धुलिखेल अस्पतालद्वारा चिकित्सक तथा स्वास्थ्यकर्मीको तलबमा ७५ प्रतिशत कटौती

धुलिखेल अस्पतालद्वारा चिकित्सक तथा स्वास्थ्यकर्मीको तलबमा ७५ प्रतिशत कटौती

हेल्थ टिभी अनलाइन \काठमाडौं: देशभर कोरोना महामारीको विरुद्ध फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यर्मीलाई हतोत्साही गर्दै काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस अन्तर्गत धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवासुविधामा ७५ प्रतिशत सम्म कटौती गरिएको छ।

अस्पताल प्रशासनले  चैत महिनादेखि नै विभिन्न बहाना बनाउँदै केही रकम काटेर पठाएकोमा वैशाख महिनाको तलबमा ७५ प्रतिशतले काटेर पठाइएको चिकित्सकहरुको भनाई छ । चैतको सुविधामा २५ प्रतिशत र वैशाखको सुविधामा ७५ प्रतिशतसम्म कटौती गरेको उनीहरुको भनाई छ ।  सेवासुविधामा कटौति भएपछि मेडिकल तर्फको फ्याकल्टी काउन्सिलले विरोध जनाउँदै विज्ञप्ति समेत निकालेको छ ।

काडमाडौं विश्वविद्यालय स्कूल अफ मेडिसिन साइन्सेस फ्याकल्टी काउन्सिलका अध्यक्ष डा मनोज हुमागाइँले वषौंदेखि काम गरिरेका चिकित्सकहरुको तलब सेवा सुविधा दुई महिना लकडाउनका कारणले दिनै नसक्ने कसरी हुन्छ भन्दै तलबमा कट्टा गर्न नपाइने बताए । उनले अन्य फ्याकल्टीमा सुवा सुविधा नकाटिने मेडिसिनमा मात्रै कसरी घाटा भयो भन्दै प्रश्न गरेका छन्। कोरोना क्लिनिकमा र इमरजेन्सीमा काम गर्ने स्वास्थ्यकर्मीको पनि तलब काटिएको छ । यो कस्तो तरिका हो उनले भने ।

लकडाउन शुरु भएपछि अस्पतालले नै फोन गरेर चिकित्सकहरुको ड्युटी आलोपालो गरेको थियो । अहिले आएर अस्पताल गएको मात्र पैसा दिने भन्दै तलब काटिएको चिकित्सकहरुको भनाई छ ।
यसभन्दा अघि चैत महिनामा अस्पताल प्रशासनले आफूखुशी सम्पूर्ण स्टाफहरुबाट कोरोना कोषमा पैसा जम्मा गर्ने भन्दै तलबमा २५ प्रतिशत कटौती गरेर पठाएको थियो । यसपटक त ७५ प्रतिशत काटिएको छ त्यहाँ कार्यरत एक चिकित्सकले भने । आफू खुशी भनिएको भए पनि धेरै जना त्यसमा राजी नभएको काउिन्सलको ठहर छ ।

फ्याकल्टी काउन्सिलका अध्यक्ष हुमागाईंले महामारीका बेला यसरी काम गरिरहेका स्वास्थ्यकर्मीको तलब कटौती हुनु अन्यायपूर्ण भएको भन्दै कटौती गरेको रकम फिर्ता गर्नुपर्ने बताए । काउन्सिलले मेडिकल कलेज समेत सञ्चालन गरेको संस्थामा दुई महिनामा नै कसरी यति घाटा भएर कर्मचारीलाई तलब नै दिन नसक्ने भयो  भन्दै लकडाउनलाई बहाना बनाएको आरोप लगाएको छ । उता अस्पताल प्रशासनले भने लकडाउन कारण अस्पतालको सेवा प्रभावित भएका कारण यस्तो गर्न परेको जनाएको छ ।

विज्ञप्ति : 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विश्वभर कोरोना संक्रमितको संख्या ५९ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ५९ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख ९ हजार नाघेको छ ।

कोरोना संक्रमणबाट ३ लाख ६२ हजार भन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । अमेरिकामा मात्रै १ लाख ३ हजार बढीको ज्यान गएको छ । यसैगरी १७ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिका पछि संक्रमितको संख्या ब्राजिलमा बढी रहेको छ । त्यहाँ संक्रमितको संख्या ४ लाख १४ हजार नाघेको छ भने २५ हजार ७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसैगरी रुसमा संक्रमितको संख्या तीन लाख ७० हजार नाघेको छ भने तीन हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भारतमा एशियाकै सर्वाधिक संख्यामा कोरोना संक्रमित भेटिएका छन् । भारतमा संक्रमितको संख्या एक लाख ६० हजार नाघेको छ भने ४ हजार ७ सय बढीले जनाले ज्यान गुमाएका छन् ।

बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ३७ हजार ४ सय, इटलीमा ३३ हजार, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २८ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर २५ लाख ८१ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘हिटेड टोबाको प्रडक्ट’ र ‘ई- सिगरेट्स’ मा बन्देज लगाउन अभियान

‘हिटेड टोबाको प्रडक्ट’ र ‘ई- सिगरेट्स’ मा बन्देज लगाउन अभियान

क्षयरोग तथा फोक्सोजन्य रोग विरुद्ध क्रियाशिल अन्तराष्ट्रिय संस्था द युनियनले ‘हिटेड टोबाको प्रडक्ट’ र ‘इलेक्ट्रिक सिगरेट्स’ को उत्पादन र बिक्रीवितरणलाई बन्देज गर्नुपर्ने अभियान चलाउने भएको छ।  विश्व धुम्रपानरहित दिवसको अवसर पारेर यूनियनले यस्तो अभियान चलाउन लागेको हो ।

विश्व धुम्रपानरहित दिवस को पूर्वसन्ध्यामा युनियनले हिटेड टोबाको प्रडक्ट’ तथा इलेक्ट्रिक सिगरेट्सको बढ्दो बिक्री–वितरणलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम गर्ने भएको हो। विश्वका झन्डै ८० प्रतिशत धुम्रपानका अम्मलीहरू न्यून तथा मध्यम आय भएका मुलुकमा रहेको बताउँदै युनियनले ‘किन बन्देज नै अचुक उपाय हो ?  किन न्यून तथा मध्यम आय भएका मुलुकले ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट’को बढ्दो बिक्री–वितरणलाई रोक्नैपर्छ ? भन्ने  कार्यपत्रको निचोडको आधारमा यी उत्पादनको निषेधको नीति अघि सारेको हो ।

ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट’ का उत्पादन कम्पनीले युवा पुस्तालाई लक्षित गरी उत्पादन गरेका पदार्थले  सुर्तीजन्य पदार्थका उपभोक्तालाई कोभिड–१९ ले थपेको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै यसपालिको विश्व धुम्रपानरहित दिवसकोे कार्यपत्र तय गरिएको हो । विश्वभर हरेक वर्ष मे ३१ का दिन विश्व धुमपानरहित दिवसका रुपमा मनाउने गरिन्छ ।

यो कार्यपत्रले ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट’ ले जनस्वास्थ्यमा पार्न सक्ने असरबारे वैज्ञानिक तथ्यहरू समेट्छ । त्यस्तै, नयाँ पुस्तालाई आकर्षित गर्न र बजार विस्तार गर्न यस्ता सामग्री उत्पादक कम्पनीले चालेको व्यावसायिक कदमविरुद्ध सरकारलाई अझ चनाखो बनेर निरुत्साहित गर्न ध्यानाकर्षण पनि यो कार्यपत्रले गराउँछ ।

‘न्यून तथा मध्यम आय भएका मुलुकको ठूलो हिस्सा सुर्तीजन्य पदार्थको महामारीमा फसेको छ,’ युनियनका सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशक डा. गान क्वानको भनाइ छ । महामारीको यो वेला पनि थप नसायुक्त उत्पादन बजारमा आउँदा सरकारको कामलाई नै चुनौती दिनेछ, स्वास्थ्य संयन्त्रमा झन् बोझ थपिनेछ भने विश्व स्वास्थ्य संगठनले अघि सारेको सुर्तीजन्य पदार्थ नियन्त्रणको कार्यतालिकामै असर पर्नेछ । ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’ उत्पादन एकदमै नाफामूलक धन्दा हुन् ।

२०१८ मा ई–सिगरेट्सको कारोबार १५ बिलियन अमेरिकी डलरबराबरको थियो भने २०२१ मा हिटेड टोबाको प्रडक्ट’को कारोबार झन्डै १८ बिलियन अमेरिकी डलरबराबरको हुने अनुमान छ । २०१९ को ग्लोबल टोबाको इपिडेमिक रिपोर्टमा विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘ई–सिगरेटले अहिलेसम्म धुम्रपान अम्मलीमा कमी ल्याएको तथ्य छैन ।’ थप भनिएको छ, ‘निःसन्देह यस्ता उत्पादन हानिकारक छन् ।’

आजसम्म ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट’ को उपभोगबाट जनस्वास्थ्यमा पार्ने असरका सम्बन्धमा गरिएका अध्ययनहरू मूलतः उच्च आय भएका मुलुकमा केन्द्रित हुँदै आएका छन् । ‘किन निषेध नै उचित छ ?’ कार्यपत्रले भने सुर्तीजन्य पदार्थ उत्पादन नीति अध्ययन परिवेशको आधार फराकिलो बनाएको छ । न्यून तथा मध्यम आय भएका मुलुकमा नयाँ ढंगका सुर्तीजन्य पदार्थको व्यावसायिक उत्पादन र प्रचार–प्रसारले डरलाग्दो असर पुर्याउने गर्छ, अझ विशेषतः नयाँ पुस्ताका युवाहरूका लागि यसको छाप गहिरो पर्ने गर्छ ।

न्यून तथा मध्यम आय भएका मुलुक नै परम्परागत रूपमै सुर्तीजन्य उत्पादनले बजार लिने ठाउँ हो भने अहिले पनि विश्वका कुल अम्मलीको ८० प्रतिशत त्यहाँ बसोवास गर्छन् ।

पछिल्ला वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले उल्लेख्य प्रगति हासिल गरेको छ । यद्यपि, प्रत्येक वर्ष यहाँ सुर्तीजन्य रोगका कारण २७ हजार एक सय ३७ जना मारिने गर्छन् । नेपालमा ३० लाख ४६ हजारभन्दा बढी वयस्कले मात्र होइन, २१ हजारभन्दा बढी बालबालिका (१०–१४ वर्ष) ले सुर्तीजन्य पदार्थ सेवन गर्ने गर्छन् । उपभोग बढाउन सुर्तीजन्य पदार्थ उत्पादन कम्पनीहरूले नयाँ नयाँ रणनीतिहरू अख्तियार गर्ने गर्छन् । ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट’ पछिल्ला रणनीति भएको यूनियनको ठहर छ ।

‘ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’का बारेमा तथ्याङ्कहरू आउँदै छन्,’ युनियनका एसिया प्यासिफिक क्षेत्रका निर्देशक डा. तारासिंह बम भन्छन्, ‘तर, यो प्रस्ट छ कि यसले एउटा महामारीकै रूप लिनेछ, किनकि युवा वर्ग यसको निसानामा छन् । सरोकारवाला यसमा सावधान रहनुपर्छ भन्ने युनियनको ठहर छ । नीति–निर्माताले यसलाई रोक्ने कोसिस गर्नुपर्छ । न्यून तथा मध्यम आय भएका मुलुकले त यसलाई निषेध नै गर्नुपर्छ ।’

नेपालका उच्च पदस्थ अधिकारी, सरकारी प्रतिनिधि, सामाजिक तथा गैर सरकारी संघसंस्थाहरुको इ–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’ बिरुद्धको अभियानमा गरेका प्रतिबद्धता :

लेखराज भट्ट : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री,  विश्व स्वास्थ्य संगठनका अनुसार पनि ई–सिगरेट स्वास्थ्यका लागि हानिकारक छ र कुनै पनि हालतमा सुरक्षित छैन । यस्ता पदार्थको उत्पादन, आयत तथा बिक्री–वितरण रोक्न नेपाल सरकार प्रतिबद्ध छ ।

खगराज अधिकारी:  प्रतिनिधिसभा सदस्य तथा एपिक्याट अध्यक्ष , ‘ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट’ लोकप्रिय हुँदै छन् । हानिकारक छ भन्ने चेतना न्यून छ । अकाल मृत्युबाट जोगाउन हामीले ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’ निषेध गर्ने नीति नै पास गर्नुपर्छ ।

निरुदेवी पाल:  संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिकी अध्यक्ष,  यसलाई तत्कालै निषेध गर्नुपर्छ । बालबालिका, युवा तथा गर्भवती महिलालाई यस्ता कुलतबाट जोगाउन जरुरी छ, त्यसैले तत्कालै ई–सिगरेटको बिक्री–वितरण रोक लगाउने निर्देशन दिनुपर्छ ।

रेणु दहाल:  मेयर, भरतपुर महानगरपालिका,  ई–सिगरेटको बढ्दो प्रयोग र यसले स्वास्थ्यमा पु¥याउने सम्भावित असरका सम्बन्धमा म सचेत छु । युनियनको ई–सिगरेट्स र ज्भहिटेड टोबाको प्रडक्ट निषेध गराउने विषयमा मेरो समर्थन छ ।

पुस्करराज नेपाल:  उप–सचिव तथा सदस्यसचिव सुर्तीजन्य पदार्थ नियन्त्रण तथा अनुगमन समिति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,  सुर्तीजन्य उत्पादन गर्ने कम्पनीले युवाहरूलाई लक्षित गर्दै चलाइरहेको प्रचार–प्रसारले ई–सिगरेटको प्रयोग बढ्दो छ । त्यसैले, यस्ता उत्पादनलाई बन्देज गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विद्यमान सुर्तीजन्य पदार्थ नियन्त्रण कानुन परिमार्जन गर्ने गृहकार्यमा लागेको छ ।

आनन्दबहादुर चन्द:  अध्यक्ष, एक्सन नेपाल,  सुर्तीजन्य उत्पादन गर्ने कम्पनीले युवाहरूलाई गलत दिशामा डोर्याइरहेका छन् ।  ई–सिगरेट स्वास्थ्यका लागि हानिकारक छैन भन्दै उपयोग गर्न उक्साइरहेका छन् । त्यसैले सरकारले त्यस्ता हानिकारक वस्तुको प्रचार–प्रसार, बिक्री–वितरण तथा निर्यातमा हस्तक्षेप गर्नुपर्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ६ अर्ब बजेट

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ६ अर्ब बजेट

हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले महामारीका रुपमा फैलिएको कोरोना भाइरको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको जनएको छ ।

बिहिबार अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७\७८ को बजेट सार्वजनिक गर्दै महामारीका रुपमा फैलिएको कोरोनाको परीक्षण, रोकथाम, उपचार तथा नियन्त्रणका लागि सो रकम छुट्याएको बताए।

योसँगे उनले सीमा नाकाबाट नेपाल भित्रिने प्रत्येक व्यक्तिको कोरोना परीक्षण गरिने समेत जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम’ शुरु गरिने

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम’ शुरु गरिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम’ यो वर्षबाट शुरुवात गरिने जनाएको छ ।

आर्थिक वर्ष २०७७\७८ का लागि बजेट प्रस्तुग गर्दै अर्थमन्त्री युवराज खतिवडाले ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम’ का लागि ५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको जनाएका छन्। यसअघि पनि यो विषयमा निकै छलफल भए पनि बजेटमा पर्न सकेको थिएन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना लगायत संक्रामक रोगको उपचारमा खटिने सबै स्वास्थ्यकर्मीको ५ लाखको बीमा गरिने

