नमुना परीक्षण, १ सय १७ जना आइसोलेसनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं:  सरकारले कोरोना आशंकामा हालसम्म २ हजार ८ सय ९५ जनाको नमुना परीक्षण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्।

डा देवकोटाले २४ घण्टामा कुनै पनि नयाँ संक्रमण फेला नपरेको पनि जानकारी गराए । उनले आजै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ सय ९३ जनाको नमुना परीक्षण भइरहेको र साँझसम्म रिपोर्ट आउने जानकारी दिए । ‘यो संख्या पनि जोड्दा आजै नमुना परीक्षणको संख्या ३ हजार बढी पुग्नेछ, उनले भने ।’

हालसम्म देशैभरी कोरोना संक्रमणको जोखिममा रहेका ७ हजार ९ सय ४० जना क्वारेन्टाइनमा रहेका छन्। यसैगरी ११७ जना विभिन्न अस्पतालमा आइसोलेसनमा रहेका छन्। यसमध्ये १८ जना उपत्यकामा र ९९ जना उपत्यकाबाहिर रहेको पनि डा देवकोटाले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रदेशलाई दियो ५ हजार ‘र्‍यापिड डायग्नोस्टिक टेष्ट किट’

स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रदेशलाई दियो ५ हजार ‘र्‍यापिड डायग्नोस्टिक टेष्ट किट’

हेल्थ टिभी अनलाइन \काठमाडौं:  सरकारले सातैवटा प्रदेशमा ‘र्‍यापिड डायग्नोस्टिक टेष्ट किट’ दिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्। उनले क्वारेन्टाइमा रहेका व्यक्तिहरुको नमुना परीक्षणका लागि प्रत्येक प्रदेशलाई ५ \५ हजारका दरले टेष्ट किट पठाएको जानकारी दिए ।

डा देवकोटाले कोरोनाको नमुना परीक्षणको दायरा फकाकिलो बनाउँदै सबै प्रदेशबाट नमुना परीक्षण गर्न सम्भव भएको बताए । उनले उपत्यका लगायत हाल १० स्थानबाट नमुना परीक्षण भइरहेको पनि जानकारी दिए ।  हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ र ८ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । त्यसमध्ये २ हजार ३ सय ८२ जनाको उपत्यकामा र ५ सय १३ जनाको परीक्षण् उपत्यका बाहिर भएको हो ।

आजसम्म विभिन्न अस्पताल गरी १ सय १७ जना कोरोनाको आशंकामा आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

 कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो

 कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ८८ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यसैगरी संक्रमित हुनेको संख्या १५ लाख १४ हजार नाघेको छ । योसँगै तीन लाख २९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

पहिलोपटक चीनबाट फैलिएको भए पनि कोरोना संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा १४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या चार लाख २७ हजार नाघेको बताइएको छ ।  युरोपको अवस्था पनि भयावह छ । इटलीमा १७ हजार ६ सय, स्पेनमा १४ हजार ८ सय र फ्रान्समा १० हजार आठ सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ ।

यसैगरी बेलायतमा हालसम्म ७ हजार १ सय, जर्मनीमा २ हजार १ सय, नेदरल्याण्डमा दुई हजार २ सय र बेल्जियममा दुई हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । इरानमा कोरोना संक्रमणबाट करिव ४ को मृत्यु भएको बताइएको छ ।

भारतमा संक्रमितको संख्या ५ हजार ९ सय नाघेको छ भने एक सय १४९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण विकसित देशलाई बढी प्रभाव पारेको देखिएको छ । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ भने मृत्यु कसैको पनि भएको छैन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अस्पतालले भर्ना गर्न नमान्दा उपचार नपाएर वृद्धको मृत्यु

अस्पतालले भर्ना गर्न नमान्दा उपचार नपाएर वृद्धको मृत्यु

हेल्थ टिभी अनलाइन\कैलाली : अस्पतालले भर्ना नलिएपछि उपचार नपाएर एक वृद्धको मृत्यु भएको छ। गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको मृत्यु भएको हो।

धनगढीस्थित माया मेट्रो अस्पतालले भर्ना गर्न नमानेपछि केही घण्टा अलपत्र परेको आफन्तले बताए। चिकित्सकले उपचार गर्न नमानेका कारण अन्यत्र लैजान घरमा ल्याएपछि उनको मृत्यु भएको उनीहरूले जानकारी दिए।

बिहानदेखि श्वासप्रश्वासमा समस्या आएपछि भट्टलाई साढे ११ बजे अस्पताल लगिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्यमन्त्री ढकाल र प्रदेश समन्वयकर्ता मन्त्रीबीच छलफल

स्वास्थ्यमन्त्री ढकाल र प्रदेश समन्वयकर्ता मन्त्रीबीच छलफल

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकिएका विभिन्न संघीय मन्त्रीले छलफल गरेका छन्।

प्रदेश १ सरकारसँगको समन्वयकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङ र गण्डकी प्रदेशको सरकारसँगको समन्वयकर्ता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्री ढकालसँग छलफल गरेका हुन्। यस्तै सुदूरपश्चिम प्रदेश सरकारसँको समन्वयकर्ता खानेपानी तथा सरसफाइ मन्त्री विना मगर पनि सहभागी थिइन्।

यस क्रममा मन्त्री ढकालले जिल्लास्तरबाट माग बढेसँगै सरकारले नमुना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने तयारी गरेको बताए।

मन्त्रिपरिषद्को बैठकबाट समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरूले स्वास्थ्य सामग्री र अन्य तयारीको बारेमा प्रश्न राखेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सेती प्रादेशिक अस्पतालमा सेवा थप्ने तयारी

सेती प्रादेशिक अस्पतालमा सेवा थप्ने तयारी

हेल्थ टिभी अनलाइन\अत्तरिया : सेती प्रादेशिक अस्पतालले कोभिड–१९ का गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि भेन्टिलेटर र पाँच शय्याको सघन उपचार कक्ष सेवा थप्ने भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना विशेष अस्पताल तोकेपछि उपलब्ध गराएको बजेटले दुई भेन्टिलेटरसहित पाँच शय्याको सघन उपचार कक्षका उपकरण खरिद गरिएको हो।

संक्रमण फैलिएको अवस्थामा कोरोना भाइरसका गम्भीर बिरामीको उपचारका लागि पूर्वतयारीस्वरूप भेन्टिलेटर र सघन उपचार कक्ष दुई\तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद जोशीले जानकारी दिए।

अस्पतालमा अहिले एक भेन्टिलेटरसहित पाँच शय्याको सघन उपचार कक्ष सेवा सञ्चालनमा छ। सुदूरपश्चिममा सरकारी र निजी अस्पताल गरी २५ शय्या सघन उपचार कक्ष र १० भेन्टिलेटर रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत भूषण मिश्रले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

चौधरी फाउण्डेसनले स्वास्थ्य मन्त्रालयलाई दियो पीसीआर

चौधरी फाउण्डेसनले स्वास्थ्य मन्त्रालयलाई दियो पीसीआर

हेल्थ टिभी अनलाइन\काठमाडौं : चौधरी फाउण्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना परीक्षणमा उपयोग हुने एक हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ ।

फाउण्डेसनका महाप्रबन्धक मधूसुदन पौडेलले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उनकै कार्यकक्षमा सामग्री हस्तान्तरण गरे।

मन्त्री ढकालले विषम परिस्थितिमा सरकारलाई सहयोग गरेकामा फाउण्डेसनलाई धन्यवाद दिँदै यसले चिकित्साकर्मीको मनोबल उच्च बनाउन सहयोग पुग्ने बताए।

फाउण्डेसनका महाप्रबन्धक पौडेलले सामाजिक हितका निम्ति सरकारसँग मिलेर काम गर्न तयार रहेको प्रतिक्रिया दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सबै जिल्लामा क्राइसिस म्यानेजमेन्ट सेन्टर

