विकट गाउँमा बन्दै सुविधासम्पन्न अस्पताल
पर्वत : महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ शय्याको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ।
साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिका–५ लुङ्खुदेउरालीका अध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए। सङ्घीय सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी १५ शय्यासहितको अस्पताल बनाउन अनुमति प्रदान गरेपछि निर्माण प्रक्रिया थालिएको हो।
सङ्घीय र प्रदेश सरकारको ९० प्रतिशत र स्थानीय महाशिला गाउँपालिकालको १० प्रतिशत साझेदारीमा अस्पताल सञ्चालन गर्न लागिएको अध्यक्ष उच्चैले जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार अस्पतालको नवनिर्मित भवन निर्माणका लागि आवश्यक पर्ने १६ रोपनी जग्गाको व्यवस्थापन भइसकेको छ।
अस्पतालको भवन निर्माण गर्न आवश्यक बजेटसमेत यसै वर्ष विनियोजन भइसकेको बताइएको छ। अब तत्काल भवन निर्माणका लागि आवश्यक तयारी गरिने वडाध्यक्ष उच्चैले जानकारी दिए।
यस क्षेत्रमा अस्पताल निर्माण भएपछि सानोतिनो स्वास्थ्य समस्याका लागि पनि सदरमुकाम कुश्माबजार, पोखरा, स्याङ्जा जान बाध्य स्थानीयवासी लाभान्वित हुनेछन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’