Health TV Online
Health TV Online
Health TV Online

निःशुल्क मिर्गौला परीक्षण

निःशुल्क मिर्गौला परीक्षण

काठमाडौं  : विश्व मिर्गौला दिवसका अवसरमा नेपाल प्रहरी अस्पताल र मेट्रो अस्पताल महाराजगञ्जको आयोजनामा काठमाडौं महानगरपालिका–४ शङ्कपार्कमा निःशुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न भएको छ।

शिविरमा मिर्गौला, मधुमेह, रक्तचापलगायतका रोगको परीक्षण गरी आवश्यक परामर्शसमेत प्रदान गरिएको प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा. आशा सिंहले जानकारी दिइन्।

प्रहरी–समुदाय साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी अस्पतालले विभिन्न अस्पतालसँग सहकार्य विभिन्न शिविर सञ्चालन गर्दै आइरहेको उनले जानकारी दिए। शिविरमा २१२ जना स्थानीयवासीले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार