काभ्रेपलाञ्चोकमा ‘बर्डफ्लु चेक प्वइन्ट’
काभ्रेपलाञ्चोक : केन्द्रीय राजधानी काठमाडौंलयागत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वइन्ट राख्ने निर्णय गरेको छ।
जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भन्ने उद्देश्यले मङ्गलटार, साँगा र नाला नाकामा चेक प्वइन्ट राख्ने निर्णय गरिएको केन्द्र प्रमुख डा. मोगलप्रसाद शाहले जानकारी दिए। उनकाअनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वइन्ट सञ्चालन हुनेछ।
नेपाल भेटेरिनरी एसोसिएसनले पक्षी स्वस्थ भएको चेक प्वइन्टमा प्रमाणपत्रको जाँच गरेर मात्रै जिल्लामा भित्रिन दिनेछ। केन्द्र प्रमुख डा. शाहले भने, ‘प्रहरी कार्यालयसँगै चेक प्वइन्ट राखिनेछ, पक्षी स्वस्थ भएको प्रमाणपत्र नभए नाकाबाट भित्रिन दिइनेछैन।’
केन्द्रले पूर्वी तराईबाट सिन्धुली हुँदै बीपीराजमार्गमार्फत राजाधानी भित्रिने काभ्रेपलाञ्चोकको मङ्गलटार नाका, काठमाडौंबाट जिल्ला भित्रिने साँगा नाका र भक्तपुरतर्फबाट भित्रिने नाला नाकामा चेक प्वइन्ट राख्ने भएको हो । यसका लागि केन्द्रले स्थानीय तहलाई पत्राचार गरिसकेको केन्द्र प्रमुख डा. शाहले बताए।
आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरालाई प्रोगशालामा पठाइनेछ। सरकारद्वारा २०७४ मा जारी संशोधित आदेशमा बर्डफ्लु रोगको रोकथाम र नियन्त्रण गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति रहने उल्लेख छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण