विश्व मिर्गौला दिवस मनाइँदै
काठमाडौं : विविध सचेतनामूलक कार्यक्रम गरी बिहीबार विश्व मिर्गौला दिवस मनाइँदैछ। यो वर्ष ‘मिर्गौला स्वास्थ्य सबैका लागि, सबै तिर’ भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ।
शरीरमा पानीको कमी तथा अनियन्त्रित खानपान र अस्वस्थ जीवनशैलीका कारण बढ्दो मोटोपनसँगै मधुमेह, उच्च रक्तचापजस्ता समस्याका कारण मिर्गौला जोखिममा परेको चिकित्सकहरू बताउँछन्। बेलाबेलामा पिसाब र रगत जाँच गरी मिर्गौलाको अवस्थाबारे थाहा पाइराख्नुपर्ने भन्दै उनीहरूले परीक्षण निकै सस्तो तर, रोग लागिसकेपछि उपचार निकै महँगो रहेकाले वेलैमा सचेत हुन सुझाव दिएका छन्।
स्वस्थ मानिसले २४ घण्टामा कम्तीमा दुई लिटर पिसाब फेर्नु आवश्यक हुन्छ। तर मिर्गौलामा समस्या भए पिसाब कम हँदै जान्छ र यसको रङ पनि फरक हुन्छ। पिसाबमा फिँज देखिने, जिउ सुन्निने, श्वास फेर्न गाह्रो हुने, रक्तचाप बढ्ने, खानामा रुचि घट्दै जाने र खान मन नलाग्ने जस्ता समस्या देखिए तत्काल मिर्गौला परीक्षण गर्नुपर्ने चिकित्सक सुझाव दिन्छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण