स्वास्थ्यलाई व्यापारसँग जाेड्न हुँदैन : डा.पाण्डे

काठमाडाैं : वरिष्ठ चिकित्सक डा.मृगेन्द्रराज पाण्डेले शिक्षा र स्वास्थ्यमा व्यापारीकरण हुनु दुःखदायी भएको बताएका छन्। हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा. पाण्डेले पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम व्यापारीकरण भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
६५ वर्षको आफ्नो चिकित्सा सेवा सम्झिँदै उनले बिरामीले चिकित्सकलाई भगवानको रुपमै हेर्ने भएकाले उनीहरुको जीवनमा खेलबाड गर्न नहुने बताए । ‘जहाँ व्यापार हुन्छ त्यहाँ नाफाको अपेक्षा गरिन्छ। त्यसैले चिकित्सा सेवालाई नाफा घाटासँग जोडेर हेर्न मिल्दैन’, उनले भने ।
पैसा हुँदैमा मेडिकल कलेज खोल्ने र चिकित्सक बन्ने प्रवृत्ति अन्त्य नभएसम्म चिकित्सा क्षेत्रमा सेवा भाव नआउने उनको भनाइ छ । शिक्षा र स्वास्थ्य जस्तो सेवामूलक क्षेत्रमा बढ्दो व्यापारीकरणले यस क्षेत्रको साख घट्दै गएको उनले बताए। ‘यी दुई क्षेत्रमा सरकारले विशेष ध्यान दिन जरुरी छ’ उनले भने, ‘जनताको जीवन र भावनासँग कसैले पनि खेलबाड गर्न पाउँदैन।’
जीवनभर प्राइभेट स्वास्थ्य संस्थामा पाइला नटेकेका डा. पाण्डेले वि.सं. २०१२ सालमा नै प्रकाशित ‘स्ट्रगल फर सोसल सर्भिस’ नामक किताबमा स्वास्थ्यमा व्यापार किन गर्न हुँदैन भनेर स्पष्ट लेखेका थिए।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु