किन पिउनु हुँदैन दूधकाे चिया?

अधिकांश मानिस आनन्द, शरीर न्यानो गराउन चिया पिउने गर्छन्। चियामा मानवस्वास्थ्यलाई प्रभाव पार्ने खालका धेरै तत्त्वहरू पाइन्छन्।
विशेषतः कालो चियामा प्रशस्तै एण्टिअक्सिडेन्ट र भिटामिन पाइन्छन्। यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउनुको साथै, रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्ने, कोषका हुने क्षयलाई रोक्ने, मधुमेहबाट बचाउने साथै मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ। तर, चियामा अलिकति पनि दूध मिसlयो भने त्यसले फाइदाभन्दा बढी बेफाइदा गर्छ।
दूधले चियालाई कसरी विष बनाउँछ?
चियामा दूध मिसाएर पिउँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भनेर अमेरिकाका वैज्ञानिकहरूले एक खोज गरेका थिए। उनीहरूले १६ जना स्वस्थ स्वयंसेविकामा परीक्षण गरेका थिए। अनुसन्धानकर्ताहरूले ती महिलाहरूलाई एक दिन तातोपानी, अर्को दिन कालो चिया अनि अर्को दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भइरहेको गतिविधि निरीक्षण गरेका थिए।
तातो पानीमात्रै पिउँदा मुटुमा खासै त्यस्तो फरक परेन। कालो चिया पिउँदा मुटुको धमनी र रक्तनशालाई राहत पुग्यो भने दूधको चिया पिउँदा ती महिलाहरूको मुटुको धमनी र रक्तनशामा हुने रगतको सञ्चारमा बाधा पुग्यो। दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमी हुँदा यस्तो समस्या भएको बताइन्छ।
उपाय के त?
कालो चिया पिउनुहोस्। कालो चियाका अनगिन्ती फाइदाह छन्। यसले मधुमेहलाई समेत ठीक गर्छ। मृगौलाको कार्य शक्तिमा समेत कालो चियाले धेरै राहत पुर्याउनेअनुसन्धानबाट पत्ता लागेकाे छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा