डडेल्धुरामा चन्दा संकलन गरेर खरिद गरिएको पीसीआर मेसिन सञ्चालनमा

डडेल्धुरामा चन्दा संकलन गरेर खरिद गरिएको पीसीआर मेसिन सञ्चालनमा

शेर भण्डारी \डडेल्धुरा : नागरिकस्तरबाट चन्दा संकलन र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको सहयोगमा खरिद गरिएको पीसीआर मेसिन बिहीबारबाट सञ्चालनमा आएको छ । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्धारा चन्दा संकलन गरी खरिद गरिएको मेसिन डडेल्धुरा अस्पतालमा जडान गरिसकिएपछि संञ्चालनमा आएको हो ।

धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वाबका नमूनाहरुको पुनः परीक्षण गरिएपछि बिहीबारबाट संचालनमा आएको डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा पीसीआर मेसिन संचालनका लागि ल्याव अफिसर ५ जना, ल्याव असिस्टेन्ट २ जना सहयोगी २ जना, आएको नमुना इन्ट्रि गर्न २ जना, रिपोर्ट इन्ट्रि गर्न १ जना, कम्प्युटर अपरेटरसहित १२ जना खटिएका छन्।

डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज रमेश शाही र काठमाडौबाट आएका ईञ्जिनियर सहितको टोलीले पीसीआर मेसिनको गुणस्तर परीक्षण गरेको उनले बताए ।

यसले कोरोना परीक्षणबाट बञ्चित सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्ने भएको छ । पीसीआर मेसिनको अभावमा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाहरु परीक्षणबाट बञ्चित भईरहेका बेला ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिम समाज अमेरिकाको सहकार्य डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान शुरु गरेको थियो ।

यो अभियानमा विश्वका बिभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूरपश्चिम समाजहरुले साथ दिएका थिए । करीव ९६ लाख रुपैँयामा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा तीन सय ८४ जनाको स्वावको नमूना परीक्षण गर्ने बताइएको छ । मेसिनको सम्पूर्ण खर्च ह्युमानिटी फाउण्डेसनले व्यहोर्नेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै शुक्रबार ४ जिल्लामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनामा गरिएको परीक्षणमा नवलपरासीका १९ जना, तनहुँका ९ जना, पर्वतका ३ जना र बाग्लुङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा आज थप ३ सय ४६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप ३ सय ४६ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा थप ३ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा र धनगढी प्रयोगशालामा भएको परीक्षणमा बिहीबार एकैपटक ३ सय ४६ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र १ सय २५ पुरुष गरी १ सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका २ जना र भजनी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। यस्तै कञ्चनपुरको लालझाडी गाउँपालिकाका २ जना र भीमदत्त नगरपालिकाका १ जना तथा अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९ जनाको कोरोना परीक्षण भएको थियो। सुदूरपश्चिममा अलिहेसम्म ३ हजार बढीमा कोरोना पुष्टि भईसकेको छ भने पुष्टि भएका ७ जनाको मृत्यु भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

काठमाडौं उपत्यकामा एकैदिन थपिए ३२ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा एकैदिन थपिए ३२ जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : उपत्यकामा आज एकैदिन ३२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका १७ महिला र ११ पुरुष यसैगरी भक्तपुरका २ पुरुष र ललितपुरका १ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ पुरुषमा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले संक्रमितहरुको पूरा विवरण भने दिएको छैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विभिन्न जिल्ला गरी थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

त्रिवि शिक्षण अस्पतालमा उपचाररत डेढ महिने शिशुको कोरोनाबाट मृत्यु

त्रिवि शिक्षण अस्पतालमा उपचाररत डेढ महिने शिशुको कोरोनाबाट मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डेढ महिनाका शिशुको कोरोनाबाट मृत्यु भएको छ ।

घाँटीको शल्यक्रिया गरेका शिशुको बुधबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।  म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशालामा पठाइएकोमा मंगलबार उनमा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएका शिशुको उपचारकै क्रममा हिजो बुधबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा पहिलोपटक रोटा भाइरस विरुद्धको खोप शुभारम्भ

नेपालमा पहिलोपटक रोटा भाइरस विरुद्धको खोप शुभारम्भ

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा रोटा भाइरस विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भर्चुअल कार्यक्रम मार्फत रोटा भाइरस विरुद्धको खोप कार्यक्रमको शुभारम्भ गरेका हुन्। अब देशभरका ६ देखि १० हप्तासम्मका शिशुले दुईपटक रोटारिक्स खोप पाउनेछन् । देशभरका १६ हजार खोप केन्द्रमार्फत शिशुले निशुल्क खोप पाउने भएका हुन्।

रोटा भाइरस विरुद्धको खोप पनि अन्य नियमित खोप जस्तै नजिकका स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुने परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जनाकारी दिए । ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इमुनाइजेसन (गाभी) को सहयोगमा युनिसेफले ३ लाख २४ हजार भाइल रोटाभाइरस विरुद्धको खोप ‘रोटारिक्स’ पठाएको हो ।

यसाका साथै रोटा भाइरसविरुद्धको खोपसँगै सरसफाई प्रर्वद्धनको कार्यक्रमको पनि थालनी भएको छ । सरसफाई प्रर्वद्धन कार्यक्रम अन्तर्गत साबुनपानीले हात धुने, बालबालिकाको दिशा शौचालयमा नै सफा गर्नुपर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।

पछिल्लो ४ वर्षको सर्वेक्षणको तथ्यांक हेर्दा नेपालमा वर्षेनी ५ वर्ष मुनिका कम्तिमा ३ लाख ५० हजार बालबालिकाहरु पखालाका कारण सिकिस्त बिरामी भई अस्पताल भर्ना हुने गरेका छन् । सन् २०१० देखि २०१६ सम्म कान्ति बाल अस्पतालमा गरिएको एक सर्वेक्षणमा पखालाका कारण अस्पताल भर्ना भएकामध्ये ३८ प्रतिशत बालबालिकालाई रोटा भाइरसका कारण पखाला लाग्ने गरेको पाइएको थियो ।

नेपालमा कम्तिमा ३ लाख ५० हजार बालबालिकाहरु पखालाका कारण सिकिस्त बिरामी भई अस्पताल भर्ना हुन्छन् ।अझैपनि १० प्रतिशत बालबालिकाको मृत्यु पखालाका कारण हुने गरेको छ । पखालाका कारण हुने कुल मृत्युमा ३० प्रतिशत मृत्यु रोटा भाइरसबाट हुने पखालाका कारण हुने गर्दछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा बिहिबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज ४ जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।  निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङका १ जना, तनहुँ रिसिङका ३ जना, स्याङ्जाका २ जना, पर्वतका २ जना गरी ८ जना रहेका छन्। संक्रमितहरु सबै पुरुष रहेका छन्।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विश्वभर एकैदिन थपिए झण्डै २ लाख कोरोना संक्रमित

विश्वभर एकैदिन थपिए झण्डै २ लाख कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन्। वर्ल्डोमीटरका अनुसार गत २४ घण्टामा मात्रै विश्वमा एक लाख ९५ हजार ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकैदिन देखिएको कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ९३ हजार पुगेको छ । यसैगरी हालसम्म कोरोना संक्रमणका कारण ५ लाख १८ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ अमेरिकामा मात्रै हालसम्म २७ लाख ७८ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । जबकी त्यहाँ बिहिबार बिहानसम्म कोरोेनाबाट मृत्यु हनेको संख्या नै १ लाख ३० हजार ७८९ पुगेको छ । शुरुमा खासै संक्रमित नदेखिएको ब्राजिलमा पछिललो समय संक्रमण तिब्र रुपमा बढेको छ । ब्राजिलमा गत २४ घण्टामा ४४ हजार ८८४ नयाँ संक्रमित फेला परेका छन्। भारतमा पनि कोरोना संक्रमण झन झन बढिरहेको पाइन्छ । त्यहाँ हालसम्म ६ लाख ५ हजार भन्दा बढी संक्रमित फेला परेका छन्। दैनिक रुपमा १५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ । नेपालमा संक्रमितको संख्या १४ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पोखरेलले दिए पदबाट राजीनामा

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पोखरेलले दिए पदबाट राजीनामा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन्।

पोखरेलले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन्। उनले आफूलाई काम गर्ने वातावरण नभएका कारण राजिनामा दिएको बताएका छन्। उनले भने, ‘मलाई यहाँ काम गर्ने वातावरण भएन त्यसैले राजिनामा दिने निर्णय गरेको हुँ ।’

४ वर्षका लागि नियुक्त भएका पोखरेलको कार्यकाल अझै साढे २ वर्ष बाँकी छ । उनी १८ महिलाअघि खुल्ला प्रतिष्पर्धामार्फत बीमा बोर्डको कार्यकारी निर्देशकको रुपमा आएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विभिन्न जिल्लामा गरी थप ४८२ जनामा कोरोना पुष्टि भएको बताएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ४८ हजार ३६२ रहेको छ । यसैगरी कोरोना संक्रमण भएर विभिन्न आइसोलेसन सेन्टरमा रहनेको संख्या ९ हजार ३६० रहेको मन्त्रालयले जनाएको छ ।

आज कोरोनाबाट मृत्यु हुनेको संख्यामा एक जना थपिएका छन्। अछामको बयालपाटा अस्पतालमा आइतबार मृत्यु भएका एक पुरुषमा मंगलबार कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोहलपुरमा एकै परिवारका तीन जनामा कोरोना पुष्टि

कोहलपुरमा एकै परिवारका तीन जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\बाँके : बाँकेको कोहलपुरमा एकै परिवारका तीन जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज गरिएको परीक्षणमा कोहलपुर- २ का श्रीमान श्रीमती र छोरामा कोरोना संक्रमण देखिएको बताएका छन्। उनले बाँकेमा आज ७ जनामा कोरोना पुष्टि भएकोमा एकै परिवारका तीन जना रहेको बताए ।

उनका अनुसार परिवारका अन्य सदस्य र सम्पर्कमा आउनेहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य शुरु गरिएको छ । अन्य चार जना भने खजुरा गाउँपालिकाका रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा एकै दिन ५०७ जनाको मृत्यु, संक्रमितको संख्या ६ लाख नजिक

भारतमा एकै दिन ५०७ जनाको मृत्यु, संक्रमितको संख्या ६ लाख नजिक

हेल्थ टिभी अनलाइन: भारतमा एकै दिन ५०७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। योसंख्या अहिलेसम्मकै उच्च भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोना संक्रमितको संख्या मात्र हैन् पछिल्लो समय मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्रै अहिलेसम्मकै धेरै ५०७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगलबार मात्रै १८ हजार ६५३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार ४९३ पुगको छ भने हालसम्म १७ हजार ४ सय संक्रमितको मृत्यु भएको छ ।

भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । त्यसपछि बढी संक्रमित नयाँ दिल्लीमा संक्रमित भेटिएका छन्। भारतमा ८ दिन यता लगातार १५ हजार भन्दा बढी संक्रमित पुष्टि भइरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं: चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले मंगलबार १०१ वटा स्वाबको नमुना परीक्षण गरिएकोमा २५ जनामा कोरोना पुष्टि भएको जनाएको हो । आज संक्रमण पुष्टि हुनेहरुमा भरतपुर अस्पतालमा रहेका, माडीका २५ र ७३ वर्षका २ पुरुष, भरतपुर महानगरपालिका वर्ष २६ र ५० का पुरुष २ जना ,भमनपा ११ वस्ने वर्ष ४५ की महिला १ जना, र दमक ३ वस्ने वर्ष ३५ को महिला १ गरी जम्मा ६ जना रहेका छन्।

यसैगरी गैडाकोट नगरपालिका वस्ने विभिन्न उमेर समुहका २ महिला सहित ८ पुरुष गरी १० जना, सेन्ट्रल अस्पतालमा उपचारमा रहेका गोर्खा मनकामना वस्ने ३० वर्षकी महिला १ जना, नारायणी सामुदायिक अस्पतालमा उपचारमा रहेका भमनपा- ७ का ६१ वर्षका पुरुष १ र राप्ती नगरपालिका १ वस्ने १२ वर्षकीबालिका १ गरी जम्मा २ जना, भमनपा ९,४,२२,२५ र २६ वस्ने वर्ष ४८,४०,२१,२५,२६ ,र २२ का पुरुष ६ जना गरी जम्मा २५ जनामा कोभिड–१९ पुष्टी भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा बुधबार बिहान थपिए २८ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा बुधबार बिहान थपिए २८ जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं : गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै ६ जिल्लामा थप २८ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९९४ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा नवलपरासीका १२ जना, गोरखाका ३ जना, कास्कीका १ जना,स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना र तनहुँका १ जना रहेका छन्।

उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाबाट थप एक जनाको मृत्यु, अछामको अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

कोरोनाबाट थप एक जनाको मृत्यु, अछामको अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

शेर भण्डारी\ डडेल्धुरा: नेपालमा थप १ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा अछामको रामारोशन गाउँपालिका- ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो।

उनकाे असार १४ गते आइतबार उपचारकै क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको थियो। उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसेकाे जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिए।

उनलाई असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो। मृतकको आइतबार नै  दाहसंस्कार गरेकाे बताइएकाे छ ।

योसँगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको सङख्या ७ पुगेको छ भने नेपालमा ३० पुगेकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दिगो विकास लक्ष्य पूरा गर्न यौन तथा प्रजनन स्वास्थ्यलाई केन्द्रमा राखिनुपर्नेमा विज्ञको जोड

दिगो विकास लक्ष्य पूरा गर्न यौन तथा प्रजनन स्वास्थ्यलाई केन्द्रमा राखिनुपर्नेमा विज्ञको जोड

कल्पना आचार्य\काठमाडौं: कोरोनाको महामारीका कारण धेरै स्वास्थ्य सेवाहरु प्रभावित भए जस्तै यौन तथा प्रजनन स्वास्थ्य सेवामा पनि असर गरेको विज्ञहरुले बताएका छन्। सोमबार भर्चुअल रुपमा गरिएको दशौं ‘एसिया प्यासिफिक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेस्सुअल हेल्थ एण्ड राइट्स’ नामक वेभिनारमा प्राध्यापक क्यारोलिन होमरले कोरोनाका कारण भएको लकडाउनले धेरै महिला स्वास्थ्य संस्थासम्म जान नसकेको बताएकी छिन्। मिडवाइफ समेत रहेकी उनले प्रजनन स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य पूरा गर्नका लागि कोरोना महामारीकै बेला पनि यौन तथा प्रजनन स्वास्थ्य सेवालाई केन्द्रमा राखिनुपर्नेमा जोड दिएकी हुन्।

उनले कोरोना भन्दैमा महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा ध्यान नदिंदा यसले भोलि ठुलो असर गर्ने बताइन्। उनले भनिन, यो अवस्थामा सम्बन्धित निकायले पनि प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन, नियमित गर्भनिरोधक साधनको उपलब्धतामा ध्यान दिनुपर्छ, यो उनीहरुको अधिकार हो ।

वेभिनारको प्लेनरी सेसनमा बोल्दै उनले यौन तथा प्रजनन स्वास्थ्य अधिकार दिगो विकास लक्ष्य पूरा गर्नका लागि अत्यन्त आवश्यक रहेको भन्दै यसलाई स्थापित गर्न महिला पुरुष सबै लाग्नुपर्ने बताइन्। उनले भनिन, यो महिलाको मात्र विषय होइन पुरुषको मात्र पनि हैन्। यो महिला पुरुष दुबै मिलेर गर्नुपर्ने विषय हो । किनकी यो महिलाको यौन तथा प्रजनन स्वास्थ्यसाग मात्र जोडिंदैन यसले नवजात शिशु, बालबालिका र किशोरकिशोरीको स्वास्थ्यका लागि र समाजको आर्थिक उन्नतिका लागि पनि कुरा गर्छ । एसिया प्यासिफिक क्षेत्रमा यौन तथा प्रजजन स्वास्थ्य अधिकारका विषयमा धेरै चुनौती भएको भन्दै यस विरुद्ध सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाई छ । उनले भनिन, सबैँ देशका आ आफ्नै खालका बाध्यता र समस्या छन् तर सँगै मिलेर काम गरेमा परिवर्तन सम्भव छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा अझै पनि ३ करोड महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माउँदैनन् । ४ करोड ५० लाख महिलाले एन्टिनेटल केयर लिन स्वास्थ्य संस्था नै पुग्दैनन्। २ अर्ब महिला गर्भवती हुन चाहँदैनन तर गर्भनिरोधक साधन प्रयोग गरिरहेका छैनन्। ३ करोड ५० लाख महिला असुक्षित गर्भपतन गर्न बाध्य छन्। यसैगरी महिला र पुरुषगरी ३ अर्ब ५० करोडलाई यौनसम्बन्धी रोगको उपचार चहिएको छ । तर पाइरहेका छैनन्। यही विचमा परिवार नियोजनका साधनको उपलब्धता नहुँदा २ करोड मानिस एचआइभीबाट पीडित हुन्छन्। एक तथ्यांकअनुसार तीन जना महिलामा एक महिलाले यौन तथा प्रजनन् हिसां भोगेका हुन्छन्। विश्वमा २६ लाख ६ हजार महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको पाइएको छ । जबकी यो खोप मार्फत रोक्न सकिन्छ ।

उनले भनिन, ‘कोभिड १९ को असरले महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा निकै असर पर्न थालेको छ । प्रसुती सेवा लिन गाह्रो भएको छ । कोभिड- १९ का कारण धेरै स्वास्थ्य सेवा बन्द भएका छन्। सुरिक्षत गर्भपतन हुन सकेको छैन्। यसले अझ बढी समस्या निम्त्याउने देखिन्छ ,कोभिडको समयमा कसरी काम गर्ने भनेर गाइडलाइन्स बनेका छन् परिवर्तित संरचना अनुसार काम गर्नुपर्छ ।

प्रजनन स्वास्थ्यसम्बन्धी संयुक्त राष्ट्र संघीय दिगो विकास लक्ष्य पूरा गर्न सदस्य राष्ट्रहरुले २०३० को अन्त्य सम्ममा मातृमृत्यु दर प्रति एक लाखमा ७० भन्दा कम पुर्याउनुपर्नेछ । यो सन्दर्भमा कोरोना महामारीका कारण सेवाहरु अवरुद्ध हुँदा लक्ष्यमा पुग्न गाह्रो हुन भन्दै वेभिनारमा विज्ञहरुले चिन्ता र चासो व्यक्त गरेका थिए ।

वेभिनारमा सिसेलिया रोथले परिवार नियोजन र कोभिड १९ का सम्बन्धमा प्रस्तुकीकरण दिएकी थिइन्। यसैगरी भियतनामकी अनुसन्धानकर्ता थान हइले यौन शिक्षा विद्यालय तहदेखि नै दिइनुपर्नेमा जोड दिएकी थिइ्न। योसँगै वेभिनारमा जनसंख्या र बसाई सराई, किशोरकिशोरीमा देखिने डिप्रेसन लगायतका विषयमा विज्ञहरुले राय राखेका थिए। १४ वटा सेसनमा हुने वेभिनारमा यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएका विभिन्न विषयवस्तुमा छलफल हुनेछ ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं: काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२, ललितपुरमा १ र भक्तपुरमा १ गरी १४ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्।

यो संख्यासहित आज नेपालमा ३१६ जना नयाँ संक्रमित थपिए । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार ५६४ पुगेको छ भने २९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन काठमाडौं : नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । मन्त्रालयका अनुसार आज ६० जनाले कोरोना जितेर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ९४ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमितको उपचारमा फिजियोथेरापीको महत्व

कोरोना संक्रमितको उपचारमा फिजियोथेरापीको महत्व

समिद कतिला श्रेष्ठ

हेल्थ टिभी अनलाइन: यतिबेला कोरोना भाइरस कोभिड १९ ले विश्वलाई नै त्रसित बनाएको छ । नेपालमा पनि पछिललो समय कोरोना संक्रमितको संख्या परीक्षणको दायरा बढेसँगै बढिरहेको छ । यो लेख तयार पार्दासम्म नेपालमा संक्रमितको संख्या १३  हजार बढी पुगिसकेको छ भने मृत्यु हुने २९ पुगेका छन्। कोरोनाको हालसम्म कुनै औषधि र खोप नबनेकाले यसको खासै उपचार छैन् । तर यसलाई लक्षण अनुसार उपचार गर्न भने जरुरी हुन्छ ।

