डा. केसीका लागि हेलिकाेप्टर तयारी अवस्थामा
काठमाडौं : जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यस्थिति बिग्रिँदै गएपछि सरकारले हेलिकोप्टर तयारी अवस्थामा राखेको छ। अनशनमा बसेको १२ दिन बित्दा डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले उनलाई उपचारार्थ काठमाडौं ल्याउन हेलिकोप्टर ‘स्ट्याण्ड वाइ’ राखेको स्रोतले जनाएको छ।
यता डा.केसीले बुधबार एक विज्ञप्ति निकाली आफू वार्ताका लागि तयार भएको बताएका छन्। सरकारी व्यक्तिले भनेको जस्तो आफू वार्ताका लागि तयार नभएको भन्ने अभिव्यक्तिको खण्डन गरेका हुन्। दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने काम गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न उनले स्मरण गराएका छन्।
स्वास्थ्य चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउन माग गर्दै केसी पन्ध्रौं चरणको अनशनमा बसेका हुन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै