Health TV Online
Health TV Online
Health TV Online

चितवनमा ६ वर्षीय बालकदेखि प्रहरी र थुनुवासम्मलाई कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \चितवन :  चितवनमा शनिबार ६ वर्षीय बालकदेखि प्रहरी र थुनुवासम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ६ जनासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै गत २४ घण्टामा ६९ जनाको नमुना परीक्षण गरिएकोमा ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा भरतपुरमा कार्यरत प्रहरी र थुनुवा समेत रहेका छन्। यसैगरी भरतपुरका ६ वर्षका बालकमा पनि संक्रमण देखिएको छ भने अस्पतालमा उपचाररत बिरामी पनि रहेको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सरकारी चिकित्सक संघको अध्यक्षमा डा. रबिन खड्का विजयी

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारी चिकित्सक संघ (गोदान) को अध्यक्षमा डा रबिन खड्का विजयी भएका छन्।

संघको आज शनिबार अनलाइन माध्यमबाट भएको मतदानमा डा खड्काले ४८० मत ल्याएर अर्का प्रत्यासी डा समाज गौतमलाई पछि पारेका हुन् । उनका प्रतिस्पर्धी डा गौतमले २३७ मत ल्याएका छन्।

संघको वरिष्ठ उपाध्यक्षमा डा विजय थापा विजयी भएका छन्। थापाले ४३९ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी डा राम प्रसाद सापकोटाको २६८ मत आएको छ।

यसैगरी उपाध्यक्षमा डा सुशील मोहन भट्टराई विजयी भएका छन्। यस्तै महासचिवमा डा किर्तिपाल सुवेदी ४०९ मत ल्याएर विजयी भएका छन्।

सचिवमा डा रोशन भगद ४२८ मत ल्याएर साथ विजयी भएका छन् । यसैगरी कोषाध्यक्षमा डा सुधा साही ५०३ मतका साथ विजयी भएकी छन् । कुल ७६८ मतदातामध्ये ७२३ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मतदान बिहान ७ बजेदेखि ५ बजेसम्म गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

काठमाडौं उपत्यकामा कोरोना : आज पनि थपिए ६२ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा एक सातादेखि लगातार ठुलो संख्यामा कोरोना संक्रमित फेला परिरहेका छन्।

शनिबार पनि काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५६, ललितपुरमा ३ र भक्तपुरमा ३ गरी ६२ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । हिजो मात्रै काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार आज थपिएका ३७८ जना संक्रमितसहित कुल संक्रमितको संख्या २२ हजार ५९२ रहेको छ । यसैगरी हालसम्म ७३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि

कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ रहेको छ ।

मन्त्रालयका अनुसार आजै मात्र तीन जना संक्रमितको निधन भएको पुष्टि भएको छ । पर्साका एक पुरुषको गण्डक अस्पतालमा, मोरङ विराटनगरका एक जनाको कोशी अस्पतालमा र काठमाडौं टोखाकी ४१ वर्षीय महिलाको पाटन अस्पतालमा निधन भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपालमा संक्रमितमध्ये ६६ जनाको आइसीयूमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल ६६ जना कोरोना संक्रमित आइसीयूमा उपचाररत रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका आनुसार शुक्रबार बिहानसम्म देशका विभिन्न अस्पतालमा गरी ६६ जना कोरोना संक्रमितको आइसीयूमा उपचार भइरहेको र ३ जनाको अवस्था जटिल रहेकाले भेन्टिलेटरमा राखेर उपचार गरिएको जनाएका छन्। डा गौतमले पछिल्लोपटक कडा खालको लक्षणसहित संक्रमित थपिएको बताउँदै यो बेला सबै सजग हुनपर्ने बताए ।

उनले देशभर २ हजार ६ सय आइसीयू बेड र ९ सय भेन्टिलेटर रहेको जानकारी दिंदै कोरोना संक्रमितकै लागि भनेर २५० आइसीयू बढाइएको पनि जानकारी दिए । डा गौतमले कोरोनाको कुनै उपचार नभएकाले आइसीयू वा भेन्टिलेटर बिरामीलाई सहज बनाउने एउटा माध्यम मात्र भएकाले संक्रमण लाग्नै नदिनतर्फ बढी ध्यान दिन आवश्यक रहेको बताए ।

शुक्रबार सम्म देशभरमा कोरोना संक्रमितको संख्या २२ हजार भन्दा बढी भइसकेको छ भने ७० जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा देखिएका संक्रमितमध्ये ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेर समूहका रहेको पनि मन्त्रालयले जनाएको छ ।  कडा खालका लक्षण देखिएर धेरैलाई अस्पालमा आइसीयूमा राख्नुपर्ने भएमा बेडको अभाव हुनसक्ने बताउँदै उनले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै अत्यावश्यक नभएसम्म घरबाहिर ननिस्कन आग्रह समेत गरे ।

मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ३३० जना सक्रिय संक्रमित रहेका छन् भने १५ हजार ८१४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गण्डकी प्रदेशमा शनिबार थपिए २४ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै शनिबार ४ जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ११ पुगेको छ ।

गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको कुल ७८२ नमुना परिक्षणमा २४ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । आज संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका ७ जना, कास्कीका ३ जना, म्याग्दी र बाग्लुङका १\ १ जना रहेका छन्।

यसैगरी गण्डकी प्रदेशमा हालसम्म १४ सय ४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नजिक, ७ लाख २४ हजारले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार शनिबार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख ४२ हजार ६२६ पुगेको छ । यसैगरी हालसम्म ७ लाख २४ हजार ७५ जनाले ज्यान गुमाइसकेका छन्।

गत २४ घण्टामा मात्रै २ लाख ७४ हजार नयाँ संक्रमित थपिएका छन् भने ६ हजार २१५ जनाको कोरोनाबाट मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार १ करोड २५ लाख संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। विश्वमा अहिले पनि ६२ लाख ६७ हजार भन्दा बडी सक्रिय संक्रमित रहेको बताइएको छ । हालसम्म कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ । अमेरिकामा मात्रै झण्डै ५१ लाख मानिसमा संक्रमण पुष्टि भएको छ भने १ लाख ६४ हजार बढीले ज्यान गुमाएका छन्।

अमेरिकापछि ब्राजिल र भारत प्रभावित भएको पाइएको छ । ब्राजिलमा हालसम्म २९ लाख ६७ हजार मानिसमा संक्रमण देखिएको छ भने झण्डै १ लाख मानिसले ज्यान गुमाएका छन्। यसैगरी भारतमा २० लाख ८६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ४२ हजार ५७८ जनालको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उता नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ । हालसम्म नेपालमा २२ हजार बढीमा संक्रमण देखिएको छ भने ७० जनाले ज्यान गुमाएका छन्।

थप समाचार

बाँकेमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \बाँके:  बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३१२ नमुना संकलन गरी परीक्षण गरिएकोमा बाँकेमा ४९ बर्दियाका १ र रुकुमका १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

संक्रमितको संख्या बढदै गएपछि बाँकेमा गत आइतबारदेखि निशेधाज्ञा जारी गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १०६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै काठमाडौं उपत्यकामा  १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ । उनीहरुको ठेगाना भने मन्त्रालयले खुलाएको छैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ७० पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरी थप ४६४ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ६३० रहेको छ । आज मात्रै ४२५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको कुल संख्या १५ हजार ८१४ रहेको छ ।

मन्त्रालयका आनुसार हालसम्म ७० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज महामनगरपालिका–९ माइस्थानका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले पुष्टि गरेका छन्। डा शर्माले बिहीबार नै नेपाली सेनाले उनको शवको व्यवस्थापन समेत गरिसकेको बताए ।

वीरगञ्जबाट आएर पाटन अस्पतालमा साउन १७ गते भर्ना भएका उनी आइसीयूमा उपचाररत थिए । उपचारकै क्रममा बिहीबार उनको मृतयु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी भएको डा शर्माले जनाएका छन्। उनको काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट टेसिङ गर्दा उनकी ५५ वर्षीय दिदीमा पनि कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

हाल पाटन अस्पतालमा ७२ जना संक्रमितको उपचार भइरहेको पनि डा शर्माले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्य मन्त्रालयले भन्यो, कोरोना संक्रमण बढ्दै जाँदा अस्पतालमा बेड नै नपाइन सक्छ, बेलैमा सतर्क बनौँ

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बढदै जाँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या आउन सक्ने संकेत गर्दै सर्वसाधारणलाई बेलैमा सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयलयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित मिडिया ब्रिफिङमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी, उपकरण एवं बेडको समेत अभाव हुन सक्ने भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड पूरा गर्न आग्रह गरेका हुन्।

डा गौतमले कोरोनाको कुनै उपचार नै नभएकाले यसबाट बच्न आफ्नै प्रयासबाट मात्र सम्भव हुने भन्दै अनिवार्य मास्क लगाउन, एक अर्कावीच दूरी कायम गर्न र अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन समेत आगह्र गरेका छन्। उनले कुनै पनि सरकारी निजी वा सामूदायिक कार्यालयहरुमा कुनै पनि सभा, सम्मेलन, बैठक एवं जमघट नगर्न पनि अपिल गरे। उनले भने, ‘यदि अत्यावश्यक नै भए भर्चुअल रुपमा यस्ता क्रियाकलाप गर्नुस्।

लकडाउन खुलेसँगै काठमाडौं उपत्यका लगायतका स्थानमा कोरोना समूहमा बढी देखिन थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । पछिल्लोपटक पुष्टि भएका अधिकांस संक्रमितमा लक्षण देखिन थालेपछि स्वास्थ्य मन्त्रालय बढी चिन्तित भएको अनुमान गएिको छ ।

नेपालमा संक्रमितको संख्या २१ हजार ७५० पुगिसकेको छ भने ६५ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : अछामको बयालपाटा अस्पतालमा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ।

अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालका आकस्मिक बाहेकका अनय सेवा बन्द गरिएको जनाएको हो ।

बिहिबार अस्पतालमा कार्यरत २९ बर्षिया एक पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

वीर अस्पतालका एक जना वरिष्ठ चिकित्सकमा कोरोना पुष्टि

कल्पना आचार्य \काठमाडौं : काठमाडौंको वीर अस्पतालमा कार्यरत एक जना वरिष्ठ चिकित्सकमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

मेडिसिन तर्फका डा रहेका उनमा आज वीर अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । उनी मेडिसिन तर्फका सिनियर चिकित्सक रहेको खुलेको छ । आजैबाट वीर अस्पतालाई पनि कोरोना अस्पतालको रुपमा स्वास्थ्य मन्त्रालयले सूचीकृत गरेकाले उनको वीर अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिएको जनाइएको छ ।

उनले केही दिनदेखि आफूलाई ज्वरो आएकाले हिजो राति अस्पतालमा भर्ना भई आज बिहान कोरोना परीक्षण गर्नका लागि स्वाब दिएका थिए । उनी साँझको समय निजी अस्पातलमा पनि कार्यरत रहेको बुझिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपालगञ्जमा एक चिकित्सकसहित थप २८ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा आज एक जना चिकित्ससहित थप २८ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ ।

अस्पतालले बिहिबार साँझ विज्ञप्ति जारी गर्दै गत ४८ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा एक जना चिकित्सकसहित थप २८ जना, बर्दियाका १३ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । कोरोना संक्रमण हुने चिकित्सक नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत रहेको बताइएको छ ।

गत ४८ घण्टामा ५९० जनाको पीसीआर परीक्षण गर्दा ४२ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । नेपालगंजमा कोरोना समुदायमा फैलिएको भन्दै गत आइतबारदेखि शनिबारसम्मका लागि लकडाउन गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

काठमाडौं उपत्यकामा थप ८७ जनासहित ३६० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा ८७ जनासहित ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंसहित ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । यसैगरी बिहीबार २३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ ।

पछिल्लो समय काठमाडौंमा संक्रमितको संख्या बढ्दै गएकोमा आज पनि काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गण्डकी प्रदेशका थप ९ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा बिहीबार थप ९ जना नयाँ संक्रमित थएिका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आजै दोस्रो पटक विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । आज बिहानै ६:३० बजे ११ जनामा कोरोना देखिएको भन्दै विज्ञप्ति जारी गरेको थियो

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ७५ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ४ जना, स्याङ्जाका २ जना, पर्वतका १ जना तनहुँका १ जना र गोरखाका १ जना रहेका छन्।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बुधबार काेराेना पुष्टि भएका धरानका १२ संक्रमितले अझै आइसोलेसन बेड पाएनन्

हेल्थ टिभी अनलाइन\ धरान : धरानमा बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएका १२ जना संक्रमितलाई बिहिबार बिहानसम्म पनि अस्पताल लगिएको छैन् ।

हिजो साँझ कोरोना पोजेटिभ रिपोर्ट आएका १२ जना कोरोना संक्रमित अहिले सम्म होम आइसोलेसनमै रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताएका छन्। उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेड अभाव भएका कारण व्यवस्थापन गर्न ढिलाई भएको बताए । संक्रमित भइसकेपछि उनीहरुलाई आइसोलेसनमा लैजानुपर्ने भए पनि उनीहरुलाई केही समय घरमै बस्न र बेडको व्यवस्था भएपछि मात्र जानकारी दिइने बताइएको उनले जिकीर गरे ।

ती मध्ये एकै परिवारका ५ जना समेत रहेका छन् । धरानमा हिजो साँझ १२ जना र आज बिहान एक जना गरी १३ जना संक्रमित थपिएका छन्। समुदायस्तरमा कोरोना फैलिएको भन्दै यतिबेला धरानमा लकडाउन गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको गुजरातमा कोभिड अस्पतालमा आगो लाग्दा आठ संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइ \काठमाडौं : भारतको गुजरात राज्यमा कोरोना संक्रमितहरुलाई राखिएको एउटा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।

अहमदाबादको नवरंगपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

अहमदाबादका एक वरिष्ठ अधिकारीले स्थानीय श्रेय अस्पतालमा बिहान ३ बजेतिर आगो लागेको बताएका छन्।

अस्पतालको बिजुलीको शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ। एक घण्टामा नै आगो नियन्त्रण आएको थियो। उक्त अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन्।

थप समाचार

प्रदेश २ का कानून मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको परीक्षणमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा  कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौंबाट गएर साउन  १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट पोजेटिभ आएको बताइएकाे छ ।

यादव अहिले मन्त्रालयको निवासमै  होम आइसोलेसनमा  बसेका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन्।

ताजा अपडेट