त्यही अनुरुप केही कोरोना संक्रमितलाई उनहीरुको अवस्था अनुसार फिजियोथेरापीको आवश्यकता पर्न सक्छ । हुनत सबै कोरोना संक्रमित भएका सबैलाईलाई फिजियोथेरापी उपचार आवश्यकता भने पर्दैन। धेरै संक्रमित आफैं पनि निको हुन्छन। पछिल्लो खोज तथा अनुसन्धानले पत्ता लगाए अनुसार कोभिड लागेकामध्ये १४ प्रतिशत बिरामीलाई सिभियर इन्फेक्सन र ६ प्रतिशत क्रिटिकली ईल हुनसक्छन। हस्पिटलमा भर्ना भएका १६प्रतिशत लाई लामो समय आइसीयूमा राख्नुपर्ने हुनसक्छ भने तीमध्ये केही बिरामीहरुलाई श्वासप्रब्वासको जटिल समस्याले भेन्टिलेटरको आवश्यकता पनि पर्ने हुनसक्छ।

लामो समयसम्म आइसीयूको बेडमा रहनुपर्ने बिरामीहरुमा श्वासप्रश्वासको समस्या र शारीरिक कमजोरी दुबै हुनसक्छ। यस्तो अवस्थामा फिजियोथेरापिष्टहरुले बिरामीको अवस्था हेरी आवश्यक परेको खण्डमा फिजियोथेरापी गर्नसक्छन् । फिजियोथेरापिष्ट चिकित्सकले बिरामीले सास फेरेको तरिका ,शरीरमा अक्सिजनको मात्रा, रगतको रिपोर्ट ,छातीको एक्सरे जस्ता विभिन्न जाँचका रिपोर्ट हेरी मेडिकल टिम सँग परामर्श गरी त्यस्ता बिरामीलाई फिजियोथेरापी उपचार आवश्यक भए नभएको पत्ता लगाउँछन्।

सास फेर्न गाह्रो भएको बिरामीहरुलाई उपचार गराउँदा फिजियोथेरापिष्ट चिकित्सक नजिक जानु पर्ने र छोएर नै सेवा दिनुपर्ने भएकाले त्यसले संक्रमण सर्ने जोखिम धेरै हुने हुँदा आवश्यक परेको अवस्थामा मात्रै फिजियोथेरापी गरिन्छ। कोभिड १९ भएका बिरामीहरुलाई नजिक गई उपचार र सहयोग गर्ने सबैले पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पीपीई) अनिवार्य रुपमा प्रयोग गरेर मात्र बिरामी हेर्नुपर्छ।

फिजियोथेरापिष्ट चिकित्सकहरुले निम्न समस्याहरुमा कोभिड- १९ बिरामीहरुको उपचार गर्न सक्छन् :

१- अक्सिजनको लेबल कम भएको अवस्थामा
स्वास प्रस्वासको समस्या हुँदा रगतमा अक्सिजनको मात्रा कम हुन्छ। यस्तो अवस्थामा बिरामीलाई विभिन्न पोजिशनमा राखेर, छाति तथा श्वासप्रश्वासको व्यायामहरु गराएर, भेन्टिलेर तथा अक्सिजन दिने वा बढाउने माध्यमहरुबाट स्वासप्रस्वास लाई सहजीकरण गरी अक्सिजनको मात्रा बढाउनमा मद्दत गर्न सक्छन्।

