महिलामा पाठेघरसम्बन्धी समस्या बढ्दाे
रूपन्देही : सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्या देखिएको छ।
स्वास्थ्य परीक्षणका क्रममा ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ। ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिम रहेको, १० जनाको पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरूलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार नियोजन सङ्घ, बुटवलकी नर्स विष्णु गुरुङले जानकारी दिइन्। उनीहरू २० देखि ५० वर्ष उमेर समूहका छन्।
सैनामैना नगरपालिका–३ को आयोजनामा पर्रोहा हेल्थ पोष्टमा सञ्चालन गरिएको तीन दिने निःशुल्क महिला स्वास्थ्य शिविरमा ४११ महिलाले स्वास्थ्य परीक्षण गराएको वडाध्यक्ष रत्नबहादुर पौडेलले जानकारी दिए। परीक्षण गराएकामध्ये २६६ महिलालाई औषधी वितरण गरिएको बताइएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो