विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन:  कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । वर्ल्डोमीटरका अनुसार बुधबार बिहानसम्म कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ७९ हजार ८१६ पुगेको छ । यसैगरी संक्रमितको संख्या ९३ लाख ५४ हजार ३२६ पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा मात्रै १ लाख २३ हजार ४७३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। दोस्रोमा ब्राजिल छ भने तेस्रोमा बेलायत, चौथोमा इटली तथा पाचौंमा स्पेन रहेको छ । संक्रमित धेरै भएको देशमा भने भारत चौंथो नंबरमा परेको छ । त्यहाँ बुधबार बिहानसम्म ४ लाख ५६ हजार ६२ जनामा कोरोना पुष्टि भएको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा मंगलबार साँझ थपिए १०४ जना संक्रमित

गण्डकी प्रदेशमा मंगलबार साँझ थपिए १०४ जना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा आज साँझ थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज ७ जिल्ला गरी १०४ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बाग्लुङका ६ जना, कास्कीका ७ जना, पर्वतका २१ जना नवलपरासी बर्दघाट सुस्ता पूर्वका २१ जना, तनहुँका १ जना,स्याङ्जाका १३ जना रहेका छन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गोराखाका १८ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुर बर्दघाट सुस्ता पूर्वका १७ जनामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा राखिनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

हेल्थ टिभी अनाइन\काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय युवकको हिजो राती मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रादेशिक अस्पताल सुर्खेतको आइसोलेसनमा उपचार गराइरहेका उनी क्षयरोग र दमको समेत बिरामी रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

गत असार ३ गते उनलाई दैलेखको दुल्लु अस्पतालबाट रिफर गरी थप उपचारका लागि सुर्खेत पठाइएको थियो । सुर्खेतमा उनको कोरोना परीक्षण गर्दा असार ४ गते कोरोना पाजेटिभ पाइएपछि उनको सोही अस्पतालको आइसोलेसनमा उपचार हुँदै गर्दा सोमबार राती मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट  मृत्यु हुनेकाे संख्या २४ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप ५३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो

नेपालमा थप ५३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्ला गरी थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । मन्त्रालयका अनुसार आज ७६ जना डिस्चार्ज भएसँगै २ हजार २ सय २४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपाल क्यान्सर अस्पतालमा कोभिड-१९को जोखिम न्यूनीकरण सम्बन्धी छलफल

नेपाल क्यान्सर अस्पतालमा कोभिड-१९को जोखिम न्यूनीकरण सम्बन्धी छलफल

हेल्थ टिभी अनलाइन\ काठमाडौं: हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले होम आइसोलेसनमा बस्दा संक्रमितहरुले अपनाउनुपर्ने सावधानीकाबारेमा छलफल गरेको छ । सोमबार अस्पतालमा गरिएको छलफल कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारीको सहभागिता रहेको थियो ।

अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीहरु, अझ विशेषत बिरामीहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिहालेमा र तुरुन्त अस्पतालमा भर्ना गर्न नपर्ने स्थिति देखा परेमा घरैमा बसी सुरक्षित रुपमा कसरी कोभिड- १९ सँग लड्न सकिन्छ भन्ने विषयमा हस्पिटलका सर्जिकल नर्सिङ्ग विभागका सुपरभाइजर सबिता पौडेल तथा सर्जिकल रजिस्ट्रार डा. आतिश दर्शन वज्राचार्यले आफ्नो भनाईहरु राखेका थिए ।

कोभिड १९ को महामारीले विश्वव्यापी रूप लिईसकेको र यसको विरुद्धमा कुनै पनि औषधि र खोप नबनेकाले अबका दिनहरुमा कसरी आफू,क्यान्सरका बिरामी,परिवार र अस्पतालका कर्मचारीलाई सुरक्षित हुन सकिन्छ भन्ने विषयमा छलफल भएको सर्जिकल नर्सिङ्ग विभागकी सुपरभाइजर सबिता पौडेलले जानकारी दिईन्। छलफल कार्यक्रममा कोरोनाबाट संक्रमित भइहालेमा पनि घरमै बसेर हल्का लक्षण भएका संक्रमितहरुले आफ्नो सफाई, मास्कको प्रयोग तथा अन्य स्वच्छ आनीबानीको प्रोत्साहन गरेमा आफूबाट अरुमा हुने संक्रमण धेरै नै हदसम्म निर्मुल पार्न सकिने बताइएको थियो ।

संक्रमितले सकेसम्म छुट्टै सुत्ने कोठा तथा शौचालयको प्रयोग गर्ने, आफूले प्रयोग गरेको मास्क, टिस्यु पेपर जस्ता भाइरसको संचय हुने वस्तुहरुको प्रयोगपछि उचित व्यवस्थापन गर्ने कार्यहरुले संक्रमणको जोखिम धेरै कम हुने डा दर्शन वज्राचार्य बताए । क्यान्सरका बिरामीमा जोखिम अझ धेरै हुने भएकाले उनीहरुले अझ विशेष सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भान्सामै छन् रोग प्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेदिक औषधि

भान्सामै छन् रोग प्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेदिक औषधि

हेल्थ टिभी अनलाइन : हामीले परापूर्व कालदेखि भान्सामा प्रयोग गर्दै आएका सबै मसालामा केही न केही गुण भएको पाइन्छ ।  त्यसबेला शरीरलाई फाइदा गर्छ भनेर पुर्खाहरुले प्रयोग गरेको भए पनि यिनीहरुको फाइदाकोबारेमा विभिन्न अध्ययनहरुले प्रमाणित नै गरेका छन्। हामीले प्रत्येक दिन भान्सामा प्रयोग गर्ने मर मसालामा एन्टिभाइरल तत्वहरु पाइन्छ । जसले औषधिको रुपमा काम गर्छन। नेपाल जडीबुटीको धनी देश हो । रोग प्रतिरोधात्मक शक्ति बढाएर व्यक्तिलाई स्वस्थ राख्न आयुर्वेदले ठुलो मद्दत गर्छ । अहिले कोभिड- १९ को महामारी शुरु भएपछि झनै आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिको बढी चर्चा र महत्व हुन थालेको छ ।

कोभिड- १९ को कुनै खोप तथा औषधि नबनेकाले पनि अहिले विश्वले नै आ आफनो ढंगबाट आयुर्वेदको प्रयोग गर्न थालेका छन्। छिमेकी मुलुक भारत र चाइनामा त यसमा ठुलो लगानी पनि छ । हामीकहाँ चाहिं लगानीको हिसाबले कम प्राथमिकतामा परेको भए पनि यसको प्रयोग भने पहिल्यैदेखि भएको पाइन्छ । पहिल्यैदेखि रोग प्रतिरोधी क्षमता कम भएकालाई कोरोना भाइरसले बढी क्षति गर्छ भन्ने कुरा अध्ययनहरुले देखाएका छन्। त्यसैले पनि अब हामीले यो कुरामा ध्यान दिन जरुरी छ ।रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा कोभिड-१९ मात्रै हैन अन्य कुनै पनि भाइरसले क्षति कम गर्ने हुँदा हामीले रोग प्रतिरोधी क्षमता बढाउनतर्फ ध्यान दिन जरुरी छ ।  विश्वलाई नै त्रसित बनाएको र हालसम्म ४ लाख ७२ हजार बढी मानिसको ज्यान लिएको कोरोना भाइरसको कुनै पनि औषधि नभएकाले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनु बाहेक हामीसँग अर्को  कुनै विकल्प छैन्।

कोभिड- १९ को कुनै खोप तथा औषधि नबनेकाले पनि अहिले विश्वले नै आ आफनो ढंगबाट आयुर्वेदको प्रयोग गर्न थालेका छन्। छिमेकी मुलुक भारत र चाइनामा त यसमा ठुलो लगानी पनि छ । हामीकहाँ चाहिं लगानीको हिसाबले कम प्राथमिकतामा परेको भए पनि यसको प्रयोग भने पहिल्यैदेखि भएको पाइन्छ । पहिल्यैदेखि रोग प्रतिरोधी क्षमता कम भएकालाई कोरोना भाइरसले बढी क्षति गर्छ भन्ने कुरा अध्ययनहरुले देखाएका छन्। त्यसैले पनि अब हामीले यो कुरामा ध्यान दिन जरुरी छ ।

अहिले पनि हामी सामान्य रुघाखोकी लाग्दा तुलसी, बेसार पानी खान्छौं । जसमा एन्टि भाइरल तत्व हुन्छ र औषधिको रुपमा काम गर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा कोभिड-१९ मात्रै हैन अन्य कुनै पनि भाइरसले क्षति कम गर्ने हुँदा हामीले रोग प्रतिरोधी क्षमता बढाउनतर्फ ध्यान दिन जरुरी छ ।  विश्वलाई नै त्रसित बनाएको र हालसम्म ४ लाख ७२ हजार बढी मानिसको ज्यान लिएको कोरोना भाइरसको कुनै पनि औषधि नभएकाले शरीरमा रोग प्रतिराधात्मक शक्ति बढाउनु बाहेक हामीसँग अर्को  कुनै विकल्प छैन्। यी हुन् रोग प्रतिरोधात्मक शक्ति बढाउने जडीबुटीहरु । यसरी खान सकिन्छ :

१.  गुर्जो ५ ग्राम लिएर आधा लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चिया जस्तै प्रयोग गरौं ।
२ . असुरोको पात र बेसारलाई १ लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चिया जस्तै प्रयोग गरौं ।
३ . सुठो, मरिच, पिप्ला २ ग्राम र तुलसीको पात ५ वटा पात १ लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि सेवन गरौं ।
४.  तेजपात २ ग्राम र दालचिनी २ ग्राम आधा लिटर पानीमा पकाएर चिया जस्तै गरेर प्रयोग गरौं ।
५ . नियमित योग तथा प्राणयाम गरौं ।

यी बाहेक हामीले प्रत्येक दिन भान्सामा प्रयोग गर्ने बेसार, अदुवा, लसुन, मरिच, ज्वानो, तेजपत्ता, करिपत्ता, जिरा, मेथी,जाइफल, ल्वाङ, सुकमेल जस्ता जडीबुटीले पनि हामीलाई प्रतिरोधी क्षमता बढाएर कोरोनालाई जित्न मद्दत गर्नेछन्।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा उपाध्यायसँग हेल्थ टिभी अनलाइनका लागि कल्पना आचार्यले गरेको कुराकानीमा आधारित:

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

अमेरिकामा कोरोना कहर: झण्डै सवा लाख मानिसको मृत्यु

अमेरिकामा कोरोना कहर: झण्डै सवा लाख मानिसको मृत्यु

हेल्थ टिभी अनलाइन:  कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा भण्डै सवा लाख मानिसको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार अमेरिकामा हालसम्म १ लाख २२ हजार ६१० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यसैगरी अमेरिकामा २३ लाख ८८ हजार १५३ जनामा कोराना संक्रमण पुष्टि भएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी क्षति अमेरिकामा भएको छ । त्यहाँ संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । गत २४ घण्टामा मात्रै अमेरिकामा  ३१ हजार ४९६ नयाँ संक्रमित थपिएका छन्। जबकी ३६३ जनाको मृत्यु भएको बताइएको छ ।

पछिल्लो समय भने कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिका भन्दा ब्राजिलमा धेरै देखिएको छ । यद्यपी संक्रमितको संख्या भने अमेरिकामा नै धेरै छ । वर्ल्डोमिटरका अनुसार त्यहाँ संक्रमित मध्ये १० लखा बढी संक्रमित उपचारपछि निको भएका छन्। १२ लाख बढी संक्रमितको अहिले पनि विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । अमेरिकाको न्यूयोर्क सबैभन्दा बढी प्रभावित भएको छ । न्यूयोर्कमा मात्रै ४ लाख ११ हजार ९सय ७२ जनामा कोराना पुष्टि भएको छ ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज साँझ विज्ञप्ति जारी गर्दै ८ जिल्लाका ५३ जनामा कोरोना देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ ।

निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा तनहुँका १७ जना, स्याङ्जाका ९ जना, बाग्लुङका ८ जना,गोरखाका ११ जना, लमजुङका ५ जना, पर्वतका १ जना, नवलपुरका १ जना र कास्कीका १ जना गरी ५३ जना रहेका छन्।

हाल उनीहरु सबै क्वारेन्टाइनमा रहेको निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि भए लगत्तै उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको पनि निर्देशनालयले जनाएको छ । उनीहरुको हालको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कैलालीमा क्वारेन्टाइनबाट घर पठाइएका युवकको मृत्यु, कोरोना परीक्षण हुँदै

कैलालीमा क्वारेन्टाइनबाट घर पठाइएका युवकको मृत्यु, कोरोना परीक्षण हुँदै

शेर भण्डारी\डडेल्धुरा : कैलालीमा क्वारेन्टाइनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको आज साँझ मृत्यु भएको हो।

उनलाई हिजो मात्रै घर पठाईएकोमा आज साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। उनी भारतबाट आएर जिल्लाको क्वारेन्टाइनमा बसेका थिए । स्वास्थ्य मन्त्रालयको नयाँ कार्यविधि अनुसार उनलाई १४ दिनपछि परीक्षण नै नगरी आइतबार घर पठाइएको थियो ।

उनका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टाइनबाट घर पठाईएको थियो। मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षणको तयारी भईरहेको उनले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा रसुवा बाहेक सबै जिल्लामा पुग्यो कोरोना भाइरस

नेपालमा रसुवा बाहेक सबै जिल्लामा पुग्यो कोरोना भाइरस

हेल्थ टिभी अनलाइन\काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण  सोमबारसम्म ७६ जिल्लामा फैलिएको बताएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत माघबाट देखिन थालेको कोरोना संक्रमण बाग्मती प्रदेशको रसुवा  बाहेक सबै जिल्लामा फैलिएको बताएका हुन्।  उनका अनुसार नेपालको ७७ जिल्लामध्ये एउटा रसुवा जिल्लामा मात्र कोरोना भाइरसको संक्रमित फेला परेका छैनन्। नेपालमा पहिलोपटक गत माघ १० गते चीनको वुहानबाट आएका एक विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । त्यसबेला उनको कोरोना पुन: पुष्टि गर्नका लागि स्वाबको नमुना हङकङ पठाइएको थियो ।

आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगिसकेको छ । मन्त्रालयका अनुसार हालसम्म १ लाख ८१ हजार ३७१ जनाको पीसीआर परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै ६ हजार १९८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ९० हजार ७३० रहेको छ । संक्रमित भएर विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचारमा रहनेको संख्या ७ हजार ७ सय ८९ रहेको छ । यसैगरी हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २ हजार १ सय ४२ रहेको पनि मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं:  नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्ला गरी थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बाग्मती प्रदेशको रसुवा जिल्लाबाहेक ७६ जिल्लामा नै कोरोना फैलिएको जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५ जना स्वास्थ्यकर्मीमा कोरोना देखियो

कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५ जना स्वास्थ्यकर्मीमा कोरोना देखियो

हेल्थ टिभी अनलाइन\काठमाडौं : कर्णाली प्रदेश अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भएको अस्पतालले पुष्टि गरेको छ । प्रदेश अस्पतालको इमरजेन्सीमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पुष्टि भएपछि उनीहरुको परीक्षण गरिएको थियो ।

संक्रमितको सम्पर्कमा आएका ४२ जनालाई क्वारेन्टाइनमा राखी स्वाब लिइएको थियो । ती मध्ये ५ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार यसरी कोरोना पुष्टि हुनेहरुमा प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मी ४ जना र एक्सरेमा काम गर्ने १ जना भएको बताइएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालकै आइसोलसनमा राखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा एकैदिन थपिए झण्डै १५ हजार कोरोना संक्रमित

भारतमा एकैदिन थपिए झण्डै १५ हजार कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं: भारतमा एकैदिन झण्डै १५ हजार कोरोना संक्रमित थपिएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतमा एकैदिन ४४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म भारतमा ४ लाख २५ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १३ हजार ६ सय ९९ जनाको मृत्यु भइसकेको छ । भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । तीन महिनादेखि लकडाउन जारी राखे पनि त्यहाँ संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्याङ्जा र नवलपरासीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

स्याङ्जा र नवलपरासीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै सोमबार बिहान दुई जिल्ला गरी थप २० जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२० पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका ८ जना पुरुष, कालिगण्डकी गाउँपालिकाका २ जना पुरुष रहेका छन्। यसैगरी नवलपरासी पूर्व बौदिकालिका गाउँपालिकाका ८ जना पुरुष रहेका छन्।

निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार उनीहरु सबै जना भारतबाट आएका हुन्। उनीहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनका लैजाने तयारी भैरहेको पनि डा शर्माले जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना जितेर डिस्चार्ज भए कैलालीका वडाअध्यक्ष

कोरोना जितेर डिस्चार्ज भए कैलालीका वडाअध्यक्ष

हेल्थ टिभी अनलाइन:  कैलालीको गोदावरी नगरपालिकाका पहिलो कोरोना संक्रमित कोरोना जितेर आइतबार घर फर्किएका छन।

गोदावरी नगरपालिका–१ का वडाअध्यक्ष तथा नगरपालिकाको कोरोना सचेतना र उद्दारका लागि बनाइएको टास्क फोर्सका संयोजक समेत रहेका शर्मानन्द भट्ट आज कोरोना जितेर घर फर्किएका हुन।

पीसीआर रिपोर्ट नगेटिभ आएका भट्टलाई नगरपालिकाले स्थापना गरेको आइसोलेसनबाट नगरप्रमुख हरीसिंह साउँदले फूल गुच्छा  दिएर विदाई गरेका थिए ।

१४ दिनको आइसोलेसन बसाईपछि कोरोना जितरे घर फर्कने क्रममा भट्टले संचारकर्मीहरुसँग आफूलाई कोरोना जित्नको लागि मनोबल बढाउन हौसला दिने सम्पुर्णलाई धन्यवाद दिए। उनले भने, ‘अरुको उद्धारमा खटिएकै समयमा म पनि संक्रमित हुन पुगे ।  उच्च मनोबलले कोरोना जित्न सकिने रहेछ भन्ने लागेको छ ।’

उनले कोरोना जित्नको लागि सबैभन्दा ठुलो कुरा उच्च मनोबल नै भएकाले कोरोना लाग्दैमा नआत्तिन आग्रह पनि गरे।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

क्यान्सर पीडित दिनालाई क्यान्सर सर्भाइभर्स सोसाइटीको सहयोग

क्यान्सर पीडित दिनालाई क्यान्सर सर्भाइभर्स सोसाइटीको सहयोग

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले क्यान्सर पीडित दिना परियारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपालगंज खजुराकी २४ वर्षीया क्यान्सर पीडित दिना परियारले अस्पतालमा उपचार खर्च तिर्न नसकेर डिस्चार्ज हुन नसकेको समाचार आइतबार हेल्थ टिभी अनलाइनमा प्रकाशित भएको थियो । त्यही समाचार प्रकाशित भएपछि सर्भाइभर्स सोसाइटीकी अध्यक्ष प्रमिता खनालले सम्पर्क गरी आज शिक्षण अस्पताल पुगी १० हजार रुपैयाँ सहयोग गरेकी हुन्। सहयोग रकम हस्तान्तरण गर्दै खनालले तत्कालका लागि यति सहयोग गरेको भए पनि आगामी दिनमा अन्य सहयोग गर्ने आश्वासन समेत दिईन्।

दिना १० महिनादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर क्यान्सरको उपचार गराउँदै आएकी छिन्। उनको उपचार पूरा भएको र अब अस्पताल बस्नुपर्ने बाध्यता नरहेको भन्दै डाक्टरले डिस्चार्ज हुन बारम्बार भने पनि उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज हुन सकेकी छैनन्। उनले आफूलाई अस्पातालबाट निस्कन सहयोग गरिदिन सबैसँग अनुरोध गरेकी छिन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप ४२१ जनामा देखियो संक्रमण, नेपालमा संक्रमितको संख्या ९ हजार नाघ्यो

थप ४२१ जनामा देखियो संक्रमण, नेपालमा संक्रमितको संख्या ९ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा गत २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विभिन्न जिल्ला गरी थप ४२१ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्।

उनका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । पछिल्लो २४ घण्टामा १९४ जना कोरोना जितेर घर फर्केका छन्।  योसँगै कोरोना जितेर घर जानेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

गत २४ घण्टामा देशभरका २२ प्रयोगशालामा गरिएको पीसीआर परीक्षण  ६ हजार ८ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ७५ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं: बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै आज ३ जिल्लामा गरी ७ जनामा कोरोना देखिएको जनाएको हो।

आज संक्रमण पुष्टि हुनेहरुमा बर्दिया ठाकुरबाबाका ३ जना, रोल्पा सुनिलस्मृतिका ३ जना र बाँके जानकी गाउँपालिकाका १ जना रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अबको तीन महिनामा ३९ हजार संक्रमित पुग्न सक्ने मन्त्रालयको अनुमान, ५ स्थानमा पीसीआर मेशिन थप्दै

अबको तीन महिनामा ३९ हजार संक्रमित पुग्न सक्ने मन्त्रालयको अनुमान, ५ स्थानमा पीसीआर मेशिन थप्दै

हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको तीन महिना अर्थात भदौको अन्तिमसम्म ३९ हजार कोरोना संक्रमित फेला पर्नसक्ने अनुमान गरेको बताएको छ ।

शनिबार स्वास्थ्य पत्रकारहरुसँगको छलफल कार्यक्रममा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अहिलेको संख्या हेर्दा भदौसम्म ३९ हजार जति संक्रमित थपिने अनुमान गरेको र त्यही बमोजिम रणनिती बनाउन शुरु गरेको बताएका हुन्। मन्त्री ढकालले भने, ‘अहिले दैनिक रुपमा जुन गतिमा संक्रमित थपिएका छन् त्यसको आधारमा अनुमान गरिएको हो । तलमाथि त हुनसक्छ ।’ उनले परीक्षणको दायरा बढाउने विषयमा जनसंख्याको २ प्रतिशतलाई परीक्षण गरिने कुरा दोहोर्याउँदै असार पन्ध्र भित्रै दैनिक १० हजार जनाको काेराेना परीक्षण गरिने गरी प्रयोगशालाको क्षमता वृद्धि गरिने जानकारी दिए ।

उनले पत्रकारहरुको प्रश्नमा स्वास्थ्य मन्त्रालयले कानूनसम्मत स्वास्थ्य सामग्रीको खरिद गरेको र यसमा शंका गर्नुपर्ने कुरा नरहेको जिकीर गरे । उनले पत्रकारहरुलाई आफूलाई अनियमितता भएको भनि समाचार लेख्नेले भोलि गलत समाचार लेखेछु भनेर पछुताउनुपर्ने हुनसक्छ भन्दै यस्ता कुरा बुझेर मात्र लेख्न आग्रह गरे । उनले आफू मन्त्रालयमा सम्पत्ति जोड्नका लागि नआएको भन्दै लोभ र प्रभावमा नपर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले परीक्षणको दायरा बढाएर दैनिक १० हजार बनाउनका लागि उपत्यकामा ३ सहित ५ स्थानमा पीसीआर मेशिन थप्न लागिएको जानकारी दिए । सचिव अर्यालले काठमाडौंभित्र नेपाली सेनाको छाउनी अस्पताल, नेपाल प्रहरीको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल र राजधानी बाहिर दैलेख र डडेल्धुरामा पीसीआर परीक्षण गर्नका लागि प्रयोगशाला थप गर्ने बताए ।

छलफल कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले अझै कम्तीमा दुई महिनाका लागि सामान पुग्ने गरी मौज्दात गरिएको र केही आउने क्रममा रहेको जानकारी दिए ।

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले अहिलेसम्म ९८ प्रतिशत संक्रमित बाहिरबाट आएको भन्दै समूदाय स्तरमा कोरोना नफैलिएको बताए । उनले कन्ट्याक्ट टेसिङका लागि जनशक्ति थप गर्ने कार्य अघि बढिसकेको पनि जानकारी दिए ।

यसैरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाले स्वाब होल्ड भएको कुरामा अमेरिका यूकेका सुविधासम्पन्न ल्याबमा पनि केही समयका लागि स्वाब होल्ड हुने देखिएको भन्दै नेपालमा पनि जनशक्ति, प्रयोगशालाको क्षमता आदीका कारण केही नमुना होल्ड भइरहेको बताईन्। तर उनले अब भने बिस्तारै होल्ड हुने क्रम घटेको र पीसीआर मेशिन थप हुनासाथ समस्या कम हुँदै जाने जिकीर गरिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘योग विज्ञानको पनि विज्ञान हो’

‘योग विज्ञानको पनि विज्ञान हो’

योग मानिसभित्रको सम्पूर्ण सम्भावनालाई उजागर गर्ने कला संस्कृति र विज्ञानको नाम हो। योग किन गर्ने विषयमा विभिन्न कालखण्डमा विभिन्न खालका चर्चा भए। जतिबेला योगको जन्म भयो, त्यो वेला ‘योग सबैका लागि, सधैँका लागि भनेर बुझिन्थ्यो। अर्को कालखण्डमा अलि फरक ढंगले सोचियो। यो सीमित समूहले मात्र गर्ने भनियो।

योगलाई अहिले औषधिशास्त्रको रूपमा बुझिएको छ। अहिले रोग लागेपछि योग गर्नुपर्छ भन्ने गरिन्छ। तर मूल रूपमा भन्ने हो भने योग रोगसँग मात्र सम्बन्धित छैन। यो अध्यात्मसँग मात्र सम्बन्धित छैन, मानिसको वैयक्तिक विकासको विराट पाटोसँग सम्बन्धित छ। योगमा त्यस्तो थुप्रै विधि विज्ञानसम्मत छन्।

योगले अहिंसाको कुरा गरेको छ। यसमा समानताको कुरा छ। योगभित्रै चेतनाको विस्तार छ। शरीर स्वस्थ नभएसम्म योगाभ्यास गर्न सकिँदैन। योग भनेको शारीरिक व्यायाम मात्रै होइन। प्रेम, करुणा, सबै योगसँग सम्बन्धित छ। यसले जीवनका धेरै पाटा सिकाउँछ ।

पछिल्लो समय सबैमा दिनदिनै तनाव बढिरहेको छ यसलाई चिकित्साशास्त्रले मात्र समाधान गर्न सक्दैन। यसमा योग विज्ञानको ठुलो भूमिका हुनसक्छ । यसले चेतनाको रुपान्तरणको कुरा गर्छ। सकारात्मक विचारको कुरा गर्छ । यसले जीवन पद्धतिलाई सुधार्छ। यो पूर्ण विज्ञान हो। विज्ञानको पनि विज्ञान हो योग।

योग सधैँका लागि सबैका लागि हो। योगका क्रममा ध्यानका प्रारम्भिकक अभ्यास श्वास लिने कला सिकाउनु पर्छ। ‘मलाई रोग लागेका छैन किन योग गर्नेरु’ भनेर कसैले भन्छ भने उसले जीवन बुझेको छैन भनेर बुझ्नुपर्छ।

शिक्षामा स्वास्थ्यमा योगलाई प्रवेश गराउन जरुरी छ र देशले समृद्धिको कुरा गरेको छ। समृद्धि भनेको पैसा मात्र होइन। योग गरेर स्वस्थ बनेर आर्थिक समृद्धि ल्याउन सकिन्छ। अहिले हिमालय क्षेत्रमा गएर योग गर्नुपर्छ भनेर लहड चलेको छ। विश्वका मानिस योगका लागि नेपाल आउन चाहन्छन्। हामीले यो कुरा विस्तार गदै लग्न सक्नुपर्छ।

नेपालमा जन्मेको योग पछिल्लो समय भारत चीन हुँदै अन्य मुलुकमा प्रख्यात हुँदै गएको छ। यो हाम्रो संस्कृति हो । त्यसैले यसलाई सम्बर्धन गर्न हामी सबै लाग्नुपर्छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

ताजा अपडेट