२- फोक्सोमा भएको म्युकस तरल पदार्थ सम्बन्धी समस्या

हुनत कोभिड १९ भएका व्यक्तिहरुमा सुख्खा खोकी हुन्छ तर चीनमा गरिएको एउटा रिसर्चमा ३४प्रतिशत बिरामीहरूको फोक्सोमा म्युकस देखिएको थियो। लामो समयसम्म आइसीयूको बेडमा रहिरहेका बिरामीहरु को फोक्सोमा म्युकस जम्मा भई फोक्सो भित्रको हावा बस्ने थैलीहरु भरिएर सास फेर्न गारो हुन सक्छ। यस्तो अवस्थामा बिरामीलाई विभिन्न पोजिसनमा राखेर ९पोस्चरस ड्रेनेज० वा विभिन्न किसिमका व्यायमहरु तथा साधन प्रयोग गरी फोक्सोभित्र रहेको म्युकसलाई खोकीको माध्यमबाट वा सक्सनको प्रयोग गरी बाहिर निकाल्न मद्धत गर्न सक्छन्।बिरामीले खोकेर वा सक्सनको माध्यमबाट म्युकस बाहिर निकाल्ने यो प्रक्रियामा संक्रमणको जोखिम अझ बढी हुने हुँदा यसमा कुनै सम्झौता वा कमी नगरी सावधानी अपनाएर मात्रै गर्नुपर्ने हुन्छ।

३- शारिरीक कमजोरी
फिजियोथेरापी को मुख्य पक्ष भनेकै शारीरिक तन्दुरुस्ती , मानिसको हिडडुल गर्ने र दैनिक क्रियाकलाप गर्न सक्ने क्षमतालाई विकास गरी आत्मनिर्भर बनाउनु हो । कोभिड लागी आइसियुमा लामो समय भएका धेरै विरामीहरुको शारीरिक अवस्था कमजोर हुन्छ। त्यसले उनीहरूको मास्सपेसीहरु कमजोर हुनका साथै हिडडुल गर्नसक्ने क्षमता र दैनिक क्रियाकलाप कठिन हुन्छ। यसतो अवस्थामा फिजियोथेरापीले बिरामीलाई विभिन्न व्यायामहरु गराई मांशपेशीहरु बलियो र शरीरलाई तन्दुरुस्त बनाउन मद्दत गर्छन्। शारीरिक तन्दुरुस्त बढ्नाले स्वास्थयका अरू पक्षहरु जस्तै पर्तिरोधात्मक क्षमता , मानसिक अवस्था , अक्सिजनको मात्रा , दैनिक क्रियाकलापमा पनि सुधार हुन्छ।

४- फिजियोथेरापी पुनर्स्थापना
कोरोना रोग निको भई हस्पिटलबाट डिस्चार्ज भई घर गएका बिरामीहरु मध्ये ४० प्रतिशत ले शरीर कमजोर हुने , थाक्ने र गल्ने जस्ता समस्याहरु आएको बताउने एक रिसर्चले बताउछ। हस्पिटलमा गरिने फिजियोथेरापी उपचार भन्दा पुनर्स्थापना केही भिन्न हुन्छ। पुनर्स्थापना गर्नुपर्ने विरामीहरुलाई लामो समयसम्म विभिन्न किसिमका व्यायामहरू गरी शारीरिक तन्दुरुस्ती बढाउनुका साथै दैनिक क्रियाकलापहरू सहजिकरण गराउन विभिन्न प्रकारका व्यायमहरु सिकाईन्छ। पुनर्स्थापनामा गराउँदा बिरामीहरुले लामो समयसम्म व्यायामहरू घरमै पनि गर्न सक्छन । यस्तोमा बिरामीलाई विभिन्न समयमा बोलाई शरीरको अवस्थामा सुधार भए नभएको हेरी व्यायामहरू थपघट गरिन्छ। अहिलेको अवस्थामा आवश्यक परेको अवस्थामा मात्र बिरामीहरु अस्पताल आउनुपर्छ तसर्थ सम्भव भएसम्म फोनबाटै या टेलिमेडिसिनको माध्यमबाट फलोअप गर्न नै उचित रहन्छ।

हाल नेपालमा पनि टेली रिह्याविलीटेसनको अवधारणा विस्तारै विकास हुँदैछ, कोभिडको महामारीले यस अवधाराणाकाे विकास हुने थप उर्जा मिलेको छ। आशा गरौँ आउने दिनहरुमा यो माध्यमवाट हामी पुनर्स्थापनाका सबै सेवालाई नेपालको कुना कन्दरासम्म पुर्याउन सकौँ।

( श्रेष्ठ नेपाल फिजियोथेरापी संघका महासचिव एवं अर्थोप्लास्ट रिह्याब सेन्टरका कार्यकारी निर्देशक हुन्।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

ताजा अपडेट