महिलामा पाठेघरसम्बन्धी समस्या बढ्दाे
रूपन्देही : सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्या देखिएको छ।
स्वास्थ्य परीक्षणका क्रममा ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ। ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिम रहेको, १० जनाको पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरूलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार नियोजन सङ्घ, बुटवलकी नर्स विष्णु गुरुङले जानकारी दिइन्। उनीहरू २० देखि ५० वर्ष उमेर समूहका छन्।
सैनामैना नगरपालिका–३ को आयोजनामा पर्रोहा हेल्थ पोष्टमा सञ्चालन गरिएको तीन दिने निःशुल्क महिला स्वास्थ्य शिविरमा ४११ महिलाले स्वास्थ्य परीक्षण गराएको वडाध्यक्ष रत्नबहादुर पौडेलले जानकारी दिए। परीक्षण गराएकामध्ये २६६ महिलालाई औषधी वितरण गरिएको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण