Health TV Online
Health TV Online
Health TV Online

चिकित्सककाे आन्दोलनका कारण सरकारले मनाएन स्वास्थ्य सेवा दिवस

चिकित्सककाे आन्दोलनका कारण सरकारले मनाएन स्वास्थ्य सेवा दिवस

काठमाडौं : सातौँ स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा. सुरेन्द्र यादव, सचिवद्वय चन्द्रकुमार घिमिरे र पुष्पा चौधरीले शुभकामना त दिए तर औपचारिक कार्यक्रम भने नहुने भएको छ।

स्वास्थ्यक्षेत्रमा भएका विभिन्न समस्याका कारण सरकारले यो वर्ष स्वास्थ्य सेवा दिवस नमनाउने भएको हो। स्वास्थ्य  सचिव डाक्टर पुष्पा चौधरीले सरकारी चिकित्सकको आन्दोलनका कारण यो वर्ष कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरिएको बताइन्।

स्वास्थ्य मन्त्रालयमा दुई सचिवको किचलो नसकिँदै अर्को आन्दोलन शुरु भएको छ। सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनरत सरकारी चिकित्सकले देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बहिस्कार गरेका छन्।

सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिएकाले सरकारी चिकित्सकले बुधबारदेखि अनिश्चितकालसम्मका लागि सेवा बहिस्कार गरेका हुन्। आन्दोलनरत चिकित्सकहरू यस अघि नै सरकारले मनाउन लागेको राष्ट्रिय स्वास्थ्य सेवा दिवस पनि बहिस्कार गर्ने बताएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार