हात्तीपाइलेविरुद्वको औषधि सेवन अभियानको तयारी
गलकोट : बागलुङमा यो वर्ष पनि दशौँ चरणको हात्तीपाइलेविरुद्वको औषधि सेवन अभियानको तयारी थालिएको छ।
यही १५ गतेदेखि दशौँ चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ। दशौँ चरणमा सो औषधि यसपटक भने स्वास्थ्यकर्मीले नै खुवाउने भएका छन्।
गत वर्षदेखि जिल्लामा हात्तीपाइले रोग निवारण गर्ने भनिएकाे थियाे। यस वर्ष जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा ३१० को नमूना परीक्षण गर्दा हात्तीपाइलेको जिवाणु नपाइए पनि बागलुङ नगरपालिका–१४ नारायणस्थानमा ३१० को नमूना परीक्षण गर्दा १४ संक्रमित फेला परेका थिए। सङ्क्रमित भेटिएपछि हात्तीपाइलेविरुद्धको औषधि खुवाउनुपरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशाासक दीपकप्रसाद तिवारीले बताए।
‘जिल्लामा अझै पनि हात्तीपाइले रोगको जोखिम छ’, उनले भने। हात्तीपाइले रोग निवारणका लागि बर्सेनि ठूलो रकम खर्च हुन्छ। देशभरका ६१ जिल्लामा थालिएको अभियान अझै १५ जिल्लामा जारी छ। गण्डकी प्रदेशमा बागलुङसहित पर्वत र लमजुङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान शुरु हुँदैछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण