विश्वभर गत २४ घण्टामा थपिए १ लाख २१ हजार नयाँ संक्रमित

विश्वभर गत २४ घण्टामा थपिए १ लाख २१ हजार नयाँ संक्रमित

हेल्थ टिभी अनलाइन: विश्वमा गत २४ घण्टामा १ लाख २१ हजार कोरोना संक्रमित थपिएका छन्। यसैगरी ४ हजार ७५७ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमीटरका अनुसार हालसम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७३ लाख १६ हजार ९ सय ४४ पुगेको छ ।२१३ देशमा फैलिएको कोरोना संक्रमणका कारण ४ लाख १३ हजार ६ सय २७ जनाले ज्यान गुमाएका छन् । यसैगरी ३६ लाख २ हजार ५ सय २ जना कोरोना निको भएर घर फर्केका छन्।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा सबैभन्दा धेरै २० लाख ४५ हजार ५ सय ४९जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नै १ लाख १४ हजार १ सय ४८ पुगेको छ ।

उता पछिल्लो समय ब्राजिलमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । ब्रजिलमा गत २४ घण्टामा मात्रै ३१ हजार १ सय ९७ नयाँ संक्रमित फेला परेका छन्। यसैगरी एकै दिनमा ११ सय २४ जनाको ज्यान गएको छ । हालसम्म ब्राजिलमा ७ लाख ४२ हजार ८४ जना संक्रमित छन् त्यहाँ ३८ हजार ४ सय ९७ जनाले ज्यान गुमाएका छन् ।

ब्राजिलपछि रुसमा ४ लाख ८५ हजार २ सय ५३ जना संक्रमित पुग्दा ६ हजार १ सय ४२ जनाले ज्यान गुमाएका छन् । ब्राजिल र रुस पछि भारतमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढेको पाइएको छ । भारतमा अहिलेसम्म २ लाख ७६ हजार १ सय ४६ जना संक्रमित छन् भने ७ हजार ७ सय ५० जनाले ज्यान गुमाएका छन् ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

डडेल्धुरामा स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण

डडेल्धुरामा स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण

शेर भण्डारी\ डडेल्धुरा:  डडेल्धुरामा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार कोरोना पुष्टि भएका जिल्लाका ७ जना संक्रमित मध्ये अमरगढी नगरपालिका–५की १८ वर्षीया युवती स्वास्थ्यकर्मी भएको खुलेको हो ।

संक्रमित स्वास्थ्यकर्मी डडेल्धुरामै अस्पताल नजिक रहेको मेडिकलमा कार्यरत रहेको बुझिएको छ । युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवार र सम्पर्कमा आएकाहरुको खोजी कार्य शुरु गरिएको छ । स्वास्थ्य कार्यालय भेक्टर कन्ट्रोलर सुपरभाइजर तथा कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएकालाई आइसोलेसनमा राखी कोरोना परीक्षण गरिने बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार नाघ्यो

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालमा आज मात्रै थप ३२३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विभिन्न जिल्लामा गरी थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन्।

योसँगै नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या ५८४ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\डडेल्धुरा:  सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ सय १५८ पुगेको छ ।  धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका १ १ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० बर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका दुई बर्षीय बालिका र २८ बर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो।

यसैगरी डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ बर्षीय युवक, दार्चुलाको लेकम गाउँपालिकाका २६ बर्षीय युवक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २५ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ५५ जना, कञ्चनपुरमा ३३, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दार्चुलाका पहिलो संक्रमित कोरोना जितेर घर फर्किए

दार्चुलाका पहिलो संक्रमित कोरोना जितेर घर फर्किए

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: दार्चुलाका पहिलो कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन्।

दार्चुला जिल्लाको महाकाली नगरपालिका-६ का २१ वर्षीय युवकलाई जेठ १५ गते कोरोना पुष्टि भएको थियो। भारतबाट आएका ती युवकलाई महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि खलंगाको क्वारेन्टाइनमा रहेका बेला परीक्षण गर्दा कोरोना देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि  उनलाई दार्चुला जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

दुईपटकसम्म गरिएको परीक्षणमा लगातार रिपोर्ट नेगेटिभ आएपछि उनलाइ मंगलबार  डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मधुमेहका बिरामी कोरोनाको उच्च जोखिममा

मधुमेहका बिरामी कोरोनाको उच्च जोखिममा

डा. मनिषा मिश्र

यतिबेला विश्वभरीका मानिस कोरोनासँग त्रसित बनिरहेका छन्। यो लेख तयार पार्दासम्म विश्वमा ७२ लाख  भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि कोराोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ ।  हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेमा दीर्घरोग भएका बढी छन्। त्यसैले यसको बढी असर पहिलेदेखि दीर्घरोग भएकालाई अझ बढी हुने गरेको देखिएको छ।

कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई छिटो आक्रमण गर्ने कुरा त विभिन्न अध्ययनहरुले प्रमाणित नै गरिसकेका छन्। विशेष गरी जो व्यक्तिहरुमा मधुमेह अर्थात चिनी रोग, उच्च रक्तचाप, मुटुरोग, मिर्गौला रोग छ उनीहरुले कोरोना संक्रमणबाट बच्न अझ बढी ध्यान दिनु आवश्यक छ । किन की यी रोग भएकालाई कोरोनाको ‘डबल च्यालेन्ज’ हुनेगर्छ ।

मधुमेहका बिरामीमा पहिल्यै देखि नै रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले उनीहरुलाई कोरोना मात्रै हैन कुनै पनि भाइरसको संक्रमण छिटो हुने गर्छ । त्यसैले यस्ता संक्रमणबाट बच्न उनीहरुले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । मधुमेह नियन्त्रणमा भएन भने यसले मुटु, मिर्गौला, आँखा लगायतका महत्वपूर्ण अंगमा असर गर्छ । सुगर नियन्त्रणमा नभएका बेला अन्य अंग पनि कमजोर भएका हुन्छन् जसका कारण त्यही बेला कोरोना संक्रमण भएमा यसले ल्याउने जटिलता, जोखिम र मृत्युदर पनि उच्च हुन्छ

मधुमेह अटो इम्युन डिजिज हो। यो रोग भएका मानिसहरुमा पहिल्यै देखि नै रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले उनीहरुलाई कोरोना मात्रै हैन कुनै पनि भाइरसको संक्रमण छिटो हुने गर्छ । त्यसैले यस्ता संक्रमणबाट बच्न उनीहरुले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । मधुमेह नियन्त्रणमा भएन भने यसले मुटु, मिर्गौला, आँखा लगायतका महत्वपूर्ण अंगमा असर गर्छ । सुगर नियन्त्रणमा नभएका बेला अन्य अंग पनि कमजोर भएका हुन्छन् जसका कारण त्यही बेला कोरोना संक्रमण भएमा यसले ल्याउने जटिलता, जोखिम र मृत्युदर पनि उच्च हुन्छ ।

यो बेला कारोना रोकथाम तथा नियन्त्रणका लागि देशमा झण्डै साढे २ महिनादेखि लकडाउन छ । सर्वसाधारणलाई हिंडडुल आवतजावतमा समस्या छ । यो बेला अझ बढी चनाखो हुनुपर्छ । कतिपयले खानपानमा लापरवाही गर्दा सुगर नियन्त्रणमा नभएको हुनसक्छ ।

मधुमेहका बिरामीहरुले यो बेला विशेष गरी आफ्नो ब्लड सुगरलाई नियन्त्रणमा राख्नैपर्छ । कोरोना संक्रमण मात्रै हैन कुनै पनि किसिमको संक्रमणले ब्लड सुगरको स्तर बढाउन सक्छ । अस्पताल जान नसके पनि मधुमेहका बिरामीले समय समयमा घरमै ग्लूकोमीटरले रगतमा ग्लूकोजको मात्रा मापन गरिरहनु पर्छ । यदि ब्लड सुगरको मात्रा धेरै भयो भने आफनो डाक्टरको सल्लाह लिएर त्यसलाई तुरुन्त नियन्त्रण गर्न सल्लाह दिन्छु ।

यो बेला लकडाउन छ भनेर चुप लागेर बस्ने भन्दा पनि आफनो चिकित्सकसँग नियमित सम्पर्कमा रहने, औषधि नछुटाउने, खानपान र सामान्य व्यायाममा ध्यान दिनसके शरीरमा चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ । र अन्य संक्रमणको जोखिम पनि कम हुन्छ । कोरोना शुरु भएको चीनमा होस वा इटली वा अमेरिका कोरोनाबाट मृत्यु हुने धेरै मधुमेह, उच्च रक्तचाप भएका नै बढी छन्। स्वस्थ व्यक्तिभन्दा मधुमेहका बिरामीमा संक्रमण भएर आइसीयूमा राख्न पर्यो भने उनीहरुको मृत्युदर दुई गुणा बढी हुने गर्छ ।

घरमै बसेका बेला अनियन्त्रित भएर मिठो खान मन लाग्यो भनेर खान भएन । कोरोना अहिले आएको संक्रमण हो भने मधुमेह पहिले देखि तपाइँको शरीरमा नै छ । स्वस्थ खानपानमा विशेष ध्यान दिनुपर्छ । अस्वस्थ खानपान  मधुमेहका बिरामीका लागि झनै घातक हुने गर्छ । लकडाउन छ भनेर अल्छी गरेर नियमित व्यायाम गर्न छुटाउनु हुँदैन । लकडाउनको समयमा पनि घरमै गर्न मिल्ने एक्सरसाइज नियमित गर्नुपर्छ । व्यायामले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।

योसँगै संक्रमणको जोखिमबाट बच्न भिडभाडमा सकेसम्म नजाने, मास्कको प्रयोग गर्ने, घरमै हल्का व्यायाम गर्ने, स्वस्थकर खानामा ध्यान दिने र आफूले खाइरहेको औषधि नियमित नछुटाइ खान जरुरी छ । यदि स्वास्थ्यमा समस्या देखियो र सुगर नियन्त्रणमा आएन भने तुरुन्त आफनो डाक्टरलाई सम्पर्क गर्न जरुरी छ ।

डा. मिश्र मधुमेह रोग विशेषज्ञ हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

बाँकेमा आइसोलेसन सेन्टरबाटै भागे एक जना कोरोना संक्रमित

बाँकेमा आइसोलेसन सेन्टरबाटै भागे एक जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँके जिल्लाको जानकी गाउँपालिकामा रहेको एक आइसोलेसन सेन्टरबाट कोरोना संक्रमित भागेका छन्। जानकी गाउँपालिकाको श्री माध्यमिक विद्यालयमा बनाइएको आइसोलेसन सेन्टरमा बस्दै आएका नेपालगंज कोरियनपुरका एक संक्रमित युवक सोमबार राती भागेका हुन्।

यस विषयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले आफूले पनि आइसोलेसनबाट एक जना भागेको भन्ने सुनेको तर औपचारिक जानकारी भने नआएको बताए । फरार भएका उनको खोजीको लागि बिहान देखि नै प्रहरी परिचालन गरिएको वडा नम्बर एकका अध्यक्ष मोहम्द राजा राइले बताएका छन् ।

उनी भारत तिर भागेको हुनसक्ने अनुमान गरिएको छ । भारतबाट आएका उनलाई जेठ ९ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो । उनको कोरोना परीक्षण गर्दा जेठ २२ गते पोजेटिभ पाइएपछि सोही स्थानको आइसोलेसनमा सारिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं: भरतपुर अस्पतालको आइसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ ।

भरतपुर  वडा नं ११ का ६८ वर्षीय पुरुष संक्रमितको आज बिहान ७:०५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमितको मृत्युको वारेमा जानकारी दिएको हो । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएपछि नारायणी सामूदायिक अस्पतालबाट भरतपुर अस्पतालको कोभिड आइसीयूमा सारिएको थियो ।

मृतकमा  मुटुरोग, मधुमेह एवं निमोनियाको समेत समस्या रहेको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन\ काठमाडौं: गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै नवलपरासीमा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व बौदीकाली गाउँपालिकाका १८ देखि ४० वर्षका पुरुषहरु रहेका छन्। यसैगरी बाग्लुङ निसीखोला गाउँपालिकाका ३ जना पुरुष एवं बरेङ गाउँपालिकाका १८ देखि ४९ वर्षका ८ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

निर्देशनालयका अनुसार उता म्याग्दी जिल्ला बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दाङको आइसोलेसनबाट डिस्चार्ज भएका संक्रमितलाई पुन: नेपालगञ्जको आइसोलेसनमा राखियो

दाङको आइसोलेसनबाट डिस्चार्ज भएका संक्रमितलाई पुन: नेपालगञ्जको आइसोलेसनमा राखियो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना विशेष अस्पताल बेलझुण्डी दाङले डिस्चार्ज गरेर पठाएका कोरोना संक्रमितलाई पुन: नेपालगञ्जमा आइसोलेसनमा राखिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका बमोजिम नरैनापुरकासहित १० जना संक्रमितलाई १४ दिन आइसोलेसन बसाईपछि घर पठाएको थियो। ती मध्ये ३ जनामा कोरोना पोजेटिभ नै रहेको अस्पतालले जनाएको छ ।

