स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गराउने बढे
बाजुरा : जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ। कम उमेरमा विवाह गर्ने गरेका महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको र २० वर्ष कम उमेरका महिलाले गर्भपतन गर्ने गरेको स्थानीय तहका स्वास्थ्य संस्थामा तथ्याङ्क रहेको पाइएको छ।
खप्तड छेडेदह गाउँपालिका साविकको आटीचौर गाविसको आटीचौर स्वास्थ्य चौकीबाट ४१ महिलाले गर्भपतन सेवा लिएका छन्।
तथ्याङ्कअनुसार हालसम्म ४१ महिला एवं किशोरीको ज्यान जोखिमबाट बचेको पाइएको छ। सेवा सञ्चालन भएपछि धेरै सजिलो भएको स्थानीय कुशम ओलीले बताइन्।
यसैगरी बूढीगङ्गा नगरपालिकाको देवलसैन र टाँटे स्वास्थ्य चौकीबाट साउनदेखि माघसम्म जम्मा १०१ महिला तथा किशोरीले सुरक्षित गर्भपतन सेवा लिएको सोही स्वास्थ्यचौकीका अनमी ताराकुमारी शाहीले बताइन्। त्रिवेणी नगरपालिका साविकको कैलाशमाडौँ स्वास्थ्य चौकीमा पनि साउनदेखि माघसम्ममा ५४ महिला तथा किशोरीले सुरक्षित गर्भपतन सेवा लिएको अनमी सावित्री रोकायाले जानकारी दिइन्।
गत वैशाखबाट सेवा शुरु भएको कार्यक्रम जिल्लाका साविकका छ गाविसमा लागू भएको छ। सुरक्षित गर्भपतन गर्दा हुने महिलालाई सहज र सेवाका बारेमा स्थानीयस्तरका महिलामा परामर्शका कारण एक वर्षयता स्वास्थ्यकर्मीको सल्लाहअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा बढेको कैलाशमाडौँ स्वास्थ्य चौकीका प्रमुख प्रकाशविक्रम शाहीले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण