निःशुल्क आँखा शिविरमा साढे दुई सय जनाले लिए सेवा
गलेश्वर : म्याग्दीको नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा पुलाचौरमा सम्पन्न निःशुल्क आँखा शिविरमा साढे दुई सय जना लाभान्वित भएका छन्।
रेडक्रसको १६औँ स्थापना दिवसका अवसरमा मंगलबार पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनिको सहआयोजनामा शिविरसञ्चालन गरिएको हो।
निःशुल्क आँखा परीक्षण शिविरमा २४० को आँखा परीक्षण गर्नुका साथै निःशुल्क रूपमा औषधि वितरण गरिएको छ। पाँच जनाको तुरुन्तै मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरूलाई हिमालय आँखा अस्पताल घारीपाटन पोखरा सिफारिश गरिएको आँखा उपचार केन्द्र बेनीका प्रमुख दिनेश बानियाँले बताए।
उक्त शिविरमा भीरमुनि, पुलाचौर, चिप्लेटी, डडुवा र पुलाडाँडाका सर्वसाधारणले सेवा लिएका थिए। बेनी नगरपालिकाको आर्थिक, रेडक्रस म्याग्दी शाखा र आँखा उपचार केन्द्र बेनीको प्राविधिक तथा हिमालय आँखा अस्पताल पोखराको सहयोग र बेनपा–५ वडा कार्यालयको व्यवस्थापनमा शिविर सञ्चालन भएको हाे।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’