दाङबाट पोजेटिभ रिपोर्ट भए पनि १४ दिन पुगेको भन्दै घर पठाएपछि स्थानीयले संक्रमणमुक्त नभई घर आएको भन्दै चर्को विरोध जनाएका थिए । त्यसपछि उनीहरुलाई सोमबार प्रशासनले पुन: नेपालगञ्ज ल्याएर आइसोलेसनमा राखेको हो । यसभन्दा अघि संक्रमितको दुईपटक सम्म परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाउने गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले परीक्षणका वारेमा नयाँ निर्देशिका जारी गरेको छ । सो निर्देशिकामा लक्षण नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेपछि परीक्षण बिना नै घर पठाउने उल्लेख छ । यो निर्देशिका जनस्वास्थ्यका हिसाबले घातक हुनसक्ने भन्दै जनस्वास्थ्य विज्ञहरुले विरोध समेत गरेका छन्। उनीहरुले संक्रमण मुक्त भए नभएको जानकारी बिना संक्रमितलाई डिस्चार्ज गर्न नहुने बताउँदै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ।

कोरोना संक्रमितमध्ये डडेल्धुराका ७, कञ्चनपुरका १९, दार्चुलामा १० र कैलालीका १ जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

कोरोना संक्रमित देखिनेमा कञ्चनपुरको पुनरवास नगरपालिकाका १३ जना पुरुष, भीमदत्त नगरपालिकाका ४३ र ३२ वर्षका २ महिला २३, २५ र ३२ वर्षका ३ पुरुष र शुक्लाफाँटा नगरपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

सैगरी दार्चुलामा शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिकाका ४२ वर्षीय पुरुष र महाकाली नगरपालिकाका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। डडेल्धुराको परशुराम नगरपालिकाका ३ जना पुरुष, नवदुर्गा गाउँपालिकाका २० र २१ वर्षीय पुरुष र अमरगढी नगरपालिकाका १८ वर्षीय महिला र ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

कैलालीको जानकी गाउँपालिकाका ४२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका ४८ जना, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सांसद सुवालको योग वैज्ञानिक नभएको भन्ने अभिव्यक्ति प्रति योग तथा प्राकृतिक चिकित्सक संघको आपत्ति

सांसद सुवालको योग वैज्ञानिक नभएको भन्ने अभिव्यक्ति प्रति योग तथा प्राकृतिक चिकित्सक संघको आपत्ति

हेल्थ टिभी अनलाइन\काठमाडौं: योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले सांसद प्रेम सुवालले संंसदमा योग वैज्ञानिक नभएको भन्ने सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

सांसद सुवालले योगको वारेमा भ्रम फैलाउने गरी योग वैज्ञानिक नभएको र यसलाई प्रतिवन्ध लगाउनुपर्छ भनेर दिएको अभिव्यक्ति प्रति संघले आपत्ति जनाएको हो। संघले सोमबार विज्ञप्ति जारी गर्दै सांसद सुवाललाई योगकावारेमा अध्ययन गरेर मात्र बोल्न आग्रह गरेको छ।

संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ,’योग पूर्ण रुपमा वैज्ञानिक छ । विश्वका धेरै देशले यसलाई अंगालेका छन्। शुरुमा योग आध्यात्मिक साधनाको रुपमा प्रचलित भए पनि अहिले योग चिकित्साको रुपमा विकसित भइसकेको छ । विषयको अध्ययन नै नगरी सांसद प्रेम सुवालले संसदमा योग वैज्ञानिक छैन् र यसलाई प्रतिबन्ध लगाउनुपर्छ भन्नु भएको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । विश्व स्वास्थ्य संगठनले समेत मान्यता दिइसकेको योगका वारेमा संसद जस्तो ठाउँमा बोल्दा होस पुर्‍याएर विषयगत अध्ययन गरेर मात्र बोल्नु हुन अनुरोध गर्दछौं,’ उल्लेख छ ।

