Health TV Online
Health TV Online
Health TV Online

भरतपुर अस्पतालका कर्मचारीले पाएनन् दुई महिनादेखिकाे तलब

भरतपुर अस्पतालका कर्मचारीले पाएनन् दुई महिनादेखिकाे तलब

चितवन : सरकारले बजेट विनियोजन नगर्दा भरतपुर अस्पताल सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ। बजेट अभावले दुई महिनादेखि ६०० कर्मचारीले तलब पाएका छैनन्।

चालु आर्थिक वर्षको भदौमा आएको ६ करोड ५० लाख रुपैयाँ पुसमा सकिएपछि त्यसयता कर्मचारीले तलब पाएका छैनन्। अस्पतालमा विकास समितिअन्तर्गतका ज्यालादारी, स्थायी, करारका गरी ४०० भन्दा बढी कर्मचारी र १७५ कर्मचारी कार्यरत छन्। उनीहरूको तलबमा महिनामा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ।

अस्पताल प्रदेश सरकार कि संघीय सरकार मातहत रहने भन्ने केही समयअघि देखिएको अन्योलले गर्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. कृष्ण पौडेलले बताए। अस्पताल संघीय सरकार मातहत निर्णय भए पनि बजेट नआएको उनले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार