१३ प्रतिशतमा हात्तीपाइले रोगको सङ्क्रमण
नेपालगञ्ज : बाँकेमा यही फागुन १५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ। नवौँ चरणमा खुवाउन लागिएको सो औषधि यसपटक भने स्वास्थ्यकर्मीले नै खुवाउने भएका छन्।
यही फागुन १५ गते हरेक वडामा तोकिएका बुथमा औषधि खुवाइने छ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज गौतमले जानकारी दिए।
अघिल्ला वर्षमा महिला स्वास्थ्य स्वयंसेविकाबाट औषधि खुवाउने गरिएकामा सो अभियानलाई थप प्रभावकारी बनाउन यो वर्ष स्वास्थ्यकर्मीबाटै औषधि खुवाउने रणनीति बनाइएको उनले बताए।
स्वास्थ्य शाखा प्रमुख गौतमका अनुसार बाँकेमा याे वर्ष पाँच लाख ८८ हजार २७८लाई औषधि खुवाउन ३६८ स्वास्थ्यकर्मी खटिने जनाइएकोे छ। स्वास्थ्यकर्मीलाई सघाउन ७८९ महिला स्वास्थ्य स्वयंसेविका खटिने भएका छन्।
स्वास्थ्य कार्यालयकी दुर्गा गौतमले आठौँ चरणसम्म औषधि खुवाउदा अपेक्षित उपलब्धि हासिल नभएका कारण यो पटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउँदा स्थानीयवासी विश्वस्त र आश्वस्त हुने सोचेर नयाँ रणनीति अपनाइएको बताए।
अघिल्ला अभियानमा औषधि सेवनबारे गलत धारणा, शहरी क्षेत्रमा औषधि सेवन प्रगति न्यून हुनेलगायत चुनौती सामना गर्नुपरेको बताइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’