संघले योग सम्पूर्ण रुपमा वैज्ञानिक भएको भन्दै यसका वारेमा भ्रममा नपर्न र अरुलाई पनि भ्रममा नपार्न सांसद सुवाललई आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज मात्रै थप ३१४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका नवनियुक्त प्रवक्ता डा जागेश्वर गौतमले आज विभिन्न जिल्लामा गरी थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन्।

योसँगै नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या ४८८ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बर्दियामा थप १८ र बाँकेमा १ जना कोरोना संक्रमित थपिए

बर्दियामा थप १८ र बाँकेमा १ जना कोरोना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँके र बर्दियामा गरी आज थप १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन। भेरी अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै बाँके र बर्दियामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया बाँगगढीका ९ जना, ठाकुरबाबाका ३ जना, मधुवनका ४ जना, बरबर्दियाका २ जना र बाँके जानकी गाउँपालिकाका -४ का १ जनामा कोरोना पुष्टि भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन:  भारतमा कोरोना संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दो छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मात्रै झण्डै १० हजार नयाँ संक्रमित थपिएका छन्।

त्यहाँ गत २४ घण्टामा ९ हजार ९ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी एकैदिन २०७ जनाले ज्यान गुमाएको त्यहाँको मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ६११ पुगेको बताइएको छ । कोरोना संक्रमणकै कारण भारतका विभिन्न जिल्लामा गरी ७ हजार १३५ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमणपछि निको भएर घर फर्किनेको संख्या नै १ लाख २४ हजार बढी छ ।

भारत विश्वभरीमा सबै भन्दा बढी प्रभावित हुने देशहरुको लिस्टमा ६ नम्बरमा परिसकेको छ । सोमबारको आँकडा हेर्दा कोरोना संक्रमित बढ्ने हिसाबमा भारत तेस्रो नम्बरमा परेको छ । भारत अघि अमेरिकामा एकैदिन १८ हजार ९०५ र ब्राजिलमा १८ हजार ३७५ जना थपिएका थिए । त्यसपछि तेस्रो नम्बरमा भारतमा ९ हजार ९८३ जना थपिएका छन्।

भारतमा ९३ प्रतिशत संक्रमितको मृत्यु ८ वटा राज्यमा मात्रै भएको बताइएको छ । महाराष्ट्र, गुजरात,दिल्ली , मध्य प्रदेश, पश्चिम बंगाल, उत्तर  पश्चिम, तमिलनाडुर राजस्थान बढी प्रभावित भएको पाइन्छ ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु , स्याङ्जाका ६० वर्षीय वृद्धले गुमाए ज्यान

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु , स्याङ्जाका ६० वर्षीय वृद्धले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान विज्ञप्ति जारी गर्दै स्याङ्जाका एक जना व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो कोरोना संक्रमण पुष्टि भएका र तीन दिनदेखि उपचारमा रहेका स्याङ्जा जिल्ला वालिङ नगरपालिकाका ६० वर्षीय वृद्धको मृत्यु भएको हो ।

गण्डकी प्रदेशमा कोरोनाका कारण यो पहिलो मृत्यु हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

जिम्मेवारी फेरियो : कोरोना अपडेटमा भोलिदेखि देखिने छैनन् डा. देवकोटा

जिम्मेवारी फेरियो : कोरोना अपडेटमा भोलिदेखि देखिने छैनन् डा. देवकोटा

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा भोलिदेखि कोरोना सम्बन्धी मिडिया ब्रिफिङमा देखिने छैनन्। मन्त्रालयले आइतबार उनको जिम्मेवारी हेरफेर गरेसँगै उनको स्थानमा प्रवक्ताका रुपमा प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीका निर्देशक डा जागेश्वर गौतम आएका छन्।

डा देवकोटालाई मन्त्रालयकै गुणस्तर मापन महाशाखाको प्रमुखमा लगिएको छ । चैत ११ गतेदेखि लगातार कोरोना अपडेटको मिडिया ब्रिफिङमा देखिएका डा देवकोटाले आफू भोलिदेखि फरक भूमिकामा जान लागेकाले मिडिया ब्रिफिङमा नआउने जानकारी दिंदै सबैलाई सहयोगका लागि धन्यवाद दिए ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्री भएर आए लगत्तै आफूले कुनै पनि आस्थाका आधारमा कुनै पनि कर्मचारीको जिम्मेवारी हेरफेर नगर्ने बताएका थिए । तर उनी आएको केही महिनामा नै कर्मचारी सरुवा गर्न थाले । केही दिन अघि मात्रै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालय बोलाएर उनको स्थानमा मन्त्रालयका  प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंहलाई लगेका थिए ।

यसैगरी व्यवस्थापन महाशाखामा मन्त्रालयका डा रमेश खरेललाई सरुवा गरेर भोगेन्द्र डोटेललाई मन्त्रालय तानेका थिए । त्यसको एक साता पनि हुन नपाउँदै प्रवक्ता डा विकास देवकोटालाई अर्को शाखामा पठाएका छन्। डा देवकोटा अहिलेसम्मकै  शालिन प्रवक्ताका रुपमा चिनिएका थिए ।

कोरोना महामारीका बेला कर्मचारीको जिम्मेवारी हेरफेर गर्दा यसले प्रत्यक्ष असर पार्न सक्ने विज्ञहरुको भनाई छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप २१३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुग्यो

थप २१३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालमा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । संक्रमितमध्ये ३ हजार २ सय १२ पुरुष र २ सय ३६ जना महिला छन्।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४६७ जना उपचारपछि निको भएर घर र्फेका छन्। पछिल्लो २४ घण्टामा मात्रै १०२ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आज दिउँसो विज्ञप्ति जारी गर्दै बाँके, बर्दिया र रोल्पामा गरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बाँके खजुरा वडा नं ४ र ७ का ३ जना पुरुष, बर्दिया गुलरियाका १९ वर्षीय युवक र रोल्पाका २० र २७ वर्षका २ जना पुरुष रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिमका ७ जनाले क्वारेन्टाइनमै गुमाए ज्यान

सुदूरपश्चिमका ७ जनाले क्वारेन्टाइनमै  गुमाए ज्यान

शेर भण्डारी\ डडेल्धुरा : सुदूरपश्चिमका मात्रै क्वारेन्टाइनमा एक सातामा ७ जनाले ज्यान गुमाएका छन्। आइतबारसम्म चार जिल्लाका गरी ७ जनाको क्वारेन्टाइनमा ज्यान गएको हो।अहिलेसम्म बैतडी, डडेल्धुरा र बाजुराको क्वारेन्टिनमा २\२ जना र डोटीको क्वारेन्टिनमा १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये चार जनाको कोरोना परीक्षण भएकोमा तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। तीन जनाको भने कोरोना परिक्षण हुन बाँकी नै रहेको छ।

आइतबार विहान डोटीको केआईसिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा १९ वर्षीय युवकको मुत्यु भएको हो। भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टाइनमा बस्दै आएका थिए।

मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘उक्त क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाउछौं, साँझसम्म  रिपोर्ट आउँछ।’ उनले रिपोर्ट नआएसम्म शव नउठाइने जानकारी दिए ।

यस्तै भारतबाट फर्किएर बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका पाटन नगरपालिका–६का ३१ वर्षीय पुरुषको शनिबार राति करिब साढे ८ बजे मृत्यु भएको हो।

उनी शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए। साँझ एकाएक बेहोस भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक प्रेमसागर भट्टले जानकारी दिए।

मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। यसअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको जेठ २० गते मृत्यु भएको थियो। पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको कोरोना पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।

बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मष्टा आधारभूत विद्यालयको क्वरेण्टीनमा पनि एक वृद्धको ज्यान गएको छ। ६५ वर्षका वृद्ध जेठ १६ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए।

त्यसअघि प्रदेशमा पहिलो संक्रमितको मृत्यु भएको थियो। १८ जेठमा बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको मृत्यु भएको हो। बाजुराको बुढीगंगा नगरपालिका–१ स्थित धुरालसैन माविको क्वारेन्टाइनमा बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भएको थियो। उनी बाबु आमासँगै भारतबाट आएकी थिइन्।

डडेल्धुरामा पनि घर फर्किएकी महिला र एक बालकको ज्यान गएको छ। गन्यापधुरा गाउँपालिका–१ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वरेण्टीनमा ३० वर्षीया महिलाको ज्यान गएको हो। उनी श्रीमान् सहित १६ गते भारतबाट आएकी थिइन् ।

यसअघि डडेल्धुराको नवदुर्गा गाउँपालिका–३का साढे ६ वर्षीय बालकको क्वारेन्टाइनमा मृत्यु भएको थियो। उनको जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा मृत्यु भएको हो। आमाबाबुसँगै उनी केही दिनअघि भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए।

ताजा अपडेट