बाँकेको नरैनापुरको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु
भेरी अस्पतालमा कोरोना परीक्षण हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं: बाँकेको नरैनापुरको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।
खजुरा गाउँपालिकाकी स्वास्थ्य शाखा उप संयोजक लक्ष्मी केसी वलीका अनुसार नरैनापुरको क्वारेन्टाइनमा बसेका २५ वर्षीय एक जना पुरुषको मृत्यु भएको हो । उनले भनिन्,’क्वारेन्टाइनमा एक जना भारतबाट आएका व्यक्तिको मृत्यु भएको हो तर कोरोनाका कारणले होकी अन्य केही कारणले हो सो एकिन भएको छैन्।’
उनका अनुसार मृत्यु भएका युवकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर भेरी अस्पतालमा पठाइएको छ । सो रिपोर्ट आएपछि मात्र उनको मृत्युको कारण पत्ता लाग्नेछ
युवक वैशाख ३० गते भारतको मुम्बईबाट आएर उक्त क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था एक्कासी बिग्रेको र एम्बुलेन्स बोलाउँदै गर्दा त्यस अगावै मृत्यु भएको बताइएको छ ।
केही दिन अघि मात्र नरैनापुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा
अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो
गर्मीमा पुदिना खानुका फाइदा