गर्भवतीलाई नुन र सुत्केरीलाई तेल
रुकुम पूर्व : सिस्ने गाउँपालिकाले मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि भन्दै गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ।
यहाँका सबै स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउनेलाई नुन र सुत्केरी हुन आउनेलाई तेल उपहार दिने गरिएको हो । सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यो अभियान शुरु गरिएको सिस्ने गाउँपालिकाका स्वास्थ्य संयोजक धनबहादुर केसीले बताए ।
नुन र तेल उपहार पाउनका लागि एक गर्भवतीले कम्तीमा चार पटक अनिवार्य गर्भवती जाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्नेलगायतका मापदण्ड पूरा गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।
गर्भवती महिलाले एक पटक गर्भ जाँच गराएमा एक पोका, दुई पटक गराएमा दुई पोका र चार पटकसम्म गराएमा चार पोका आयोडीनयुक्त नुन उपहार दिने गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन्।
आयोडीनको कमिले धेरैमा समस्या देखिएकोले गर्भ जाँच गर्न स्वास्थ्यचौकीमा आउने हरेक गर्भवती महिलालाई आयोडिनयुक्त नुनको पोका उपहार दिन थालिएको उनले बताइन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा