काठमाडौंका ४ र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: काठमाडौं उपत्यकामा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज काठमाडौंका ४ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्।

उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जना पुरुष, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना महिला र ललितपुरका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंको १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी आज मात्रै ४५१ जना नयाँ संक्रमित थपिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : सुदूरपश्चिममा थप ६८ जनामा कोरोना पुष्टि भएको छ । सोमबार धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना पुष्टि भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका मध्ये बैतडीका २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका ३ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३ सय ३२ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका ९३ जना, कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका २२, डोटीका ३७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा २७ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी सोमबार थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ४१६ जना पुरुष र ३५ जना महिला रहेका छन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ४१ रहेको छ । कोरोनाको आशंकामा क्वारेन्टाइनमा बस्नेको संख्या १ लाख ३३ हजार ८ सय २९ रहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बाँके बर्दिया र प्युठानमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै आज गरिएको परीक्षणमा बाँके, बर्दिया र प्युठानका गरी थप २४ जनामा कोरोना पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार बाँकेका ५ जना बर्दियाका १६ जना र प्युठानका ३ जना गरी २४ जनामा कोरोना पुष्टि भएको हो ।

यसरी आज कोरोना पुष्टि हुनेहरुमा बाँके खजुराका ४ जना, नेपालगंज उपमहानगरपालिकाका १ जना, बर्दिया मधुवनका १३ जना, यसैगरी बासगढीका १ जना साथै राजापुरका २ जना रहेका छन्। यसका साथै प्युठान सरुमारानीका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा कोरोनाले प्रयोगशालाको महत्व बुझायो

डा. निलम ठाकुर

यतिबेला विश्व नै कोरोना भाइरस (कोभिड-१९) को महामारीसँग जुधिरहेको छ । कोरोना भाइरसले विश्वलाई नै त्रसित मात्रै बनाएको छैन् स्वास्थ्य क्षेत्रमा ठुलो चुनौती पनि थपेको छ । यस्तै चुनौतीमध्ये कोरोनाको पहिचान अर्थात प्रयोगशाला परीक्षण पनि एक महत्वपूर्ण सवाल हो। कोभिड-१९ को संक्रमित बिरामीको पहिचान गर्न यसले ठूलो भूमिका खेल्दछ।

विश्वमा ७९ लाख भन्दा बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । यसैगरी ४३ लाख भन्दा बढी मानिसले यही संक्रमणका कारण ज्यान गुमाएका छन्। यहाँ कुरा गर्न खोजिएको हो कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण मानिने प्रयोगशाला परीक्षणको । कोरोनाको परीक्षण जटिल, खर्चिलो र विशेष परीक्षण भित्र पर्छ । सबैखालका ल्याबले यसको परीक्षण गर्न सक्दैनन्। यसका लागि विशेष सेट अप र दक्ष स्वास्थ्यकर्मीको आवश्यकता पर्छ ।

मलाई याद छ ८ वर्षअघि जब म पहिलो क्लिनिकल जेनेटिसिस्ट भएर वीर अस्पतालमा काम गर्न आएँ । त्यसपछि मैले वीरमा एउटा जेनेटिक ल्याब बनाउँ भन्दा धेरैले मलाई मुर्ख ठाने। यस्तो ल्याब किन चाहियो भन्दै सिटामोल समेत नपाएर बिरामी मर्ने हाम्रो देशमा अहिले यस्तो जेनेटिक ल्याबको काम छैन् भन्दै मलाई उडाउनेहरु धेरै थिए । यस्तो एडभान्स ल्याबको नेपालमा आवश्यकता छैन् र अझै २५ वर्ष हाम्रो देशमा यस्तो ल्याबको सपना नदेख्नु्स् भनेर निराश बनाउनेहरुको अनुहार अहिले पनि सम्झिरहेको छु । तर पनि मैले आफनो विषय र क्षेत्र भएकाले प्रयास गरिरहें । बिस्तारै वीर अस्पतालमा सानै भए पनि जेनेटिक ल्याब शुरु गर्यौं । आज त्यही ल्याबले ठुलो काम दियो । हाम्रो मेडिकल क्षेत्रमा पनि रोगको पहिचान गर्ने प्रयोगशालालाई त्यति महत्व दिएको पाइँदैन । जबकी कुनै पनि रोगको उपचारका लागि रोग पत्ता लाग्नु सबैभन्दा महत्वपूर्ण हो । यही कुरा अहिले कोरोनाले साबित गरेको छ ।

यतिबेला बच्चादेखि बुढासम्मलाई पीसीआर परीक्षण भन्ने कण्ठ भइसक्यो । सबैको चासो भएको छ कसरी पीसीआर परीक्षणको दायरा बढाउने भन्ने। यो देख्दा चाहिं मैले कोरोनालाई धन्यवाद दिएकी छु कम्तीमा यसले देशभित्र प्रयोगशालाको महत्व त बुझाइदिएको छ ।हाम्रो मेडिकल क्षेत्रमा ल्याबलाई सबैभन्दा तल राखिन्छ । धेरैलाई रोगको उपचारको महत्व ठुलो र महत्वपूर्ण लाग्छ र तर त्यही रोग पत्ता लगाउने ल्याब परीक्षणका बारेमा अन्त्यमा सोचिन्छ । ल्याबको अपग्रेड गर्नपर्छ, भरपर्दो हुनुपर्छ जस्तो कसैलाई लाग्दैन्।

कोरोनाको पहिलो केस नेपालमा आउँदा त्यो परीक्षण गर्न देशबाहिर पठाइएको थियो। त्यतिबेला सम्म अत्याधुनिक ल्याब हुनुपर्छ भन्ने कसैलाई लागेन । जब संक्रमितहरु बढ्न थाले अनि मात्र ल्याबको महत्व बुझियो र त जसरी पनि ल्याब बनाउनुपर्यो भनेर काम गर्न थालियो । कहिल्यै सरकारको प्राथमिकतमा नपरेको ल्याब बिस्तारमा अब भने धेरै काम गर्न सकिन्छ । कोरोनाले अर्को कुरा पनि सिकाएको छ जस्तो मलाई लाग्छ । देशभर लकडाउन भएपछि हामीले देशबाहिर नमुना परीक्षण पठाउने वातावरण नबनेपछि झनै देशभित्रै अत्याधुनिक र गुणस्तरीय ल्याब हुनुपर्छ भन्ने महशुुस गराएको छ । नेपालमा धेरै यस्ता परीक्षणहरु पनि देश बाहिर जाने गरेका थिए जुन नेपालमै सम्भव छन्। लकडाउन हुँदा सबै खालका परीक्षण नेपालमा भए,देश बाहिर पठाउने बाध्यता हुँदैन भन्ने कुरा पनि सिकाएको छ । यो सही समय पनि हो हामी प्रयोगशालामा आत्मनिर्भर हुनैपर्छ । सबै खालका परीक्षण देशभित्रै भएमा बिरामी र सेवा दिनेलाई सहज हुन्छ । यसले अन्य देशमा नमुना पठाएर उनीहरुसँग भर पर्नुपर्ने बाध्यता हट्छ । सरकारी होस् वा निजी जसले शुरु गरे पनि सेवा  देशभित्रै हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

अर्को कुरा अब रिसर्च ल्याबहरुमा पनि जोड दिनुपर्छ । नेपालमा औंलामा गन्न सकिने रिसर्च ल्याब मात्र छन्। रिसर्चमा बजेट पनि खासै छुट्याउने गरेको पाइँदैन । यस्ता कुरा ले अन्तत देशलाई नै फाइदा हुने हो । हामीले यसमा ध्यान दिएको भए आज आरडीटी किट हामी आफै बनाउन सक्थ्यौं होला ।

कोरोनाको पहिलो केस नेपालमा आउँदा त्यो परीक्षण गर्न देशबाहिर पठाइएको थियो। त्यतिबेला सम्म अत्याधुनिक ल्याब हुनुपर्छ भन्ने कसैलाई लागेन । जब संक्रमितहरु बढ्न थाले अनि मात्र ल्याबको महत्व बुझियो र त जसरी पनि ल्याब बनाउनुपर्यो भनेर काम गर्न थालियो । कहिल्यै सरकारको प्राथमिकतमा नपरेको ल्याब बिस्तारमा अब भने धेरै काम गर्न सकिन्छ । कोरोनाले अर्को कुरा पनि सिकाएको छ जस्तो मलाई लाग्छ । देशभर लकडाउन भएपछि हामीले देशबाहिर नमुना परीक्षण पठाउने वातावरण नबनेपछि झनै देशभित्रै अत्याधुनिक र गुणस्तरीय ल्याब हुनुपर्छ भन्ने महशुुस गराएको छ । नेपालमा धेरै यस्ता परीक्षणहरु पनि देश बाहिर जाने गरेका थिए जुन नेपालमै सम्भव छन्। लकडाउन हुँदा सबै खालका परीक्षण नेपालमा भए,देश बाहिर पठाउने बाध्यता हुँदैन भन्ने कुरा पनि सिकाएको छ । यो सही समय पनि हो हामी प्रयोगशालामा आत्मनिर्भर हुनैपर्छ । सबै खालका परीक्षण देशभित्रै भएमा बिरामी र सेवा दिनेलाई सहज हुन्छ । यसले अन्य देशमा नमुना पठाएर उनीहरुसँग भर पर्नुपर्ने बाध्यता हट्छ । सरकारी होस् वा निजी जसले शुरु गरे पनि सेवा  देशभित्रै हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

अर्को महत्वपूर्ण कुरा देशभित्रै दक्ष जनशक्ति पनि उत्पादन गर्न सकिन्छ । हाम्रा विश्वविद्यालयका कोर्षहरुमा मेडिकल जेनेटिक्स, माइक्रोबायल जेनेटिक्स, मोलिक्युलर बायोलोजी जस्ता विषयको पढाई नै निकै कम छ । जसले गर्दा जनशक्तिको पनि कुरा आउँछ । यी विषयहरु समावेश गरी देशभित्रै प्रयोगशालालाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ ।

अन्त्यमा कुनै समय अत्याधुनिक ल्याब किन चाहियो ? पीसीआर टेस्ट किन गर्नुपर्छ ? भन्नेबाट अहिले कोरोनाका कारण पीसीआर टेस्ट बढाउनु पर्यो, सकेसम्म धेरै स्थानमा यस्तो सेटअप बनाउनु पर्यो भन्ने सम्म सरकार पुगेको छ । यसले कम्तीमा ल्याबको महत्व बुझेको झल्किन्छ । यही समय हो सरकारले पनि सबै प्रदेशमा बेसिकदेखि अत्याधुनिक ल्याब बनाएर देशभित्रै सबैखालका परीक्षण गर्न सम्भव बनाउन सक्छ । अब देशको सबै तहमा गुणस्तरीय र भरपर्दो प्रयोगशाला स्थापना अपरिहार्य भइसकेको छ । त्यस्ता प्रयोगशालाहरुमा आवश्यक आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन गरी गुणस्तरीय स्वास्थ्य परीक्षण सर्वसाधारणले पाउने अवस्थाको सुनिश्चितता गर्न जरुरी भइसकेको छ । यसमा ढिलाई नगरौं ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा ५ र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १ गरी ६ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशका संक्रमितहरुमा तनहुँ जिल्ला घिरिङ गाँउपालिका स्थायी ठेगाना भई सोही गाँउ पालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा संक्रमण देखिएको जनाएको हो । उनीहरुलाई जीपी कोइराला श्वासप्रस्वास केन्द्रको आइसोलेसनमा लगिएको निर्देशनालयले जनाएको छ ।

यसैगरी नवलपरासी बर्दघाट सुस्ता पूर्व बौदीकाली गाँउपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका २० बर्षका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ । उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या २०५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विदेश जाने व्यक्तिको कोरोना परीक्षण यी तीन अस्पतालमा मात्र हुने

हेल्थ टिभी अनलाइन\काठमाडौं: सरकारले विदेश जाने व्यक्तिहरूको कोरोना संक्रमण परीक्षण गर्न राजधानीका तीन वटा अस्पताललाई तोकेको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विदेश जानुपर्ने वा निरोगिताको प्रमाणपत्र चाहिनेहरुका लागि राजधानीको वीर अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पताल महाराजगंज तोकिएको बताएका हुन्।

उनले यस्ता व्यक्तिहरुले यी तीन अस्पतालमा गएर परीक्षण गर्न सक्ने जानकारी दिए । उनले यसभन्दा अघि जुनसुकै स्थानबाट परीक्षण गर्न सकिने भए पनि अबदेखि अस्पताल तोकिएकोले सो स्थानमा मात्र परीक्षण गर्न जान आग्रह गरे ।

त्यसो त राजधानीमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबैभन्दा बढी कोरोनाको परीक्षण हुँदै आएको छ । सेवाग्राहीको सुविधाका लागि यसरी परीक्षणका लागि अस्पताल तोकेको मन्त्रालयले जनाएको छ । यी स्थानसहित देशभर २१ स्थानबाट कोरोनाको पीसीआर विधिमार्फत परीक्षण हुँदै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

क्वारेन्टाइनमा यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  कैलालीको लम्कीचुहा नगरपालिका १ को पूर्वी लम्कीमा रहेको एक क्वारेन्टाइनमा रहेकी महिलाको बलात्कार गरेको आरोपमा स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ परेका छन्।

लम्कीको सहिद स्मृती माविको क्वारेन्टाइनमा बस्दै आएकी ३१ वर्षीय महिलामाथि बलात्कार गरेको आरोपमा आज तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जेठ २० गते गौरीफण्टा नाका हुँदै भारतबाट आएर उक्त क्वारेन्टाइनमा बस्दै आएकी महिलामाथि शनिबार राति स्वास्थ्यकर्मीसहित तीन जनाले सामूहिक बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाले क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीसहित स्वंयमसेवकको रुपमा राखिएका दुई जनाले आफुमाथि बलात्कार गरेको बताएकी छिन्।

ईलाका प्रहरी कार्यालय लम्कीले आरोप लागेका व्यक्तिलाई पक्राउ गरेको छ । क्वारेन्टाइनमै बलात्कार भएको भन्दै अहिले उक्त स्थानमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अबदेखि निजी ल्याबले पनि कोरोना परीक्षण गर्न पाउने, शुल्क ५ हजार ५ सय तोकियो

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले अबदेखि निजी ल्याबमा समेत कोरोनाको पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्न अनुमति दिएको हो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाले कोरोना परीक्षण गर्न पाउने तर सरकारले संकलन गरेका स्वाबका नमुना मात्र परीक्षण गर्न पाउने बताए । उनले भने, ‘नीजि प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउँछन् तर हामीले विभिन्न क्वारेन्टाइन अथवा आइसोलेसन सेन्टरबाट संकलन गरेर उपलब्ध गराएका नमुना मात्रै । उनले त्यसका लागि मन्त्रालयले ५ हजार ५ सय शुल्क निर्धारण गरेको जनाए ।

मन्त्रालयले अहिले निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमूना परीक्षणका लागि दिने छ। उक्त परीक्षण गरे बापतको रकम सरकारले निजी प्रयोगशालालाई एकमुष्ट उपलब्ध गराउने छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

२४ घण्टामा थपिए ४२५ जना कोरोना संक्रमित

२४ घण्टामा थपिए ४२५ जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी आइतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ३७५ जना पुरुष र ५० जना महिला रहेका छन्।

मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ९७४ रहेको छ । योसँगै कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । संक्रमित मध्ये ५ हजार ३ सय २४ पुरुष र ४३६ जना महिला रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका ८२ वर्षीय पुरुषमा देखियो कोरोना

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सानोभेरी -१ रुकुमका ८२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा उनमा कोरोना देखिएको हो ।

अस्पतालले आज विज्ञप्ति जारी गर्दै नेपालगञ्ज मेडिकल कलेजमा पेटको समस्या भएर सर्जिकल वार्डमा भर्ना गरेका ८२ वर्षीय बिरामीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यसैगरी आज बाँकेमा ३ र बर्दियामा ३ जना नयाँ संक्रमित थपिएको पनि अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

डडेल्धुरा अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: डडेल्धुरामा एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २४ जनामध्ये एक जना स्टाफ नर्स भएको खुलेको हो।

डडेल्धुरा अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले जानकारी दिए।

अस्पतालमा कार्यरत ३३ वर्षीया स्टाफ नर्समा कोरोना संक्रमण देखिएको विष्टले बताए। अस्पतालमा कार्यरत रहेकी उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे भने केही खुल्न सकेको छैन्। उनका अनुसार कोरोना संक्रमित ती नर्सलाई अहिले होम आइसोलेसनमा राखिएको छ ।  उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

यसअघि अस्पताल नजिकै रहेको एक मेडिकलमा कार्यरत अनमीमा पनि कोरोना संक्रमण देखिएको थियो। ती युवती पनि अहिले होम आइसोलेसनमा छिन्। डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गुल्मीमा कोरोना संक्रमित युवकको मृत्यु

गुल्मीमा कोरोना संक्रमित युवकको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गुल्मीमा कोरोना संक्रमण देखिएका एक जनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–४ जैजिथोकका ३६ वर्षीय युवकको शनिबार राति मृत्यु भएको हो ।

उनलाई रेसुंगा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा राखेर उपचार गराइएको थियो । भारतबाट आएका ती युवकको जेठ १२ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनले लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहेको बताइएको छ । उनको कोरोना संक्रमण पुष्टि भएको २० दिनमा मृत्यु भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

पाकिस्तानका पूर्व प्रधानमन्त्री गिलानीमा देखियो कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  पाकिस्तानका पूर्व प्रधानमन्त्री यूसुफ राजा गिलानीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गिलानीका छोरा कासिम गिलानीले ट्वीट गर्दै आफनो बुवालाई परीक्षण गर्दा कोरोना संक्रमण देखिएको बताएका हुन्। ६७ वर्षीय गिलानीलाई उच्च ज्वरो आएपछि परीक्षण गर्दा शनिबार कोरोना पुष्टि भएको हो ।

पाकिस्तानमा पछिल्लो एक साता कोरोना संक्रमण तीब्र रुपमा बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यहाँ हालसम्म १ लाख ३२ हजार ४०५ जनामा कोरोना संक्रमण देखिएको छ भने २ हजार ५ सय ५१ जनो ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्रै पाकिस्तानमा ६ हजार ४७२ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी ८८ जनाले ज्यान गुमाएका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै थप दुई जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १९९ पुगेको छ ।

निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व देवचुली नगरपालिकाका २३ र ३२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सोही पालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि उनीहरुलाई अहिले रजहरस्थित सामूदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजान लागिएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा आज थपिए ६४ जना संक्रमित

सुदूरपश्चिममा आज थपिए ६४ जना संक्रमित

हेल्थ टिभी अनलाइन\डडेल्धुरा:  सुदूरपश्चिममा आज ६४ जनामा कोरोना पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार आज पुष्टि भएका मध्ये ५५ जना पुरुष र ९ जना महिला रहेका छन्। डडेल्धुराका २४ जना, कञ्चनपुरका २१ जना, कैलालीका ११ जना, बझाङका पाँच जना, डोटीका तीन जनामा कोरोना पुष्टि भएको हो।

बझाङको बिथ्थडचिरका दुई जना, केदारस्यूका दुई जना, खप्तडछानाको १ जना, डडेल्धुराको अमरगढीका एक जना, नवदुर्गाका २३ जना, डोटीको जोरायलका दुई जना, सायलका एक जना, कैलालीको चुरेका पाँच जना, धनगढीका दुई जना, गोदावरीका दुई जना, लम्की चुहाका एक जना, टीकापुरका एक जना, कञ्चनपुरको पुनरवासका दुई जना, लालझाडीका १४ जना, महाकालीका तीन जना, बेदकोटका एक जना, कञ्चनपुरकै थप एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ५५ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ७८ जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १६, डोटीका १३, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो: स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

वीरगञ्जका १ र बाराका १ गरी आज दुई जना व्यक्तिको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो । मन्त्रालयका अनुसार वीरगञ्जको घण्टाघर नजिक बेवारिसे अवस्थामा जेठ २८ गते एक युवकको शव फेला परेको थियो । शव पोष्टमार्टमका लागि सोही दिन नारायणी अस्पताल लगिएको र कोरोना परीक्षण गर्दा शुक्रबार उनमा कोरोना देखिएको हो ।

यसैगरी बाराका ५ वर्षीय बालक जसको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो, उनमा पनि कोरोना पुष्टि भएको हो । उच्च ज्वरो र श्वासप्रश्वासमामा समस्या भएपछि वीरगञ्जको हेल्थ केयर अस्पतालमा उपचारका लागि ल्याइए पनि उनको शुक्रबार नै मृत्यु भएको हो । यसअघि नै आरडीटी विधिमार्फत कोरोना परीक्षण गर्दा उनमा पोजेटिभ पाइएको थियो । उनको मृत्युपछि नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आज कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी शनिबार थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये २४७ जना पुरुष र २६ जना महिला रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बाँके, बर्दिया र रोल्पामा थप ४२ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँके बर्दिया र रोल्पामा गरी आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेको भेरी अस्पतालमा शनिबार गरिएको परीक्षणमा तीन जिल्ला गरी थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालले आज  दिउँसो १ बजे विज्ञप्ति जारी गर्दै बाँके, बर्दिया र रोल्पाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बाँकेका १९ जना, रोल्पाका १७ जना र बर्दियाका ६ जना रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

उपचारको क्रममा मृत्यु भएका बाराका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं: वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बालकमा कोरोना पुष्टि भएको छ ।

बारा निजगढ नगरपालिका ६ योजनाटोलका ५ वर्षीय बालकमा कोरोना पुष्टि भएको हो । बालकमा नियोनिया भएको भन्दै निजगढबाट थप उपचारका लागि वीरगन्ज पुर्‍याइएका बालकको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । मृत्युपछि बालकको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

मृत्यु भएका बालकमा कोरोना देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । उच्च ज्वरो आउने क्रम नरोकिएपछि उनलाई शुक्रबार बिहान वीरगञ्ज लगिएको थियो ।

ताजा अपडेट