न राेग बिसेक भयाे, न रह्याे सम्पत्ति नै
मार्तडी : बाजुरा बूढीनन्दा नगरपालिका–१ कोल्टीका भक्त गिरीका तीन छोराछोरी अपाङ्गताले थलिएका छन्।
जन्मेको १२ देखि १४ वर्षको उमेरमा उनीहरू विस्तारै अपाङ्ग भएका हुन्। गिरीका तीनटै छोराछोरी २८ वर्षीय दीर्घराज, २५ वर्षीय धर्मराज र २१ वर्षीया सम्झना बाल्यकाल पूरा नहुँदै अपाङ्ग बनेका हुन्। ‘जेठो छोरा १२ वर्षको उमेरमा, माइलो १४ वर्षको र कान्छी छोरी १४ वर्षको उमेरबाट हातखुट्टा नचल्ने, हिँड्न नसक्ने, लुलो हुने, बोल्न नसक्ने र कम सुन्ने भएका हुन्’, आमा अमिनीले भनिन्।
अहिले उनको तिनटै छोराछोरी हातखुट्टाले मात्र घिस्रेर हिँड्ने गरेका छन्। शौचालयमा जाँदा पनि एकजनाले सहयोग गर्नुपरेको छ। छोरा दीर्घ ७ कक्षा, धर्मराज ६ कक्षा र छोरी सम्झना १० कक्षा पास भएका छन्। अपाङ्गता नहुँदासम्म विद्यालयमा गएर पढे, पछि विस्तारै हातखुट्टा नचल्ने र लुलो हुँदै शारीरिकरूपमा अपाङ्ग भइसकेपछि सबैले विद्यालय छोडेको सम्झनाले बताइन्।
कसैले हिन्दू धर्म परिर्वतन गरेर क्रिश्चियन धर्म माने ठीक हुन्छ भन्ने सुझाव दिएपछि उनले त्यसै गर। एक वर्षसम्म त क्रिश्चियन धर्म माने पनि उनका छोराछोरीको अवस्थामा सुधार आएन।
‘एकातिर धर्म परिर्वतन गर्यौँ, अर्को धर्म परिर्वतन गरेका कारण गाउँमा सम्बन्धसमेत बिग्रियो, न छोराछोरीलाई ठीक भयो न गाउँलेसँग नराम्रो सम्बन्ध कायम भयो’ उनले भने।”
‘छोराछोरी अपाङ्ग भएपछि उपचार गर्नका लागि सबै जग्गा बिक्री गर्यौँ’ ‘कहाँ उपचार गराउँदा ठीक हुन्छ, कुनै जानकारी पनि भएन। बुबा भक्तले भने, ‘जसले जहाँ लेउ भन्यो, उतै लग्यौँँ। तर ठीक भएन।’ अब त उपचार गर्ने आर्थिक हैसियत नै नभएको उनले बताए।
‘न उपचार भयो न त सम्पत्ति नै छ’, भक्तले भने।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण