विश्व मिर्गौला दिवसको अवसरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
काठमाडौं : विश्व मिर्गौला दिवसको अवसर पारेर काठमाडौंको शान्तिनगरस्थित निःसहाय सेवा सदनमा रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग र नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटीको संयुक्त आयोजनामा आश्रममा रहेका जेष्ठ नागरिकहरुको मिर्गौला लगायत अन्य परीक्षण गरिएको हो।
त्रिवि शिक्षण अस्पताल नेफ्रोलोजी विभागकी प्रमुख एवम वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा. डा. दिव्या सिंह शाहले कसैको आँखा नपर्ने, शिविरका लागि पनि कमै मात्र आउने यस सेवा सदनमा आएर उनीहरुको स्वास्थ्य परीक्षण गरिएको बताइन, उनले भनिन, ‘दिवसमा हामी यसभन्दा अघि बच्चाहरुको मिर्गौला जाँचका लागि विद्यालय जाने गरेका थियौं, यसपटक जेष्ठ नागरिकहरुलाई पनि समेट्ने प्रयास स्वरुप यहाँ आएका छौं। यसपटककाे नारा पनि मिर्गौला स्वास्थ्य सबैका लागि सबैजनाका लागि भन्ने छ।



निःसहाय सेवा सदनमा रहेका अड्तीस जना जेष्ठ नागरिकको मिर्गौला मात्र नभई अन्य परीक्षण गरेर औषधि समेत बाँडिएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण