गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिए

गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै ४ जिल्लामा थप १७ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या ९६६ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तनहुँका ५ जना, स्याङजाका १ जना,लमजुङका ३ जना र कास्कीका ८ जनामा कोरोना पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २१४ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं : गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै ५ जिल्लामा थप ५३ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९४९ पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका १० जना, तनहुँका १० जना, बाग्लुङ गल्कोटका १४ जना, पर्वतका १३ जना र गोरखाका ६ जना गरी ५३ जना रहेका छन्। निर्देशनालयका अनुसार आज १६ जना डिस्चार्ज भएसँगै गण्डकी प्रदेशमा कोरोना जितेर घर जानेको संख्या २१४ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्टार अस्पतालले पायो पीसीआर परीक्षण गर्ने अनुमति

सरकारको निर्देशिका बमोजिम आफ्नै बिरामीको परीक्षण गर्न भने नमिल्ने

स्टार अस्पतालले पायो पीसीआर परीक्षण गर्ने अनुमति

हेल्थ टिभी अनलाइन\ काठमाडौं: ललितपुरको सानेपास्थित स्टार अस्पतालले कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने अनुमति पाएको छ । निजी अस्पतालले कोरोना परीक्षणको अनुमति पाएको यो नै पहिलो अस्पताल हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबार पत्र पठाउँदै अस्पताललाई पीसीआर परीक्षण गर्ने अनुमति दिएको हो । पत्र अनुसार अब अस्पतालले सरकारको निर्देशिका बमोजिमका स्वाब परीक्षण गर्न पाउनेछ । अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले अस्पतालले कोरोनाको पीसीआर परीक्षणको लागि अनुमति पाएको भन्दै तीन वटा मेशिनबाट दैनिक १ हजारसम्म परीक्षण गर्न सकिने बताए ।

तर योसँगै उनले गुनासो पनि राखेका छन्। उनले भने, ‘अस्पतालले परीक्षण गर्ने अनुमति पायो यो खुशीको कुरा हो तर यहाँ दुखको कुरा हामी सरकारको निर्देशिका बमोजिम आफ्नै बिरामीको परीक्षण गर्न भने पाउँदैनौं ।’ हाम्रो शल्यक्रिया गर्नुपर्ने वा अन्य बिरामीको परीक्षण गर्नुपरेमा पाटन वा टेकु ल्याबमै पठाउनुपर्छ । त्यसैले यो निर्देशिका संसोधन हुन जरुरी । उनले थपे, ‘आफ्नो अस्पतालमा परीक्षण हुन्छ, सबै सेटअप छ तर परीक्षण भने गर्न नपाइने यो कत्तिको सान्दर्भिक भयो त उनले प्रश्न गरे ।’  हामीले अन्य अस्पतालको बिरामीको परीक्षण गर्न पनि खोजेका होइनौं । कम्तीमा आफनो अस्पतालमा भर्ना भएका र आवश्यक पर्ने बिरामीलाई त परीक्षण गर्न पाउनुपर्ने हो नि ,उनले थपे ।

सरकारले मापदण्ड पूरा गरेका निजी अस्पताललाई कोरोनाको पीसीआर परीक्षण गर्न दिने तर सरकारले संकलन गरेका स्वाब मात्रै परीक्षण गर्नुपर्ने मापदण्ड बनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी सोमबार थप ४७६ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर घर जानेको संख्या ३ हजार १३४ पुगेको छ भने हालसम्म कोरोनाका कारण २९ जनाको ज्यान गएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मेडिसिटीमा सुत्केरी गराएको झण्डै २ लाखको बिल आएपछि…

मेडिसिटीमा सुत्केरी गराएको झण्डै २ लाखको बिल आएपछि…

कल्पना आचार्य\काठमाडौं  : ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालले सुत्केरी गराएको नै झण्डै २ लाख रुपैयाँ लिने गरेको खुलेको छ । अस्पतालले सानेपाकी एक महिलाको सुत्केरी गराएको झण्डै दुई लाख रुपैयाँ लिएको पाइएको हो । सानेपाका प्रसिद्ध खड्गी आफ्नी नर्स श्रीमतीलाई सुत्केरी गराउन असार ७ गते मेडिसिटी अस्पताल पुगे । उनी मेडिसिटीको सेवा लिन पहिलोपटक त्यहाँ गएका हुन्। त्यस अस्पतालमा कार्यरत  स्त्री रोग विशेषज्ञ निरा सिंह श्रेष्ठको क्लिनिकमा देखाउँदै आएकाले पनि डा निराकै सुझावमा उनी श्रीमती लिएर सो अस्पताल पुगेका थिए ।

असार ७ गते राती अस्पताल पुगे पनि भोलिपल्ट मात्रै शल्यक्रियात्मक सेवामार्फत सुत्केरी गराइयो । सबै राम्रै थियो । तर तीन दिनको बसाइपछि डिस्चार्ज गर्ने बेला जब उनले बिल हेरे त्यसपछि आफू छाँगाबाट खसेजस्तै भएको बताए ।
उनी आफै पनि स्वास्थ्यकर्मी हुन् । उनलाई धेरै खर्च भए १ लाख भित्रै सबै भइहाल्छ भन्ने लागेको थियो । तर झण्डै दुई लाखको बिल देखेपछि एकछिन त उनी अवाक भए । उनलाई थमाइएको बिलमा सर्जरी गरेको मात्रै ९४ हजार ५० रुपैयाँ लिइएको छ ।

मलाई शुरुमा थाहा भएन सिंगल क्याबिनमा बसें, त्यही अनुसार ओटी चार्ज, औषधिको रकम निर्धारण गर्ने रहेछन । गएर बुझ्दा बेडको आधारमा ‘ओटी चार्ज’ लिने रहेछन्। यस्तो त कहीं पनि देखेको थिइन । जनरल बेडमा बस्दा ६८ हजार, सेमी क्याबिनमा बस्दा ७८ हजार, सिंगल क्याबिनमा बसेको ८८ हजार र डिलक्समा १ लाख रूपैयाँ रहेछ । एउटै ओटी, एउटै डाक्टर तर बिरामी कुन बेडमा बसेको छ सोअनुसार पैसा निर्धारण यो भन्दा अचम्म अर्को के होला उनले प्रश्न गरे ।

लकडाउनका बेला सबैतिर कोरोनाको त्रास, आफूले देखाइरहेको डाक्टर र घर नजिक भएकाले पनि यहाँ आएको ढाडै सेक्ने गरी पैसा लिने रहेछ उनले दुखेसो पोखे । उनले सुत्केरी गराएको मात्रै शुल्क कसरी यति धेरै हुन्छ भनेर प्रशासनसँग कुरा पनि गरे । तर उनी भन्छन्, ‘कोही कुरा सुन्न तयार नै छैनन्।’ अन्तत उनी बिल बराबरको  १ लाख ८२ हजार २ सय ५१ रुपैयाँ बुझाएर निस्के । उनले भने, ‘त्यहाँ बिरामी कस्तो बेडमा बसेको छ सो अनुसार पैसा तिर्नुपर्ने रहेछ।’

‘मलाई शुरुमा थाहा भएन सिंगल क्याबिनमा बसें, त्यही अनुसार ओटी चार्ज, औषधिको रकम निर्धारण गर्ने रहेछन । गएर बुझ्दा बेडको आधारमा ‘ओटी चार्ज’ लिने रहेछन्। यस्तो त कहीं पनि देखेको थिइन ।’ जनरल बेडमा बस्दा ६८ हजार, सेमी क्याबिनमा बस्दा ७८ हजार, सिंगल क्याबिनमा बसेको ८८ हजार र डिलक्समा १ लाख रूपैयाँ रहेछ । एउटै ओटी, एउटै डाक्टर तर बिरामी कुन बेडमा बसेको छ सोअनुसार पैसा निर्धारण यो भन्दा अचम्म अर्को के होला उनले प्रश्न गरे ।

यतिसम्मकी औषधिको पैसा पनि बिरामीको बेड अनुसार बढ्दै जाने रहेछ । सिंगल बेडमा बस्दा बित्तिकै धेरै पैसा भएको त हुँदैन नि । अस्पतालको अर्को बदमासी गर्भवती भएदेखि नै श्रीमतीले डा निरालाई देखाएको कारणले उनले नै मेडिसिटी अस्पतालमा शल्यक्रियामा सहभागी हुने भनि त्यहाँ गइएको भए पनि उनी भने त्यस दिन ढिलो गरी अस्पताल आएको र शल्यक्रियामा अर्के डाक्टर रहेको खड्गीले बताए । जम्मा तीन दिन अस्पताल बसेका उनलाई अस्पतालले दुईवटा बिल जारी गरेको छ । असार १० गते जारी गरेको एउटा बिलमा १ लाख ७० हजार ३९७ रुपैयाँ लेखिएको छ भने सोही दिन थप ११ हजार ८५३ को अर्को बलि काटिएको छ । यो दुबै बिलको रकम जोड्दा १ लाख ८२ हजार २५१ रुपैयाँ हुन आउँछ ।

सरकारले आमा सुरक्षा कार्यक्रममार्फत तोकेका अस्पतालमा सुत्केरी सेवा निशुल्क दिंदै आएको भए पनि विविध कारणले सेवाग्राही मेडिसिटी जस्ता निजी अस्पताल जान बाध्य हुन्छन्। सेवाको रकम लिनु त स्वभाविक हो तर मेडिसिटीले भने शुरु देखि नै बिरामीबाट प्रसुती सेवाको लागि मोटो रकम लिंदै आएको पाइएकोछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्टार अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

अस्पताल भन्छ, हाम्रो कुनै पनि सेवा रोकिँदैन

स्टार अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुरको सानेपास्थित स्टार अस्पतालमा शनिबार मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालमा भर्ना भएका रौतहटका २९ वर्षीय पुरुषको शनिबार मृत्यु भएको र उनको स्वाब परीक्षण गरिएकोमा आइतबार राती रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले बताए ।

उनले भने, ‘बिरामी हामीकहाँ सिकिस्त अवस्थामा आउनुभएको थियो त्यसैले उहाँलाई हामीले कोभिड- १९ का बिरामीको लागि छुट्याइएको आइसीयूमा राखेर उपचार शुरु गरेका थियौं । उपचारकै क्रममा उहाँको शनिबार साँझ मृत्यु भएको हो ।’ मृत्यु हुनु अघि नै उनको स्वाब संकलन गरी परीक्षणका लागि पाटन अस्पताल पठाइएको उनले जानकारी दिए । रिपोर्ट ढिलो आउँदा उनको शव अस्पतालमै राखिएको र आज सेनाले व्यवस्थापन गर्ने डा रुपाखेतीले बताए ।

बिरामीमा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि रौतहटबाट ल्याएको भएपनि राजधानीका धेरै अस्पताल पुर्याएर लिन नमानेपछि अन्तिममा स्टार अस्पताल ल्याइएको थियो । स्टार अस्पतालले कोरोना शुरु भएदेखि नै तयारी गरेकाले स्वास्थ्कर्मी एक्स्पोज नभएको जनाएको छ । अस्पतालले उनलाई कोभिड- १९ को आशंका गरी त्यही अनुसार स्वास्थ्यकर्मीले पीपीई लगाएर उपचार गरेकाले र उनलाई राखिएको आइसीयू छुट्टै  भएकाले अस्पतालको सेवा प्रभावित नहुने डा रुपाखेतीले जनाएका छन्।

अस्पताल भन्छ, हाम्रो कुनै पनि सेवा रोकिँदैन

स्टार अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपनि कुनै पनि सेवा अवरुद्ध नहुने बताएका छन्। उनले आफना सम्पूर्ण स्वास्थ्यकर्मीले सुरक्षाका उपाय अपनाएर बिरामीको सेवामा लागेकोले उनीहरु कसैलाई पनि क्वारेन्टाइनमा बस्न नपर्ने र सेवा पनि अवरुद्ध नहुने बताएका हुन्। डा रुपाखेतीले भने, ‘हामीले कोभिड- १९ शंका लागेका बिरामीका लागि छुट्टै वार्ड तथा आइसीयू बनाएका छौं । त्यही कारणले पनि स्वास्थ्यकर्मी एक्स्पोज हुने कुरै आउँदैन्।सुरक्षाको हिसाबमा शुरुदेखि नै तयारी अवस्थामा छौ र सचेत छौं।

अस्पतालले सोही दिन बिरामीको स्वाब संकलन गरेर परीक्षणको लागि पाटन अस्पताल पठाएको भए पनि बढी लोडका कारण अस्पतालले आइतबार राती मात्र रिपोर्ट दिएको उनले बताए । रिपोर्ट ढिलो आउँदा बिरामीको उपचारमा निकै समस्या पर्ने गरेको उनको भनाई छ । स्टार अस्पतालले स्वास्थ्यकर्मी र बिरामीका लागि सुरक्षाका सबै संयन्त्र प्रयोग गरेकाले सेवाग्राहीलाई ढुक्कसँग सेवा लिन आउन पनि उनले आग्रह गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

असार १५ : माटोसँग खेल्नु स्वास्थ्यका लागि फाइदाजनक

असार १५ : माटोसँग खेल्नु स्वास्थ्यका लागि फाइदाजनक

डा. मनोज ढकाल

मनसुन शुरु हुने बित्तिकै किसानहरूको अनुहारमा अर्कै किसिमको खुशी छाउन थाल्छ । धान रोपाई वा धन रोपाईको तयारीमा उनीहरु व्यस्त हुन्छन्। परिवारका सबै सक्षम सदस्यहरू भेला भएर धान रोप्न थाल्छन् र गाउँमा एक अर्कालाई वृक्षारोपण पूरा गर्न मद्दत गर्छन्। यो एकताले गाउँलेहरुबीच अद्भुत सहयोग र सदभाव देखाउँछ ।यो समयमा उनीहरुको कढा परिश्रमले नै वर्षभरी खान पुग्छ । वर्षा र वृक्षारोपण जुन यसले सँगै ल्याउँछ विश्वको प्रायः सबै भागहरूमा यसलाई महत्वपूर्ण मानिन्छ। हामी नेपालीहरू पनि मनसुन अत्यन्तै सुन्दर तरिकामा मनाउँछौं।

सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा घोषणा गरेको छ । किसानहरुलाई प्रोत्साहित गर्न र बाली लगाउने चाडका रुपमा मनाउन परम्परागत रूपमा, महिलाहरू धानको बोट रोप्ने काममा संलग्न छन् र पुरुषहरु खेत जोत्दैछन्। किसानहरूले यसलाई हर्षोल्लासका साथ मनाउँछन् किनभने उनीहरू आफ्ना छिमेकीहरूलाई माटोमा खेल्न, एक अर्कामा माटो फ्याँक्छन् र परम्परागत लोक गीतहरूमा नाच गाउँछन्।

असार १५ अर्थात धान दिवसको पनि वैज्ञानिक महत्व छ। असार १५ मा यसरी माटोमा खेल्दै दही चिउरा खानु स्वास्थ्यका लागि पनि उतिकै महत्त्वपूर्ण छ। यसरी सबैजना एकजुट भएर धान रोप्नु, हिलो खेल्नु एकताको प्रतिक पनि हो। मानिसहरु यसरी नाचगान गर्दै माटोमा खेल्दा मनमा भएका चिन्ता र भयलाई पुर्णरुपमा बिर्सिन्छन जसले गर्दा डिप्रेसन,एन्जाईटी जस्ता खतरनाक रोगबाट लड्ने साहस र हौसला नि आउँछ। प्राकृतिक चिकित्सकहरुले माटोको विभिन्न प्रयोग गरेर विभिन्न रोगको उपचार गर्छन्।

यो दिन दही र कुटेको चामल खाने र एउटा खास प्रकारको स्थानीय पेय पदार्थ पिउने चिया भन्ने प्रचलन छ जुन च्याङ भनिन्छ जुन मूल रूपमा किण्वित चामलबाट बनेको हुन्छ। यो अनौंठो, मैला र रमाईलो उत्सव वर्ष भित्र धेरै पर्यटक आकर्षित गर्न सक्षम भएको छ र यस चाडमा भाग लिन चाहने पर्यटकको बढ्दो संख्याका कारण हरेक वर्ष विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। किसानको आनन्द र पीडालाई चित्रण गर्ने परम्परागत लोक गीत, असारे गितमा नाच्ने भाग बिर्सनु हुन्न। धान दिवस कुनै चाडपर्व भन्दा कम हुँदैन। फरक यती हो चाडपर्वमा नयाा कपडा लगाउने गरिन्छ भने यो समय हिलो कपडाको कोड हुन्छ ।

असार १५ अर्थात धान दिवसको पनि वैज्ञानिक महत्व छ। असार १५ मा यसरी माटोमा खेल्दै दही चिउरा खानु स्वास्थ्यका लागि पनि उतिकै महत्त्वपूर्ण छ। यसरी सबैजना एकजुट भएर धान रोप्नु, हिलो खेल्नु एकताको प्रतिक पनि हो। मानिसहरु यसरी नाचगान गर्दै माटोमा खेल्दा मनमा भएका चिन्ता र भयलाई पुर्णरुपमा बिर्सिन्छन जसले गर्दा डिप्रेसन,एन्जाईटी जस्ता खतरनाक रोगबाट लड्ने साहस र हौसला नि आउँछ। माटोको फाईदादेखि त हामी चिरपरिचित नै छौं । माटो पन्चमाहाबुधाको एउटा तत्व हो। प्राकृतिक चिकित्सकहरुले माटोको विभिन्न प्रयोग गरेर विभिन्न रोग जस्तै मोटोपन, मधुमेह, प्यारालाइसिस, छाला रोगजस्ता कयौ रोगको उपचार गर्छन्। माटोको फाईदा शरीरमा धेरै छ। असार १५ मा यसरी माटोसँग खेल्दा धेरै रोगहरु  निको हुने अड्कल काटिन्छ।

असार १५ मा माटोसँग किन खेल्ने त ?

माटोमा खनिज पाईन्छ जस्तै कालोनिट, बेन्टोनाइट, म्याग्नेशियम, पोटेशियम र माटोमा भएका अन्य खनिज पदार्थहरूले छालामा भएको अशुद्धतालाई सफा गर्ने काम गर्दछन्, र माटोमा भएका खनिजहरूले तातो कायम राख्न मद्दत गर्दछ, जसले मांसपेशीलाई आराम दिन, रक्त प्रवाहलाई उत्प्रेरित गर्न, र लिम्फेटिक प्रणाली सुधार गर्न मद्दत  गर्छ। यो समयको माटोमा वर्षातको कारणले सबै किसिमका खनिजले भरिपूर्ण भएकाले असार १५ मा खेल्नु अझ  महत्त्वपूर्ण छ।

माटोले तपाईंलाई खुशी बनाउँछ ( नयाँ अनुसन्धानले देखाए अनुसार मैत्री माटो ब्याक्टेरियाहरू (माइकोबैक्टेरियम भ्याक)  को मद्दतले मस्तिष्कलाई सेरोटोनिन रिलीज गर्ने प्रतिरक्षा प्रणालीलाई उत्तेजित गर्दछ। एन्डोरफिन मुडलाई नियमित गर्न प्रयोग गर्दछ। मस्तिष्क गतिविधि बढाउछ। जब मानिसहरु माटो खेल्छन् तिनीहरू आफ्ना सबै इन्द्रियहरू प्रयोग गर्छन् परिणामस्वरूप उच्च उत्तेजित र सक्रिय मस्तिष्क हुन्छ।

माटोले शारीरिक गतिविधि बढाउँदछ, जब बच्चाहरू बाहिर खेल्छन्, माटोमा आनुवंशिक आन्दोलन र शारीरिक गतिविधि बढ्छ, बच्चाहरूलाई स्वस्थ जीवनशैली कायम राख्न र उनीहरूको शारीरिक सक्षमता विकास गर्न मद्दत गर्दछ। माटोले तपाईंको निराशालाई कम गर्न मद्दत गर्दछ ( हिलोमा मित्रैलो ब्याक्टेरिया) को लिंक र तपाईंलाई खुशी पार्न यसको क्षमतालाई दिँदै वैज्ञानिकहरू भन्छन् कि माटोको नियमित सम्पर्कले उदासीनतालाई कम गर्दछ। माटोले एलर्जी र दमलाई कम गर्दछ आजको समाज पनि सफा छ भन्ने बढ्दो प्रमाणको साथ माटोमा खेल्नु युवा शरीरहरूमा प्राकृतिक प्रतिरोध बढाउनको लागि सुरक्षित र रमाईलो तरीका हो।

दही चिउरा उत्तिकै लाभदायक 

दही एक महान प्रोबायोटिक हो ( एक अवयव जसले लाइभ ब्याक्टेरियाहरू समावेश गर्दछ) यी राम्रा र लाभदायक ब्याक्टेरियाहरू पेटको गतिविधि सुधार गर्न, सूजन पाचन प्रणालीलाई शान्त पार्छ र पेटको खराबीको उपचार गर्दछ। असार १५ पछिको समय पाचन प्रणाली कम्जोर हुने र झाडा पखाला हुने भएकाले पाचन प्रणाली बलियो बनाउनलाई नि दही खाने चलन छ।  दहीको प्रयोग रोगप्रतिरोघात्मक शक्ति बढाउनुको साथ साथै छालको रोग, प्रेसर, मधुमेहको लागि नि राम्रो मानिन्छ। दहीमा पाइने ल्याक्टोवासिलस एसिडोफिलस ब्याक्टेरियाहरूले शरीरमा संक्रमणको वृद्धिलाई नियन्त्रण गर्न र शरीरमा हाइड्रोजन पेरोक्साइड उत्पादन गरेर खमिर मार्नलाई चिनिन्छ।

यसरी हाम्रा हरेक परम्परा,  संस्कृति विज्ञानसँग जोडिएका छन् जुन मानव स्वास्थमा नि उतिकै लाभदायक छ। असार १५ को सबैलाई शुभकामना !

डा. ढकाल योग तथा प्राकृतिक चिकित्सक हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

Collective intelligence in fight against COVID-19 in Nepal

Collective intelligence in fight against COVID-19 in Nepal

Ram Bahadur Khadka, Clinical Microbiologist

Collective intelligence (CI) ideas have been originated from Aristotle and extensive research has been conducted to this field. Over the past decade, CI has been largely applied due to advances in social technologies and in artificial intelligence (AI). World Health Organization (WHO) declared first outbreak of COVID-19 disease from China on December 31, 2019.  Blue Dot health monitoring platform from USA warned its customers from epidemic of an influenza-like diseases in Wuhan, China. It applied methods of CI and forecasted that the novel coronavirus would spread from Wuhan state to nearly closed countries like Thailand, Korea, Taipei and Tokyo.

Pierre Levy, French philosopher defined collective intelligence as “a form of universally distributed intelligence, constantly enhanced, coordinated in real time, and resulting in the effective mobilization of skills.  CI unites components of sociobiology, psychology, economics and computer science.  For example in nineteenth century, it took nearly 70 years to obtain the 400,000 words that made up the first full edition of the Oxford English Dictionary. A modern equivalent, Wikipedia, receives 1.8 changes per second and sees more than 6 million new pages created per month i.e. it includes a wide range of participatory methods, including crowd sourcing, open innovation, forecasting markets, citizen science and deliberative democracy.  CI offers at least four different opportunities to help decision makers and communities solve complex problems:

All modern examples of CI are based on bringing together people and / or data or ideas in some way.  From this, the central methods in CI can be described in general terms as divided into three categories.

  1. Connecting people with people: It is the oldest form of CI, which unites people with other people. It can facilitate the collection of distributed information, problem solving, peer learning and forecasting.
  2. Connecting people with data: It connects people and data and often involves crowds that generate, categorize or filter unstructured data, such as photos or audio recordings. Some methods offer deeper participation in processes beyond data collection, to include participants in the project definition, analysis and evaluation phases.
  3. Data-to-data connection: It brings together multiple and different data sets to help generate new and useful information. These methods are increasingly using unconventional human-generated data sources, such as social media posts, geo-location of cell phones and sensor data.

There have been several collective intelligence initiatives such as machine and data intelligence, do-it-yourself biological communities, open source test kits, crowd ideas and more.

Here are the top five collective intelligence ideas that can help developing countries fight the corona virus pandemic.

A- Mapping medical supply and demand: Most poor countries cannot afford to buy expensive medical equipment such as ventilators and masks, in some cases they don’t even know what tools they need. COVID-19 front-line workers and emergency services could use a mapping tool that connects local and national supplies, storage, real-time production units and act as required.

This would allow governments to see the needs of different healthcare facilities or even their existing capacity in real time. It would also help local aid agencies, businesses and producers to respond where supplies are scarce.

B- Open source local production: The design and specifications of the tools that can help fight COVID-19, such as PPE and N95 masks, must be made public so that local units with 3D printers and other similar infrastructures can help in the production process. There must be open source projects funded with crowd funding funds for things like making visors or recycled clothes, which also guarantees safety and provides other valuable information.

C- Use of community goods: People living in slums and other similar areas cannot keep their social distances to avoid COVID-19 infection. That’s why schools, churches, stadiums and other similar open spaces must become huge quarantine centers.

Mapping tools such as Open Street Map could be used to identify the location of these resources, in association with municipalities, businesses and community organizations. The humanitarian Open Street Map is already mobilizing its voluntary mapping communities, while Open Cities initiatives have considerable experience in mapping communities for crisis resilience.

D. Smart Surge Response: There is always a shortage of healthcare professionals during the COVID-19 epidemic or other chronic diseases. The trick is to find potential critical points where there are groups of such cases so that the surge voltage rate can be controlled with an appropriate response. Government resources and the humanitarian organization must work together and focus on their goal of fighting the coronavirus pandemic. During the HIV / AIDS pandemic and Ebola epidemics, countries quickly trained and mobilized health workers from affected communities. Community health workers may now be critical to keeping track of the number and symptoms of people with COVID-19

E- Medical Community Discussion: During the COVID-19 pandemic, scientists and doctors around the world discuss daily updates on their research. Nations with low literacy rates have some problems getting public health information. It is time for the global hive mind to unite and have no language barriers and translate everything into local languages. For poor countries with few doctors, mobilizing the collective intelligence of frontline health professionals and humanitarian agencies around the world can help accelerate the generation and distribution of relevant knowledge.

At present day, the treatment of Coronavirus is under investigation among the main developed nations, but its health system has difficulty managing the pandemic. Although the infection curve will soon flatten, the epicenter of COVID-19 could change in the future as less developed nations have no means of fighting the disease. Dealing with the emergence of a new global pandemic is a complex task. But by utilizing CI theory by communities and governments of different countries may help to fight against pandemic of these viral diseases. Collective intelligence generates power when communities work in collaboration, by utilizing technology, to organize and share more information, ideas and to solve problems.  It is recommended for Nepal to utilize ideas particularly suitable for dealing with complex and rapidly evolving global problems, such as disease outbreaks.

 Khadka is Clinical Microbiologist

थप समाचार

Young people call for all SRH services, including safe abortion rights

Young people call for all SRH services, including safe abortion rights

WHO responds to U.S. decision to withdraw from the organization

WHO responds to U.S. decision to withdraw from the organization

State actors undermining SRHR : WGNRR warns of global backlash

State actors undermining SRHR : WGNRR warns of global backlash

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Editor Acharya bags Global Award for AMR UNGA Reporting

Editor Acharya bags Global Award for AMR UNGA Reporting

World leaders commit to action to ensure future of modern medicine

World leaders commit to action to ensure future of modern medicine

World leaders urged to be more decisive in preventing AMR 

World leaders urged to be more decisive in preventing AMR 

South Asia regional media workshop to combat AMR to take place in Kathmandu

South Asia regional media workshop to combat AMR to take place in Kathmandu

अछाममा क्वारेन्टाइनमा बसेका १ पुरुषको मुत्यु, कोरोना परीक्षण हुँदै

अछाममा क्वारेन्टाइनमा बसेका १ पुरुषको मुत्यु, कोरोना परीक्षण हुँदै

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : अछाममा क्वारेन्टाइनमा बसिरहेका १ पुरुषको मुत्युु भएको छ। रामारोशन गाउपालिका–५को कैलाशेश्वर घट्टेखेती आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको मुत्युु भएको हो।

उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए। असार ९ गते उनको आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो। असार १३ गते एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पुर्याइएकोमा आइतबार दिउँसो उनको मृत्यु भएको हो ।

मृत्यु पश्चात उनी लगायत उनको सम्पर्कमा रहेका सबैको स्वाव संकलन गरी धनगढी पठाइएको बयालपाटा अस्पतालका डा विकास गौचनले जानकारी दिएका छन्। उनी मधुमेहका बिरामी रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं:  नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ४६३ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट २८ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा एकैदिन झण्डै २० हजारमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन झण्डै २० हजारमा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन : भारतमा पहिलोपटक एकैदिन झण्डै २० हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा त्यहाँ १९ हजार ९०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म भारतमा ५ लाख २८ हजार भन्दा बढी संक्रमित भएका छन्।

जबकी आइतबार बिहानसम्म भारतमा १६ हजार ९५ जनाले ज्यान गुमाएका छन्। यसैगरी  संक्रमितमध्ये तीन लाख बढीले कोरोना जितेका छन्। गत २४ घण्टामा ४१० जनाको कोरोनाका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ । भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

हेल्थ टिभी अनलाइन :  विश्वभर कोरोना संक्रमणबाट १ करोड भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। वर्ल्डोमिटरका अनुसार विश्वमा हालसम्म १ करोड ८१ हजार ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी विश्वभर मृत्यु हुनेको संख्या नै ५ लाख १ हजार २५८ रहेको छ । कोरोना जित्नेको संख्या ५४ लाख भन्दा बढी रहेको बताइएको छ ।

गत डिसेम्बरमा चीनबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा मात्रै हालसम्म २५ लाख ९६ हजार ५३७ जनामा संक्रमण देखिएको छ । जबकी कोरोना संक्रमित भएर मृत्यु हुने नै १ लाख २८ हजार १५२ पुगिसकेको छ ।

अमेरिकापछि ब्राजिलमा बढी संक्रमित पाइएका छन्। त्यहाँ हालसम्म १३ लाख १५ हजार ९५४ जना संक्रमित भएका छन् भने ५७ हजार बढीले ज्यान गुमाएका छन्। कोरोनाबाट बढी प्रभावित हुने देशहरुको तेस्रो नम्बरमा रुस छ । रुसमा हालसम्म ६ लाख २७ हजार ६४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ८ हजार ९७६ जनाको मृत्यु भएको बताइएको छ । यसैगरी भारत कोरोना प्रभावित देशहरुमा चोंथो नम्बरमा परेको छ । भारतमा हालसम्म ५ लाख २९ हजार ५७६ जनामा कोरोना देखिएको छ भने १६ हजार १०३ जनाले ज्यान गुमाएका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

काठमाडौंमा ४ र भक्तपुरमा थप १ जनामा कोरोना संक्रमण

काठमाडौंमा ४ र भक्तपुरमा थप १ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\काठमाडौं : काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकामा थप ५ जनामा कोरोना पुष्टि भएको बताएका हुन्।

उनका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौंका एक महिला, तीन पुरुष र भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोरोना भाइरस नेपालका ७७ जिल्लामा नै फेला परिसकेको छ । आज मात्रै नेपालमा ५५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘भाइरस रिमुभिङ कार्ड’ ले कोरोना भगाउँदैन: स्वास्थ्य मन्त्रालय

कार्डमा प्रयोग गरिएको रसायनले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने

‘भाइरस रिमुभिङ कार्ड’ ले कोरोना भगाउँदैन: स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भगाउने कुनै किसिमको कोरोना सम्बन्धी बुटी पत्ता नलागेको भन्दै यसको पछि नलाग्न आग्रह गरेको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही उच्च पदस्थ व्यक्तिहरुले नै कोरोना रिमुभिङ कार्ड भन्दै घाँटीमा लगाएर हिंडेको भन्दै यस्तो बुटी पत्ता नलागेको स्पष्ट पारे ।

गौतमले यस्तो कोरोना रिमुभिङ कार्डलाई सरकारले स्विकृति समेत नदिएकाले यो व्यापारीले मौका छोपेर व्यापार मात्र गर्न खोजेको भन्दै उनीहरुलाई कारवाहीको दायरामा ल्याइने समेत जानकारी गराए । उनले भने, ‘अहिलेसम्म यस किसिमका कुनै कार्डलाई सरकारले स्विकृति दिएको छैन्। कार्डका नाममा यस्तो प्रचारवाजी गर्नेलाई कारवाही हुनेछ ।’

यसैगरी मन्त्रालयका प्रवक्ता गौतमले यस्तो कार्ड कोरोना भागाउने भन्दा पनि उल्टै स्वास्थ्यका लागि हानिकारक रहेको समेत जिकीर गरे । उनले भने, ‘कार्डमा प्रयोग हुने रसायनहरुले मुटु, मिर्गौला , फोक्सो र कलेजोजस्ता अंगहरुमा गम्भीर असर गर्न सक्छ ।’

बुधबार नेकपाको स्थायी कमिटीको बैठकमा कोरोनाबाट बच्न भन्दै नेताहरुले भाइरस रिमुभिङ कार्ड लेखिएको उक्त कार्ड भिरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

शनिबार थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार नाघ्यो

शनिबार थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्ला गरी थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

आज विभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज हुनेको संख्या १३६ रहेको छ । योसँगै हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ८ सय ३४ जना रहेको छ ।मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना उपचारको अनुसन्धानका लागि कोरियाका ४ हजार संक्रमितले प्लाज्मा दिंदै

कोरोना उपचारको अनुसन्धानका लागि कोरियाका ४ हजार संक्रमितले प्लाज्मा दिंदै

हेल्थ टिभी अनलाइन\काठमाडौं: कोरोना भाइरस (कोभिड -१९ ) को उपचारको अध्ययन र अनुसन्धानका लागि दक्षिण कोरियाका ४ हजार जनाले रगतको प्लाज्मा दिने भएका छन् ।

दक्षिण कोरियास्थित शिञ्जोची चर्चका ४ हजार जना निको भएका संक्रमितहरुले आफूखुशी रगतको प्लाज्मा दिने इच्छा व्यक्त गरेका हुन् । उनीहरुले प्रति व्यक्ति ५०० मिलिलिटर प्लाज्मा दान गर्न लागिएको बताइएको छ । उक्त प्लाज्मा झण्डै ८३ अर्ब डलर बराबर मूल्यको रहेको चर्चका संस्थापक मान ही लीले बताएका छन् ।

पछिल्लो समय प्लाज्माको अभावमा कोभिड- १९ को खोपको अनुसन्धान र अध्ययन गर्न मुस्किल परिरहेको अमेरिकी अनुसन्धानकर्ताहरुले बताएका छन् । तर अहिलेसम्म २ सय जना अमेरिकीले मात्र प्लाज्मा दिने इच्छा व्यक्त गरेका छन् ।

दक्षिण कोरियामा अहिलेसम्म १२ हजार ५ सय ३५ जनामा कोभिड- १९ संक्रमण पुष्टि भएका छन् । जसमध्ये २८१ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसबाट संक्रमित भएर निको भएकाहरुको रगतको प्लाज्माले कोरोना भाइरस संक्रमितको उपचारमा सहयोग हुने विषयमा अहिले विश्वका धेरै देशहरुमा अध्ययन भइरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

मृतक क्यान्सरका बिरामी

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\काठमाडौं: कैलालीका कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ। कैलाली जिल्लाको गोदावरी नगरपालिका -७ का ५० बर्षिय पुरुषको शनिबार विहान  चितवनको भरतपुर अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी क्यान्सरका बिरामी थिए। चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो।

शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि  उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।

योसँगै सुदूरपश्चिममा मृतकको सङख्या ६ पुगेको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्याङ्जाका २२ सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि

स्याङ्जाका २२ सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा शनिबार बिहान थप ३२ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ३ जिल्लामा थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङ ढोरपाटनका १ जना, काठेखोलाका ७ जना, स्याङ्जा पुतलीबजार, अर्जुनचौपारी, बिरुवा र वालिङका गरी २२ जना र नवलपरासीका २ जना रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

निर्देशनालयका अनुसार संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा थप १४ जनामा संक्रमण, १७ जना संक्रमित एकैदिन डिस्चार्ज

गण्डकी प्रदेशमा थप १४ जनामा संक्रमण, १७ जना संक्रमित एकैदिन डिस्चार्ज

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ४ जिल्लाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रसमितको संख्या ८०६ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा लमजुङका ६ जना, कास्कीका १ जना, गोरखाका ५ जना, पर्वतका २ जना रहेका छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचाररत कास्कीका १४ जना, गोरखा, पर्वत र स्याङ्जाका १ \१ जना गरी १७ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै गण्डकी प्रदेशमा हालसम्म कुल ११८ जना कोरोना जितेर घर फर्केका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या २७ पुग्यो

नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या २७ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनबाट मृत्यु हुने संक्रमितको संख्या २७ पुगेको छ।

असार ११ गते दाङमा बेवारिसे रुपमा अचेत अवस्थामा भेटिएकी महिलाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले उपचारका लागि लगेको भए पनि सोही दिन मृत्यु भएको थियो ।

मृत्यु पश्चात उनको कोरोना परीक्षण गर्दा असार १२ गते आज रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवकता डा जागेश्वर गौतमले बताए । उनको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन्।

ताजा अपडेट