भारतमा कोरोनाको नयाँ रेकर्ड: एकै दिन थपिए ३२ हजार संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ । गत १४ घण्टामा त्यहाँ नयाँ रेकर्ड बनाउँदै ३१ हजार संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ गत २४ घण्टामा ३२ हजार ६९५ जना नयाँ संक्रमित थपिएका छन्। जबकी यही २४ घण्टामा संक्रमितमध्ये ६०६ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म ९ लाख ६८ हजार ८७६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या २४ हजार ९१५ पुगेको छ । भारतको महाराष्ट्र बढी प्रभावित बनेको छ । महाराष्ट्रमा मात्रै २ लाख ७५ हजार भन्दा बढी संक्रमित फेला परेका छन्।
माधवकुमार नेपालको मुटुमा समस्या आएपछि एन्जिओप्लास्टी गरियो
कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री
अब स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सकिने
चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति पौडेल
विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार हुँदै