कोरोना लगायत संक्रामक रोगको उपचारमा खटिने सबै स्वास्थ्यकर्मीको ५ लाखको बीमा गरिने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले कोरोना महामारी तथा अन्य संक्रामक रोग नियन्त्रणमा खटिने चिकित्सक तथा सबै स्वास्थ्यकर्मीको ५ लाखसम्म बीमा गरिने जनाएको छ ।

बिहिबार आर्थिक वर्ष २०७७ \७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै संक्रामक रोग नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीको ५ लाख सम्म्को निशुल्क बीमा गरिने बताएका हुन्।

यसैगरी सरकारले कोरोना रोकथामका लागी ६ अर्ब बजेट छुट्याएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड

स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७७ \७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

एकैदिन थपिए १५६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार ४२ पुग्यो

एकैदिन थपिए १५६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार ४२ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा एकै दिन १५६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मात्रै विभिन्न जिल्ला गरी १५६ जना संक्रमित थपिएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो संख्या एकै दिन देखिएको अहिलेसम्मकै धेरै हो। योसँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

मन्त्रालयका अनुसार यी मध्ये पुरुष ९४० जना रहेका छन् भने महिला संक्रमितको संख्या १०२ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दैलेखमा थप ८ जनामा देखियो कोरोना संक्रमण

दैलेखमा थप ८ जनामा देखियो कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं :  नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन दोब्बर रुपमा बढिरहेको छ । यहीवीच कर्णाली प्रदेशमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै आज दैलेखमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका वडा नं १, ३, ४ र ५ का एक वर्षदेखि ४० वर्षसम्मका ८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य सचिव कोइरालाको सरुवा

स्वास्थ्य सचिव कोइरालाको सरुवा

हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोरोना महामारीकै बेला स्वास्थ्य सचिव फेरिएका छन्।

मन्त्रीपरिषदको बैठकले नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई पठाएको छ भने यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेको ३ महिना पनि नपुग्दै कोइरालाको सरुवा भएको हो । उनी मन्त्रालयमा आएदेखि नै विभिन्न विवादमा तानिएका थिए । रुखो स्वभावका कारण पनि उनलाई मन्त्रालयका कर्मचारीले आलोचना गर्दै आइरहेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

किस्ट अस्पतालमा मृत्यु भएका संक्रमित लिभर सिरोसिस भएका बिरामी

किस्ट अस्पतालमा  मृत्यु भएका संक्रमित लिभर सिरोसिस भएका बिरामी

हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुर बुङमतीका ५७ वर्षीय एक जना व्यक्तिको बुधबार साँझ किस्ट अस्पतालमा मृत्यु भएको छ । लिभर सिरोसिसका बिरामी उनलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा कोरोना देखिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले उनी लिभर सिरोसिस भइसकेका बिरामी भएको र बेहास भएपछि पाटन हुँदै किस्ट अस्पताल लगिएको बताए । ज्वरो समेत आएकाले उनको जाँच गर्दा कोरोना देखिएको डा पाण्डेको भनाई छ ।

उनले भने, ‘उहाँको कलेजोको पुरानै रोग रहेछ त्यसमा कोरोना संक्रमण पनि थपियो । सक्रमण कसरी र कोबाट भयो भन्ने विषयमा हामी खोजी गर्दैछौं ।’ उनको शवलाई कसरी व्यवस्थापन गर्ने र उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यका लागि किस्ट अस्पतालमा अहिले मिटिङ भइरहेको उनले जानकारी दिए । यस विषयमा स्वास्थ्य मन्त्रालयले केहीबेरमा विज्ञप्ति निकाल्ने तयारी गरेको पनि उनले जानकारी दिए । उनीसँगै नेपालमा कोरोना संक्रमणका कारण ५ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा २४ घण्टामा ६ हजार ५६६ नयाँ संक्रमित थपिए

