अमेरिकी ‘ग्लोबल ग्याग रुल’ का कारण नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रभावित: अध्ययन

अमेरिकी ‘ग्लोबल ग्याग रुल’ का कारण नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रभावित: अध्ययन

हेल्थ टिभी अनलाइन\ काठमाडौं: ग्लोबल ग्याग रुलले गर्दा गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच र प्रजनन अधिकारमा कमी आउनुका साथै नेपालका नागरिक समाजको आवाजलाई कमजोर बनाएको एक नयाँ प्रतिवेदनले जनाएको छ ।

अमेरिकी नीति ‘ग्लोबल ग्याग रुल’ अर्थात् गर्भपतन सेवाको लागि रेफर गर्ने, परामर्श दिने, वा यस विषयमा वकालत गर्ने गैरसरकारी संस्थाहरूलाई आर्थिक सहायता प्रदान गर्न निषेध गर्ने नीतिको कारणले गर्भपतन सेवा प्रदान गर्ने नेपाल सरकारको प्रयासलाई पनि कमजोर बनाएको छ । साथै सेवाको पहुँचमा पनि कमी ल्याएको छ । यी प्रभावहरू वातावरण, स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र आइडब्लुएचसीले प्रकाशित गरेको नयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ । कृपाले आइतबार भिडियो कन्फ्रेन्स मार्फत उक्त अध्ययन सार्वजनिक गरेको हो।

ग्लोबल ग्याग रुलको प्रभावले नेपालमा गम्भीर स्वास्थ्य सेवाहरुको पहुँचमा निरन्तर रुपमा कमी आइरहेको पाइएको अध्ययनमा उल्लेख छ । अमेरिकी सहयोग नियोगले सहयोग गरेको कार्यक्रम पनि निर्धारित समयभन्दा अगावै समाप्त भएकोले सो कार्यक्रम संचालन भएका २२ वटा जिल्लाहरुमा परिवार नियोजन सम्बन्धी विभिन्न सेवाहरु बन्द भएको छ भने सेवाको विस्तारमा कमी देखिनुका साथै सेवाको गुणस्तर पनि खराब हुँदै गएको पाइएको छ । यस अध्ययनका प्रमुख अध्ययनकर्ता एवं कृपाका सहनिर्देशक डा. महेश पुरी भन्छन, ‘यो नीतिले आर्थिक अनुदानको कमि हुनुका साथै विभिन्न संस्थाहरु र नागरिक समाजहरु बीचको साझेदारी, सहकार्य र आवाजलाई पनि कमजोर बनाएको छ । ग्लोबल ग्याग रुलले यौन तथा प्रजनन स्वास्थ्य सेवाहरुको गुणस्तर सुधार तथा विस्तार गर्न मात्र नभई दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न र प्राप्त हँदै गरेको प्रगतिलाई पनि निरन्तरता दिन समेत चुनौती सिर्जना गरेको छ ।’

यस अध्ययनमा ३७ जना सरोकारवालाहरुसँंग अन्तर्वार्ता लिईएको थियो । अध्ययनले देखाए अनुसार विस्तारित ग्लोबल ग्याग रुलको कार्यान्वयन पश्चात यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका सेवाको उपलब्धता र पहुँच तथा उपयोगमा अन्तर आएको छ र यसले मुख्य रुपमा सिमान्तकृत र सेवाको पहुँच बाहिरका जनसंख्यालाई असर पुर्याएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा संक्रमितको संख्या २ लाख नाघ्यो, एकैदिन थपिए ८ हजार बढी संक्रमित

भारतमा संक्रमितको संख्या २ लाख नाघ्यो, एकैदिन थपिए ८ हजार बढी संक्रमित

हेल्थ टिभी अनलाइन:  भारतमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ बुधबारसम्म २ लाख ७ हजार ६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी हालसम्म ५ हजार ८ सय १५ जनाको मृत्यु भएको जनाइएको छ । यसैगरी १ लाख बढी संक्रमित कोरोना जितेर अस्पतालबाट घर फर्केका छन्।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ८ सय ९ जना नयाँ संक्रमित थपिएका छन् भने २१७ जनाको कोरोनाको कारण मृत्यु भएको छ । भारतका महाराष्ट्र, दिल्ली, गुजरात, राजस्थान,मध्य प्रदेशलगायतका राज्य बढी प्रभावित भएका छन्।

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । खुला सिमानाका कारण कामको शिलशिलामा भारतमा रहेका धेरै नेपालीहरु स्वदेश आउने क्रम बढ्दा संक्रमणको जोखिम पनि बढी हुने विज्ञहरुको भनाई छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भए बैतडीका युवक

कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भए बैतडीका युवक

 हेल्थ टिभी अनलाइन\डडेल्धुरा:  बैतडीका कोरोना संक्रमित युवकले कोरोना जितेर आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रहरी हिरासतमै रहेका बेला कोरोना संक्रमण पुष्टि भएका बैतडी शिबनाथ गाउँपालिका–२ का २२ वर्षीय युवक आज कोरोना मुक्त भएर घर फर्केका छन्। जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्पताल बैतडीमा भर्ना भएका उनले १३ दिनमा कोरोना जितेका हुन्। जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्त राज जोशीले उनी कोरोना मुक्त भएकाले अस्पतालबाट डिस्चार्ज गरेको बताए ।

दुई पटक सम्म गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । वैशाख १३ गते शिवनाथ गाउँपालिकाकी किशोरी मृत्यु प्रकरणमा ती युवक वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए। प्रहरी हिरासतमै उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो।

योसँगै सुदूरपश्चिममा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ पुगेको छ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाका गम्भीर बिरामीलाई मात्रै अस्पतालमा राख्छौँ : स्वास्थ्यमन्त्री

कोरोनाका गम्भीर बिरामीलाई मात्रै अस्पतालमा राख्छौँ : स्वास्थ्यमन्त्री

 हेल्थ टिभी अनलाइन\काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अबदेखि अक्सिजन र भेन्टिलेटर आवश्यक पर्ने  गम्भीर संक्रमितलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन्।

बुधबार अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भारामेन्ट क्लाइमेट एक्सन फाउण्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले अबदेखि लक्षण नदेखिएका र सामान्य अवस्थाका बिरामीलाई उपचारका लागि क्वारेन्टाइन वा आइसोलेसन सेन्टर बनाएर  राखिने बताएका हुन्। उनले गम्भीर अवस्थाका संक्रमितलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नका लागि  सरकार अब नयाँ नीतिमा जाने बताए । अब सामान्य बिरामीलाई बेडमा राख्दा गम्भीर संक्रमितले बेड नपाउने देखिएकाले यो नीति लिइएको हो, उनले भने।

मन्त्री ढकालले बढीमा १५ हजारसम्म संक्रमित हुन सक्ने आँकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको जानकारी दिए ।

फाउण्डेशनका अध्यक्ष महेश नकर्मीले ३० थान भेन्टिलेटरसहित एक करोड ७० लाख मूल्य बराबरको सामानउपलब्ध गराइएको जानकारी दिए ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्यकर्मी संक्रमित भएपछि केएमसी अस्पतालका सबै सेवा बन्द

स्वास्थ्यकर्मी संक्रमित भएपछि केएमसी अस्पतालका सबै सेवा बन्द

हेल्थ टिभी अनलाइन\ काठमाडौं: काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ । अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको हो ।

मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।
अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ ।

विज्ञप्ति: 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

ब्राजिलमा पछिल्लो २४ घण्टामा २९ हजार नयाँ संक्रमित थपिए

ब्राजिलमा पछिल्लो २४ घण्टामा २९ हजार नयाँ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन: अमेरिकापछि अहिले ब्राजिल कोरोना भाइरसको संक्रमणबाट बढी प्रभावित बनेको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा २९ हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमण देखा परेको   बताइएकाे छ । यो अहिलेसम्मकै धेरै संख्या हो । यसैगरी २४ घण्टामा १२ सय बढी मानिसले ज्यान गुमाएका छन्। पछिल्लो एक सातामा नै ब्राजिलमा कोरोना संक्रमितको संख्या साढे ५ लाख बढी भइसकेको छ ।

स्थानीय मिडियाका अनुसार त्यहाँ संक्रमितलाई अस्पतालमा बेड पाउनै मुश्किल हुन थालिसकेको छ ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु, कोरोना परीक्षण हुँदै

डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु, कोरोना परीक्षण हुँदै

हेल्थ टिभी अनलाइन\डडेल्धुरा: डडेल्धुराको क्वरेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया महिलाको मृत्यु भएको हो।

मंगलबार राति शौचालय जाँदा बेहोस भएकी ती महिलाको त्यस लगत्तै मृत्यु भएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए। चार दिनअघि भारतबाट आएकी महिला श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका–१ ले निमार्ण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसिरहेकी थिइन्।

अहिले स्वास्थ्यकर्मीको टोली घटनास्थल गएको र कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा एकैदिन थपिए २७ जना संक्रमित

सुदूरपश्चिममा एकैदिन थपिए २७ जना संक्रमित

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : सुदूरपश्चिममा मंगलबार एकै दिन थप २७ जना कोरोना संक्रमित थपिएका छन्। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७३ पुगेको छ। धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो। कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टाइनमा रहेका २०, ३५ र ६३ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ।

धनगढी उप–महानगरपालिका ३ को त्रिभुवन माविको क्वारेन्टानमा रहेका ३२ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टानमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ वर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टानमा रहेका २८ र ३० वर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।

यस्तै सुर्खेतमा गरिएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिलासहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी ९ जनामा कोरोना पुष्टि भएको छ। अछाम जिल्लाकै चौरपाटी गाउँपालिकाका एक जनामा सोमाबर साँझ मात्रै सुर्खेतमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिमका ७३ जना संक्रमितमध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने बझाङ र बाजुराका एक–एक संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ। यहाँका एकजना संक्रमितको मृत्यु भइसकेको छ भने ६ जना प्रदेशभित्रबाटै निको भएर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालगञ्जका नर्स र पत्रकार जोडीको पहिलो कोरोना रिपोर्ट नेगेटिभ

नेपालगञ्जका नर्स र पत्रकार जोडीको पहिलो कोरोना रिपोर्ट नेगेटिभ

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरस संक्रमण पुष्टि भएकी नेपालगञ्ज खजुराकी नर्स र उनका श्रीमानको पहिलो चरणको रिपोर्ट नेगेटिभ आएको छ।

खजुरा गाउँपालिका-३ की नर्स र उनका श्रीमानको पहिलो चरणको रिपोर्ट आज नेगेटिभ आएको हो । हेल्थ टिभी अनलाइसँग कुरा गर्दै ती नर्सले भनिन्, ‘हिजो परीक्षणका लागि स्वाब संकलन गरिएको थियो आज रिपोर्ट आयो, हामी दुबै जनाको कोरोना नेगेटिभ देखिएको छ । अब भोलि बिहान पुन:परीक्षण गरिने र अर्को रिपोर्ट पनि नेगेटिभ आएपछि पर्सीसम्म डिस्चार्ज हुन्छौँ होला, उनले थपिन्।

उनले आफू आइसोलेसनमा रहँदा कुनै स्वास्थ्य समस्या नभएको पनि जानकारी दिइन्। उच्च आत्मबल र सकारात्मक सोचाइले कोरोना मात्रै होइन सबै खाले रोगलाई जित्न सकिने उनको भनाई छ । डिस्चार्ज भएर गएपछि काममा फर्किन आतुर भएको पनि उनले सुनाइन्।

कोरोना रोकथाम तथा नियन्त्रणमा फ्रन्टलाइनमा रहेर काम गरेकी खजुरा गाउँपालिका स्वास्थ्य शाखाकी सह संयोजक र बाँके नर्सिङ संघकी अध्यक्ष समेत रहेकी उनलाई गत जेठ ८ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि जेठ ९ गतेदेखि उनी खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा रहेकी छिन्। उनमा कोरोना पोजेटिभ देखिएपछि उनका पत्रकार श्रीमानको परीक्षण गर्दा जेठ १२ गते उनमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु दुबै जना अहिले खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको बताएका हुन्।

उनका अनुसार २४ देखि ३२ वर्षका ३ जना महिला र २८ वर्षका एक जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

१ लाख ४५ हजार भन्दा बढी क्वारेन्टाइनमा, २४ घण्टामा जम्मा ३ हजार ४ सय ४० परीक्षण

१ लाख ४५ हजार भन्दा बढी क्वारेन्टाइनमा, २४ घण्टामा जम्मा ३ हजार ४ सय ४० परीक्षण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै बढेको छ ।

सरकारले मंगलबारसम्म कोरोनाको आशंकामा देशभरका क्वारेन्टाइनमा १ लाख ४५ हजार ३७५ जना रहेको जनाएको छ । तर क्वारेन्टाइनमा बस्नेको संख्या बढे पनि त्यही अनुपातमा परीक्षण भने हुन सकेको छैन्। गत २४ घण्टामा जम्मा ३ हजार ४ सय ४० जनाको मात्र पीसीआर परीक्षण गरिएको छ । यसैगरी २ हजार ५ सय ८८ जनाको मात्र आरडीटी मार्फत परीक्षण गरेको छ । जसका कारण हजारौं व्यक्तिको परीक्षण होल्डमा रहेको छ । कतिपयले स्वाब संकलन गरेको एक सातासम्म पनि रिपोर्ट नआएको भन्दै गुनासो गर्न थालेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भारतबाट नेपालीहरु आउने क्रम बढेकाले क्वारेन्टाइनमा रहनेको संख्या बढेको भन्दै पीसीआर मेशिन सीमित स्थानमा मात्र हुँदा धेरै परीक्षण एकैपटक गर्न नसकिएको बताए । उनले भने, ‘हामीले सक्दो प्रयास गरिरहेका छौं तर जुन अनुपातमा परीक्षण हुनुपर्ने हो सो विभिन्न प्राविधिक कारणले हुन सकेको छैन्।’ हाल देशभरका २१ स्थानबाट पीसीआर परीक्षण शुरु गरिएको भए पनि कतिपय स्थानमा मेशिन बिग्रिएका कारण परीक्षण हुन सकेको छैन्।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिमार्फत ७५ हजार ३४३ जनाको परीक्षण गरिएको छ भने आरडीटी विधिमार्फत १ लाख १६ हजार ३४५ जनाको कोरोना परीक्षण गरिएको छ । हाल विभिन्न अस्पतालका आइसोलेसन वार्डमा उपचाररत संक्रमितहरुको संख्या १ हजार ८ सय २५ रहेको छ । आज मात्रै विभिन्न जिल्लामा गरी २८८ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमण हालसम्म ६१ जिल्लामा फैलिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आज एकैदिन थपिए २८८ जना संक्रमित

आज एकैदिन थपिए २८८ जना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा आज थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी मंगलबार २८८ जना संक्रमित थपिएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मन्त्रालयका अनुसार आजसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४५ हजार ३ सय ७५  रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या मंगलबारसम्म १ हजार ८ सय २५ जना रहेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या २६६ पुगेको छ । गत २४ घण्टामा ४५ जनाले कोरोना जितेर घर फर्केका छन्।

नेपालमा हालसम्म ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बैतडीमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु

बैतडीमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: बैतडीमा भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।
बैतडी जिल्लाको पुर्चौडी नगरपालिका-४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षकी सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो ।

मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए। उनी जेठ १६ गते गौरिफण्टा नाका हुँदै स्वदेश फर्किएर जेठ १८ गतेदेखि क्वारेन्टाइनमा बसीरहेकी थिइन्। मृतकसँगै उनका श्रीमान र १८ महिने बच्चा पनि क्वारेन्टाइनमै छन्।

मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको भएपनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन नगरेको उनका श्रीमान हरिश लुहारले बताए।

यतिबेला लुहारको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भईरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको बैतडीका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘नेपालमा कोरोनासँगै डेंगुको जोखिम बढ्यो’

‘नेपालमा कोरोनासँगै डेंगुको जोखिम बढ्यो’

हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना महामारीसँगै नेपालमा डेंगुको जोखिम पनि बढिरहेको भन्दै सरकारले यसमा सबैजना चनाखो हुनुपर्ने बताएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले अहिले कोरोनासँगै डेंगु पनि देखिएको भन्दै यसबाट हुने क्षतिलाई मध्यनजर गर्दै अघि बढ्नुपर्ने बताएका हुन्।

सोमबार स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा डा पाण्डेले वैशाखदेखि मंसीरसम्म हरेक वर्ष डेंगुको प्रकोप बढ्ने भन्दै अहिलेको अवस्थामा बढी जोखिम हुने बताए । उनले भने, ‘कोरोना महामारीमा मात्र ध्यान दिंदा डेंगुको प्रकोप अर्को संकट हुनसक्छ त्यसैले अहिले नै हामीले यसका लागि पहल गर्नुपर्नेछ ।’ उनले त्केही क्वारेन्टाइनमा बसेका व्यक्तिमा डेंगु र मलेरिया समेत देखिएको भन्दै यसका लागि देशभरका क्वारेन्टाइनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार पुष यता नेपालमा २६ जिल्लामा ८२ जनामा डेंगु देखा परिसकेको छ ।

एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट  हुने डेंगु पनि भाइरसका कारण हुने र कोरोना जस्तै यसको पनि कुनै औषधि वा खोप नभएकाले यसलाई कम आँक्न नहुने डा पाण्डेको भनाई छ । डेंगुको मुख्य लक्षण भनेको उच्च ज्वरो आउनु, मांसपेशी दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, शरीमा विमिरा आउनु, वाकवाकी लाग्नु, आन्तरिक रक्तश्रवा हुनु हुन्। यसको कुनै औषधि नभएकाले लक्षण अनुसार त्यसलाई कम गर्न उपचार गर्ने गरिन्छ।

उनका अनुसार सन् २००४ मा नेपालमा पहिलोपटक देखिएको डेंगुले गत वर्ष महामारीको रुप लिएको थियो । गत वर्ष १६ हजार भन्दा बढीमा डेंगु देखिएको थियो भने यसको कारण ६ जनाले ज्यान गुमाएका थिए । यस वर्ष पनि ८२ जनामा डेंगु देखा परिसकेको छ ।

यसको टोकाईबाट बच्नु नै यो रोगबाट बच्नु हो, उनले भने । त्यसैले अहिलेका यो समयमा सबैले लामखुट्टेको टोकाईबाट बच्न झूल प्रयोग गर्ने, घर वरपर पानी जम्न नदिने जस्ता कार्य गर्नुपर्नेमा उनले जोड दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

पर्वत र स्याङ्जामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

पर्वत र स्याङ्जामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  गण्डकी प्रदेशमा मंगलबार बिहान थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप स्याङ्जा र पर्वतका १० जनामा कोरोना संक्रमण भएको जनाएको हो । निर्देशनालयका अनुसार स्याङ्जा- चापाकोट नगरपालिकाका वर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र सोही जिल्ला बिरुवा गाउँपालिकाका २० वर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी पर्बत जिल्ला, फलेबास नगरपालिकाका वर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुस्मा नगरपालिकास्थित क्वारेन्टाइनमा बस्दै आएका वर्ष १९, २० र २१ का ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार सबै संक्रमितलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा अब कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ सय ११ पुग्यो

थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ सय ११ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा फेरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवा ४ बजे २२६ जनामा कोरोना पुष्टि गरेको दुई घण्टामा फेरी विज्ञप्ति जारी गर्दै थप १३ जनामा कोरोना देखिएको जनाएको छ ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका निस्दी गाउँपालिकाका २ जना, नवलपरासीका ६ वर्षीय बालक, गुल्मी रेसुंगाका १ जना, कपिलवस्तु मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देही गैडहवाका २ जना गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

लक्षण देखिएका र बिरामी संक्रमितलाई मात्र अस्पतालमा राखिने

लक्षण देखिएका र बिरामी संक्रमितलाई मात्र अस्पतालमा राखिने

हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि अबदेखि लक्षण देखिएका कोरोनाका संक्रमितलाई मात्र अस्पतालको आइसोलेसनमा राखिने जनाएको छ ।

नेपालमा देखिने अधिकांश संक्रमितमा कुनै लक्षण नदेखिएको भन्दै उनीहरुलाई क्वारेन्टाइनलाई नै व्यवस्थित बनाएर त्यही राख्ने र जोखिम र सिकिस्त बिरामी भएका संक्रमितलाई मात्र अस्पतालमा राखिने बताइएको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अबदेखि कोरोना संक्रमित सबैलाई अस्पतालमा नराखिने बताएका हुन्। उनले भने, ‘कुनै लक्षण नै नदेखिएका संक्रमितलाई घरमै राख्नपर्ने हुनसक्छ वा क्वारेन्टाइनलाई अपग्रेड गरी आइसोलेसन बनाएर राख्न सकिन्छ । तर सबैलाई अस्पतालमा राख्न सम्भव छैन्।’ त्यसका लागि देशका विभिन्न स्थानमा भएका क्वारेन्टाइनलाई व्यवस्थित बनाइने बताए । उनले मन्त्रालयले अबदेखि संक्रमित मध्ये पनि बिरामी संक्रमित र संक्रमित मात्रै भनेर छुट्याएर त्यही अनुसार कहाँ राख्ने भनेर निर्णय गर्ने बताए ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सबैलाई अस्पतालमा राख्न सम्भव नभएको मन्त्रालयको ठहर छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना जितेर घर फर्किए डडेल्धुराका युवक

कोरोना जितेर घर फर्किए डडेल्धुराका युवक

हेल्थ टिभी अनलाइन \डडेल्धुरा: डडेल्धुराका कोरोना संक्रमित युवकले कोरोना जितेर घर फर्किएका छन्। परशुराम नगरपालिका–१० का २८ वर्षीय युवकले १० दिनमै कोरोना जितेर घर फर्किएका हुन्।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उनलाई सोमबार दिउँसो डिस्चार्ज गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझाले उनलाई पुष्पगुच्छा दिएर बिदाइ गरेका हुन्। उनलाई दुई साता होम क्वारेन्टाइनमा बस्न डा विष्टले सुझाव दिएका छन्।

सरकारी कर्मचारीसमेत रहेका ती युवकमा गत जेठ ९ मा संक्रमण पुष्टि भएको थियो। डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचाररत ती युवकले १० दिनमै कोरोना जितेका हुन्। उनीसँगै कोरोना जितेर घर फर्किनेको संख्या २२१ पुगेको छ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

नेपालमा थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा आज थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी सोमबार २२६ जना संक्रमित थपिएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९ सय ९५ रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या सोमबार सम्म १ हजार ५ सय ९८ रहेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या २२२ पुगेको छ ।

यसैगरी नेपालमा हालसम्म ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दमका बिरामीलाई कोभिड-१९ को जोखिम कति ?

दमका बिरामीलाई कोभिड-१९ को जोखिम कति ?

हेल्थ टिभी अनलाइन : कोभिड-१९ को जोखिम दीर्घ रोग भएका व्यक्तिहरुलाई बढी हुन्छ भन्ने कुरा त प्रमाणित नै भइसकेको छ । त्यसैले पहिलेदेखि नै दीर्घ रोग भएका (दम, क्यान्सर, मुटुरोग, मिर्गौला रोग, मधुमेह, श्वासप्रश्वास सम्बन्धी समस्या भएका)  र औषधि खाइरहेका यस्ता व्यक्तिले अझ बढी सतर्क हुन जरुरी छ । यतिबेला विश्व नै कोरोनाबाट आक्रान्त बनेको छ । यसको असर नेपालमा पनि परिसकेको छ । यो लेख तयार पार्दासम्म नेपालमा १५ सय बढी संक्रमित भइसकेका छन् भने ८ जनाले ज्यान गुमाएका छन्।

कोरोना आफैमा श्वासप्रश्वाससँग सम्बन्धित संक्रमण भएकाले पनि श्वासप्रश्वाससँग सम्बिन्धत बिरामीले अझ बढी सावधानी अपनाउनुपर्छ । उनीहरुमा यो संक्रमणको जोखिम बढी हुने गर्छ । मैले यहाँ कुरा गर्न खोजेको दम रोग भएका बिरामीलाई कोरोना भएमा यसको जटिलता अन्यको तुलनमा कयौँ  गुणा बढी हुनसक्छ । किनकी यस्ता व्यक्तिहरुको फोक्सो पहिले नै कमजोर हुन्छ । यो बेला कोभिड भाइरसले यसमा आक्रमण गर्दा झर्नै गाहो हुन्छ ।

दमका बिरामी आफै पनि कोरोना संक्रमणको उच्च जोखिममा छन्। किनभने श्वासप्रश्वासको समस्या भएका मानिसमा अन्य व्यक्तिको तुलनामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यसैले उनीहरुमा कोरोनाको संक्रमण छिटो हुने संभावना धेरै हुन्छ। यतिसम्म की उनीहरुलाई संक्रमण भए आइसीयूमै राख्नुपर्ने र भेन्टिलेटरको प्रयोग गर्नुपर्ने समेत हुन सक्छ किनकी दुबै रोगमा श्वासप्रश्वासमै समस्या हुने हो ।

विशेष गरी दमका बिरामीलाई उपचार गर्दा बिरामी अनुसारको उपचार गरिन्छ । कसैलाई नेबुलाइजरर प्रयोग गरिन्छ कसैलाई इन्हेलर प्रयोग गर्न लगाइन्छ । अक्सिजनको कमी भई सास फेर्न धेरै नै गाह्रो भएमा नन इन्भेसिभ भेन्टिलेटरको प्रयोग गर्न लगाउँछौं । यो बिरामी आफैले घरमा गर्न सक्छन्। तर यस्ता कुराहरुको प्रयोग गर्दा अन्य मानिस पनि सँगै भएमा यो तरिकाबाट सास लिने फाल्ने गर्दा  अन्य व्यक्तिलाई संक्रमण सर्ने सम्भावना बढी हुन्छ । यो कुरामा दमका बिरामीले हेक्का राख्न जरुरी छ । आफूले प्रयोग गर्ने सामान राम्रोसँग सफा गरेर बच्चाले नभेट्ने स्थानमा सुरक्षित रुपमा राख्नुपर्छ ।

यो त भयो अरुलाई रोग सर्नसक्ने जोखिम । अर्को दमका बिरामी आफै पनि कोरोना संक्रमणको उच्च जोखिममा छन्। किनभने श्वासप्रश्वासको समस्या भएका मानिसमा अन्य व्यक्तिको तुलनामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यसैले उनीहरुमा कोरोनाको संक्रमण छिटो हुने संभावना धेरै हुन्छ। यतिसम्म की उनीहरुलाई संक्रमण भए आइसीयूमै राख्नुपर्ने र भेन्टिलेटरको प्रयोग गर्नुपर्ने समेत हुन सक्छ किनकी दुबै रोगमा श्वासप्रश्वासमै समस्या हुने हो ।

दमका बिरामीले नियमित जे औषधि खाइरहेका छन् उक्त औषधि आफू खुशी छोडन् भएन । यसले उल्टो जटिलता निम्त्याउँछ । अहिले लकडाउन छ त्यसैले सबैतिर सजिलै औषधि नपाइन पनि सक्छ तर त्यसको सट्टामा अर्को औषधि विकल्प हुनसक्छ । डाक्टरसँग सल्लाह गरेर औषधि परिवर्तन गर्न सकिन्छ । त्यसका लागि आफनो डाक्टरको सम्पर्कमा रहेर सल्लाह लिन जरुरी छ ।

योसँगै कोरोना महामारीका कारण देशभर लकडाउन छ यद्यपी अस्पतालहरु पनि खुलेका छन्। अस्पताल खुला छ भनेर सानो समस्यामा पनि यतिबेला अस्पताल नजान सल्लाह दिन्छु म किनकी किनकी अस्पतालमा जोखिम धेरै छ । अस्पतालमा अनेक थरीका बिरामी आउँछन् पहिलेदेखि नै रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई संक्रमण सर्ने सम्भावना अन्यको तुलनामा बढी हुने हुँदा सकेसम्म अस्पताल जाने काम कम गरौं । इमरजेन्सी परेमा जानै परेमा आफनो डाक्टरको सल्लाहमा समय लिएर जान सकिन्छ । त्यसो त इमरजेन्सीमा त हामीले बिरामी हेरिरहेका छौं

फोक्सो शरीरको महतवपूर्ण अंग हो । यसलाई स्वस्थ राख्न जरुरी छ । फोक्सोको प्रमुख दुस्मन भनेको चुरोट अर्थात धुम्रपान गर्नु हो। यसको प्रयोग रोक्नैपर्छ । चुरोट सेवन गर्नेमा कोरोनाको जोखिम उच्च रहेको कुरा त विभिन्न अध्ययनले देखाइसकेको छ । कोरोना संक्रमितको उपचारका क्रममा पनि चुरोट अर्थात सुर्तीजन्य पदार्थको सेवन गर्नेमा बढी जोखिम भएको पाइएको छ । त्यसैले कोरोनाको डरले मात्र हैन आफू स्वस्थ रहन पनि सुर्तीजन्य पदार्थको सेवनबाट टाढै रहन म सल्लाह दिन्छु । अर्को कुरा गाउँघरमा प्रयोग गरिने दाउराको चुलोबाट निस्कने धुवाँले पनि सिधै फोक्सोमा असर गर्छ । सकेसम्म यस्ता कुराहरुलाई पनि ध्यान दिएर यसको सट्टा विकल्प खोज्न जरुरी हुन्छ ।

यसका साथै लकडाउनका कारण घरमै बसेका बिरामीहरुले सामान्य हिंडडुल गर्ने, शारीरिक व्यायाम गर्ने, योग अभ्यास गर्ने गर्न सकिन्छ । यसले अन्य समस्या कम गर्न पनि सहयोग गर्छ ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

ताजा अपडेट