सबै जिल्लामा क्राइसिस म्यानेजमेन्ट सेन्टर

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) स्थापना गरेको छ ।

बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर नै कोरोना रोकथाम र नियन्त्रण गर्न सेन्टर स्थापना गरेको जानकारी दिएका हुन्।

केन्द्रीय सीसीएमीबाट सशस्त्र प्रहरी बलको अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बिरामीलाई राख्ने व्यवस्था पूर्णरूपमा तयार भएको देवकोटाले जानकारी दिए। ती अस्पतालमा एक सयभन्दा बढी शय्या र छ वटा सघन उपचार कक्ष (आईसीयू) तयारी अवस्थामा राखिएको छ।

यसैगरी उहाँले आठ संक्रमितका आफन्त, परिवार र साथीभाइको निगरानी (कन्ट्याक ट्रेसिङ) सकिसकेको जानकारी दिइएको छ। बुधवारसम्म दुई हजार ३६६ नमुना परीक्षण गरिएको छ तर नयाँ संक्रमित भेटिएको छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच चिकित्सक बर्खास्त

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच चिकित्सक बर्खास्त

हेल्थ टिभी अनलाइन\बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालले विनाजानकारी अनुपस्थित भएको भन्दै पाँच चिकित्सकलाई  बर्खास्त गरेको छ।

अस्पतालका विभिन्न विशेषज्ञका रूपमा करिब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करिब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट हटाएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए।

कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले तिनलाई सेवाबाट हटाउने निर्णय गरिएको डा. खनालले बताए।  रेडियोलोजी विभागका डा. वरदान वली र डा ताराप्रसाद शर्मा, नाक, कान, घाँटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा सुवासचन्द्र चौधरी र आकस्मिक विभागका डा. प्रकृति कार्कीलाई हटाइएको हो।

उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए। हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन्। ‘यस्तो महासंकटको बेलामा जस्तोसुकै कठिन अवस्थामा पनि सेवा दिन तयार रहनुपर्नेमा सम्पर्कविहीन भएपछि तिनलाई हटाउनुको विकल्प थिएन’, उनले भने।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीका वेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारवाही गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार नै अस्पतालबाट कारवाही गरेको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना आशंकामा हालसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण, १ सय ३४ जना आइसोलेसनमा

कोरोना आशंकामा हालसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण, १ सय ३४ जना आइसोलेसनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं:   सरकारले कोरोना आशंकामा हालसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण  गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्।

डा देवकोटाले २४ घण्टामा कुनै पनि संक्रमण फेला नपरेको पनि जानकारी गराए । उनले आजै टेकुस्थित प्रयोगशालामा मात्र १ सय ८० जनाको नमुना परीक्षण भइरहेको र साँझ वा भोलिसम्म रिपोर्ट आउने जानकारी दिए ।

उनले सरकारले कोरोना भाइरसको नमुना परीक्षण  फराकिलो बनाउँदै सबै प्रदेशमा पुर्याएको जानकारी दिए । नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये पहिलो संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। आठ जना भने आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

लकडाउनका बेला मधुमेहका बिरामीले यसरी अपनाउनुस् सावधानी

लकडाउनका बेला मधुमेहका बिरामीले यसरी अपनाउनुस् सावधानी

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण झण्डै १४ लाख बढी मानिस संक्रमित भइसकेका छन्। मृत्यु हुनेको संख्या नै ८२ हजार बढी पुगेको छ । अन्य देशले जस्तै नेपाल सरकारले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन गरेको छ । जसका कारण यतिखेर बजार, यातायात, व्यापार -व्यवसाय सबै बन्द छन्। अस्पतालमा पनि इमरजेन्सी बाहेक सबै सेवा बन्द गरेर कोरोना रोकथाममा लाग्न सरकारले आव्हान गरेको छ ।

कोरोना भाइरसले दीर्घ रोगी एवं रोगसँग लड्ने क्षमता कम भएकाहरुलाई सजिलै आक्रमण गर्छ भन्ने कुराहरु अघि आएका छन्। यही बिचमा मधुमेह भएका बिरामीले अझ बढी सचेत हुन जरुरी छ । हुन त मधुमेह भएका बिरामीलाई पनि अरुलाई सरे सरह नै रोग सर्छ तर रोग लागिसकेपछि भने बढी जटिलता मधुेमह भएका बिरामीमा हुनसक्छ । त्यसका लागि यस्ता बिरामीले रोग लाग्न नदिन बढी सतर्कता अपनाउन जरुरी छ । घरमै बस्ने अन्य मानिसको सम्पर्कमा नजाने, आफनो सरसफाइमा ध्यान दिनु नै यस्ता बिरामीका लागि सबैभन्दा बढी उत्तम उपाय हो ।

सरकारले तीन साताका लागि लकडाउन गरेर मानिसहरुबीच दुरी कायम गर्न सतर्क गराएको छ । यो निर्णय असाध्यै राम्रो हो । कोरोनाको रोकथामका लागि विश्वभरी नै यो सर्वोत्तम उपाय हो । किनकी विकसित देशहरुको हालत देख्दा पनि हामीले रोगै आउन नदिन प्रयास गर्न जरुरी छ जस्तो देखिन्छ ।

यतिखेर लकडाउनका कारण धेरै जना घर बाहिर निस्कन पाएका छैनन्। यसबेला मधुमेहको औषधि खाइरहेका बिरामीले केही दिन त हो भनेर औषधि खान छोड्न हुँदैन । सबैलाई थाहा छ मधुमेहका बिरामीले आफूखुशी औषधि छोड्दा यसका जटिलता लकडाउन नखुल्दै देखिन थाल्छन्। त्यसैले आफनो डाक्टरले जे औषधि खान भनिरहेका छन् ती औषधि खान छोड्न हुँदैन । बजार बन्द छ भनेर औषधि पनि किन्न पाइँदैन की भन्ने सोचेर बाहिर आउनुभएको छैन भने यहाँहरुलाई जानकारी दिउँ, सरकारले औषधि पसल बन्द गरेको छैन्। तपाइँलाई आवश्यक पर्ने औषधि लिन तपाइँ जान सक्नुहुन्छ । आफूलाई पुग्ने गरी औषधि राखौं । डाक्टरको सल्लाह बिना औषधि सकियो अब लकडाउन खुलेपछि ल्याउँला भनेर खान नछोड्नुहोला ।

यसैगरी घरमा बसेका बेला परिवारसँग समय बिताउनुहोस्। परिवारसँग रमाइलो गर्ने यो अति उत्तम समय हुनसक्छ । सधैं काम भनेर हिंडनेहरुलाई परिवारसँग खुशी बाँड्ने अवसर पनि हो ।यो समयलाई सदुपयोग गर्नु्स। यसका साथै घरमा हुँदा फूल बिरुवा भए पानी हाल्ने गोडमेल गर्ने गरेर प्रकृतिसँग रमाइलो गर्न सकिन्छ। अर्कोकुरा चौबिसै घण्टा मोबाइल नहेर्नुस । यसले तपाइँलाई झनै तनाव दिन सक्छ । सूचनाका लागि दिनमा दुईपटकसम्म केही समय मोबाइल वा टिभी हेर्नुस्। यसले जानकारी पनि दिन्छ र अनावश्यक तनाव घटाउँछ ।

मधुमेह भएका बिरामीलाई मात्र हैन बिहान बेलुका घरमै भए पनि सबैले हल्का व्यायाम गर्न जरुरी छ । घर वरिपरी खुल्ला ठाउँ छ भने मास्क लगाएर हिंड्न पनि सकिन्छ । तर घरमा बस्दा भने मास्क लगाउन पर्दैन । परिवारमा साना बच्चाहरु छन् भने उनीहरुलाई पनि व्यायाममा सहभागी गराउनुस्। यसले पारिवारिक वातावरण सिर्जना गराउँछ । कोरोना आए के गर्ने भन्ने जस्ता अनावश्यक कुरा मनमा खेलाएर तनाव नलिनुस। तनावले मधुमेहको जटिलता बढ्नमा मद्दत गर्छ । योसँगै केही गरी मधुमेहका बिरामीलाई सुगर तलमाथि भएर केही समस्या भएमा आफनो डाक्टरसँग तुरुन्त सल्लाह लिइहाल्नुस्। फोनबाटै धेरै कुरा सोध्न सकिन्छ । यसले समस्या समाधान गर्न सजिलो हुन्छ ।

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा एकैदिन ५०८ जना संक्रमित थपिए

भारतमा एकैदिन ५०८ जना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमितको संख्या मंगलबारसम्म ४ हजार ७ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १३ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी  ५०८ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म १ सय २४ जनाको मृत्यु भइसकेको छ भने संक्रमितमध्ये ३ सय २५ जना निको भएर घर फर्किसकेका छन्।

महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। महाराष्ट्रमा मात्रै १ हजार कोरोना संक्रमित पाइएका हुन्। त्यसैगरी महाराष्ट्रमा मात्रै ६४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना रोकथामका लागि भारत सरकारले तीन साताका लागि लकडाउन गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना महामारी सुरु भएको चीनको वुहानमा लकडाउन हटाइयो

कोरोना महामारी सुरु भएको चीनको वुहानमा लकडाउन हटाइयो

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाभाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ।

लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुन: सञ्चालनमा आएका छन्। स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा हरियो कोड देखिएकाहरूले जनवरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्।

मङ्गलवार चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोरोनाभाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो।कोरोनाभाइरसको सङ्क्रमण रोकथामका लागि अधिकारीहरूले वुहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाएका थिए।

१ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा सबैजसो व्यापार(व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो। गत महिना वुहानमा एक साताभर कोरोनाभाइरसका नयाँ सङ्क्रमित एकजना पनि नपाइएपछि किनमेल केन्द्रहरू खोलिएको थियो।

सङ्क्रमित नभएका आवासीय क्षेत्रका केही मानिसलाई पनि घरबाट दुई घण्टाका लागि बाहिर जान अनुमति दिइएको थियो।

बीबीसी:

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘कोरोना संक्रमितको उपचारमा खट्ने चिकित्सकको मनोबल बढाऊँ’

‘कोरोना संक्रमितको उपचारमा खट्ने चिकित्सकको मनोबल बढाऊँ’

हेल्थ टिभी अनलाइन\काठमाडौं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको उपचारमा खट्ने चिकित्सकलगायत सबैको मनोबल बढाउनुपर्ने बताएका छन्।

ज्योति ग्रुपले मंगलवार प्रदान गरेको अटोमेटिक ब्याकप्याक स्प्रेयर सामग्री बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्ने बताएका हुन्। विपद्का समयमा सरकारसँग हामी सँगै छौँ भनेर दिएको सहयोगका निम्ति उनले धन्यवाद दिए।

ज्योति ग्रुपका निर्देशक एवं स्याकार ट्रेडिङ कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिले सामग्री मन्त्री ढकाललाइ हस्तान्तण गरेका हुन्। सो कम्पनीले दिएको होण्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर सार्वजनिक स्थानहरूमा कीटनाशक औषधि छर्नका निमित्त उपयोगी हुनेछ।

ग्रुपले १० थान अटोमेटिक ब्याकप्याक स्प्रेयरको सात लाख रुपैयाँ पर्ने जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको उपचारमा संलग्नको मृत्यु भए ५० लाख

कोरोनाको उपचारमा संलग्नको मृत्यु भए ५० लाख

हेल्थ टिभी अनलाइन\ विराटनगर : प्रदेश १ ले कोरोना संक्रमणको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार बसेको बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका कर्मचारीको कोरोना रोगबाट मृत्यु भएमा उनीहरूको परिवारलाई एकमुष्ट ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

यसैगरी कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।

प्रदेश सरकारले २०७७ वैशाख १ गतेदेखि २०७७ चैत मसान्तसम्म एक वर्षभरिमा प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयको सार्वजनिक, प्रदेशस्तरीय पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गरी वार्षिक क्यालेण्डर पनि स्वीकृत गरेको छ।

ताजा अपडेट