भारतमा २४ घण्टामा ६ हजार ५६६ नयाँ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा गत २४ घण्टामा मात्रै ६ हजार ५६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यसैगरी  एकैदिनमा १९४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार बिहानसम्म १ लाख ५८ हजार ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ४ हजार ५ सय ३१ जनाले ज्यान गुमाएका छन्। यसैगरी ६७ हजार ६९२ जनाले कोरोना जितेर उपचारपछि घर फर्केका छन्।

भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । महाराष्ट्रमा मात्रै ५६ हजार ९४८ जना संक्रमित पुष्टि भएका छन्। साथै १ हजार ८ सय ९७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन्।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।  प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाइरसको नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै मन्त्री सुवेदीले बुधबार थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।

नयाँ थपिएका संक्रमितमध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा उपचार भइरहेको मन्त्री सुवेदीले जानकारी दिए। बुधबार तीनजना थपिएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमणका कारण बुङमती ललितपुरमा एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण बुङमती ललितपुरमा एक जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण नेपालमा अर्का एक जना व्यक्तिको पनि मृत्यु भएको छ ।

कोरोनाका संक्रमणका कारण बुङमती ललितपुरमा १ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

ललितपुर महानगरपालिका बुङमती -२२ का ५७ वर्षीय पुरुषको ललितपुरको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए । तीनदिनअघि कलेजो सम्बन्धी समस्या लिएर अस्पताल पुगेका उनको आज साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । उनको अवस्था बिग्रदै गएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ । आजै उनको मृत्यु भएको हो ।

यद्यपी यस विषयमा स्वास्थ्य मन्त्रालयले भने औपाचारिक जानकारी दिएको छैन्। यसअघि कोरोनाका कारण ४ जनाले ज्यान गुमाइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना अपडेट : देशभर कुन प्रदेशमा कति संक्रमित ?

कोरोना अपडेट : देशभर कुन प्रदेशमा कति संक्रमित ?

कल्पना आचार्य\काठमाडौं: कोरोना परीक्षणको दायरा बढेसँगै देशभर कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ। बुधबार मात्रै विभिन्न जिल्लाका गरी ११४ जना नयाँ संक्रमित थपिएपछि कोरोना संक्रमितको संख्या ८८६ पुगेको हो । सरकारले बुधबारसम्म पीसीआर विधिमार्फत ५८ हजार भन्दा बढीको कोरोना परीक्षण गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ का ७ जिल्लामा १०३ जना, प्रदेश २ का  ८ जिल्लामा ३२४ जना, बाग्मती प्रदेशका ११ जिल्लामा ३९ जना, गण्डकी प्रदेशका ४ जिल्लामा १३ जना, प्रदेश ५ का ९ जिल्लामा ३६५ जना, कर्णाली प्रदेशका ३ जिल्लामा २५ जना र सुदूरपश्चिमका ५ जिल्लाका १७ जना गरी कुल ८८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ५८ हजार २ सय ७७ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको बताएका हुन्। उनका अनुसार आरडीटी विधिमार्फत १ लाख २ सय ८७ जनाको कोरोना परीक्षण गरिएको छ । गत २४ घण्टामा पीसीआर विधि मार्फत ३ हजार ५८० जनाको र आरडीटी विधि मार्फत २ हजार ३२० जनाको कोरोना परीक्षण गरिएको जनाइएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ का ७ जिल्लामा १०३ जना, प्रदेश २ का  ८ जिल्लामा ३२४ जना, बाग्मती प्रदेशका ११ जिल्लामा ३९ जना, गण्डकी प्रदेशका ४ जिल्लामा १३ जना, प्रदेश ५ का ९ जिल्लामा ३६५ जना, कर्णाली प्रदेशका ३ जिल्लामा २५ जना र सुदूरपश्चिमका ५ जिल्लाका १७ जना गरी कुल ८८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यसैगरी हालसम्म कोरोना देशका ४७ जिल्लामा फैलिएको छ ।

यसैगरी मन्त्रालयका अनुसार हालसम्म कोरोनाको आशंकामा देशका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा रहनेको संख्या ७० हजार ३०५ रहेको छ । ६९९ जना संक्रमित भने सरकारले बनाएका अस्पताल तथा अन्य आइसोेलेसनमा उपचारमा रहेका छन् भने १८३ जनाले कोरोना जितेर उपचारपछि घर फर्केको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणको कारण ४ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सेती अस्पतालको आईसोलेसनमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

सेती अस्पतालको आईसोलेसनमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: बुधबार बिहान सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । भारतबाट आएका उनको आज बिहान ६ बजे आईसोलेसनमा मृत्यु भएको थियो।

उनी हिजोमात्रै भारतबाट फर्किएपछि बिरामी भएर आईसोलेसनमा भर्ना भएका थिए। भारतबाट फर्किदा गौरीफन्टा नाकामा बेहोस भएका उनलाई आईसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो । उनको मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा एकै दिन थपिए ११४ जना संक्रमित

नेपालमा एकै दिन थपिए ११४ जना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालमा आज एकैदिन ११४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न जिल्ला गरी ११४ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । यी मध्ये कोरोना संक्रमणका कारण ४ जनाकाे मृत्यु भएकाे छ भने १८३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भेरी अस्पतालको विकास समिति अध्यक्षमा धिताल नियुक्त

भेरी अस्पतालको विकास समिति अध्यक्षमा धिताल नियुक्त

हेल्थ टिभी अनलाइन\काठमाडौं : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको अध्यक्षमा प्रमोद कुमार धिताल नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट भेरी अस्पतालको अस्पताल विकास समिति अध्यक्षमा प्रमोद कुमार धिताललाई नियुक्त गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३ को उपदफा २ (क) बमोजिम धिताललाई ३ वर्षका लागि नियुक्त गरेका हुन्।

यसैगरी विकास समिति सदस्यहरुमा कृष्ण प्रसाद श्रेष्ठ, धनीराम ओली र सरस्वती मल्ल मनोनित भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सेती अस्पतालको आइसोलेसनमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण हुँदै

सेती अस्पतालको आइसोलेसनमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण हुँदै

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : भारतबाट फर्केर सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका पुरुषको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ।

आज बिहान आईसोलेसनमा मृत्यु भएका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ। यस्तै कञ्चनपुरमा क्वारेन्टाईन व्यवस्थापनमा जुटेका कृष्णपुर नगरपालिका ७ का वडाध्यक्षको पनि मृत्युपछि कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ। गएराती एक्कासी बेहोस भई ज्यान गुमाएका कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष कल्लु रानाको पनि थ्रोट स्वाबको नमूना संकलन गरिएको हो।

उनीहरु दुवैजनाको धनगढी प्रयोगशालामा कोरोना परीक्षण हुँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बाग्लुङका थप ६ जनामा कोरोना संक्रमण

बाग्लुङका थप ६ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाग्लुङका थप ६ जनामा कोरोना संक्रमण देखिएकाे छ। भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाका कोरोना भाइरस पुष्टि भएको हो । यद्यपि स्वास्थ्य मन्त्रालयले भने आधिकारिक विज्ञप्ति निकालेको छैन्।

बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले भने ६ जनामा कोरोना संक्रमण देखिएकाे पुष्टि गरेका छन् । उनीहरु बडिगाड र तमानखोलाका बासिन्दा रहेको र सबै जना भारतबाट आएको उनले बताएका छन् ।

संक्रमितहरूलाई बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा लगिंदै छ । भारतबाट आएका उनीहरु आउनेबित्तिकै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसेका थिए।

यसअघि पनि बाग्लुङमै २ जनामा कोरोना संक्रमण भएको थियो । यतिबेला दुवै जना निको भएर घर फर्किसकेका छन्।

ताजा अपडेट